काठमाडौं, १९ माघ । चारवटै मोबाइल स्विच अफ गरी उपेन्द्र यादव कुनातिर पसेपछि मधेसी मोर्चामा खैलाबैला मच्चियो । केन्द्रीय नेता, अंगरक्षक, ड्राइभर कसैसँग सम्पर्कमा नरहेका यादवको अस्ति १५ गते ल्होछारको दिन एउटी महिलासँग सम्पर्क गरेको १० मिनेटपछि मात्र मोबाइल अन भयो । अनि बल्ल मोर्चाको निर्णय सार्वजनिक हुन सक्यो ।
जनआस्था साप्ताहिकमा खबर छ– मधेसी मोर्चाको बैठक तमलोपा पार्टी कार्यालय बबरमहलमा १४ र १५ माघमा बसेको थियो । १४ गते त उपेन्द्र उपस्थित थिए । तर, १५ गते आएकनन् । उनको अनुपस्थितिमा राजेन्द्र श्रेष्ठ त्यहाँ देखिए । तर, ‘मलाई ल्होछारको कार्यक्रममा जानु छ, बोल्ने पालो आयो’ भन्दै १० मिनेटमै हिँडे ।
मधेसका शीर्षस्थ नेतालाई राजेन्द्रले आश्वासन दिएका थिए, ‘उपेन्द्रजी आउँदै हुनुहुन्छ, उहाँ बैठकमा रहनुहुन्छ ।’
तर, ३ घण्टा बित्दासमेत उपेन्द्य्र बैठकमा आएनन् । १४ गतेको पूर्वसहमतिअनुसार मधेसभरी स्थानीय निकायको प्रतिवेदन जलाउने, संविधान संशोधनका लागि दबाब दिने उद्देश्यसाथ २३ गते एक दिने कार्यक्रम गर्ने कुरा थियो । मधेसका शीर्षस्थ नेताले त्यहाँ उपस्थित मिडियाकर्मीबीच पुगेर निर्णय सार्वजनिक गर्न जितेन्द्र सोनाललाई खदाए । जितेन्द्र क्यामेरअगाडि के उभिएका थिए, महेन्द्र रायले भाँजो हाले । ‘ए जितेन्द्र ! पर्खनुहोस्, उपेन्द्र यादवलाई नसोधी कहाँ हुन्छ ?’ महेन्द्रको चट्टानी अडानका कारण निर्णय सार्वजनिक हुन ढिलाइ भयो ।
मधेसका सबैजसो नेताले उपेन्द्रको मोबाइलमा सम्पर्क प्रयास गरिरहे । तर, सम्भव भएन । करिब एक घण्टासम्म शरत्सिंह भण्डारीदेखि जितेन्द्र सोनाल, महेन्द्र राय, केशव झा, मनिष सुमन सबैले फोन घुमाए । यही बीचमा जितेन्द्र सोनालले रेखा यादवालई फोन लगाए । तर, कहींबाट ‘तार’ लागेन ।
बीचमै राजकिशोर यादवको पार्टी फोरम गणतान्त्रिकका सञ्जय यादवले मिश्रा थरकी एउटी महिलालाई फोन गरे । जानकार यादवले ‘हामीलाई उपेन्द्र यादवसँग सम्पर्क गर्नुछ, तपाईंसँगै हुनुहोला, एकपटक जसरी पनि भेटाइदिनुस, जरुरी छ’ भने । उताबाट जवाफ आयो, ‘१० मिनेटपछि गर्नुहोस्, उनको स्वीच अन हुन्छ ।’नभन्दै १० मिनेटपछि भण्डारीको पार्टीका महासचिव केशव झाले फोन गर्दा उपेन्द्रको फोन अन थियो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment