Tuesday, January 31, 2017

दाँतमा लिपस्टिक लागेर हैरानीमा हुनुहुन्छ ? यसो गर्नुहोस

काठमाडौँ । कहिलेकाँही लिपस्टिक लगाएको समयमा दाँतमा लाग्न पुग्छ । लिपस्टिकलाई दाँतबाट टाढा राख्न वा हटाउन कठिन हुने गर्दछ ।
हामीसँग केही यस्ता उपाय छन्, जसबाट तपाईले दाँतमा लागेको लिपस्टिक सजिलैसँग हटाउन सक्नुहुन्छ ।

१.मेट लिपस्टिक प्रयोग गर्नुहोस : मेट लिपस्टिक यताउता फैलिदैन ।

२.लिक्विट मेट लिपस्टिक प्रयोग गर्नुहोस : मेटभन्दा पनि राम्रो लिक्विड मेट हुन्छ । यस लिपस्टिकमा साइन हुने गर्छ र यो लामो समयसम्म रहन सक्छ ।

३. औलाले निकाल्नुहोस : यदि सावधानी अपनाउँदा अपनाउँदै पनि मुखभित्र लिपस्टिक पर्न गएमा सानो कपडा विस्तारै औलाको सहायतामा पुछ्नुहोस् ।


४.लिप लाइनर प्रयोग गर्नुहोस : लिप लाइनर लगाएमा लिपस्टिक बाहिर जान पाउँदैन र दाँतमा पनि फैलिदैन ।

५. टिश्यु पेपर प्रयोग गर्नुहोस : दाँतमा लिपस्टिक जानबाट रोक्नका लागि टिश्यु पेपरको प्रयोग गर्न सक्नुहुन्छ । यसबाट दाँतमा लिपस्टिकको दाग लाग्दैन ।

६. ओठ रगड्नुहोस् : लिपस्टिक लगाउनुभन्दा अघि ओलठलाई विस्तारै रगड्नुहोस । ओठलाई पहिले नै समतल बनाएर लिपस्टिक नलगाएमा बग्न सक्छ ।

७. लिप ब्रसको प्रयोग गर्नुहोस : लिप ब्रशबाट राम्ररी लिपस्टिक लगाउन सकिन्छ र दाँतमा दाग पनि लाग्दैन ।

राजधानी पत्रिका

पेट बढेर चिन्तित हुनुहन्छ ? यस्ता छन् सजिलै घटाउने १० उपाय


काठमाडौं, ३० भदौ । व्यस्त जीवन शैली, गलत डाइट, सिटिङ जब र हर्मोनमा आउने परिवर्तनका कारण कोही पनि मानिस मोटो हुने गर्दछ । मोटोपनको सबैभन्दा ठूलो दुर्भाग्य भनेको पुटुक्क परेको पेट हो । एकपटक पेट बढेपछि त्यसलाई घटाउन निकै गाह्रो हुन्छ । तर यो असम्भव भने होइन । यसका लागि तपाईंले आफ्नो खानामा केही परिवर्तन ल्याउनुका साथै हल्का व्यायाम पनि गर्नुपर्छ ।
यस्ता छन्  बढेको पेट घटानने उपायहरु ।



१. मनतातो पानी पिउनुहोस्ः
दिनभरी कम्तीमा पनि ३ देखि ४ ग्लास मनतातो पानी पिउनुहोस् । यसले तपाईंको पेटको बोसोलाई निकै छिटो पगाल्ने गर्दछ ।

२. बदाम (एल्मोन्ड:
दैनिक ४ देखि ५ वटा बदाम खानुहोस् । यसमा पाइने भिटामिन इ, पोलिस्याचुरेटेड र मोनोस्याचुरेटेड फ्याटले भोक नियन्त्रण गर्दछ । यसले पेटको बोसो कम गर्नमा सहयोग गर्दछ ।

३. दही
दैनिक रुपमा एक गिलाँस दही खानुहोस । यसमा पाइने क्याल्सियमले पेटको बोसो बढाउने कार्टिसोल हर्मोनको लेभललाई कन्ट्रोल गरेर पेट घटाउन मद्धत गर्नेछ ।

४. हरियो सागसब्जीः
खानामा पालुङ्गो, मेथी र बन्दाजस्ता हरियो तरकारी समावेश गर्नुहोस् । यसमा प्रचुर मात्रामा फाइबर पाइने भएका कारण पेटको बोसो घटाउनमा सहयोग पुर्याउँछ ।

५. ब्रेकफास्टः
बिहान प्रोटिनयुक्त ब्रेकफास्ट खानुहोस् । यसमा अन्डा, दुध, केरा र फलफुलजस्ता स्वस्थकर खानेकुरा समावेश गर्नुहोस् । यसले दिनमा पटक पटक भोक लाग्ने समस्याबाट छुटकारा दिन्छ

६. खाना खाँदा पानी नपिउनुहोस्ः
खाना खाने बेलामा पानी नपिउनुहोस् । यसले खाना ठिक तरिकाले डाइजेस्ट हुन दिँदैन जसका कारण बोसो बढ्न थाल्छ । खाना खाएको १० वा १५ मिनेट पछि मात्र पानी पिउनुहोस् ।

७. एकैपटक नखानुहोस
खना खाँदा एकैपटक नखानुहोस । आफ्ने खानालई २ वा २ वा तीन घण्टको ग्यापमा खानुहोस यसले पेटमा बोसो लाग्न बाट बचाउँछ ।

८. ग्रीन टीः
ग्रीन टीमा पर्याप्त मात्रामा थायनाइन नामक एमिनो एसिड हुन्छ । यो एसिडले भोकलाई नियन्त्रण गर्दछ । यसले पेटको बोसो कम हुन्छ ।

९. महः
नियमित रुपमा एक ग्लास मनतातो पानीमा एक चम्चा मह मिसाएर पिउनुहोस् । यसले तपाईंको बोसो निकै छिटो समयमा घटाउन मद्दत गर्दछ ।

१०. मर्निङ वाकः
नियमित रुपमा २ देखि ३ किलोमिटर मर्निङ वकमा जानुहोस् । यसले क्यालोरी बर्न गर्न सहयोग गर्नेछ र बोसो घटाउनलाई सहयोग गर्दछ

मलेसियामा आफ्नै साथीको छुरा प्रहारबाट अनन्तकाे मृत्यु


रुकुम, १९ माघ । रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ ।

जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

छ महिनादेखि कम्पनीबाट भागेर बाहिर काम गर्दै आएका उखिरालाई एउटै कोठामा बस्ने सल्यानका आफ्नै साथीले छुरा प्रहार गरेको उनका आफन्त बलबहादुर विकले जानकारी दिए ।




कोठामा दुई जनाबीच सामान्य विवाद हुँदा सल्यानका गोपाल परियारले सोमबार राति छुरा प्रहार गरेको विकले बताए ।तीन वर्ष पहिले मलेसिया गएका उहाँका एक छोरा र एक छोरी रहेका छन् ।

उखिराको शवलाई नेपाल ल्याइदिन र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नका लागि परिवारले सरकारसँग अनुरोध गरेको छ । रासस

उपेन्द्रलाई पत्ता लगाउन युवतीलाई फोन, आखिर कहाँ थिए उपेन्द्र ?


काठमाडौं, १९ माघ । चारवटै मोबाइल स्विच अफ गरी उपेन्द्र यादव कुनातिर पसेपछि मधेसी मोर्चामा खैलाबैला मच्चियो । केन्द्रीय नेता, अंगरक्षक, ड्राइभर कसैसँग सम्पर्कमा नरहेका यादवको अस्ति १५ गते ल्होछारको दिन एउटी महिलासँग सम्पर्क गरेको १० मिनेटपछि मात्र मोबाइल अन भयो । अनि बल्ल मोर्चाको निर्णय सार्वजनिक हुन सक्यो ।

जनआस्था साप्ताहिकमा खबर छ– मधेसी मोर्चाको बैठक तमलोपा पार्टी कार्यालय बबरमहलमा १४ र १५ माघमा बसेको थियो । १४ गते त उपेन्द्र उपस्थित थिए । तर, १५ गते आएकनन् । उनको अनुपस्थितिमा राजेन्द्र श्रेष्ठ त्यहाँ देखिए । तर, ‘मलाई ल्होछारको कार्यक्रममा जानु छ, बोल्ने पालो आयो’ भन्दै १० मिनेटमै हिँडे ।



मधेसका शीर्षस्थ नेतालाई राजेन्द्रले आश्वासन दिएका थिए, ‘उपेन्द्रजी आउँदै हुनुहुन्छ, उहाँ बैठकमा रहनुहुन्छ ।’

तर, ३ घण्टा बित्दासमेत उपेन्द्य्र बैठकमा आएनन् । १४ गतेको पूर्वसहमतिअनुसार मधेसभरी स्थानीय निकायको प्रतिवेदन जलाउने, संविधान संशोधनका लागि दबाब दिने उद्देश्यसाथ २३ गते एक दिने कार्यक्रम गर्ने कुरा थियो । मधेसका शीर्षस्थ नेताले त्यहाँ उपस्थित मिडियाकर्मीबीच पुगेर निर्णय सार्वजनिक गर्न जितेन्द्र सोनाललाई खदाए । जितेन्द्र क्यामेरअगाडि के उभिएका थिए, महेन्द्र रायले भाँजो हाले । ‘ए जितेन्द्र ! पर्खनुहोस्, उपेन्द्र यादवलाई नसोधी कहाँ हुन्छ ?’ महेन्द्रको चट्टानी अडानका कारण निर्णय सार्वजनिक हुन ढिलाइ भयो ।

मधेसका सबैजसो नेताले उपेन्द्रको मोबाइलमा सम्पर्क प्रयास गरिरहे । तर, सम्भव भएन । करिब एक घण्टासम्म शरत्सिंह भण्डारीदेखि जितेन्द्र सोनाल, महेन्द्र राय, केशव झा, मनिष सुमन सबैले फोन घुमाए । यही बीचमा जितेन्द्र सोनालले रेखा यादवालई फोन लगाए । तर, कहींबाट ‘तार’ लागेन ।

बीचमै राजकिशोर यादवको पार्टी फोरम गणतान्त्रिकका सञ्जय यादवले मिश्रा थरकी एउटी महिलालाई फोन गरे । जानकार यादवले ‘हामीलाई उपेन्द्र यादवसँग सम्पर्क गर्नुछ, तपाईंसँगै हुनुहोला, एकपटक जसरी पनि भेटाइदिनुस, जरुरी छ’ भने । उताबाट जवाफ आयो, ‘१० मिनेटपछि गर्नुहोस्, उनको स्वीच अन हुन्छ ।’नभन्दै १० मिनेटपछि भण्डारीको पार्टीका महासचिव केशव झाले  फोन गर्दा उपेन्द्रको फोन अन थियो ।

८ वर्ष जेल बसेपछि निर्दोष जेलमुक्त हुँदा फूलमाला

माघ १८, २०७३- ‘१३ दिनअघि अदालतले फैसला गरिदिएको भए, हजुरआमाको मुख देख्न पाउने थिएँ,’ मंगलबार कारागारबाट छुट्दै गर्दा केराबारी–३ का २५ वर्षीय नारायण ढकालले भने । न्यायालयले उनीबिरुद्धको मुद्दामा ढिलासुस्ती मात्रै गरेन । ८ वर्ष जेल बसिसकेपछि उनलाई निर्दोष भएको ठहर गर्‍यो । उनी जेलबाट छुट्दै गर्दा घरमा हजुरआमाको १३ पुण्यतिथि थियो । ९८ वर्षीय हजुरआमाको मुख हेर्न नपाएकोमा उनलाई थकथकी लागेको छ ।

कर्तव्य ज्यान मुद्दामा गोरखा जिल्ला अदालत र पुनरावेदन अदालत पोखराबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका ढकाललाई मंगलबार सर्वोच्च अदालतले निर्दोष भन्दै सफाई दिएको हो ।

सर्वोच्चको सफाईपछि उनले ७ वर्ष ९ महिनामा कारागारबाट मुक्ति पाएका जिल्ला अदालतका श्रेस्तेदार गोविन्द्र घिमिरेले बताए । सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र देवेन्द्रगोपाल श्रेष्ठको इजलाशले जिल्ला र पुनरावेदनको फैसलालाई उल्टाउदै ढकाललाई सफाई दिएको हो ।



फैसलामा भनिएको छ, ‘सर्वस्वसहित जन्मकैदको सजाय फौजदारी न्यायको सिद्दान्त र अदालतबाट प्रतिपादित कानुनी सिद्दान्तहरुको समेत प्रतिकुल रहेकाले अभियोग दाबीबाट सफाय दिइएको छ ।’ सर्वोच्चले निर्दोष सावित गरेपनि ढकालले भने जेल सजाय भोगिसकेका छन् ।

२०६६ बैशाख १४ गते केराबारी–५ कि मिरा रेग्मीको रहस्यमय तरिकाले मृत्यु भएपछि हत्या अभियोगमा ढकाल जेल चलान भएका थिए । मिराको हत्या प्रेम सम्बन्धका कारण ढकालले गरेको आशंकामा मुद्दा अघि बढेको थियो । मिराको मृत्यु हुँदा उनको गर्भमा बच्चा थियो । उक्त बच्चा स्वीकार गर्नुको सट्टा मिरालाई भीरबाट थकलेर हत्या गरेको भन्दै प्रहरीले बैशाख २१ गते ढकाललाई हिरासतमा लिएको थियो ।

तत्कालिन जिल्ला न्यायाधीश प्रभा बस्नेतले २०६७ फागुन ३० गते उक्त मुद्दामा ढकाललाई सर्वस्व सहित जन्मकैदको सजायको फैसला गरेकी थिइन । ‘गाउँमा घटना हुँदा म एसएलसी दिएर काठमाडौं गएको थिएँ’, उनले भने, ‘जिल्लाको फैसलामा न्याय नपाएपछि पुनरावेदन गएँ, पुनरावेदनले पनि जिल्लाकै फैसला सदर गर्‍यो ।’ २०६८ चैत ३० मा पुनरावेदन पोखराले फैसला सुनाएको थियो ।

‘ढिलै भए पनि न्याय पाएँ । न्याप पाउन धेरै कुनुपर्‍यो’, उनले भने ।

प्रहरीले यातना दिएर जबरजस्ती हत्या स्वीकार गर्न लगाएको उनले गुनासो गरे । ‘

मिराको मृत्युपछि उनकी साथीले नारायणसँग प्रेम सम्बन्ध रहेको बताएपछि परिवारले प्रहरीमा जाहेरी दिएका थिए ।

बिना कारण कारागार बस्नुपर्दा पढाई अघि बढाउन नसकेको उनले बताए । ‘कारागार भित्र बसेर पढ्ने बातावरण पाइनँ’, ढकालले भने ।

सर्वोच्वको फैसलापछि उनलाई थुनामुक्त गरिएको घिमिरेले बताए । थुनामा रहँदा ढकाल गोरखा कारागारका नाइकेसमेत भएका थिए । निर्दोष साबित भएपछि कारागारका कैदीबन्दीले उनलाई अबिर खादा लगाएर बिदाई गरेका हुन् । ८ वर्षपछि निर्दोष साबित भएपनि जेल बसेको क्षतिपूर्ति पाउने कानुनी प्रावधान नेपालमा नभएको कानुन व्यवसायीहरुले बताए ।



यी हुन् ठूला माछा : एसएसपी सर्वेन्द्र खनाल



काठमाडौं, माघ १९ – महानगरीय प्रहरी अपराध महाशाखाले माघ ९ गते १६ जनालाई बिजुली चोरेको आरोपमा पक्राउ गरेको थियो । जसमा एकजना पूर्व कर्मचारी, चारजना व्यवसायी र ११ जना बहालवाला कर्मचारी छन् ।
उनीहरुले १२ वर्षदेखि बिजुली चोर्दै राज्यलाई करोडौं राजश्व ठगी गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । १६ जना बिजुली तस्करलाई पक्राउ गरेका अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालको प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भइसकेको छ । अपराध महाशाखामा सरुवा हुनुभएका दीपक अमात्यले जिम्मेवारी सम्हालिसकेको अवस्था छैन । आफ्नो जिम्मेवारी हस्तान्तरण गरेर महानिरीक्षकको सचिवालयमा जान लाग्नुभएका एसएसपी सर्वेन्द्र खनालसँग सहकर्मी नारायण अधिकारीले कुराकानी गर्नुभएको छ ।



बिजुली चोरेको आरोपमा १६ जना पक्राउ परेका छन् । उनीहरुमाथिको अनुसन्धान कहाँ पुग्यो ?
ठगी मुद्दामा अनुसन्धान भइरहेको छ । अन्य अनुसन्धानको काम पनि जारी छ । साधारण हुक गरेर बिजुली चोरेको नभई मिटर उल्टो घुमाएर बिजुली चोरेका कारण हामीले ठगीमा मुद्दा चलाएका हौं । कति बिजुली चोरी भएको छ, कहाँ कति मिटर बिगारेको छ भन्नेबारे सम्बन्धित प्राविधिक बोलाएर यसबारे डाटा पनि लिँदैछौं । यसै अन्तर्गत अनुसन्धान भइरहेको छ ।

बिजुली चोरीको आरोपमा पक्राउ पर्नेमा कर्मचारी र व्यापारी छन् । पक्राउ परेका व्यापारी भन्दा अरु ठूला व्यापारी पनि बिजुली चोरमा संलग्न छन् भन्ने सुनिन्छ नि ?
अब यिनलाई साना सोच्नु भएन । हामी ठूला ठूला भन्छौं । यिनै पक्राउ परेको पनि वास्तवमै ठूला माछा हुन् । ठूलो सोच्नु स्वाभाविक पनि हो । १२ वर्षदेखि करोडौं रुपैयाँ ठग्नेलाई साना भन्न मिल्दैन । यो भन्दा ठूलो खोज्न कहाँ जाने ? यसलाई सानो भन्न मिल्दैन । यही नै हो ठूलो माछा ।

बिजुली चोरी चाहीँ कसरी गर्ने रहेछन् ?
उनीहरुको आपसी मिलेमतो छ । एउटा सुपरभाइजर छ । उसले आफ्नै गाडीमा मिनी ल्याब राखेर  मिटर अल्टर गर्ने सामान लिएर हिँड्छ । आर्थिक लेनदेन मिलेमतो गरेर मिटर अल्टर गरेको देखिन्छ ।  त्यस्तै मिटर रिडरसँग पनि मिलेर पैसा लेनदेन गरेको देखिन्छ । व्यवसायीले पनि मिटर रिडर र सुपरभाइजरसँग मिलेर राज्यलाई कम पैसा तिर्दै ठग्ने गरेको देखिन्छ ।

बिजुली चोरलाई पक्राउ गर्न त प्रहरीलाई १२ वर्ष लाग्ने रहेछ भने अन्य अपराधी पक्राउ गर्न कति वर्ष लगाउनुहुन्छ ?
अब यो प्रहरीको प्राथमिकतामा परेको विषय होइन । जुन तपाईले प्रहरीलाई भनेर मलाई सोध्नुभयो । यो राष्ट्रका सबै निकायहरु जिम्मेवारी भएर प्रस्तुत हुनुपर्छ । त्यसरी पेश नभएका कारणले यस्तो भएको हो । को कसका कमजोरीले यस्तो भएको भन्ने हेर्ने जिम्मेवारी कि पत्रकारको हो कि प्रहरीको हो । त्यो हामीले हेरिरहेका छौं ।

यस्ता विषयहरुमा प्रहरीले अनुसूचि १ अन्तर्गतको मुद्दामा कारबाही गरिरहेको छ । निमुखालाई मात्र कानुन छ भन्ने होइन । चाहे त्यो कर्मचारी हुन् चाहे सर्वसाधारण हुन् । यसको म्यासेज भनेको यही अपराध गर्ने सबै कारबाहीमा पर्छन् । त्यस्तै प्रहरीले गर्ने अन्य काम पनि छन् । यसमा भन्दा अन्यमा बढी ध्यान दिनुपर्ने भएका कारणले ओझेलमा परेको हो ।

पक्राउ परेकालाई लागेको आरोप उनीहरुले स्वीकार गरेका छन् कि छैनन् ?
त्यो त अब बयानका क्रम सोध्नुभयो तपाईंले । त्यो पक्कै पनि छ । प्रारम्भिक चरण्मा भएका अनुसन्धानका सबै रिपोर्ट पनि हामीले सार्वजनिक गरिसकेका छौं । यसमा संलग्न भएका जुनसकै अभियुक्तलाई छोडिन्न । १६ जना पक्राउ परेकाहरुले एक किसिमको गिरोहको रुपमा ठगेका हुन् । हामीले त्यसै पक्रेका हैनौं ।

अरु धेरै ठाउँमा ठूलो मात्रामा बिजुली चोरी भएको खबर पनि आएका छन् । त्यसतर्फ चाहिँ प्रहरीको अप्रेशन नहुने हो ?
बिजुली चोरी गरेर लैजाने, हुक गरेर बिजुली चोरेर लैजानेलाई प्रहरीले पहिलेदेखि नै कारबाही गर्दै आएको हो । तर यो मानेमा भित्री रुपमा लोडसेडिङ बढाउन प्रतक्ष रुपमा सहयोग गर्ने गिरोह जुन अहिले समातियो । यो सबैको कर्नसनको विषय पनि हो । लोडसेडिङ हटाउने कामलाई स्थायित्व दिनका लागि कसरी चुहावट भएको छ भनेर अनुसन्धान गरेर कारबाही गरेको हो । अब यस्ता कारबाही जारी रहन्छ । यसबाट कोही पनि उम्कन पाउँदैनन् । दिन अब आए, बिजुली चोर जहाँ गएपनि सुख छैन ।

भारतीय नेताले गरे नेपालमा भारतले ‘कू’ गर्न चाहेको खुलासा


काठमाण्डु, १९ माघ– दैवीप्रकोप व्यवस्थापन समाजले मंगलबारदेखि गौशालास्थित वनकालीमा नौ दिने परोपकार विश्व शान्ति महायज्ञ सुरु गरेको छ ।

पहिलो दिन करिब पाँच सय जनाले कलशयात्रा गरेको थिए । पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश भट्टले संस्कृतका श्लोक बाचन गरेर महायज्ञ सुरुवात गरेका थिए ।



भारतीय जनता पार्टी झारखण्डका अध्यक्ष छत्रुराम महतोले कुनै हालतमा नेपालमा हिन्दूत्व बचाउनुपर्ने बताए ।
उनले भने

आज सरस्वती पूजाः कसरी उत्पन्न भइन् सरस्वती ?


१९ माघ, काठमाडौं । आज सरस्वती पूजाको दिन हो । सरकारले आजको दिन शैक्षिक संस्थाहरुमा विदा दिएको छ । सरस्वती ज्ञान-विज्ञान, कला-शिल्प, संगीतकी देवी हुन् । माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमीको रुपमा मनाइन्छ । माता सरस्वतीकी जन्मोत्सव । यसलाई हामी सरस्वती पूजाको रुपमा मनाउने गर्छौं । विधि-विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र प्रशिद्धिको आर्शिवाद प्राप्त हुने विश्वास गरिन्छ ।

सरस्वती पूजाको दिन सबै शिक्षण संस्थामा शिक्षक एवं विद्यार्थीले सरस्वती माताको पूजा अर्चना गर्छन् । विद्यालय नगएका बालबालिकालाई अक्षर आरम्भ गराउने राम्रो साइत मानिन्छ यस दिनलाई । साथै कुनै पनि नयाँ कामको थालनीको सर्वोत्तम साइत हो आजको दिन ।



कसरी उत्पन्न भइन् सरस्वती माता ?

यस्तो मानिन्छ कि, सृष्टि निर्माणका समयमा सर्वप्रथम आदि शक्तिको प्रादुर्वभाव भयो । देवी महालक्ष्मीको आह्वानमा त्रिदेव अर्थात शिव, विष्णु, ब्रम्हाजी उपस्थित भए ।

त्यसपति देवी लक्ष्मीले तीन देवतालाई आ-आफ्नो गुण अनुसार देवी उत्पन्न गर्नका लागि स्तुती गरिन् । माता लक्ष्मीकी प्रार्थना स्वीकार गरेर तिनै देवले आ-आफ्ना गुण अनुसार देवीको आह्वान गरे । सबैभन्दा पहिला भगवान शिवले तमोगुण महाकाली प्रकट गरे, भगवान विष्णुले रजोगुणवाट माता लक्ष्मीको र ब्रम्हाजीले आफ्नो सत्वगुणबाट देवी सरस्वतीको आह्वान गरे ।

किन वाणीकी देवी भनिएको ?

ब्रम्हाजीले सृष्टिको निर्माण गरेपछि जव आफुले बनाएको सृष्टिको मृत शरीरको भाँति शान्त वा स्वरविहिन पायो, तब ब्रम्हाजी उदास भए । उनले आफ्नो व्यथा विष्णुलाई भने । विष्णुले ब्रम्हालाई भने, उक्त समस्याको समाधान माता सरस्वतीले गर्न सक्छिन् । माता सरस्वतीले ब्रम्हाको अनुरोधमा जसरी वीणाको तारमा स्पर्श गरिन्, त्यसैगरी ‘सा’ शब्द प्रस्फू्टन भयो । यो शब्द संगीतको सप्तसुरमा प्रथम सुर मानिन्छ ।

यस ध्वनिले ब्रम्हाजीको मूक सृष्टिमा स्वरमय ध्वनिको संचार भयो । हावाको, सागरको, पशु पंक्षि एवं अन्य जीवको आवाज आउन थाल्यो । यसबाट ब्रम्हाजी प्रशन्न भएर सरस्वतीको वाणीको देवीको नामबाट सम्बोधन गर्दै वागेश्वरी नाम दिए ।

बसन्त ऋतुको आगमन

यसलाई बसन्त पञ्चमी पनि भनिन्छ । वसन्तको शाब्दिक अर्थ हो, मादकता । यस समयमा धर्तीमा उत्पादन क्षमता बढ्छ, रुख बुट्यानमा नयाँ पालुवा पलाउँछ । वसन्त पाँच दिनअघि वसन्त ऋतु आरम्भ हुन्छ । यही यामलाई ऋतुहरुको पनि राजा भनिन्छ । वसन्त पञ्चमीमा कमदेव एवं रीतको पूजा गरिन्छ । यसै दिन माता सरस्वतीको जन्मोत्सव पनि मनाइन्छ ।

पूजा मुर्हूत

बिहान ७ बजेर १७ मिनेटदेखि १० बजेर ४ मिनेटसम्म ।

बिहान ११ बजेर २८ मिनेटदेखि १२ बजेदेखि ५० मिनेटसम्म ।

यस पूजाको शुभ समय बिहान ७ बजेर ५० मिनेटदेखि ११ बजेर ५६ मिनेटसम्म रहेको छ ।

कसरी मनाउने ?

घर, विद्यालय, मन्दिर जहाँ पनि सरस्वती पूजा मनाउन सकिन्छ । पौराणिक कथन अनुसार सबैभन्दा अघि भगवान श्रीकृष्णले सरस्वतीको पूजा गरेका थिए । रातको समयमा सबै दैनिक कामबाट निवृत्त भएर नुहाई, ध्यान गरेर माता सरस्वतीको तस्विर वा मूर्ति स्थापना गर्नुपर्छ । यसपछि कलस स्थापित गरिन्छ र गणेशजी एवं नवग्रहका विधिवत पूजा गरिन्छ ।

सरस्वती पूजा गर्दा सबैभन्दा पहिला उनलाई नुहाइदिने चलन छ । त्यसपछि माताको सिन्दुर र अन्य श्रृंगारको वस्तु चढाउने र फूलमाला चढाउने चलन छ । यससँगै सरस्वती कवचको पाठ गरिन्छ ।

‘ऊँ ऐं सरस्वत्यै नमः’ मन्त्रलाई एक सय आठपटक जप गरेर सरस्वतीको आरती गरिन्छ । सरस्वती मिश्री, दूध, दही, तुलसी, मह मिलाएर पञ्चामृतको प्रसाद बनाएर चढाउने प्रचलन छ । यसका साथमा खिरको प्रसाद अर्पण गर्ने गरिन्छ ।
अनलाइन खबरबाट साभार गरिएको |

Monday, January 30, 2017

सडक दुर्घटनामा सयभन्दा बढीको मृत्यु


बाँके, १८ माघ । मध्यपश्चिमाञ्चलमा सडक दुर्घटनामा परी गत छ महिनामा एक सय १६ जनाको मृत्यु भएको छ ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको पछिल्लो तथ्याङ्कअनुसार सडक दुर्घटनामा परी दुई सय ३० जना घाइते भएका छन् ।

आव २०७२÷७३ को साउनमा नौ, भदौमा सात, असोजमा २३, कात्तिकमा २२, मङ्सिरमा २५ र पुसमा २० जनाको सडक दुर्घटनामा परी मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।



मृत्यु हुनेमा पुरुषको सङ्ख्या बढी छ । सो कार्यालयका अनुसार सडक विस्तारसँगै मुख्य रुपमा चालकको लापर्बाहीले गर्दा नै सडक दुर्घटना हुने गरेको छ ।

चालकले मापसे गरेर सवारी साधन चलाउने र धेरैजसो चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ । त्यस्तै ठूलाभन्दा साना सवारी साधन बढी दुर्घटना परेका छन् । रासस

भारतीय राजदूतसँग डिनर खाइरहँदा अनिल झाको मोबाइलमा केपी ओलीको फोन !


काठमाण्डु, १८ माघ– नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झामाथि मधेसी मोर्चाभित्रैबाट एमाले अध्यक्ष केपी ओलीका लागि सुराकी भूमिका निर्वाह गरिरहेको आरोप लागेको छ ।

झाको पार्टी मोर्चाको एक घटक हो । उनी आन्दोलनमा अन्य मोर्चा घटक सँगै छन् । मोर्चाक एक नेताका अनुसार आफूहरुको रणनीति र कार्यक्रमबारे झाले ओलीलाई नियमित जानकारी गराउने गरेका छन् । ‘अनिल झाले मोर्चाभित्रै बसेर केपी ओलीलाई हाम्रो सूचना दिने काम गर्दै आएको बुझियो’, ती नेताले काठमाण्डु टुडेसँग भने, ‘उहाँमाथि हामीले सुक्ष्म निगरानी गरिरहेका छौं ।’

भारतीय दूतावासको डिनरमा के भयो ?
गत महिना नेपालस्थित भारतीय दूतावासले मधेसी मोर्चाका नेतालाई डिनरमा बोलायो । डिनरमा महन्थ ठाकुर, हृदयेश त्रिपाठी, राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव लगायत थिए । भारतीय राजदूत रञ्जित रे र मोर्चा नेताबीच संविधान संशोधन विधेयकबारे कुराकानी चलिरहेको थियो । त्यही बैठकमा राजदूतले सरकारले ल्याएको संशोधन प्रस्तावमा सहमति जनाउन मोर्चा नेतालाई दबाब दिएका थिए ।

राजदूतले केपी ओलीकै प्रसंगमा कुरा गरिरहेका थिए । ‘ओलीजी विगतमे हमारा आदमी था, उसके लिए हमारा कितना ज्यादा लगानी है, ओ आदमी बारबार कहता है हम राष्ट्रवादी । नेपालमा राष्ट्रवादके नाममे भ्रमका खेती हो रहा है ।’ त्यति नै बेला अनिल झाको मोबाइलमा केपी ओलीको फोन आयो । झा केहीबेर अल्मिलिए । फोनको रेस्पेन्स गरौं कि नगरौं भन्ने द्विविधामा परे । दोश्रो पटक पनि रिङ बजेपछि फोन उठाए । ‘बैठक जारी छ, सकिएपछि म कल ब्याक गर्छु’, यति भनेर झाले फोन राखिदिए । उनले केपी ओलीले आफूलाई डिनर बैठकमा भएको छलफलबारे बुझ्न फोन गरेको बताएपछि सबै चकित परे ।



कसरी भयो ओली–झा कनेक्सन ?
झा दोश्रो संविधानसभा निर्वाचानमा रौतहट–१ बाट उम्मेदवार थिए । एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भारी मतान्तरले पराजित भए । निर्वाचनका बेला अहिलेजस्तो नेपाल–ओली सम्बन्ध सुमधुर थिएन । महाधिवेशनमा भएको हारजितले उनीहरुको सम्बन्ध खल्बलिएको थियो । माधव नेपालको प्रतिस्पर्धी भएका कारण ओलीको सहानुभूति झालाई थियो । त्यही बेलादेखि ओली–झा नजिक भएका हुन् । उनीहरुका बीचमा भेटघाट र टेलिफोनमा बाक्लो कुराकानी हुने गरेको दाबी श्रोतको छ ।

अघि बढ्यो रेल निर्माण एक बर्ष भित्रै ७० किलोमीटरमा यसरी हुईकिदै छ रेल

काठमाडौः सरकारले रेलमार्ग निर्माणको काम अगाडि बढाउन थालेको छ । सरकारले नौ सय ४५ किलोमिटर पूर्वपश्चिम रेलमार्ग निर्माणको काम खण्डगत रूपमा सुरु गरेको छ । भारतले आगामी एक वर्षभित्रै (सन् २०१७ डिसेम्बरसम्म) जयनगरबाट महोत्तरीको बर्दिवाससम्म रेलमार्ग निर्माण गर्ने भएको छ ।
भारतले अनुदानमा निर्माण गरिरहेको ७० किलोमिटरको यो रेलमार्गमा एक वषपछि नै रेल सञ्चालन गर्न सकिने रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले जानकारी दिए ।

रेल विभागकाअनुसार नेपालमा मध्यमदेखि दु्रत गतिको रेलमार्ग आवश्यक भइसकेको छ । नेपाल अन्तर्राष्ट्रिय रेल सञ्जालमा जोडिन र छिटो यातायात सेवाको उपयुक्त माध्यम पनि रेलमार्ग नै हो । नेपालले हाल पूर्वपश्चिम रेलमार्गको विभिन्न खण्डमा सम्भाव्यता अध्ययन गर्ने, विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउने, रेलमार्ग निर्माण सुरु गर्नेदेखि सडकको विकल्प खोज्नेसम्मका काम अगाडि बढाइरहेको छ अन्नपूर्ण पोस्ट अगाडि लेख्छ ।। ।

रेल विभागकाअनुसार पूर्वपश्चिमलाई मेची-महाकाली विद्युतीय रेलमार्गका नाममा काम अगाडि बढाउन थालिएको छ । विभिन्न पाँच प्याकेजमा काम भइरहेको क्रस बोर्डर कनेक्टिभिटी, काठमाडौं-पोखरा तथा कुरिन्टार लुम्बिनी विद्युतीय रेल, रसुवागढी काठमाडौं रेल, काठमाडौं-वीरगन्ज विद्युतीय रेल र काठमाडौं उपत्यकालाई विभागले रेल नेटवर्कका रूपमा अगाडि सारेको छ ।

उपाध्यायकाअनुसार अन्तरमन्त्रालयको समन्वय भएमा र प्राथमिकताका आधारमा काम गर्न पाइए अहिले अगाडि सारिएका सबै योजना १० वर्षभित्रै पूरा हुन सक्छन् । नेपालमा विकास योजनामा अनेक वाधा अवरोध हुने, सरकारी समन्वय नहुने, बजेट अभाव हुनेलगायतका समस्याले समयमा काम सक्न भने चुनौती रहेको उपाध्यायको बुझाइ छ ।

जनकपुर जयनगरको पुरानै रुट सञ्चालनमा आउँदै
भारतको सहयोगमा जयनगरबाट महोत्तरीको बर्दिवाससम्म रेलमार्ग निर्माणको काम तीव्र रूपमा भइरहेको छ । यो रेलमार्ग निर्माणको काम सन् २०१७ भित्रै पूरा गर्ने योजना रहेको विभागको भनाइ छ ।

जयनगरबाट बर्दिवाससम्मको ७० किलोमिटर रेलमार्ग भारतले नै बनाउने काममा फर्मेसन लेभलसम्मको ८० प्रतिशत काम सम्पन्न भएको छ । यो रेलमार्गमा जनकपुरबाट बिजलापुरसम्मको पनि ४० प्रतिशत इमबैंकमेन्ट फिलिङको काम सकिएको छ । सन् १९३७ मा सञ्चालनमा आएको यस रेलमार्ग करिब तीन वर्षदेखि पूर्ण रूपमा बन्द छ । रेलमार्ग जनकपुर जयनगरको पुरानै रूटमा बनिरहेको छ । रेलमार्गको पुरानै रूटलाई स्तरोन्नति गरेर नयाँ बनाउने काम भइरहेको छ ।

नेपाल अन्तराष्ट्रिय रेल सञ्जालमा जोडिन र छिटो यातायात सेवाको उयपुक्त माध्यम पनि रेलमार्ग नै हो ।
विभागकाअनुसार रेलमार्ग भारतले बनाइदिने भए पनि रेल चलाउने विषयमा अझै टुंगो लागेको छैन । जम्मा ७० किलोमिटरको यो रेलमार्गमा नेपाल आफैंले रेल किनेर चलाउने कि भारतलाई सञ्चालन गर्न आग्रह गर्ने भन्ने विषयमा अन्योल रहेको उपाध्यायले बताए । उनकाअनुसार एउटा रेल खरिद गर्दा कम्तीमा ३५ देखि ४० करोड रुपैयाँ खर्च गर्नुपर्छ । यो पैसा खर्च गरेर पनि अन्य स्थानमा रेलमार्ग निर्माण भइनसकेकाले तत्काल थप रूटमा चलाउन सकिँदैन, छोटो रूटमा रेल कुदाएर लाभ लिन पनि नसकिने उनको बुझाइ छ ।

रेलमार्ग चक्काको दुरीअनुसार फरक हुन्छ । न्यारोगेज, ब्रोड गेज र स्ट्यान्डर्ड गेज गरी तीनस्तरमा सञ्चालन गर्न सकिन्छ । अहिले भारतले बनाइरहेको जयनगरदेखि महोत्तरीसम्मको लिग स्ट्यान्डर्ड गेजको हो । स्ट्यान्डर्ड गेजमा रेल कुदाउँदा प्रतिघन्टा दुई सय किलोमिटरको गतिमा हुने पनि उल्लेख छ । यो मार्ग पहिले न्यारो गेजको थियो । रेलको लिगमा रहने फलामको चक्काको दुरीअनुसार गेज निर्धारण हुन्छ ।



बर्दिवास-सिमरा खण्डमा वनको स्वीकृति आवश्यक
जयनगरबाट महोत्तरीसम्म भारतले रेलमार्ग बनाइदिने भए पनि पूर्वपश्चिम खण्डकै बर्दिवासदेखि सिमरासम्मको २५ किलोमिटर रेलमार्ग विभागले निर्माण गरिरहेको छ । विभाककाअनुसार यो खण्डमा लिगको संरचना बनाउने काम सुरु भएको छ । यसका लागि यस क्षेत्रका करिब ११ हजार रुख काट्नुपर्नेछ । रुख काट्ने अनुमति वन मन्त्रलयबाट लिनुपर्ने भएकाले पनि स्वीकृतिका लागि पठाइसकिएको विभागले जानकारी दिएको छ ।

वन मन्त्रालबाट जति छिटो अनुमति लिन सकियो त्यति नै छिटो रुख काट्न र भौतिक निर्माणको काम अगाडि बढाउन सकिने उपाध्यायले बताए । यो खण्डको निर्माण लागत करिब चार अर्बको हो । चालू आवमा यसका लागि ८१ करोड रुपैयाँ बजेट रहेको र आवश्यक पर्दा थप गर्न सकिने जानकारी अर्थले दिएको विभागको भनाइ छ ।

पूर्वका दुई खण्डमा डीपीआर
पूर्वका दुई खण्डमा डीपीआरको काम रेल विभागले नै गरिरहेको छ । विभागकाअनुसार बर्दिवासदेखि इनरुवा र इनरुवादेखि काँकडभिट्टासम्मको काम भइरहको छ । बर्दिवासदेखि काँकडभिट्टासम्म दुई सय ६२ किलोमिटर रहेको छ । विभागकाअनुसार आगामी तीन महिनामा पश्चिम खण्डको बुटवल-लमही, लमही-कोहलपुर, कोहलपुर-सुक्खड, सुक्खड गड्डाचौकीसम्मको चार खण्डको डीपीआर बनाउने काम सुरु हुन्छ ।

काठमाडौं-वीरगन्ज अध्ययनमा १५ कम्पनी
काठमाडौंबाट वीरगन्जसम्मको रेलमार्गको सम्भाव्यता अध्ययन हुने भएको छ । यो खण्डको अध्ययन गर्न रेल विभागले आसयपत्रसमेत माग गरिसकेको छ । विभागकाअनुसार गत मंसिर १८ सम्मको समय दिएर मागिएको ग्लोबल टेन्डरमा काठमाडौं-वीरगन्ज विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न १५ कम्पनी इच्छुक छन् ।

यसमध्ये अधिकांश कम्पनी कोरियन र चाइनिज रहेको विभागका सिनियर डिभिजनल इन्जिनियर उपाध्यायले अन्नपूर्णलाई जानकारी दिए । यी कम्पनीको मूल्यांकन भइरहेको छ । यसमध्ये उपयुक्त कम्पनीलाई सम्भावना अध्ययनको जिम्मा दिइने पनि विभागको भनाइ छ । विभागले सम्भाव्यता अध्ययन गर्न करिब सात करोड बजेट विनियोजन गरेको छ । इन्फोनेपाल अन्तर्राष्ट्रिय रेल सञ्जालमा जोडिन र छिटो यातायात सेवाको उपयुक्त माध्यम पनि रेलमार्ग नै हो ।

पोर्न साइट हेर्नमा कुन देश अगाडि ? पछिल्लो रिपोर्टका केही रोचक तथ्यहरु


चर्चित पोर्न साइट पोर्न हबले हालै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार इन्टरनेटमा पोर्न सामाग्री हेर्ने मानिसहरुमध्ये सयमा २६ जना महिला छन् । रिपोर्ट अनुसार सन् २०१५/१६ मा उक्त साइट भिजिट गर्ने पोर्नप्रेमी महिलाको संख्यामा २ प्रतिशतले वृद्धि भएको छ ।

रिपोर्ट अनुसार भारतमा पोर्न सामाग्री हेर्ने कुल इन्टरनेट प्रयोगकर्तामा महिलाको हिस्सा ३० प्रतिशत छ । अर्थात् कुनैपनि देशमा जनसंख्याको अनुपातमा सबैभन्दा धेरै पोर्न हेर्ने महिला भारतका हुन् ।


त्यस्तै क्यानडा र अमेरिकामा पोर्न हेर्ने उपभोक्ताहरुमा २५ प्रतिशत महिला रहेका छन् भने बेलायतमा २४ प्रतिशत ।

रिपोर्ट अनुसार सन् २०१६ मा पोर्नहब वेबसाइटमा ९२ अर्ब पटक पोर्न फिल्म हेरिएको छ ।

पोर्नहबका अनुसार इन्टरनेटमा सबैभन्दा धेरै पोर्न सामाग्री हेर्ने मानिसहरुको संख्याका आधारमा अमेरिका पहिलो, बेलायत दोश्रो र क्यानडा तेश्रो स्थानमा रहेका छन् । भारत भने चौथो स्थानमा रहेको छ ।

चीनमा भने पोर्नहब प्रतिबन्धित रहेको छ र पोर्न प्रेमीहरु स्थानीय पोर्न साइटबाट चित्त बुझाउन बाध्य छन् ।

पोर्नहबको नयाँ रिपोर्टका केही रोचक तथ्य यस्ता छन्ः

सन २०१६ मा पोर्नहबमा पोर्न फिल्म हेरेर मानिसहरुले ४ अर्ब ६० करोड घण्टा बिताएका छन् ।

हरेक दिन ६ करोड ४० लाख इन्टरनेट प्रयोगकर्ताले पोर्न हब वेबसइट लगअन गरेका छन् ।

पोर्न साइट हेर्नेमध्ये ६१ प्रतिशतले मोबाइलबाट, २८ प्रतिशतले डेस्कटपबाट र ११ प्रतिशतले ट्याबलेटबाट हेर्ने गरेका छन् ।

पोर्नहब साइटमा पोर्न सामाग्री हेर्नेमध्ये ७ प्रतिशत ५५ वर्ष भन्दा माथिका हुने गरेका छन् । सबैभनदा धेरै १८ देखि २४ वर्ष उमेरका रहेका छन् ।

पोर्नहबमा पोर्न सामाग्री हेर्नका लागि एक पटकमा औषतमा ९ मिनेट ३६ सेकेण्ड बिताउने गरेका छन् पोर्नप्रेमीले ।

पोर्नसाइटमा पोर्न हेर्दा एकपटकमा धेरै लामो समयसम्म हेर्नेमा दक्षिण अफ्रिकीहरु अगाडि देखिएका छन् । अफ्रिकीहरु एक सत्रमा औषतमा १० मिनेट १५ सेकेण्ड सम्म पोर्न साइट हेर्छन् । अमेरिकीहरु १० मिनेट १५ सेकेण्ड र फिलिपिनोहरु ९ मिनेट ३६ सेकेण्ड सम्म पोर्न साइट खोल्छन् एक पटकमा ।

सात मुश्लिम देशपछी ट्रम्पको निशानामा भारत

१८ माघ,एजेन्सी ।  सात मुश्लिम देशका आप्रवासीलाई अमेरिका छिर्नबाट रोक लगाएर संसार भर सनसनी मच्चाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी निर्णयले भारत नराम्री पिडित हुने भएको छ।

हाल ड्राफ्ट बन्दै गरेको नयाँ नियममा एच-१बी भिसा दिन कडाइ गरिने भएको छ जसको सोझो असर भारतको सुचना प्रविधी उद्योगलाई पर्नेछ।



हालका भारतीय सुचना प्रविधीका अग्रणी कम्पनीले भारतीय कामदार अमेरिका लैजान एच-१बी भिसा प्रयोग गर्दै आएका छन्। ट्रम्पले अमेरिकीलाइ पहिलो रोजगारी दिने नीति अन्तर्रगत यसको नियम ल्याउन लागेको बताइन्छ।

 एच-१बी भिषा किन महत्वपुर्ण छ भारतलाई ?

एच-१बी भिषामा उच्च दक्ष जनशक्ति अमेरिका जान  पाउँछ। भारतले सुचना प्रविधीमा दुई दशक यता पाएको सफलतामा यही भिषाको पनि ठुलो हात रहेको छ।



त्यसैघरि धेरै भारतीयले प्रयोग गरिरहेको एल-१ भिषामा समेत यस्तै कडाइ गरिने भएको छ।

कम्पनी छाडेर जाँदै हुनुहुन्छ ? कती पाउनु हुनेछ हिसाब ?




कम्पनी छाडेर जाँदै हुनुहुन्छ ? कती पाउनु हुनेछ हिसाब ? जानी राखौ कतार मा कार्यरत कामदार लाई आयो अहिलेसमकै जनचेतना मुलक खुसीको खबर अरुको लागि सक्दो सेयर गर्नुहोस
इन्ड अफ सर्भिस/ग्रेज्युटी भन्नाले काम करार सकी कम्पनी छाडेर जाने श्रमिकले वकस स्वरुप पाउने रकमलाई बुझाउँछ । यो कतार श्रमिक कानुनको एक हिस्सा हो । यो बिमा संग सम्बन्धित नभई श्रमिकको न्युनतम तलब को आधारमा हिसाब हुने गर्दछ । कतार सरकारले आफ्नो देश विकासमा सेवा गरे बापत आप्रवाशी कामदारहरुलाई धन्यवाद स्वरुप दिने रकम नै ग्रेज्युटी हो साथै यो अनिवार्य रुपमा लागु हुनुपर्ने कतारको नियम अन्तर्गत पर्दछ ।
यो सेवा पाउन कामदारले आफ्नो सम्झौता (करार) म्याद सम्म एउटै कम्पनीमा काम गरेको हुनुपर्दछ । कम्पनी र कामदारको करार अन्तर्गत दुवैको सहमतीमा ग्रेज्युटी हुनेगर्दछ । यसमा तीन हप्ता देखि एक महिना सम्मको भुत्तानी पाईन्छ ।


कसरी गरिन्छ ग्रेज्युटी को हिसाब ?
कम्पनीमा काम गरेको ५ वर्ष भन्दा कम भएको खण्डमा एक सालमा तपाईले ३ हप्ताको बोनस पाउनुहुनेछ ।
Formula : Basic Salary ÷ 30 (एक महिना) x 21 (३ हप्तामा हुने दिन) x Years (वर्ष )
जस्तै : तपाईको एक महिनाको न्युनतम तलब १००० छ र तपाईले कम्पनीमा काम २ वर्ष गर्नुभएको छ भने
1000 ÷ 30 = 33.33 (एक दिन को तलब )


33.33 X 21 = 700 (२१ दिन को तलब)
700 X 2 = 1400 Qar बोनस पाउनुहुनेछ ।
कम्पनीमा काम गरेको ५ वर्ष भन्दा बढी र १० वर्ष भन्दा कम भएको खण्डमा एक सालमा तपाईले ४ हप्ताको बोनस पाउनुहुनेछ ।
Formula: Basic Salary ÷ 30 (एक महिना) x 28 (चार हप्तामा हुने दिन) x Years (वर्ष )
जस्तै : तपाईको एक महिनाको न्युनतम तलब १००० छ र तपाईले कम्पनीमा ७ वर्ष काम गर्नुभएको छ भने
1000÷30=33.33 (एक दिन को तलब निस्कियो)


33.33 X 28=933.33
933.33 X 7=6533.33 कतारी रियाल बोनस पाउनुहुनेछ ।
कम्पनीमा काम गरेको १० वर्ष भन्दा बढी भएको खण्डमा एक सालमो तपाईले ५ हप्ताको बोनस पाउनुहुनेछ ।
Formula: Basic Salary ÷ 30 (एक महिना) x 35 (पाँच हप्तामा हुने दिन)
जस्तै: तपाईको एक महिनाको न्युनतम तलब १००० छ र तपाईले कम्पनीमा १२ वर्ष काम गर्नुभएको छ भने
1000÷30=33.33 (एक दिन को तलब निस्कियो)
33.33 X 35 =1166.55
1166.55 X 12 = 13998.6 कतारी रियाल बोनस पाउनुहुनेछ ।

अब छोराछोरीको कमाईमाथि अभिभावकको १० प्रतिशत हक लाग्ने व्यवस्था गर्ने तयारी

पोखरा, १७ माघ- महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले छोराछोरीको कमाईको केही अंशमा बाबुआमाको पनि हक स्थापित हुने गरी कानुन बनाउन लागेको बताउनुभएको छ । पोखरा बृद्धाश्रमको नवनिर्मित सुविधाजनक आवास भवनको उद्घाटन गर्दै मन्त्री खड्काले जन्माउने, हुर्काउने, शिक्षा, दिक्षाको व्यवस्था गरी समाजमा योग्य नागरिक बनाउने अभिभावकप्रति छोराछोरीको पनि दायित्व हुनुपर्नेमा जोड दिनुभयो । वहाँले छोराछोरीको कमाईको १० प्रतिशत रकम बुबा आमाको जम्मान हुने व्यवस्था कानुनी रुपमा नै व्यवस्था गर्न लागिएको बताउनुभयो । वहाँले बालबालिका, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुलाई नयाँ संविधान अनुसार ऐन नियम बनाउने प्रक्रियामा मन्त्रालय लागिरहेको बताउनुभयो । पोखरा बृद्धाश्रम ४ नम्बर प्रदेशकै नमुना आश्रमका रुपमा रहेको भन्दै वहाँले ज्येष्ठ नागरिकहरुका लागि थप सेवा सुविधा प्रदान गर्न सरकारका तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा वृद्धाश्रम परिसरमा मन्दिर शिलान्यास गरिएको छ ।


 महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णप्रसाद लम्सालले मन्दिरको शिलान्यास गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव लम्सालले कसैले घोषणा गर्दैमा नमुना नभईने संस्थाका काम कार्वाही राम्रा भएकाले जगतले नै पोखरा बृद्धाश्रमलाई नमुना आश्रमको रुपमा स्वीकार गरेको धारणा व्यक्त गर्नुभयो । संविधान बनेकाले ज्येष्ठ नागरिकहरुले अधिकारमुखी अवधारणा अनुसार कानुनी रुपमा नै ग्यारेन्टी गर्ने वहाँको भनाई थियो । कार्यक्रममा बृद्धाश्रमका उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक टिकाबहादुर भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो निर्माण उपसमितिका सचिव श्यामसुन्दर पराजुलीले भवन निर्माणको लागत विवरण बारे जानकारी दिनुभएको थियो । १ करोड २९ लाख ६२ हजारको लागतमा निर्माण सम्पन्न भएको आश्रमको नवनिर्मित भवनमा नेपाल सरकारको तर्फबाट विभिन्न आर्थिक वर्षमा प्राप्त भएको ३९ लाख खर्च भएको सो अवसरमा जानाकारी दिइएको थियो ।


त्यस्तै जिल्ला विकास समिति, कास्कीबाट १ लाख, सांसद चुडामणि जंगलीको संसद विकास कोषबाट १ लाख ५० हजार, सांसद बृन्दा रानामगरले ५० हजार १ सय ५५ रुपैयाँ तथा विभिन्न ३ भन्दा बढी व्यक्ति तथा संस्थाले भवन निर्माणमा सहयोग प्रदान गरेको भवन निर्माण उपसमितिले जनाएको छ । त्यस्तै मन्दिर निर्माणका लागि करिव ८ लाख लगानी हुने र सो का लागि समेत दाताहरुबाट सहयोग प्राप्त हुने विश्वास सो अवसरमा व्यक्त गरिएको थियो । कार्यक्रममा सम्बोधन गर्दै पोखरा बृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले पोखरा बृद्धाश्रममा असहाय एवं बेवारिसे अवस्थाका ज्येष्ठ नागरिकहरुलाई आश्रय प्रदान गरिएको जानकारी दिनुभयो । ताजा खबर बाट

‘पोहोर श्रीमान बिते, अहिले छोरोको मिर्गौला खराब, उपचारमा कसले सहयोग गर्ला !’


‘पोहोर श्रीमान बिते, अहिले छोरोको मिर्गौला खराब, उपचारमा कसले सहयोग गर्ला !’
उदयपुर, माघ १८ – उदयपुरकी एक महिलाले मिर्गौला खराब भएर समस्यामा रहेका चार वर्षे छोराको उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । त्रियुगा नगरपालिका–३ की लिला बिकका चार वर्षे छोरा किसन बिक मिर्गौला खराब भएको छ । तर आर्थिक अभावमा उनको उपचार हुन सकेको छैन । लिलामायले मिर्गौला रोगी छोरा बचाई दिन सबैसँग आग्रह गर्नुभएको छ ।



‘ज्याला मजदुर गरेर दुई छाक टार्ने मेरो दैनिकीले छोरालाई उपचार गर्न सकिन’ जिल्ला बाल हेल्प लाइनको कार्यालयमा निवेदन दिँदै उहाँले भन्नुभयो, ‘दैव पनि म माथि मात्र खनियो, गएको वर्ष श्रीमान बित्नुभयो, अहिले छोरालाई मिर्गौला रोग लाग्यो । उपचार गर्ने पैसा छैन ।’ उहाँको सम्पत्ति भनेको पाँच धुर जग्गामा बेनको घर मात्रै हो । त्यो जग्गा पनि ऐलानी रहेको उहाँले बताउनुभयो । उहाँले छोराको उपचारमा सहयोग गरिदिन सरकार तथा गैरसरकारी निकायसहित सबैसँग आग्रह गर्नुभएको छ ।

‘सहयोगी हातहरु पाए छोरा बचाउने थिएँ’ लिलाले भन्नुभयो, ‘साथमा भएका दुई छोरालाई पढाउने धोको पनि छ ।’ गएको भदौमा छोराको पेट फुल्न थालेपछि जिल्ला अस्पताल उदयपुर उपचारको लाँदा मुटुको रोग भनेर शहीद गंगालाल हृदय रोग निवारण केन्द्रमा रिफर गरियो ।
त्यहाँ लगेपछि मुटु रोग नभई मिर्गौलाको समस्या रहेको डाक्टरले बताएका थिए । आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौला रोगको उपचार गर्न नसकेको उहाँले बताउनुभयो । त्यसपछि छोरालाई विराटनगर स्थित नोबेल मेडिकल कलेज लगि उपचार गरेको र त्यहाँ ४६ हजार रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो । तर निको नभएकाले सहयोगको हार गुहार गरेको लिलाले बताउनुभयो ।



जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाले आर्थिक सहयोग जुटाउने पहल सुरु गरेको नेस्पेक उदयपुरकी अध्यक्ष गंगा राईले बताउनुभयो । ‘आर्थिक अवस्था कमजोर भएकाले बाल हेल्पलाइनमा निवेदना आयो’ गंगाले भन्नुभयो, ‘तीन सदस्य रहेको समिति बनाई आर्थिक संकलनमा जुटेका छौं ।’ लिलाका जेठो छोरा १० वर्षका छन् ।

उज्यालो बाट

माइकल जैक्सनको मृत्युको कारण आठ वर्षपछि छोरीले खोलिन् !

लसएञ्जलस । पप म्यूजिकका विश्वप्रसिद्ध व्यक्तित्व माइकल जैक्सनकी छोरी पेरिस जैक्सनले आफ्ना बाबुको हत्या भएको सनसनीपूर्ण दाबी गरेकी छिन् ।

वेबसाइट ‘इन्डीपेन्डेन्ट डट को डट यूके’का अनुसार १८ वर्षीया पेरिसले आफ्ना बाबु माइकल जैक्सनको हत्या पूरा योजनाअनुसार भएको बताएकी हुन् । पेरिसाले भनेकि छिन्, ‘बाबाले मलाई आफ्नो हत्याको षड्यन्त्र भइरहेको र केही व्यक्ति पछाडि लागेको संकेत पाएको कुरा भन्नुभएको थियो ।’

पेरिसले ‘रोलिंग स्टोन’लाई भनेकि छिन्, ‘उहाँले भन्नुभएको थियो केही व्यक्ति मेरो ज्यालन लिन चाहन्छ । उहँले (माइकल जैक्सन) कुनै पनि दिन मेरो हत्या हुन सक्छ भन्नु भएको थियो ।’

माइकल जैक्सनको मृत्यु हत्याका कारण भएको आफन्त र समर्थकहरूले दाबी गर्दै आएका छन् । तर, उनको हत्या कसले किन गर्न चाहेको थियो भन्ने खुल्न सकेको छैन ।

छोरी पेरिसका अनुसार, ‘यो एक शतरञ्जको खेल हो र म अहिले शतरञ्ज खेल्ने कोशिश गरिरहेकी छु । यसबारेमा अहिले यत्ति नै भन्न सक्छु ।’



डोजभन्दा अत्यधिक औषधिको मात्रा दिएका कारण २००९ मा माइकल जैक्सनको निधन भएको थियो । उनका निजी चिकित्सक कनराड मरेलाई नोभेम्बर २०११ मा हत्याको दोषी ठहराएर चार वर्षको जेल सजाय समेत भइसकेको छ । – एजेन्सी

दुई ट्रक ठोक्किँदा तीन घाइते

१८ माघ, चितवन।

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ट्रक र वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक दारेचोक–७ चुङ खोलास्थित पृथ्वी राजमार्गमा आज बिहान एकापसमा ठक्कर खाँदा चालक र सहचालक गरी तीनजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ८१२७ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ८६६२ नम्बरको ट्रक आज बिहान ३ः३० बजे एकापसमा ठोक्किएका हुन् । दुर्घटनामा परी ना ५ ख ८६६२ नम्बरका ट्रक चालक मकवानपुर भैसे गाविस–२ का ४० वर्षीय पशुपति थापा गम्भीर घाइते भएका छन् ।

सोही ट्रकका सोही ठाउँका सहचालक २२ वर्षीय विमल आलेमगर र अर्का ट्रकका चालक दोलखाका २८ वर्षीय राजु लामा पनि घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।



दुई ट्रक ठोक्किएपछि अवरुद्ध सडक एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ । घटनास्थल मुग्लिनबाट १० किलोमिटर काठमाडौँतर्फ पर्दछ । रासस

हेडसरले सुतेकै ठाउँमा महिलालाई बलात्कार गरेपछि..


बैतडी। सलेना गाविसकी महिलालाई बलात्कार गरेको आरोपमा यहाँका एक प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुदर्शन मावि लिखोडाका प्रअ सलेना गाविस–२ मलिकुलका ५२ वर्षीय रामबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक धर्मानन्द भट्टले जानकारी दिनुभयो ।


अभियुक्त चन्दले यही माघ १३ गते राति महिलाको घरमै गएर बलात्कार गरेको भनी आफन्तले उजुरी दिएपछि पह्ररीले आज उनलाई पक्राउ गरेको हो । रासस

आफू आईजिपी बन्न सिलवालविरुद्ध डिआईजी चन्दले गरे यस्तोसम्म हर्कत !


काठमाण्डु, १८ माघ– नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल ३० वर्षे सेवा अवधिका कारण आगामी फागुन २ गतेदेखि सेवा निवृत्त हुँदै छन् ।

अर्यालसँगै २०४३ फागुन ३ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका  राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, रमेशशेखर बज्राचार्य, वीरेन्द्रबाबु श्रेष्ठ, केदारप्रकाश साउद, यादव अधिकारी, विश्वराजसिंह शाही, सुशीलवरसिंह थापा र परशुराम खत्रीसहितका ११ एआईजीहरु र डीआईजी श्यामबहादुर खड्का फागुन २ देखि ३० वर्षे सेवा अवधिको प्रावधानअनुसार अनिवार्य अवकाश पाउँदै छन् ।
हालका महानिरीक्षक अर्यालका सम्पूर्ण ब्याजीहरुको अवकाशपछि २०४४ साल चैत २९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हालका डीआईजीहरु मध्येबाट एक जना नेपाल प्रहरीको २५औं महानिरीक्षक बन्नेछन् । अर्यालको अवकाशको मिति नजिकिँदै गर्दा भावी महानिरीक्षकको दौडमा रहेका डीआईजीहरुबीच चलिरहेको अस्वस्थ प्रतिस्पर्धाले सिंगो प्रहरी संगठनकै बदनाम हुन पुगेको छ ।

भावी महानिरीक्षकको उम्मेदवार रहेका डीआईजी नवराज सिलवाल वरीयताको एक नम्बरमा छन् भने दुई नम्बरमा प्रकाश अर्याल, तीन नम्बरमा जयबहादुर चन्द र वरीयताको चार नम्बरमा बमबहादुर भण्डारी  रहेका छन् । सरकारले लागि चार जनामध्ये व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका डीआईजी नवराज सिलवाललाई महानिरीक्षक नियुक्ति गर्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएपछि तेस्रो वरीयतामा रहेका तथा आर्थिक रुपमा बदनामी कमाएका डीआईजी जयबहादुर चन्द तल्लोस्तरमा गिरेर आफ्ना प्रतिस्पर्धी सिलवालविरुद्ध षड्यन्त्रका तानाबाना बुन्ने असफल प्रयास गरिरहेका छन् ।

वरीयताको तेस्रो नम्बरमा रहेका तथा विवादास्पद पृष्ठभूमिका चन्दले भावी महानिरीक्षकको पद हत्याउन यतिसम्मको तल्लो स्तरको हर्कत गरिरहेका छन् कि डीआईजी जस्तो उपल्लो ओहदामा पुगेको व्यक्तिले यस्तोसम्म गर्लान् भनेर कल्पनासमेत गर्न सकिन्न । चन्दनिकट स्रोतका अनुसार बैंकिङ कसुर मुद्दामा हाल भीमफेदी कारागारमा मुद्दा पुर्पक्षका लागि थुनामा रहेका शम्भु भन्ने गुणबहादुर थापालाई डीआईजी सिलवालले फसाएको भन्दै थापाकी श्रीमती र छोरालाई बोलाएर काठमाडौंको कान्तिपथस्थित होटेल माउन्टेनमा सोमबार अपराह्न डीआईजी सिलवालविरुद्ध पत्रकार सम्मेलनको आयोजना गर्न लगाएको खुलेको छ ।

भावी महानिरीक्षकको रुपमा हेरिएका डीआईजी सिलवाललाई बदनाम गराएर आफूले पद हत्याउने दुष्कर्ममा लागेका डीआईजी चन्दले आफ्ना सहयोगी परिचालन गरेर पत्रकार सम्मेलनको चाजोपाँजो मिलाउनेदेखि लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरत केही प्रहरीलाई सादा पोशाकमा परिचालन गरेर सुरक्षा प्रबन्ध मिलाएको स्रोतको दाबी छ । ब्युरो स्रोतका अनुसार उक्त पत्रकार सम्मेलनको सुरक्षार्थ ब्युरोका इन्स्पेक्टर अनिल ठकुरी, सई निरञ्जन केसी र प्रहरी जवान रमेश जोशीलगायत प्रहरी कर्मचारीहरु खटिएका थिए भने सम्पूर्णलाई परिचालन गर्ने काम ब्युरोका डीएसपी अपिलराज बोहोराले गरेका थिए ।



सोमबार अपराह्न माउन्टेन होटेलमा केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक नवराज सिलवालको बदनाम गराउने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरिँदै छ भन्ने खबर काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशी, महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी प्रतापसिंह थापादेखि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसम्म पुगेको थियो । उक्त खबर एकाएक भाइरल भएपछि डीएसपी बोहोराले सुरक्षार्थ खटिएका सादा पोशाकका प्रहरीहरुलाई होटेल परिसरबाट भाग्न निर्देशन दिएका थिए । स्रोतका अनुसार डीएसपी बोहोराको निर्देशनपछि ब्युरोका सबै प्रहरीहरु त्यहाँबाट कुलेलम ठोकेका थिए ।

चन्द निकट स्रोतका अनुसार सोमबारको लागि तय गरिएको उक्त पत्रकार सम्मेलनको लागि सभा हल बुकिङ र खानपिनको व्यवस्थापन दरबारमार्गमा अवस्थित  ‘भिक्ट्री’ नामक डिस्कोका सञ्चालक राम गिरीले गरिदिएका थिए । माउन्टेन होटेल सम्बद्ध विश्वस्त स्रोतका अनुसार गिरीले भिक्ट्री डिस्कोका म्यानेजरलाई सभा हल बुकिङका लागि सोमबार बिहानै माउन्टेन होटेल पठाएका थिए । ‘मलाई राम गिरी दाइले पठाउनु भएको हो, हल भाडा र खानपिनको सबै बिल भिक्ट्रीको नाममा राखिदिनू,’ ती म्यानेजरलाई उद्धृत गर्दै स्रोतले भन्यो । विवादास्पद पृष्ठभूमिका गिरी डीआईजी चन्दनिकट मानिन्छन् ।

प्रहरीका केही अधिकारीहरुको अवैध पैसा ब्याजमा लिई रेस्टुरेन्टमा लगानी गरेर रातारात करोडपति भएका गिरी डीआईजी चन्दका व्यावसायिक साझेदारसमेत हुन् । विश्वस्त स्रोतका अनुसार गिरीको भिक्ट्री डिस्कोमा केही प्रतिशत चन्दको समेत लगानी छ । नेपाल प्रहरीका पूर्व एसएसपी ढकबहादुर कार्कीको संरक्षणमा वर्षौंदेखि अवैध धन्दा सञ्चालन गर्दै आएका गिरीले डीआईजी चन्दलाई महानिरीक्षक बनाउन ५÷७ करोडसम्म आफूले समेत लगानी गर्न तयार रहेको गफ दिँदै हिँड्ने गरेको गिरीनिकट स्रोत बताउँछ । गुनबहादुर र सिलवालबीचको विवाद के हो ? २०६८ सालको मङ्सिर अन्तिम सातातिर नेपाल प्रहरीमा रिक्त पाँच डीआईजी पदमा बढुवाका लागि प्रहरी मुख्यालय र गृह मन्त्रालयले प्रक्रिया के अगाडि बढाएको थियो, बढुवाको लाइनमा रहेका तत्कालीन एसएसपी  नवराज सिलवालले मिटरब्याजमा पैसा लगानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न निकायमा उजुरी परेको भन्दै केही पत्रपत्रिकामा समाचार प्रकाशित भए ।

प्रतिस्पर्धामा रहेका तत्कालीन एसएसपी जयबहादुर चन्दले आफ्नो ब्याचबाट पहिलो नम्बरमा रहेका सिलवाललाई पछाडि पारेर आफूलाई एक नम्बरमा डीआईजी बनाइदिन करोडौंको अफर लिएर तिनै पत्रपत्रिकाका कटिंगसहित तत्कालिन गृहमन्त्री विजयकुमार गच्छदारको शरणमा पुगे ।
चन्दको अफरपछि गच्छदारले चन्दलाई एक नम्बरमा डीआईजी बनाउन भरमग्दुर प्रयास गरे तर तत्कालीन महानिरीक्षक कुबेरसिंह राना र तत्कालीन गृहसचिव नवीनकुमार घिमिरेले वरीयता मिच्न नहुने भन्दै सिलवाललाई नै आफ्नो ब्याचबाट पहिलो नम्बरमा बढुवा गर्ने अडान लिए । जतिसक्दो प्रयास गर्दा पनि दुवैले अडान नछाडेपछि सचिव र आईजीपीको अगाडि गृहमन्त्री गच्छदार गले । २०६९ पुस ४ गते बढुवा सूची प्रकाशित भयो । २०४४ सालको ब्याचबाट एक नम्बरमा नवराज सिलवाल, दुई नम्बरमा प्रकाश अर्याल, तेस्रो नम्बरमा जयबहादुर चन्द र चौंथो नम्बरमा बमबहादुर भण्डारी बढुवामा परे ।

भूकम्प जानुअघि थाहा पाउन सकिने ! चीन ऐतिहासिक उपलब्धितर्फ, नेपाललाई पनि फाइदा


काठमाडौं, माघ १८ । भूकम्प कहाँ र कहिले जान्छ भन्नेबारे वैज्ञानिकहरुले विश्वसनीय आधार पत्ता लगाउन सकेका छैनन् तर अब यो अवस्थाबाट मुक्ति पाइने भएको छ ।


चीनले भूकम्प जानुअघि सूचना हासिल गर्ने दिशामा ऐतिहासिक सफलता हात पार्दैछ । उसले यसै वर्ष अन्तरिक्षमा एउटा भूउपग्रह प्रक्षेपण गर्दैछ, जसले चीन र आसपासका क्षेत्रमा भूकम्प जानुअघि नै त्यसका संकेतहरु प्रवाह गर्दछ ।

भूउपग्रहबाट आउने सूचनाबाट सम्भावित क्षेत्रमा सतर्कता अपनाउन सकिने चीनको विश्वास छ ।

उक्त भूउपग्रहले इलेक्ट्रोम्याग्नेटिक डाटा संकलन गर्ने जनाइएको छ । चिनियाँ अधिकारीहरुका अनुसार यसै वर्षको मे महिनासम्म यो उपग्रह प्रक्षेपण गरिने छ ।


यसले चीन र आसपासका क्षेत्रमा भूकम्प जाने समयको अनुगमन गर्न मद्दत पुग्ने जनाइएको छ । छिमेकी मुलुक भएका कारण चीनको यो प्रविधिबाट नेपालले पनि फाइदा लिन सक्ने देखिएको हो ।

भूगर्भसम्बन्धमा जानकारी लिने प्रयोजनका लागि पहिलोपटक चीनले अन्तरिक्षमा भूउपग्रह पठाउने भएको हो ।

यो अभियानका उपप्रमुख शेन शुईका अनुसार यो भूउपग्रहले आगामी पाँच वर्षसम्म आफ्नो कक्षमा रहेर भूकम्पसम्बन्धी इलेक्ट्रो म्याग्नेटिक अवस्थाको रेकर्ड गर्नेछ । यसले ६ म्याग्निच्यूड वा सो भन्दा बढी तीव्रताका भूकम्पबारे पूर्वजानकारी दिनेछ ।

यसको प्रक्षेपणलगत्तै वैज्ञानिकहरुले भूकम्पको पूर्वानुमान प्रवाह गर्ने प्रविधिको विकासमा जुट्ने जनाइएको छ । (एजेन्सी)

मोदीलाई ट्रम्पको फोन आउँदा दीपावली, अब सुरु भयो रुवाबासी

नयाँ दिल्ली, १८ माघ । डोनल्ड ट्रम्प सरकारको आदेशका कारण अमेरिकामा एच-१ बी भिसमा आउने प्रवासीको जीवनमा मुस्किल बढ्ने देखिएको छ।

खासगरी भारतीय आइटी कम्पनीहरुले आफ्ना कमर्चारीलाई अमेरिका पठाउनका लागि एच-१ बी भिसाको धेरै प्रयोग गर्दै आएका छन् । ह्वाइट हाउसले यस भिसा प्रावधानमार्फत अमेरिका आउनेलाई कडाई गर्नका लागि निर्देशन दिनेबारेको तथ्यहरु बाहिरिएसँगै भारतीय आइटी कम्पनी त्रसित भएका हुन् ।

भोक्स डटकमका अनुसार यीमध्ये एक वैधानिक आप्रवासीलाई पनि कम गर्नु रहेको छ । यसमा कानुनीरुपमा अमेरिका आउनेको संख्या घटाएर अमेरिकी रोजगार बढाउने कुरा गरिएको छ। दोस्रो उपायसम्बन्धी ड्राफ्टमा ‘विदेशी विद्यार्थीमाथि कडा निगरानी र एच-१ बी भिसाधारीलाई काममा राख्नेवाला कम्पनीको जाँच गरिने कुरा उल्लेख गरिएको छ ।



एच-१ बी भिसा अध्यागमन ऐन र राष्ट्रिय कानुनको धारा १०१ (ए) (१५) (एच) अन्तर्गत संयुक्त राज्य अमेरिकामा एक गैर-आप्रवासी भिसा हो । यसले अमेरिकी कम्पनीहरुले विशेष मानिएका व्यवसायमा अस्थायी रुपमा विदेशी कर्मचारीलाई नियुक्त गर्ने अनुमति दिन्छ ।

ट्रम्प सरकारले तयार गरेको ड्राफ्टमा मातृभूमि सुरक्षा अधिकारीहरुले यसको जाँच गर्ने उल्लेख छ । ओबामा सरकारले एच-१ बी भिसाधारीका पत्नीलाई पनि अमेरिकामा काम गर्ने अधिकार दिएको थियो ।

ट्रम्प सरकारले त्यसलाई उल्ट्याउने तयारीमा लागेको छ । यदि यस कार्यकारी आदेशलाई लागू गरियो भने यसले भारतबाट अमेरिकामा ज्ञान लिन जानेहरुलाई गम्भीर धक्का पर्नेछ ।

यस सम्बन्धमा न्यासकमका प्रमुख आर चन्द्रशेखरले भारतीय सञ्चारमाध्यमसँग प्रतिक्रिया दिन अस्वीकार गरे । ‘हाम्रो बुझाई भनेको दक्षण कामदारको ओहोरदोहोरले विश्वभरको अर्थतन्त्रलाई नै फाइदा पुग्छ । यसै कारणले आज सिलिकन भ्यालीमा विश्वभरको ज्ञान एकीकृत छ ।’ उनले अमेरिकामा बढिरहेको संरक्षणवादमाथि भारतीय आईटी उद्योगले नजर लगाइरहेको पनि दाबी गरे ।

हुन त भारतमा ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरेको टेलिफोनको ह्याङ अझे उत्रेको छैन । रसिया र चीनका राष्ट्रपतिलाई भन्दा मोदीलाई पहिले फोन आउँदा भारतमा दिपावाली नै भएको थियो । तर अब त्यो एक कल फोनको खुसीको नशामा ट्रम्पले भारतीयविरुद्ध पानी हाल्न थालिसकेका छन् ।

ट्रम्पले अघिल्लो शुक्रवार एक कार्यकारी निर्देशनमार्फत अमेरिकामा सात मुस्लिमबहुल देशबाट शरणार्थीको आगमनमा रोक लगाइदिएका थिए । यसले अमेरिकामा भागदौडको माहोल बन्न पुग्यो ।

यो निर्देशनपछि न्यूयोर्कको एक सं‌घीय अदालतका न्यायाधीशले यस आदेशमाथि अन्तरिम आदेशमार्फत रोक लगाइदिइसकेका छन् । तर यसलाई लिएर पनि त्यहाँ भ्रमको माहोल कायमै छ । ट्रम्पको आदेशको असर सिरिया, इराक, इरान, सोमालिया, सुडान, यमन र लिबियाका कानुनीरुपमा आएका आप्रवासीमाथि पनि परेको छ ।

गुगल, फेसबुक, माइक्रोसफ्ट, ट्विटर, उबर र कयौँ अन्य कम्पनीहरुले अमेरिकी सरकारको एन्टी-इमिग्रेशन नीतीको कडा आलोचना गरेका छन् ।

भारतीय आईटी कम्पनीले यी सात देशका कामदारलाई राखेका त छैनन् तर एच-१ बी भिसा र मुसलमानविरुद्ध ट्रम्प सरकारको कडा प्रस्तुतिका कारण डराइरहेका छन् ।

भारतको एक ठूलो आईटी कम्पनीका वरिष्ठ कार्यकारीले भने, ‘शुक्रबार जुन निर्णय आएको छ, त्यसबाट हामी दु:खी छौँ। मलाई लाग्छ ट्रम्पको कार्यकालका क्रममा हामीले यसैमा बानी हुनुपर्छ ।’

उनका अनुसार आउने केही दिनमा अमेरिकालाई लिएर कम्पनीका वरिष्ठ अधिकारीहरुले नयाँ नीतिबारे विचार गर्नेछन् ।

एक अर्को आईटी कम्पनीले शुक्रबार आएको ट्रम्पको निर्णयबाट चकित नभएको बताएका छन् । उनले यदि ट्रम्प सरकारको कुनै निर्णयपबाट भारतीय आईटी इन्डस्ट्रीलाई हानी हुन्छ भने त्यसका लागि अर्को कदम चालिने उल्लेख गरे । कारोबार दैनिकमा खबर छ ।

यि नेपाली मोडल जस्ले मलेशियामा आफ्नो कपडा संगसंगै नेपालको इज्जतपनि फालिन (भिडियो सहित )



 काठमाडौं। चिनियाँ नयाँ वर्षको अवसर पारेर नेपाली कलाकार टोलीले मलेसियामा आोयजना गरेको युनिक सांस्कृतिक धमाका ४ मा कलाकारले धमाका गरेका छन्।

धमाका यो अर्थमा कि नाच्दै गरेकी मोडल रिया श्रेष्ठले कपडा समेत खोल्न भ्याएकी छिन्। नृत्य र कार्यक्रमको सम्यता बिर्सेर प्रस्तुतीमा उत्रेकी उनका उत्तेजक नृत्यका भिडियो अहिले युट्युबमा भाइरल बनेको छ।

एक भिडियोमा चर्चित हास्यकलाकार शुलेमान शंकर ‘इकु’ पनि उनीसंगै नृत्यमा सहभागी देखिन्छन्।

 हेर्नुस भिडियो

देश विखण्डनकारी विरुद्ध कडा रुपमा उत्रियो नेपाली सेना, दबाब बढाउँदै



मुलुकका प्रमुख राजनीतिक दलहरूलाई नेपाली सेनाले तराईमा गतिविधि बढाउन र विखण्डनकारीहरूको एजेण्डालाई काउन्टर गर्न दबाब बढाएको छ ।

सेना स्वयंले पनि तराईका सामाजिक काममा हातहालेर जनतामाझ विश्वसनीयता बढाउन खोजिरहेको छ । तर यो राजनीतिक उद्देश्यका लागि होइन, सेनाको सघन सामाजिक उपस्थितिले तराईमा विखण्डनको प्रभाव रोकिन्छ भन्ने हिसाबले भएको बुझिएको छ ।

दुई महिनाअघि (मंसिर पहिलो साता) पृतनापति बैठक राखेर सेनाले प्रत्यक्षरुपमा राजनीतिप्रति निजकबाट चासो र चिन्ता मात्रै राखेको छैन, देश विखण्डनको डिलमा पुग्न लागे आफ्नो भूमिका स्पष्ट रुपमा निर्वाह गर्ने चेतावनी दिइसकेको थियोे ।

अहिले दलहरूका गतिविधि तराईमा बढ्नुपर्ने भन्दै शीर्ष नेतालाई सैनिक नेतृत्वले दबाब बढाउन थालेको बुझिएको छ ।


विश्वस्त स्रोतका अनुसार सेनाको स्पष्ट सन्देश आएको छ । उ राजनीतिमा संलग्न हुँदैन बरु विखण्डन रोक्ने दलहरूको प्रयासलाई पछाडि बसेर सहयोग गर्छ । तराईमा सदभावका पक्षमा राजनीतिक गतविधि बढोस् भन्ने सेनाको चाहना रहेको एक जर्नेलले बताए ।

-तरुण साप्ताहिकबाट

वार्षिक १२ अर्ब घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजाने 'घिसिङका ४ योजना'



राजधानीबासि र पोखरेलीलाई लोडसेडिङमुक्त बनाएर जनतामाझ लोकप्रिय बनेका नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले प्राधिकरणलाई अबको डेढ बर्षभित्र नाफामा लैजाने बताएका छन।

बार्षिक १२ अर्ब रुपैयाँ नोक्सानमा रहेको प्राधिकरणलाई विद्युत चुहावट र आन्तरिक भ्रष्टाचार नियन्त्रण गरी यहि बर्ष वा अर्को आर्थिक बर्ष भित्र नाफा आर्जन गर्ने संस्था बनाउने उदेश्य रहेको घिसिङले बताएका छन।

उनका अनुसार प्राधिकरणको वार्षिक घाटा १२ अर्ब रुपैयाँ र यसको सञ्चित घाटा ३७ अर्ब रुपैयाँ रहेको छ। प्राधिकरणलाई यस्तो नाजुक अवस्थाबाट नाफामुखी संस्था बनाउन घिसिङले ४ योजना अगाडी सारेका छन। पोखरामा जारी नेपाल साहित्य महोत्सवको अन्तिम दिन सोमबार ‘चाँदीको घेरा’ शीर्षक सत्रमा बोल्दै घिसिङले यस्तो बताएका हुन।

उनका अघि सारेका ४ योजनामा बिजुली चुहावट नियन्त्रण गर्ने, संस्थाभित्रको अनावश्यक खर्च घटाउने, व्यवस्थापकीय सुधार गर्ने, बिक्री बढाएर आम्दानी बढाउने लगायत रहेका छन।


बिद्युत चुहावट रोक्नका लागि विभिन्न उद्योगसँग मिलेमतो गरी मिटर रिडिङमा ठगी गर्ने कर्मचारीविरुद्ध धमाधम कारबाहीसमेत भइरहेको उनले बताएका छन। त्यस्तै संस्थाभित्रको अनावश्यक खर्च घटाउने प्रयास पनि संगसंगै अघि बढाएको उनले कार्यक्रममा बताए।

उनका अनुसार अहिले भारतबाट औसत ३ सय मेगावाट बिजुली आयात भइरहेको छ। बढी बिजुली खपत हुने सिजनमा यो साढे ३ सय मेगावाटसम्म पुग्छ। तर, चार महिनापछि अर्को हिउँदसम्मका लागि भारतबाट बिजुली आयात गर्न नपर्ने घिसिङले बताए। पछिल्लो समयको उत्पादन र पाइपलाइनमा रहेका आयोजना हेर्दा मे महिना देखि भारतबाट बिजुली आयात गर्न नपर्ने उनको बिश्वास छ।

७८ वर्षको उमेरमा बाजा बजाएर विहेः छोरा र नाती जन्ती, सिडियो प्रमुख अतिथि



 एउटा हातमा लौरो साहरा अर्को हातमा श्रीमति, गुल्मी अर्वेनीका लालबहादुर सुनारको कस्तो शौभाग्य ७८ वर्षको उमेरमा विवाह हुँदा छोरा र नाती जन्ती, सिडियो प्रमुख अतिथि ।

यसअघि अर्वेनी ५ का लालबहादुर सुनारले स्थानिय व्राम्हण समुदायकी ४३ वर्षिया महिला सवित्रा न्यौपानेसंग प्रेम सम्वन्ध राखेको आरोपमा गाउँ निकला भई त्यहाँका सिमित मानिसहरुले उनको घर भत्काउन लगाई वनवास पठाएको खवर स्थानिय र राष्ट्रिय सञ्चार माध्यममा आई सकेको छ ।

उनै लालबहादुर र सावित्राले त्यो उमेरमा पुनरविवाह गरेका हुन् । जुन स्थानमा अभद्र व्यहबहार गर्दै गाउँ निकला गरिएको थियो त्यसै स्थानबाट बाजा बजाउँदै उनिहरुलाई नव दम्पत्तीका रुपमा माथी रहेको घरमा लगेर स्थानियवासी, दलित अधिकारकर्मी र सरकारी अधिकारी सहितको टोलीले भित्राएका थिए ।



अभद्र व्यवहार गरिएको स्थान अर्वेनी गाविस भवनको प्राङ्गाणमा आयोजित पुनस्थापना कार्यक्रममा ति दुवैलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले दोसाल्ला ओढाँउँदै दुई हात जोडेर अभिनन्दन समेत गरेका छन् ।

भत्काईएको उनको घर स्थानिवासीले बनाएर उनिहरुलाई स–सम्मान पुनस्थापना र नौमति बाजामा नाच गान गर्दै पुनरविवाह समेत गरी दिएका छन् । पहिला खरले छाएको घर थियो अहिले टिनको छानाले छाईएको छ, दुई वटा कोठा र चिटिक्क परेको शौचालय समेत बनाईएको छ  ।

गाविस भवनबाट पुनरविवाहको टिका–टाला ग्रहण गर्र्दै बाजा गाजाका साथ अगाडी बढ्दै गरेको बेला ति नव दम्पत्तीलाई प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले सुखत दाम्पत्य जिवनको शुभकामना समेत दिए । उनको शुभकामना ग्रहण गर्दै लालबहादुर एउटा हातमा लौरो टेक्दै र अर्को हातले नवदुलहीको हात समाउँदै लागे उकोलो तिर झण्डै डेढ महिना पछि नवनिर्मित घरमा पस्न ।

करिव १५ मिनेटको उकालोबाटो सम्म उनले नवदुलहीको हात छाडेनन् । हसीन र लल्जालु मुद्रमा सावित्राले पनि उनको हात थमाई रहेकी थिईन् । सदरमुकामबाट पुगेका दर्जनौ दलित अधिकारकर्मी , मानवअधिकारकर्मी , पत्रकारहरु सयौं स्थानियवासी जन्तीका रुपमा गाविस भवन देखि माथी एक्लो जंगल विचमा रहेको उनको घरमा पुग्दै गर्दा खुशीले गद्गद ति दम्पत्ती घरको आँगन रुपी वारीमा पुगरे दुबै जना बाजा तालमा कम्मर मर्काउँदै नाचे ।



४३ वर्षिया वेहुली नाँच्दा नाच्दै अलि लजाए जस्तो गरिन् । ७८ वर्षिय बेहुलाले उनलाई अझै नाच्न संकेत गर्र्दै थिए । बेहुलीको लज्जालु मुद्रलाई ध्यानमा राखी जिल्लाबाट पुगेका उत्पीडित जातिय मुक्ती समाजका केन्द्रिय सदस्य कृष्ण सुनारले भैगो उहाँ लजाउनु भयो अव भित्र पसाउने काम गरौं भने । भित्र पसाउने क्रममा नन्दको ठाउँमा बुहारी दैलोमा उभिएकी थिईन् भने ३८ वर्षिय छोरा अनुराम र ३ वर्षिय नाती जन्तीको पंक्तिमा उभिएका थिए । काँदाकुरी छोरालाई लगाएर उभिएका अनुराम पनि निकै हर्षित मुद्रामा देखिन्थे । कस्तो लागेको छ त हिजो गाउँ निकला भएका तपाईहरुलाई आज स–सम्मान घर भित्रिन पाउँदा ? भन्ने प्रश्नमा ति दुवैले भने–‘ असाध्धै खुशी छौं सवैको जय होस् । ’

२२ वर्ष अघि श्रीमतिको मृत्यु भई बेसहरा भएका लालबहादुरले जोडी पाएकोमा औधी खुशी हुनु स्वभाविकै थियो । त्यति नै खुशी प्रमुख जिल्ला अधिकारी देखि सहभागी सवै थिए । धेरैले बाजा तालमा नाचेर खुशीयाली मनाएका थिए ।

‘मैले दलित दुलाह होईन देउता नै पाएँ ’

नव दुलहीका रुपमा घर भित्रिएर कोठाको पलङमा नव दुलाह, उनको छोरा बुहारी र नाती संगै बसेकी सावित्राले आँसुमा डुवेर वाहुनी हुनु भन्दा माया पाएर दलितको श्रीमति हुनु वेश लागेर लालबहादुरलाई माया गर्दै आएको बताईन् ।

आफु बाल्यपन छँदा र विवाह पश्चात पनि परिवारमा दलितहरुलाई तल्लो जात ठान्ने भए पनि आफुले बुझे देखि कुनै भेदभाव नगरेको उनले बताईन् । यसै गाउँका शिक्षित बुद्धिजिवीहरुले विभेद गरेर यो हाल बनाए पनि म अनपढले मानिस सवै वरावर ठान्छु भन्दै उनले भनिन कसैले दलित संग गई थुईया भने पनि मैले देउता सरहको साहरा पाएकी छु उनले मुस्कुराँर्दै भनिन् ।

कत्तिको माया दिनु हुन्छ त ? भन्ने प्रश्नमा उनले लज्जालु मुद्रमा आँखा ओछाउँदै भनिन्‘ माया ममता र भोकमा खान दिएरै त आएकी हुँ । ’ उनले व्राम्हण समुदायका पुर्वपतिले जाड रक्सी पिएर रात दिन कुटपिट गरेको आरोप लगाईन् । सहन नसकेर ३ वर्ष बुटवल र त्यतिनै समय काठमाण्डौको होटलमा जुठा भाँडा माझेर बसेको र घर फर्केको दुई तिन महिना देखि आफुलाई कुन वाहनामा निकालौ भन्दै श्रीमान र छिमेकका केहि मान्छेहरु लाग्दै आएको उनको भनाई रहेको छ ।

आफु त्यस दिन हेराउन भनि विहान करिव ५ वजे तिर आएर लालबहादुरको घर भित्र पसेकै वेला त्यस्तो आरोप लगाएर आफुहरुलाई हात बाँधेर गाउँ डुलाउँदै सम्वन्ध कायम गराई दिएको र जंगल जान बाध्य पारिएको उनले बताईन् । उनिहरु दुई दिन सम्म भिर जंगल विचको ओढार दुई दिन दुई रात विताएको बेला उनको आफन्तले भेटाएर गाउँ फर्काएका थिए ।

अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपानेको अगुवाईमा भेला भएका गाउँवासीले पौष १ गते ति दुई दम्पत्तीलाई पुर्वपतिबाट सम्वन्ध विच्छेद गराई उनिहरुको सम्वन्ध स्थापित गराई दिएका थिए । तर शनिवार अर्वेनी दलित साझा मञ्चद्धारा आयोजित पुनस्थापना कार्यक्रमको अध्यक्षता अर्वेनी गाविस सचिव भोजबहादुर रानाले गरेका थिए ।

पुनस्थापना कार्यक्रममा बोल्दै गाविस सचिव रानाले सुरुमा गल्ती कम्जोरी भए पनि त्यसलाई सच्चाउनु र अपमानित भएका उनिहरुलाई स–सम्मान पुनस्थापना गर्दा न्यायको एक पाटो भएको बताए ।

गाविस सहायक न्यौापनेले भने सदरमुकाममा भएका गाविस सचिव रानालाई जानकारी नै नदिई जवरजस्ती औठा छाप गर्न लगाईएको कागजमा अर्वेनीका तिन वटा प्रमुख दलका नेताहरुको समेत हस्ताक्षर रहेको छ । गाविस सहायक न्यौपानेले आफुलाई त्यस्तो कागज लेख्न लगाई दलका नेताहरुले फँसाएको गुनासो गर्दै आएका छन् ।

मैले गाउँ नकला गरेको पनि होईन र घर भत्काउन पनि लगाएको होईन । ति सवै गरेको ति महिलाका पुर्वपतिका भतिजा चिन्तामणी न्यौपानेले हो, प्रहरीको नजरमा सम्पर्क विहिन भनिएका गाविस सहायक न्यौपानेले यो समाचारदाता संग फोन मार्फत यस्तो गुनासो गरेका हुन् ।

एक दिन न एक दिन कठघरामा उभ्याइन्छः सिडिओ

पुनस्थापना कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले गाउँ निकला गर्ने अभियोगमा केहि सार्वाजानिक अपराधको मुद्धा लागेका चिन्तामणी न्यौपाने र अर्वेनी गाविस सहायक झविलाल न्यौपाने हाल सम्म फरारा रहेको बताए । उनले उनिहरु ज्ति दिन सम्म फरार रहे पनि एक दिन न एक दिन उनिहरुलाई पक्रेर कानुनी कठ्घरामा ल्याउने बताएका थिए ।

उनले पुनस्थापना पनि न्यायको एक हिस्सा भएकोले यसलाई हाम्रो समाजको मेलमिलाप र सहिष्णताका रुपमा लिनु पर्ने धारणा राखे । नकरात्मक सन्देश पछि नै सकरात्मक सन्देश आउने बताउँदै उनले अर्वेनीले हिजो नराम्रो सन्देश दिए पनि आज उनैहरुले स–सम्मान पुनस्थापना गरेर देशैभर सकरात्मक सन्देश दिएकोमा धन्यवाद दिए ।

समस्या नेपालमै छ, भारतलाइमात्र.......

- झाङ सुबिन
नेपालले आफ्नो अर्थतन्त्रलाई चीनको ‘वान बेल्ट वान रोड’ (ओबीओआर)सँग जोडेर धेरै फाइदा लिन सक्छ । यसबाट दक्षिण एसियाका सबै देश लाभान्वित हुन सक्छन् । हामी मतभेदमा मात्र गहिरियौँ भने कहीँ पुग्दैनौँ । आर्थिक उन्नतिका लागि साझा सम्भावनामै ध्यान दिनुपर्छ ।

चीनले काठमाडौँका लागि रेल र सडक मार्गसहितको कार्गो सेवाको सुरुआत लान्जाओ र ग्वान्जाओबाट सुरु गरिसकेको छ । बेइजिङ–ल्हासाबीचमा पर्ने सिजाजुङ सहरबाट त्यसै गरी तेस्रो रेल–रोड कार्गो सुरु गर्न हामी पहल गरिरहेका छौँ । तर, नेपालतर्फ रेल नबनेसम्म खास लाभ भने उठाउन सकिँदैन । ओबीओआर फ्रेमवर्कमा प्रवेश गर्नका लागि समेत यो महत्त्वपूर्ण छ ।

चितवनमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा डाक्टरहरू हुन् या काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस सेन्टरमा शिक्षकहरू, चीनबाटै आएका छन् । यी प्रयासले हामीलाई धेरै अर्थमा जोडिरहेको छ । मेरो आफ्नै प्रान्त हवे सोलार प्यानलका लागि चिनिएको ठाउँ हो । नेपालमा भने लोडसेडिङबाट तपाईंहरू मुक्त हुनुभएको धेरै भएको छैन । रेल भएको भए तपाईंहरू कति सहजै तिनको उपभोग गर्न पाउनुहुन्थ्यो होला ? चीनमा कारहरू उस्तै सस्तो र राम्रा छन् । प्रश्न पुन: रेलमै आएर जोडिन्छ ।



राष्ट्रपति सी जिनपिङ ब्रिक्स सम्मेलनमा जाने क्रममा नेपाल आउन चाहनुभएको थियो । किन आउनुभएन भन्ने प्रश्नको जवाफ नेपाल सरकारको कमजोर तयारी नै हो । त्यसैको पृष्ठभूमिमा प्रधानमन्त्रीका रूपमा केपी ओलीको चीन भ्रमणको एउटा ठूलो उपलब्धि व्यापार तथा पारवहन सन्धि भएको थियो । जसमा तेस्रो मुलुकबाट सामान ल्याउँदा अब चीनको तेन्जिन बन्दरगाह प्रयोग गर्न पाउनु थियो, जुन नेपालका लागि ठूलो अवसर हो तर रेल बनाए मात्र । हाम्रोतिर बेइजिङदेखि सिगात्सेसम्म रेल चलिसकेको छ, केरुङसम्म बन्दै छ । मैले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई भनेको थिएँ, ‘यदि काठमाडौँदेखि केरुङसम्म रेल निर्माणको माहोलको प्रत्याभूति गर्न सक्नुहुन्छ भने सी जिनपिङ अवश्य नेपाल आउनुहुन्छ ।’

चीनको रुचि सधैँ नै रेल, दू्रत मार्ग र हवाई कनेक्टिभिटीमा छ । काठमाडौँ उपत्यकामा त्यसै गरी मेट्रो रेल बनाउने कुरा चलिरहेको छ । यी खर्चिला परियोजना हुन् । चीनसँग अहिले मुद्रा सञ्चिती उच्च छ, उसले न्यून ब्याजदरमा नेपाललाई ऋण दिन सक्छ । तर, तपाईंहरू अस्वीकार गर्नुहुन्छ वा कसैको डरले लिन खोज्नुहुन्न ।

राष्ट्रपति सी आउने भनेको केवल काठमाडौँ घुम्न होइन । तपाईंहरूले ठूला ‘प्रोडक्ट’हरू देखाउन सक्नुपर्छ । राष्ट्रपति स्वयं आउन उत्सुक हुनुहुन्छ । विदेश मन्त्रालयलाई बारम्बार तयारीका गर्न भनिरहनुभएको छ । तर, नेपालतर्फ सरकार परिवर्तनबाहेक केही हुँदैन । सरकार फेरिनेबित्तिकै चीनसँगको १० बुँदे सम्झौता कमजोर भइसकेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले बारम्बार ओलीले हस्ताक्षर गरेका सम्झौता कार्यान्वयन गर्ने दोहोर्‍याइरहनुभएको छ तर काम भने केही हुँदैन । त्यस्तै सम्झौताहरू भारततर्फ हुँदा भने काम सुरु भइहाल्छ ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा त्यहाँको सरकारले नेपालसँग पाँचवटा रेलवे लिंकहरू बनाउने बतायो । चीनतर्फ त केवल एउटा हो, जसमा दुई चिनियाँ कम्पनीले मोटो रकम खर्चेर सम्भाव्यता अध्ययनसमेत गरिसकेका छन् । जब मन्त्रालयसम्म कुरा पुग्छ, उनीहरू बजेट छैन भन्दै पन्छिन्छन् । पोखरामा चिनियाँ कम्पनीले एयरपोर्ट बनाउने भन्यो, शिलान्यास भयो तर काम अगाडि बढ्न सकिरहेको छैन । समस्या कहाँ छ ? समस्या नेपालकै सरकारमा छ । नेपाली कर्मचारीतन्त्रमा थुप्रै समस्या छ ।

नेपालको पर्यटनबारे चीनमा प्रचार गर्न थुप्रैतिरबाट सीधा हवाई सम्पर्क विस्तार हुनु जरुरी छ । उत्तरी चीनबाट धेरै जना नेपाल आउन चाहन्छन् तर जब ग्वान्जाउ वा अन्यत्र एक रात बस्नुपर्ने सोच्न थाल्छन्, झस्किन्छन् । यो काम तत्काल गर्न सकिन्छ । हामीले अहिलेसम्म कुरा धेरै काम कम गरेका छौँ ।

म काठमाडौँमा बसेर काम गर्दा चिनियाँ कम्पनीले पश्चिम सेती जलविद्युत् परियोजनामा लगानी सम्झौता गरेको थियो । अझैसम्म पनि यसमा काम अगाडि बढेको छैन ।

चिनियाँ कम्पनीहरूमा अहिले नेपालमा लगानी गर्नु भनेको पैसा गुमाउनु मात्र हो भन्ने छाप परेको छ । चीनमा वैदेशिक लगानीलाई आकर्षित गर्न र उनीहरूका काम सहज बनाउन एउटा छुट्टै अख्तियारीप्राप्त निकाय छ । उसले जनस्तरमा अनुकूल माहोल बनाउँछ । नेपालले चीनबाट त्यो पक्ष सिक्दा हुन्छ ।
नेपाली राजनीतिक दलहरूले आफ्नो अर्थतन्त्र उकास्न एउटा साझा समझदारी मात्र बनाए भने पनि केही वर्षमै नेपाल दक्षिण एसियाको स्वीट्जरल्यान्ड बन्न सक्छ ।

र, अन्त्यमा भारत र चीन मिलेर नेपालका जनताका लागि शान्ति र समृद्धि ल्याउनु आवश्यक छ । नेपालमै पनि भारतले सहयोग नगरीकनै मधेसी मोर्चाले त्यति लामो नाकाबन्दी गर्नै सक्दैनथ्यो । तर, भारतले पनि मधेसी मोर्चालाई ‘युज एन्ड थ्रो’ गरिरहेको छ । यदि साँच्चिकै भारतले नेपालको भलो चाहेको हो भने मधेसीहरूको उचित मागको सम्बोधन गर्नुपर्छ । स्थिर नेपालको फाइदा चीनलाई मात्र होइन, भारतलाई पनि उत्तिकै छ ।

(चीनको हवे युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड बिजनेसका सह–प्राध्यापक सुबिनले काठमाडौँमा आयोजित ओबीओआर–नेपाल सम्मेलन २०१७ मा दिएको मन्तव्यको सम्पादित अंश ।)

प्रहरी र आपराधिक समूहबीच गोली हानाहान , तीनजना घाइते


सुनसरी । सुनसरीको खनारमा सोमबार दिउँसो प्रहरी र आपराधिक समूहबीच गोली हानाहानमा तीनजना घाइते भएका छन् ।

लागूऔषधका कारोबारी समूह रहेको जानकारी पाएपछि उक्त स्थानमा पुगेको प्रहरीमाथि अपराधिक समूहले गोली चलाएपछि प्रहरीले पनि जवाफी कारवाहीमा गोली चलाएको बताएको छ ।


पूर्वक्षेत्रीय प्रहरी प्रमुख डिआइजी केशरीराज घिमिरेका अनुसार आपराधिक गतिविधिमा समेत संलग्न लागूऔषधका कारोबारी रहेको सूचनाका आधारमा पुगेको प्रहरी टोली देखेर उनीहरुले गोली चलाएका थिए । त्यस क्रममा प्रहरीको मोटरसाइकलमा गोली लागेको छ । त्यसपछि प्रहरीले पनि प्रतिकारमा गोली प्रहार गरेको थियो ।

घाइते हुनेमा मोरङ निवासी श्रवण सरदार, करिश्मा चौधरी र सतन पासवान रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । घटनास्थलमा चारवटा पेस्तोल फेला परेको छ । सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलका अनुसार घटनास्थलमा हतियारसहित कोरेक्सलगायतका लागूऔषधि फेला परेको छ ।घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

ट्रम्पको परिवार यसरी बने हिन्दू, काठमाडौंमा व्रतबन्ध !

काठमाडौं, १७ माघ-पछिल्लो समय हिन्दू धर्म परित्याग गरेर इसाई बन्ने लहर चलेको छ । कोही प्रलोभनमा त कोहीले दबाबमा धर्म परित्याग गरेर क्रिश्चियन बनेको हिन्दूवादी संघसंस्थाले आरोप लगाएका छन् ।
तर यसको विपरित इसाई धर्मावलम्बी एक बेलायती परिवारले हिन्दू धर्म अंगालेका छन् । बेलायती नागरिक थोमस जेम्स ट्रम्पको परिवारले हिन्दू धर्म अंगालेका हुन् । राजधानीमा आयोजित एक कार्यक्रममा बेलायती नागरिक ट्रम्प व्रतबन्ध गरेर हिन्दू भएका हुन् ।
उनको वैदिक सनातन परम्परा अनुसार व्रतबन्ध गरिएको थियो ।

एउटा तितो यथार्थसहितको सत्य घटना : गर्भ बस्यो माया बसेन

याेगेशबाबु काफ्ले अहिले जहाँ त्यहि प्रेमील जोडिहरु देखिन्छन् । बाटोमा,पार्कमा,सिनेमा हल तथा कलेजहरुमा प्रेमील जोडिहरु भेटिन्छन्, देखिन्छन् । कतिपयले आफन्त र अभिभाबकबाट लुकेरै आफ्नो प्रेमी वा प्रेमिकालाई अङगालोमा कस्छन् भने कतिपयले लुक्नै पदैन,खुल्लमखुल्ला जोडिएर हिड्छन् । प्रेम आफैमा पबित्र बन्धन हो भनेर ब्याख्या गरिन्छ । तर त्यो पबित्र बन्धनलाई अहिलेका पुस्ताले अपबित्रपनि बनाउदै गएका छन् । प्रेमको बिकसितरुप बढ्दै गएपछि यौन सम्बन्धका सबै सर्तहरु भुलिन्छ । हो त्यहि भुलबाट धेरै प्रेमिकाहरुमा आजकाल गर्भ बस्न थालेको छ,जब गर्भ बस्छ तब प्रेमिहरुको माया चै हराउदै जान थालेको छ । प्रेम,गर्भ र त्यस पछिको असरहरुका बारेमा प्रेमिल जोडिहरलाई बुझाउन ब्लाष्टकर्मि योगेशबाबु काफ्लेले रिपोट तयार पारेका छन् । घटना १ धरानको एक निजी कलेजमा कक्षा १२ मा पढ्ने किशोरी दुई साता अघि अत्याधिक रगत बगेपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा पुगिन । प्रसुती रोग बिभागका डाक्टरले जाँच गर्दा थाहा भयो उनले गर्भ पतन गराउने औषधि प्रयोग गरेकी रहेछिन् । उनको उपचारमा संम्लग्न चिकित्सकका अनुसार उनका प्रेमीसँग भएको यौन सम्बन्धबाट गर्भ रहेको थियो । तर गर्भ रहेपछि प्रेमिले नै उनलाई गर्भपतन गराउने औषधि ल्याएर दिएका थिए । रक्ताश्राप भएपछि प्रेमी सम्पर्क बिहिन भए,उनकै कलेजका साथीहरले उनलाई अस्पताल पु¥याएका थिए । ति युवतीको भनाई उदृत गर्दै उपचारमा संम्लग्न चिकित्सकले भनिन् ‘यसरी प्रेमको बिश्वासमा परेर असुरक्षित यौन सम्बन्ध राख्नेहरु अहिले ह्वातै बढेका छन् । घटना २ इटहरीको एक निजी क्लिनीकबाट गर्भपतन गराउने औषधि प्रयोग गरेकी एक बिबाहिता महिलापनि धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना हुनु प¥यो । श्रीमान बैदेशीक रोजगारमा छन्,आफ्नै एक पुरुष साथीसँग उनको गोप्य यौन सम्बन्ध भयो । ति महिलालाई काउसेलिङ गर्ने स्वास्थ्यकर्मिले भनिन् ‘यौन सम्बन्ध राख्दा उनका साथीले बच्चा बस्यो भने म बिहे नै गर्छु भनेका रहेछन् तर बच्चा बसेपछि उनलाई जानकारी गराएपछि सम्र्पक बिहिन भएछन ।’ स्वास्थ्यकर्मिका अनुसार उनीसँग यौन सम्बन्ध राख्ने साथी सम्पर्कमा नआएपछि उनले एउटा मेडिकलबाट औषधि किनेर खाएकी रहेछिन् अन्याधिक रक्तश्राब भएछ,धन्न ज्यान गएन । घटना ३ मोरङको केराबारीकी एक युवतीको पिडा अलि फरक छ ।फेसबुकमा चिनजान भएको इटहरीका एक युवा सँगको सम्बन्ध गहिरो प्रेममा फसेको थियो । उनका साथीसँग पटक पटक यौन सम्बन्ध भयो । तर दुर्भाग्यबस उनको गर्भ बस्यो । यौन सम्बन्ध पछि ७२ घण्टे औषधि पनि खाएकी थिइन । तर औषधिले काम गरेन । उनको बिहेको लागि घरमा केटा माग्नपनि पटक पटक आएका थिए । तर उनले आफैले केटा हेरेको छु भनेर घरपरिवारलाई भनेकी थिइन । जब उनमा गर्भ बसेको थाहा भो तुरन्तै उनले आफ्ना प्रेमिलाई ‘अब बिहे गरौ’ भनिन् । तब उनका प्रेमिले गर्भ फ्याल्न आग्र्रह गरे । उनले बिहे तत्काल गर्न नसक्ने भन्दै बहाना गरे । पछि कुरो बुझ्दा जाँदा त उनका प्रेमी त बिबाहीत पुरुष रहेछन् । यी घटनाबाट मानसिक रुपमा बिक्षीप्त बनेकी ति युवती धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका मनोचिकित्सकको निगरानीमा औषधि सेवन गरिरहेकी छिन् ।सामाजीक रुपमा बेइजति हुने डरले यो घटनालाई अहिले गुपचुप राखिएको छ ।यी त केहि उदाहरणमात्र हुन् । अहिले हाम्रो समाजमा अबैध र असुरक्षित यौन सम्बन्धका कारण यस्ता समस्याहरुको चाङनै लागेको छ । हरेक सम्बन्धहरु सुरुमा प्रेमको रुपमा सुरु भएर गर्भपतनमा पुगेर टुङगिने गरेका छन् । देखावटा प्रेम र असुरक्षित यौन सम्बन्धले अहिले धरै युवती र महिलाहरुले मानसिक तथा शारिरीक सस्या भोगि रहेका छन् । के देखिन्छ तथ्याङकमा ? क्षेत्रिय स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङक अनुसार गत आर्थिक बर्ष २०७२÷७३मा मात्र पुर्वाञ्चलका १६ जिल्लामा १८ हजार ३ सय १९ जनाले गर्भपतन गराएका छन् ।पुर्वाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय धनुकटाका सुचना अधिकारी तुलसीप्रसाद गुरागाईका अनुसार चालु आर्थिक बर्षको पुष महिना सम्मपनि पुर्वाञ्चलमा गर्भपतन गराउनेहरुको संख्या गत आर्थिक बर्षकै हाराहारीमा देखिएको छ । गर्भपतन गराउनेहरुमा २० बर्ष मुनिका १० प्रतिसत र २० देखि माथिका ८० प्रतिसत महिलाहरु छन् । गत आबमा सबैभन्दा धेरै झापामा ४ हजार २ सय ७ जनाले गर्भपतन गराएका छन् भने सबैभन्दा थोरै तेह्थुममा १ जनाले गर्भपतन गराएका छन् । ‘तथ्याङक संकलनको कार्य भईरहेकाले चालु आर्थिक बर्षको तथ्याङक ठ्याक्कै यतिनै भन्न सकिएन तर संकलित तथ्याङकलाई बिष्लेशण गर्ने हो भने तथ्याङक हाराहारीमै आउछ ।’ यो तथ्याङक भनेको सरकारले सुचिकृत गरेका चिकित्सकहरु सम्म आएर गर्भपतन गराउनेहरुको हो । तर निजी क्लिनिकहरुमा गएर अबैध गर्भबतन गर्नेहरुको संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ । स्मरण रहोस नेपालमा बैधानिक तरिकाबाट भन्दा अबैध तरिकाबाट गर्भपतन हुने गरेको भन्दै संसदको स्वास्थ्य तथा वातावरण उप समितीले सरकारको ध्यानाकर्षण गराएको थियो ।
कानुनी ब्यबस्था नेपालमा ०५९ सालदेखि गर्भपतन सम्बन्ध कानुन बनेको हो । त्यस अघि गर्भपतनलाई नेपालमा गैरकानुनी मानिन्थ्यो । गर्भपतनसम्बन्धी कानुनले बच्चा जन्माउने वा नजन्माउने निर्णय लिने अधिकार महिलालाई दिएको छ । जसले सुरक्षित गर्भपतन सेवा सर्वसुलभ गराई मात ृमृत्युदर र महिलाका स्वास्थ्यसम्बन्धी जोखिम घटाउन मद्दत पुर्याएको यस क्षेत्रमा कार्यरत बिज्ञहरुले बताउने गरेका छन् । सुरक्षित गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो । नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया– ०६० ले १२ हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीमा फाल्न सकिने कानुनले मान्यता दिएको छ । यसमा विशेष परिस्थितिलाई पनि हेरिएको छ । जबर्जस्ती करणी वा हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भ फाल्न पाइने व्यवस्था छ ।तर, गर्भमा छोरा वा छोरी के छ भनी लिंग पहिचान गरेर गर्भपतन गराउन पाइँदैन । त्यस्तै, गर्भवती महिलाको सहमतिबिना र १२ हप्ताभन्दा बढीको गर्भ फाल्न कानुनले बन्देज गरेको छ । अप्ठेरो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भ फाल्न पाउने व्यवस्था रहेको छ ।असुरक्षित अवस्थामा गर्भपतन गराएमा कानुनी सजाय हुन्छ । गर्भवती महिलाको स्वीकृतिबिना वा करकाप र धम्की दिएर, ललाइफकाई गरेर, झुक्याएर वा प्रलोभन देखाएर गर्भपतन गराउन कानुनले निषेध गरेको छ । गर्भपतन गराउदाका जोखिम आजभोली पटकपटक अर्वोसन (गर्भपतन) गराउने घटना बढिरहेका छन् । गर्भपतनलाई परिवार नियोजनका साधनको विकल्पको रुपमा लिइएका कारण गर्भपतन गराउनेको संख्या बढ्दै गएको पाइन्छ । यस्तो प्रवृत्तिले महिलाको बाँझोपनलगायतका गम्भीर स्वास्थ्य समस्याको जोखिमसमेत बढाउँदै लगेको बिशेषज्ञहरु बताउँछन् । यस्ता छन् खतरा – गर्भपतनलाई परिवार नियोजनको साधनको रूपमा व्याख्या गरेको पनि पाइन्छ । तर, गर्भपतन परिवार नियोजनको साधन होइन । बाध्यात्मक अवस्थामा एकपटक मात्र गर्भ फाल्न सकिने विभिन्न अध्ययनले देखाएका छन् ।पटक–पटक गर्भपतन गराउँदा महिलाको ज्यानै जोखिममा पर्नसक्छ । धेरैपटकको गर्भपतनले महिलामा बच्चा पैदा गर्ने क्षमतामै ह्रास आउन सक्छ । – असुरक्षित गर्भपतनले पाठेघरमा प्वाल पर्ने, आन्द्रा तानिएर संक्रमण बढ्ने हुन्छ । यस्तो अवस्थामा बढी रक्तश्राव हुने खतरा पनि रहन्छ । अत्यधिक रक्तश्रावले महिलाको ज्यानै लिन सक्छ । –गर्भपतनका क्रममा पाठेघरको नलीमा इन्फेक्सन हुन पुग्यो भने भविष्यमा गर्भ नै नबस्ने हुनसक्छ । कहिलेकाही“ गर्भपतन राम्रोसँग नहुँदा नलीमा बच्चाको केही अंश रहन सक्छ । यस्तो भयो भने पछि नली नै काटेर फाल्नुपर्ने हुन्छ । –धेरैपटक गर्भपतन गराउँदा पाठेघर पातलिन्छ, पातलो पाठेघरमा बच्चा नबस्ने सम्भावना हुन्छ । बच्चा बसेमा पनि आफै“ खेर जाने सम्भावना बढी हुन्छ । पाठेघरभित्रको आकारप्रकार बिग्रन्छ । –गर्भपतन गर्दा पातलो भएको अवस्थामा पाठेघरमा थप समस्या निम्तिन सक्छ । यस्तो अवस्थामा प्राकृतिक गर्भधारण गर्दा पाठेघर नै फुट्ने खतरा बढी हुन्छ । –सन्तानको चाहना नहुन्जेलसम्म परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नु नै उपयुक्त हुन्छ । गर्भ रहेर गर्भपतन गराउनैपर्ने बाध्यता भए तालिमप्राप्त स्वास्थ्यकर्मी तथा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित रूपमा गराउनुपर्छ । –पहिलो बच्चा खेर फाल्नु राम्रो होइन । किनभने, कसैकसैको एउटा मात्रै बच्चा हुने सम्भावना पनि हुन्छ । पहिलो गर्भ नै फालिएमा अर्को बच्चा नबस्ने हुनसक्छ । गर्भपतन गराइसकेपछि अर्को बच्चा बस्ने सम्भावना पहिलेको भन्दा केही कम हुन्छ । किनभने, गर्भपतनका वेला इन्फेक्सन भएर नली नै बन्द हुन पनि सक्छ । डाक्टरको सल्लाह डा.रमेश श्रेष्ठ प्रसुती रोग बिषेशज्ञ बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान हाम्रो समाजमा बिबाह पुर्वको यौन सम्बन्धर्लाइ निधेष गरिएको छ । तर अहिलेको समय र पुस्तामा यो मान्य छैन । यौन शारिरीक आबश्यकता पनि हो । तर यो सुरक्षित र गोप्य हुनु आबश्यक छ । सकेसम्म बिबाह पुर्व यौन सम्बन्ध कायम नगरेकै राम्रो हुन्छ । बिबाह पुर्वका यौन सम्बन्धले खासगरि महिलाहरुमा भयङकर रुपमा सामाजिक तथा मानसिक समस्याहरु सृजना गरेको छ ।यदि बिबाह पुर्व यौन सम्बन्ध राख्नु पर्दा महिला र पुरुष दुबै सचेत हुनु पर्दछ । सुरक्षित यौन सम्बन्ध राख्दा राम्रो हुन्छ । यौन सम्बन्ध राख्दा खाने चक्किहरु भन्दापनि कन्डमको प्रयोग सुरक्षित र बैज्ञानिक मानिन्छ ।(साप्ताहिक ब्लाष्ट खबरबाट)

यमबुद्धको आत्महत्याको कारण के थियो ?

लोकप्रिय र्‍याप गायक यमबुद्ध (अनिल अधिकारी) ले आत्महत्या गरेपछि उनका लाखौं प्रशंसक मर्माहत छन् । अधिकांश प्रशंसकले उनलाई श्रद्धाञ्जली दिने क्रम रोकिएको छैन । आफ्नो ससुराली घरको बाथरुममा बेल्टको पासो लगाई आत्महत्या गरेका यमबुद्धको पोस्टमार्टम रिपोर्टमा समेत उनले ड्रग्स सेवन गरेको नभै केही वाइन सेवन गरेर आत्महत्या गरेको देखिएको बताइएको छ । यसबीच फेसबुकमा चाई येन येन आइडी भएकी एक युवतीले यमबुद्धको निधनका बारेमा एउटा स्ट्याटस सेयर गरेकी छिन्।
यमबुद्ध किन मरे ? ११ लाखभन्दा बढी फ्यान तथा फलोअर । लाखौं युवाका धड्कन । जता गयो उतै हाई –हाई । २९ वर्षको कलिलो उमेर । नेपालमा र्‍याप ब्याटलका जन्मदाता । उनीभन्दा पहिले धेरै युवा र्‍याप हान्न आए, ट्याब खाए अनि कता गए कसैलाई थाहा भएन यद्यपि यमबुद्ध आफ्नो कर्ममा टिकिरहे । आखिर उनको पनि त्यही अवस्था आयो जुन अवस्था हरेक नेपाली कलाकारको आउँछ । रित्तो खल्तीमा कतिन्जेल र्‍याप हान्न सक्नु ? न राज्यको कुनै सहयोग, न त परिवारको । यमबुद्ध डिपेन्डेन्ट भिसामा बेलायत पुगे, ससुराली घर लन्डन भएकाले सुरुका दिन उनलाई खान बस्न कुनै समस्या भएन तर घरज्वाइँ भएर कति दिन बस्नु ? जिन्दगीभर सिकेको एउटै काम र्‍याप हान्नु...। नेपालमा चर्चित गायक, तर लन्डनमा उनलाई कसले गन्ने ? गायक होस् अथवा नायक । काम नगरेको दिन खानसम्म पाइँदैन । २–३ महिना एक रेस्टुराँमा काम गरेपछि उनले युके रोयल मेलमा हुलाकीको काम पाए । काम कस्तो भने बिहान ८–१२ बजेसम्म घर–घर चिठ्ठी पुर्‍याउन जानुपर्ने । सोचेजस्तो भएन विदेश । कहाँ नेपालको त्यत्रो सम्मान, इज्जत, प्रतिष्ठा कहाँ लन्डनको हुलाकीको जागिर । हुन त काम ठूलो–सानो केही हुँदैन तर भोग्नेलाई थाहा हुन्छ अचानोको पीडा । उनी सुरुदेखि नै आफ्नो लन्डन बसाइबाट खुसी थिएनन् । एउटा सिर्जनशील मानिसलाई थुनेर हुलाकी बनाउँदा डिप्रेसन त हुने नै भयो । बेला–बेला उनी आफ्नो पीडा साथीहरूसँग पोख्थे । परिवारसँग पनि उनी नेपाल गएर संगीत सिर्जनामा लाग्ने सल्लाह हुँदै थियो तर परिवारको एउटा प्रश्नले उनलाई विचलित बनाउँदै थियो, ‘के र्‍याप हानेर परिवारको पेट पाल्न सकिन्छ ?’ यमबुद्धसँग यो प्रश्नको उत्तर थिएन । उनी मन नलागी–नलागी हुलाकीको काम गर्दै थिए । एक दिन त प्लम्स्टिड भन्ने ठाउँमा चिठी पुर्‍याउन जाँदा एक नेपाली युवतीले ढोका खोलिछन् । आफ्नो ढोका अगाडि यमबुद्धलाई देखेर छक्क पर्दै उनले भनिछन्— ‘आम्मै यम दा हैन ? ह्वाट अ सप्राइज, कसरी यहाँ ? त्यसपछि भएभरका साथीलाई बोलाएर फोटो खिचिछन् । रोयल मेलको रातो डेलिभरी युनिफार्म लगाएको उनको उक्त तस्बिरभाइरल भएछ । यम सकेसम्म आफ्नो कामको तस्बिर पब्लिक नहोस् भन्ने चाहन्थे, तर त्यो तस्बिर धेरैदिन लुकेन । धेरैले यमले नेपाल छोडेर विदेशमा नसुहाउने काम गरेको भन्दै आलोचना गरे । मानिस हो, अरूको कुराले मन बिझिहाल्छ । कति पटक चिठी दिन जाँदा सम्बन्धित व्यक्तिले टिप्स दिएको कुरा पनि लेखेका छन् उनले । यो कुराले पनि उनलाई नमज्जा लागेको होला । यो कस्तो समाज हो, कुनै नौलो सिर्जनामा लाग्यो भने कुरा काटेर अघि बढ्नै नदिने ? सफलतामा पुग्यो भने कसरी हुन्छ त्यहाँबाट झार्न खोज्ने । न कलाको सम्मान छ, न सर्जकको । कुनै केटाले र्‍याप गायो भने त्यो बिग्रिएको ट्यापे हुन्छ भन्ने जरुरी छ ? मैले यही समाजमा उनलाई ट्यापे भनेको पनि सुनेकी छु । अहिले उनको पोस्टमार्टम रिपोर्ट पनि आइसकेको छ, जहाँ उनले कुनै ड्रग खाएको पुष्टि हुन सकेको छैन । यो विरक्तलाग्दो समाजमा यमबुद्ध जस्ता निष्ठावान सर्जकले किन बाँच्नु, कति दिन आफूलाई गल्ली–गल्लीमा ठोकर ख्वाउँदै हिड्नु ? (चाइ येन येन नामको फेसबुकवालबाट, चाइले पनि यो सामग्री अन्यत्रैबाट साभार गरिएको उल्लेख गरेकी छिन् ।) आस्था राउत साथीको सम्झनामा पत्याउनै सक्दिनँ साथी, छाडेर गयौ खै कहाँ धेरै–धेरै माथी.. सोच्थेँ तिमी जुझारु छौं, शब्दको वाण हान्न सफल योद्धा हौ ! तिम्रा मनका भावहरू शब्दमा आउँथे आक्रामक बुलन्द आवाज बनि छाउँथे गाउँ बस्ती सहर, तराई, पहाड, हिमाल सबैले गाउँथे युवाहरूले त झन आफ्नै सोच ठान्थें ! तर यार साथी तिमी कहाँ पुग्यौं ? जानु थियो कहाँ.. पुग्यौ कहाँ ? हुनु थियो के.. भयो के ! आज सबैलाई रुवाएर गयौं ! नहार भन्नेले नै हारेर गयौं ! अब जहाँ छौ, सायद तिम्रो नजरमा खुसी छौं ! हामी जहाँ छौं, हामी तिमीलाई सम्झेर दुखी छौँ ! तिम्रो आत्माको चिर शान्तिको कामना छोटो मिठो सम्झना ! (लोकप्रिय गायिका आस्था राउतले आफ्नो फेसबुक वालमा पोस्ट गरेको कविता)

फेरी अर्को बन्द : अनिश्चितकालीन यातायात बन्द

भोजपुर, १७ माघ । स्थानीय तहको पुनःसंरचनामा आफूहरुको माग पूरा नभएको भन्दै भोजपुरमा दुई दिनयता अनिश्चितकालीन यातायात बन्द भएको छ । यसअघि छुट्टै गाउँपालिकाको माग गर्दै पटकपटक आन्दोलन गरिरहेका संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ ले स्थानीय तह पुनःसंरचना आयोगसँग भएको सहमतिसमेत कार्यान्वयन नभएकाले अन्तिम विकल्पका रुपमा बन्दको घोषणा गरिएको संयुक्त गाउँपालिका समन्वय समितिका संयोजक हर्कराज राईले बताए ।
बन्दपछि सो क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्गमा सवारी साधन चल्न सकेका छैनन् । सो क्षेत्र हुँदै खोटाङ जाने बस चल्न नसकेको संयुक्त बस व्यवसायी सङ्घले जनाएको छ । अनिश्चिकालीन रुपमा गरिएको बन्दका कारण यात्रु मारमा परेका छन् । रासस

अब सम्झनामा मात्र यम बुद्ध ।सबै परिवारको उपस्थितमा श्रीमती किन मात्र उपस्थित थिईनन



अब सम्झनामा मात्र यम बुद्ध ।सबै परिवारको उपस्थितमा श्रीमती किन मात्र उपस्थित थिईनन

अब सम्झनामा मात्र यम बुद्ध ।सबै परिवारको उपस्थितमा श्रीमती किन मात्र उपस्थित थिईनन

बिवाह गरिन नायीका रेखा थापाले


 काठमाडौं, १७ माघ । नायिका रेखा थापाले विवाह गरेकी छन् ।
उनले दिल श्रेष्ठसँग केहि समय पहिले गुपचप बिहे गरेकी हुन् । जुनकुरा सोमबार मात्र बाहिरिएको छ ।

तर यो पढ्दैगर्दा नझूक्किनुस्, रेखाले रियलमा भने यसरी बिहे गरेकी होइनन् । फिल्म हिरो रिटर्न्सको एक दृश्यमा रेखालाइ अभिनेता दिल श्रेष्ठसँग लगनगाँठो कसेको अवस्थामा देख्न सकिन्छ ।

फिल्मका निर्देशन आशिष भेटुवाल हुन् । आशिषले पछिल्लो पटक सामाजिक सञ्जालमा फिल्म छायाँकनका केहि दृश्यहरु सार्वजनिक गरेका हुन् । फिल्ममा लगानी चन्द्र गौतमको छ ।



कमेडी एक्सन जनराको फिल्ममा शिवम अधिकारीको कथा, मदन काश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत छ ।

भारतबाट सेतो अन्डा ल्याई रातो रङ लगाएर बेच्ने गरेको खुलासा, बर्डफ्लु त्रास



नेपाल-भारतबीच रहेको खुल्ला सीमाको कारण भारतीय सेतो अन्डा भित्रिनाले बर्डफ्लुको संत्रास कायमै रहेको छ । बारा जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर, घोडादानालगायतका ठाउँबाट नेपाली नाका मटिअर्वा, कबैगोठ, सिम्रोनगढ, कचोर्वाबाट तस्करले व्यापकरुपमा भारतीय सेतो अन्डा ग्रामीण क्षेत्रको नेपाली बजारमा पुर्‍याउने गरेका छन् ।

बाराको फेटा बजारमा यस्तै भारतीय सेतो अन्डा खुलेआम रुपमा छ्यापछ्यापी बिक्रीको लागि राखिए पनि स्थानीय प्रहरी-प्रशासन मौन रहेको छ । भारतबाट आयात भई नेपाल भित्रिने पक्षी तथा पक्षीजन्य पदार्थ अवैध रुपमा पैठारी नगर्न नेपाल सरकारबाट नेपाल राजपत्रको खण्ड ५६ भाग तीन अतिरिक्त ३७-८ असोज २०६३ मा सूचना प्रकाशित गरी पक्षी तथा पक्षीजन्य पदार्थ, पंक्षी उत्पादन सामग्री, मासु उत्पादन, कुखुरा, मल, दाना औषधि आयातमा रोक लगाएको व्यवस्था गरिएको पशु क्वारेन्टाइन चेकपोस्ट वीरगन्ज विर्ताले जनाएको छ ।

'निरीक्षण गर्ने पशु सेवा कार्यालय तथा पक्राउ गर्ने काम प्रहरीको हो', पशु क्वारेन्टाइन चेकपोस्ट वीरगञ्ज विर्ताका प्रमुख डा हरेराम यादवले भने, 'हाम्रो काम भने नष्ट गर्ने मात्रै हो ।'

बारा जिल्लामा कुखुराको अन्डा उत्पादन गर्ने फर्म सात वटा रहेको छ । वार्षिक एक करोड २९ लाख, ७४ हजार वटा अन्डा उत्पादन हुने बारा जिल्लामा वार्षिक १५ करोड ५६ लाख ८८ हजार मूल्य बराबरको अन्डा उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालय बाराले जनाएको छ ।

तर भारतीय अन्डा सस्तो भएकाले खुला सीमाको कारण भारतबाट व्यापक मात्रामा सेतो अन्डा आउने गरेको जिज्ञासा राख्दा पशु सेवा कार्यालय वाराका वरिष्ठ पशुविकास अधिकृत डा देवानन्दन साहले अनभिज्ञता प्रकट गर्दै आफूलाई थाहा नभएको बताए ।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराका सशस्त्र प्रहरी उपरीक्षक कुमार न्यौपानेले भने आफूहरुले कडाइ गरिरहेको बताए । 'हामी सीमा क्षेत्रमा कडाइ गरेका छौँ', सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीको आँखा छलि भारतबाट व्यापक मात्रामा सेतो अन्डा भित्रिने गरेकोबारे जिज्ञासा राख्दा उनले भने, 'तर पनि कसरी सेतो अन्डा भित्रिन्छ, यसबारेमा छानबिन गर्नेछौँ ।'

कतिपय व्यापारीले सेतो अन्डा ल्याई रातो रङमा रङ्गाएर नेपालको रातो अन्डा हो भनी बेच्ने गरेको समेत खुलासा हुन आएको छ । भारतमा बेलाबेलामा बर्डफ्लुका रोगी भेटिने गरेकाले नेपाल सरकारले भारतीय कुखुरा, अन्डा र कुखुराजन्य पदार्थको आयातमा रोक लगाए पनि भारतीय अन्डा नेपालमा भित्रिनु भनेको नेपाली जनता बर्डफ्लुको जोखिममा पर्नु हो बाराबासीको भनाइ छ ।

अब तल्लोबाटो भएर अमेरिका नआउँदा राम्रो

जोखिम र खतरा मोल्दै तल्लो बाटो भएर आउने नेपालीहरुलाई अब त्यति सहज छैन, अमेरिका। दलाललाई ठूलो रकम ख्वाएर दक्षिण अमेरिकी देशको भिसा लगाई स्थलमार्गबाट अमेरिका प्रवेश गर्ने कागतपत्र विहिनहरुलाई अब यहाँ काम पाउन र ग्रीन कार्ड लिन अब कठिन हुनेछ।

नेपालबाट करिब ६ महिनादेखि एक बर्ष लगाएर मेक्सिको हुदैँ अमेरिका छिर्न अब त्यति सहज छैन। राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने कार्यकारी आदेशसंगै बोर्डरमा अहिले कडा सुरक्षा ब्यबस्था गरिएको छ।

मेक्सिकेको सीमाबाट नै ‘डिपोर्ट’ सम्म गर्न सकिने भन्दै त्यस्तो जोखिम नलिन नेपाली वकिलको सल्लाह छ। हवाई मार्गबाट वैद्यानीक ढंगले अमेरिका प्रवेश गर्नेहरुलाई त अहिले धेरै खोजी र सोधपुछ भइरहेको बताउदैँ अध्यागमन सम्बन्धी एक जानकार भन्छन्, 'माथिल्लो बाटोबाट आउनेलाई त कठिन भइरहेको छ, तल्लो बाटोको कुनै नगरौं।'

दलालको फन्दामा परेर तल्लो बाटो भएर आउदा धन सम्पत्ति जाने मात्र नभएर अमेरिकाबाट डिर्पोट सम्म गर्न सकिने जोखिम रहेको अध्यागमन सम्बन्धी जानकारी न्युयोर्ककका वकिल बासु फुलारा भन्नुहुन्छ। फूलाराले मेक्सिकोको बाटो हुदै जोखिम मोलेर अमेरिका नआउन समेत नेपालीलाई सल्लाह दिएकाछन्।

समान्य शिक्षा हासिल गरेको, अग्रेजीमा पनि राम्रो दखल नभएका गाउँका सोझा साझा नेपालीलाई दलालहरुले प्रलोभन देखाई मोटो रकम असुली अमेरिका ल्याउने गरेका छन्। अमेरिकामा महिनामा लाखौ कमाइ हुने भन्दै दलालले ४० लाख देखि ५० लाख रुपिँयासम्म लिएर एरपोर्टबाटनै सेटिङ मिलाएर अमेरिकासम्म पुर्याउने गर्दछन्।

तल्लोबाट छिर्नको लागि दलालले नेपालको अध्यागमन विभागदेखि दक्षिण अमेरिकी देशका अध्यागमन विभागसम्म सेटिङ मिलाएका हुन्छन्। घुम्न र कामका लागि भन्दैँ दक्षिण अमेरिकी देशको भीषा लगाएर नेपालको अन्तराष्ट्रिय विभानस्थलबाट छिर्ने अधिकाशंको मनसाय अमेरिका प्रवेश गर्नुनै हो। कतिपयले थाइल्याण्ड, अफ्रिकी देशका भीसा लिई त्यहाबाट फेरी मेक्सिको वा अन्य कुनै दक्षिण अमेरिकी देशको भिसा लगाई अमेरिका प्रवेश गराउने गरेका छन्।

दलालहरुले नेपालको अध्यागमन विभागदेखि दक्षिण अमेरिकी देशका अध्यागमन विभागसम्म सेटिङ मिलाएका हुन्छन्। बाटोमा घना जंगल र समुन्द« पार गर्दै मेक्सिकोको बाटो भएर खतरा मोल्दै नेपालीहरु  अमेरिका आउने गर्दछन्। जोखिम लिएर अमेरिका त प्रवेश गर्छन्, तर त्यहाबाट पनि अगाडिको प्रक्रिया भने झनै कठिन छ।

अमेरिकामा प्रहरीले पक्राउ गरेपछि पनि त्यहाबाट निक्सन दश हजार देखि २५ हजार डलरसम्म धरौटी माग्ने गर्छ। त्यसपछी फेरी एसाइलम गर्न वकिललाई पाँच देखि आठ हजार डलरसम्म बुझाउनु पर्दछ। खर्चै खर्च गरेर अमेरिका प्रवेश गरेपछि पनि अमेरिकामा काम पाउन र बसोवास मिलाउन फेरी सघर्ष गर्नुपर्ने हुन्छ।
कागजपत्र विहिन नेपालीले अमेरिकामा प्रवेश गरेपछि पाउने काम भनेको भारतीय, बंगाली, नेपाली, पाकिस्तानीहरुको स्टोर र रेष्टुरेन्टमा नै हो। अहिले कतिपय रेष्टुरेष्ट र स्टोरले पनि कागजपत्र खोज्न थालेपछि त्यस्ता ब्यक्तिहरु घरको न घाटका भएका छन्।

करिब ६० लाख नेपाली रुपिँया खर्च गरेर बल्ल बल्ल अमेरिका प्रवेश गरेको बताउदैँ पर्वत राम बस्नेत (नाम परिवर्तन ) पहिचान खुल्ने पासपोर्ट र अन्य कुनै कागजपत्र नभएका कारण अहिले काम पाउन कठिन भइरहेको छ । तल्लोबाटोबाट अमेरिका प्रवेशका लागि रकम बुझाइसकेका पर्वत, बाग्लुङ, गोर्खा र म्याग्दीका केही यूवाहरु अहिले बाटोमा नै अलपत्र अबस्थामा रहेको पनि उनले जानकारी दिए।

Sunday, January 29, 2017

प्रचण्डलाई थर्काएपछि मधेसी नेताको मोबाइलमा प्रकाश दाहालको फोन !


काठमाण्डु, १६ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी मोर्चाका नेतालाई छलफलका लागि फेरि बालुवाटार बोलाएका छन् ।

प्रचण्डले सोमबार बिहान नौ बजे प्रमुख सत्तारुढ घटक काँग्रेससहित मोर्चाका शीर्ष नेतालाई बालुवाटार बोलाएका हुन् । फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्रीको निजी सचिवालयले टेलिफोनमार्फत बैठकमा आउन खबर गरेको जानकारी दिए । स्रोतका अनुसार प्रधानमन्त्रीका पुत्रसमेत रहेका स्वकीय सचिव प्रकाश दाहालले मोर्चा नेतालाई टेलिफोन गरी बोलाएका हुन् ।
मधेसी मोर्चाले माघ मसान्तभित्र संविधान संशोधन प्रक्रिया नटुंग्याए र राज्य पुनर्संरचना गर्दा जनसंख्यालाई आधार नबनाए निर्णायक आन्दोलनमा जाने चेतावनी सार्वजनिक गरेसँगै प्रचण्डले मोर्चा नेतालाई छलफलमा बोलाएका हुन् । यादवले प्रधानमन्त्रीको कुरा सुनेपछि आफूहरुको पूर्वनिर्णयमा पुनर्विचार हुने/नहुनेबारे निर्णय लिइने बताए ।


‘संविधान संशोधनलाई काँग्रेस र माओवादी केन्द्रले सत्ता लम्ब्याउने अस्त्रका रुपमा प्रयोग गर्न खोजिएको महसुस हामीलाई भएको छ’, यादवले काठमाण्डु टुडेसँग भने, ‘संविधान संशोधनको प्रक्रिया नटुंग्याए र जनसंख्याका आधारमा स्थानीय तहको निर्धारण नगरेसम्म मान्दैनौं, आन्दोलनमा जान्छौं ।’

उनले राज्य पुनर्संरचना आयोगले एक पक्षीय र विभोदपूर्ण रिपोर्ट दिएकाले त्यसलाई मान्न नसकिने उल्लेख गरे ।
‘५२ प्रतिशत मधेसी जनतालाई २५ प्रतिशत अधिकार दिने विभेदकारी प्रावधान नसच्याएसम्म निर्वाचन हुन सक्दैन’, उनले भने । उनले माघ मसान्तसम्म माग पूरा नभए निर्णायक आन्दोलनमा जाने तर मधेसी जनताको भविष्यसँग जोडिएका राजनीतिक मुद्दामा घुँडा नटुक्ने बताए ।

‘मधेस कसैको पैतृक सम्पत्ति होइन, ५२ प्रतिशत जनतालाई अन्याय गरेर यो मुलुकको अखण्डता र राष्ट्रियता कसरी बलियो हुन्छ ?’, उनले भने ।

एक ३३ वर्षिया युवतीको कथा जो ३० वर्ष आफ्नै बाबुबाट बन्धन बनिन्


ठिक ११: ५५ बजे। ब्रिक्स्टनको काउन्सिल फ्ल्याटको मुख्य ढोका खुला थियो। दुईजना महिलाले शान्त सडकमा पाइला राखे। युवती रोजीको चाल पीडादायी देखिएको थियो। उनी मुस्किलले हिँड्न सकेकी थिइन्। उनी ३० वर्षीय कैदी जीवनबाट मुक्त भएर स्वतन्त्र भएकी थिइन्। उनी बिरामी थिइन् र तत्काल उपचारको आवश्यकता थियो उनलाई।

३० वर्षबीचमा एक्लै हिँड्न रोजिले कहिल्यै अनुमति पाइनन्। उनलाई भनिएको थियो यदि उनी एक्लै घरबाहिर निस्किइन् भने उनी ज्यूँदो रहने छैनन्। बिरामीबाट बाँच्न सक्दिनँ कि, उनमा यही चिन्ता थियो।

सन् २०१३ अक्टोबर २५ मा एक महिलाले रोजी र अर्की महिला जोजीलाई लुकाएर सडकमा निकाल्न सफल भइन्। मानवतस्करी, गुलामी र यातनाको सिकार भएका व्यक्तिको उद्धार गर्ने एक संस्थाका सदस्य उनीहरुको प्रतिक्षामा थिए। उनीहरुले नै यी दुवै महिलालाई यातना गृहबाट निकालेका थिए।

केही समयमै खुल्यो रोजी र ५७ वर्षीय जोजीमात्रै थिएनन् त्यो फ्ल्याटमा। त्यहाँ अरु महिला पनि थिए। जब प्रहरी पुन: फ्ल्याटमा फर्किए उनीहरुको भेट एक ६९ वर्षीय मलेसियन महिला आइसासँग भयो। पहिला त उनी फ्ल्याटबाट निस्कन मानेकी थिइनन्। कुराकानीका क्रममा उनले आफ्नो निर्णय बदलिन् र बाहिर निस्कन राजी भइन्।


उनीहरु मुक्त भएपछि खुल्यो, उनीहरुको जीवन कति डरलाग्दो थियो भन्ने। यी तीनै महिला निकै डराइरहेका थिए। उनीहरु एक शक्तिशाली व्यक्ति ज्याकीको कुरा गरिरहेका थिए। उनीहरुको कुराकानीमा यस्तो लाग्थ्यो कि यो एक प्रतिशोधको विषय हो। उनीहरुलाई बिजुलीको तारले दु:ख दिइएको थियो। यस्ता लागिरहेको थियो एक यन्त्रको सहायताले पुरै घर ध्वस्त पार्ने तयारी थियो।


आफ्नो जीवनको सबै कुरा सार्वजनिक हुने भएपछि रोजीको आत्मविश्वास बढ्दै गयो। पहिला रोजीले आफ्नो नाम परिवर्तन गर्ने निर्णय गरिन्। उनले आफ्नो नाम चर्चित गीतकार केटी पेरीबाट प्रभावित भएर केटी राखिन्।

केटीको जन्म सन् १९८३ मा भएको थियो। उनको आमा सियान डेविस समाज सेवामा थिइन्। ८० को दशकमा कामरेड बाला र उनको आमाबीच शारीरिक सम्पर्क भयो र उनी गर्भवती भइन्। बच्चा जन्मिएपछि उनको नाम प्रेम माओपिदुजी राखियो। उनी कामरेड बालाको कैदमा थिइन् तर उनी आफ्नो बाबु हो भन्ने जानकारी भने थिएन।

ब्रिक्टनको त्यो घर जहाँबाट तीन युवतीको उद्धार गरिएको थियो। त्यसका मालिक थिए अरविन्दन बालाकृष्णन। उनी कामरेड बाला या एबीको नामले परिचित थिए। कामरेड बालासँगको बिताएका पलपल सम्झदै केटीले खुलाइन् उनले कसरी आफ्ना कमरेडमाथि नियन्त्रण राखेका थिए भन्ने।

कमरेड बाला भन्थे म भगवान हुँ। दुनियाँमा उनको राज चल्छ अनि उनी अमर छन्। उनी सबैका नेता हुन् अनि सबै जना उनको आज्ञाको पालना गर्छन्। आफूसँगै सबै शक्तिशाली मेसिन भएको उनी दाबी गर्थे। उनी ती मेसिनलाई अल्लाह, क्रिष्ट र कृष्ण भन्थे।

कामरेड बाला जैकीको नाम लिन्थे। उनका अनुसार ज्याकी चिनियाँले बनाएको एक अदृष्य स्याटलाइट कम्प्युटर हो। उनी दाबी गर्थे ज्याकीको सहायताले उनी फ्ल्याटभित्र बसेर पुरै दुनियाँमा नियन्त्रण गर्छन्। विश्वमा हुने युद्ध र विपद् सबैको जिम्म्वारी उनी लिन्थे र ती सबै काम आफूले गराएको दाबी गर्थे।

सन् १९९५ मा पिज्जा पुर्याउने व्यक्तिले झुक्किएर उनको फ्ल्याटको घन्टी बजाइदियो। बालाले केटी लगायतकालाई आफूले नमगाए पनि ब्रिटिस फासिस्ट सरकारले पिज्जा पठाएर उक्साउने काम गरेको र घन्टी बजाएर महत्त्पूर्ण राजनीतिक काममा बाधा पुर्याएको दाबी गरेका थिए। त्यसको एक दिनपछि जापानमा ठूलो भूकम्प गयो। उनले फासिस्ट सरकारले भगवानको ढोका ढक्ढक्याएको र ठूलो भूकम्प आएको दाबी गरे।

'हामीलाई सबै कुराबारे जानकारी थियो तर मजबूरीमा स्वीकार गर्नुपर्थ्यो आइसाले भनिन्।


(केटीकी आमा सियान डेविस )
बालकृष्णनन् आफ्ना अनुयायीहरुसित भन्थे- 'हेर यो पत्रिका हो। यसको लेखलाई हेर। यो मेरो बारेमा लेखिएको हो।' अनि उनी फेरि सोध्थे, 'को कसको लागि आएको छ। सबै अनुयायी एकै स्वरमा जवाफ दिन्थे सबै तपाईँकै लागि।'
जब केटी सानै थिइन्, कामरेड बालाले उनलाई सजायस्वरुप घरको ढोका बन्द गरिदिए। उनलाई लाग्न थाल्यो उनी यहाँ मर्नका लागि बसेकी छिन्। त्यहाँको दैनिकी निक्कै कष्टकर थियो। उनका अनुयायीहरु बिहानै सबेरै उठ्नुपर्थ्यो। खाना बनाएर बालकृष्णननलाई दिनुपर्थ्यो। हरेक बिहान उभिएर उनको प्रवचन सुन्नुपर्थ्यो। कहिलेकाँही यसको समय तीन घण्टासम्म हुन्थ्यो।

बालकृष्णनन् भन्थे सबै पद्धति मार्क्स, लेनिन र माओको मतअनुसार चलिरहेको छ। यो समूह कम्युनिष्ट क्रान्ति ल्याएर नयाँ दुनियाँ बनाउन चाहन्छन्। उनी भन्थे, 'चन्द्रामामा मान्छे पुग्ने र परमाणु बम विष्फोटको काम उनी जन्मनुभन्दा १ सय ५० वर्ष पहिल्यै भएको थियो। उनी सबै विषय आफूसँग जोडिएको बताउँथे। जो उनले भनेअनुसार काम गर्छ त्यो आफूजस्तै अमर हुने दाबी गर्थे।

बालकृष्णननको जन्म सन् १९४० मा भारतमा भएको थियो। उनको बाल्यकाल यतै बितेको थियो। ८ वर्षको उमेरमा उनी आफ्नो परिवारसँग सिंगापुर गए। १९६३ मा उनले ब्रिटिस काउन्सिलको स्कलरसिप पाएर बेलायतको लण्डन स्कुल अफ इकनोमिक्समा पुगे।
उनी त्यहीँ लेफ्ट विचारधाराबाट प्रभावित भएका थिए। उनले पढ़ाई छोडिदिए। उनले सन् १९७४ मा एक संस्था बनाए जसको नारा थियो चीनको चेयरम्यान हाम्रो चेयरम्यान अनि चीनको मार्ग मेरो मार्ग। १९७६ मा यो संगठन ब्रिक्स्टन सिफ्ट भयो। आइसा २४ सालको उमेरमा यो समूहमा आबद्ध भएकी थिइन्।

सियानको बाबुले आत्महत्या गरेका थिए। बालाकृष्णनन् यसको जिम्मेवार उनलाई नै मान्थ्यो। १९९६ मा सियानको मानसिक अवस्था बिग्रियो। उनी बाथरूमको झ्यालबाट खसिन्। यसलाई उनले आत्महत्याको प्रयास गरेको भनियो र उनी आफूलाई सैतान भएको बताउँथिन्।

सन् २००५ सम्म केटीको अवस्था निक्कै बिग्रिसकेको थियो। २२ वर्षको उमेरसम्म केटी घरमा नै बन्द भइन्। उनले त्यहाँबाट भाग्ने निर्णय गरिन्। सामान पोको पारिन् र बाहिर निस्किइन्। उनले सडकमा हिँडिरहेकाहरुसँग सहयोग मागिन्। उनलाई प्रहरीकोमा जान भनियो। प्रहरीकोमा गएर फ्ल्याटभित्रको अवस्थाबारे बताउन उनलाई निक्कै मुस्किल भयो।

सन् २०१५ मा बालकृष्णन कानुनको कठघरामा परे। उनीमाथि यौन अपराध र छोरीलाई कैद गरेको आरोप लाग्यो। प्रहरी अनुसन्धानमा उनले दुई महिलालाई बलात्कार गरेका थिए। यो क्रम वर्षौँ जारी रह्यो। ती महिलाका अनुसार कुटपिट र बलात्कारका कारण उनले १३ वर्षपछि समूह छाडिन्। उनीबाट पीडित दोस्रो युवती मलेसियन नर्स थिइन्।

सन् २०१६ मा बाला बलात्कार, यौन हमला, बालशोषण र गलत तरिकाले छोरीलाई कैदी बनाएको अभियोगमा दोषी ठहरिए। यसको १ वर्षपछि गत वर्ष २३ वर्ष कैद सजाय पाएर उनी कारागार चलान भए।
बिबिसी हिन्दीबाट