१ चैत,काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई आज भारत जाने भएका छन् । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भारत गएलगत्तै भट्टराई पनि आज भारत जान लागेका हुन् । भट्टराई आज दिउँसो ३ः३० बजे उहा“ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रचण्ड–ओली भेट्दा देउवालाई छटपटी
उनले इण्डिया फाउन्डेसनले आयोजना गरेको दिल्लीमा हुने ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा (१४–१६ मार्च) १५ मार्चमा सम्बोधन गर्नेछन् । उनले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी १९ मार्चमा उनी नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गरेको नेपालीहरुसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । उनले दिल्लीमा रहँदा भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजिवी, नागरिक समाजका अगुवाहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको भट्टराईको सचिवालयले बताएको छन । भट्टराई २१ मार्च मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment