Tuesday, March 14, 2017

किन उत्तर दिशामा शिरानी पारेर सुत्नु हुँदैन ? यस्ता छन् हिन्दुसंस्कारहरु

नेपाली समाजमा गरिने विभिन्न संस्कारहरु आ-आफ्नो आस्था अनुसार धर्मसँग जोडिएका हुन्छन् । ति संस्कारहरु कुनै न कुनै तवरले रहनसहन, भौगोलिक बनावट, समयसापेक्ष अनुसार प्रभावित भएका हुन्छन् । पुर्खादेखि चली आएका यी विविध संस्कारहरु एक पुस्ताबाट अर्को पुस्ता हस्तान्तरण हुँदा कारणहरु हस्तान्तरण नहुनु, तिब्र बसाइ सराईको कारण अन्य जाति तथा धर्महरुको समिश्रण हुँदै जानु तथा नयाँ पुस्ताहरुमा पश्चिमेली संस्कारको हावी बढ्दै जानुले गर्दा बाजे बराजुहरुले गर्दै आएका कतिपय संस्कारहरुलाई रुढिवादी परम्पराको रुपमा चित्रण गरिनु स्वाभाविक पनि हो । हाम्रा बराजुहरुले पालना गर्दै आएका धेरै संस्कारहरु रुढिवादी हैन, समयसापेक्ष बैज्ञानिक आधारहरु थिए भन्ने कुराहरु तल उल्लेखित संस्कारहरुको मूल्य मान्यताहरुले दर्शाउँछ । खाना खानु अघि थाल वरिपरि पानीको घेरा छरेर भात चढाउनु (अप्सनी) धेरै जसो ग्रामिण नेपाली समाजमा घर आँगनमा गाईबस्तु, खुकुरा, हाँस पालेका हुन्छन् । धेरै जसोको जीवनशैली हिलोमाटो, खेतीपाती, गाईबस्तु जस्ता परिबेशमा हुर्केका हुन्छन् । आफ्नो वरपर आँखाले नदेखिने साना साना किटाणुहरु रहेका हुन्छन् । यिनै किटाणुहरुबाट बच्न हाम्रो समाजमा खाना खाँदा थाल वरिपरि पानीको घेरा बनाइ भात छर्केर चढाउने गरिन्छ, ताकी ति किटाणुहरु पानीको घेरा तोडेर खानासम्म आइ नपुगोस र खाना खाउन्जेल ती किटाणुहरु तिनै छर्केको भातमै अलमलिएर बसोस् ।
घर तोरणले सजाउनु घर तथा कार्यालय वरपर शुद्ध हरियो पातहरुले बनाइएको तोरण लगाउनाले यसले हावा/वायु शुद्ध पार्ने काम गर्दछ र वरपरको वायु प्रदुषण कम गर्न गर्दछ । नयाँ घरमा बसाइ सर्दा, बिबाह जस्ता अवसरहरुमा विशुद्ध हावा चाहिने हुँदा यस्ता अवसरहरुमा घर वरिपरि तोरणले सजाएर मात्र सामाजिक अवसरहरु सम्पन्न गर्ने गरिन्छ । आँपको पात सबैभन्दा राम्रो तथा गुणस्तरीय पातको रुपमा चिनिने हुनाले तोरण बनाउँदा आँपको पात धेरै जसो प्रयोगमा ल्याइन्छ । सुर्यदर्शन (गुफा) नेवारी समाजमा सुर्यदर्शनलाई महिलाको सुर्यदेवसंगको बिबाहको रुपमा मानिन्छ । नेवारी समाजमा पहिलो बिवाह बेलसंग, दोस्रो बिबाह सुर्यसंग गरिने भएकोले लोग्ने मरे पनि विधवा हुनु पर्दैन भन्ने परम्परा रही आएको छ । सुर्यदर्शन महिलाको पहिलोपटक महिनावारी चक्र सुरु हुनु अगावै सम्पन्न गरिन्छ । सुर्य दर्शन पुजाको दौरान महिलालाई आफ्नो दुवै हातका औंलाहरू क्रस गराई सानो प्वालबाट सुर्यको दर्शन गराइन्छ । बैज्ञानिक तथ्य अनुसार १५ मिनेट सुर्य दर्शन गर्नाले मानसिक तनावहरु कम भइ आत्मविश्वास बढ्ने गर्दछ । यसले दिमागबाट अनावश्यक सोचाई, अनुभूतिहरुलाई हटाएर आनन्द र परमानन्दको अनुभूति गराउँछ । यसले मानिसभित्र रहेको दिक्क लाग्दो स्वभावलाई उत्साही र प्रबल बनाई निर्णय क्षमता वृद्धि गर्ने गर्दछ । सुर्य दर्शन गर्नाले मानिसको दिमागलाई उर्जावान, आनन्दित, शान्त र एकत्रित बनाउन सहयोग गर्दछ । साथै शरीरमा सकारात्मक उर्जाहरु थपेर स्वस्थ रहन सहयोग गर्दछ । भोजनमा मसालेदारबाट परिकारबाट सुरु गरि मिठाइबाट अन्त्य गर्नु प्राय: हाम्रा परम्परागत भोज भतेरहरुमा मसालेदार खानाको परिकारहरु खुवाई भोजन सुरु गरिन्छ र अन्तत: मिठाइहरु खुवाई समापन गरिन्छ । बाजे बराजुहरुको पालादेखि चली आएको यो परम्परा अनुसार मसालेदार खानाले पाचनदार रस तथा एसिडहरु उत्पादन गर्दछ जसले खाएको खानाहरु आरामले पचाउन सहयोग पुर्याउँछ । भोजनको अन्त्यमा दिइने गुलियो मिठाइ तथा कार्बोहाइड्रेटले पाचन प्रकिया सुचारु गर्न गराउन उत्प्रेरित गर्दछ । त्यसैले मिठाइ जहिले पनि खानाको अन्त्यमा दिनु उचित हुन्छ । दुवै हात जोडेर गरिने अभिवादन: नमस्कार हिन्दु संस्कारमा दुवै हात जोडेर नमस्कार गर्नुलाई सामान्यतया एकले अर्कोलाई सम्मान तथा अभिवादनको रुपमा बुझिन्छ । तर बैज्ञानिक अर्थमा दुवै हात जोडेर नमस्कार गर्दा हत्केलाका औंलाहरू एक आपसमा जोडी आँखा, कान र दिमागको चाप बिन्दुहरुमा सिधा असर पर्दछ र अभिवादित व्यक्तिलाई लामो समयसम्म सम्झिन सहयोग गर्छ । खुट्टाको औंलामा रिंग लगाउनु (Toe Ring) सामान्यत: खुट्टाको दोस्रो औंलामा रिंग लगाउनुलाई विवाहित महिलाको अर्थमा बुझिन्छ । बैज्ञानिक अर्थमा खुट्टाको दोस्रो औंलाको नशा पाठेघर भै मुटुसम्म जोडेको हुन्छ । खुट्टाको औंलामा यसरी रिंग लगाउँदा पाठेघरमा दवाव सृजना गर्दछ जसले गर्दा नियमित रक्त प्रवाह गराई महिलाको महिनावारी चक्रलाई स्वस्थ र नियमित गराउन सहयोग गर्दछ । नदि/खोलामा सिक्का फाल्नु सामान्य अर्थमा नदीनाला, खोलामा सिक्का फाल्नुलाई धार्मिक अर्थमा भाग्यवृद्धिको रुपमा बुझिए पनि वास्तविक रुपमा बैज्ञानिक तथ्यहरु छन् । प्राचिन समयमा सिक्काहरु प्राय: तामाबाट बनेका हुन्थे । खाने पानीको मुख्य श्रोत भनेकै खोलानाला हुन्थ्यो । तामा हाम्रो शरिरको लागि चाहिने एक अभिन्न धातुको रुपमा लिइन्छ । हामीले खाने पानीमा यथेष्ट तामाको मात्रा होस् भन्ने हेतुले हाम्रा बराजुहरुले नदि नालाहरुमा तामाबाट बनेका सिक्काहरु फाल्ने गरिन्थ्यो । निधारमा टिका/तिलक/कुमकुम लगाउनु निधारमा आँखीभौ बिचको भागलाई शरीरको मुख्य स्नायु विन्दुको रुपमा लिइन्छ । तिलकलाई शक्तिनाशक प्रतिरोधकको रुपमा लिइन्छ । आँखीभौ बिच लगाइने रातो कुमकुमलाई शरीरको शक्तिलाई संचय गर्ने र विभिन्न तहको एकाग्रतालाई सन्तुलन राख्ने प्रतीकको रुपमा लिइन्छ । कुमकुम लगाउँदा निधारको मध्य भाग र आद्न्य चक्र स्वत: चापमा पर्छन् । साथै यसले अनुहारमा रक्त प्रवाह गर्न पनि सहयोग गर्छ । मन्दिरहरुमा घन्टी बजाउनु आगम शास्त्र अनुसार खराब तथा शैतानिक शक्तिहरु भगाई सुखद र आनन्दित वातावरण बनाउनको लागि मन्दिरको प्रांगणमा घन्टी बजाइन्छ । बैज्ञानिक कथन अनुसार घन्टीले हाम्रो दिमागलाई शान्त बनाउँछ र भक्तिभावको लागि एकाग्र बनाउन सहयोग गर्दछ । मन्दिरमा राख्ने घन्टी यसरी बनाइएको हुन्छ कि जब यसले ध्वनि र तरंग उत्पन्न गर्दछ, यसले दिमागको दायाँ र बायाँ दुवै भागलाई एकतामा ल्याई एकाग्रता हुन सहयोग गर्दछ । मन्दिरमा यस्ता घन्टीहरु बजाउँदा सामान्यता तिखो तथा गुन्जायमान ध्वनी उत्पादन गर्दछ जसको प्रतिध्वनी ७ सेकेन्डसम्म गुन्जिने गर्दछ । यसरी गुन्जिने प्रतिध्वनी हाम्रो शरीरको ७ उपचारक विन्दुहरू (Healing Points)लाई उत्तेजित बनाउनको लागि धेरै असल मानिन्छ । यसले शरिरको नकारात्मक उर्जाहरुलाई उन्मुलन गर्न सहयोग गर्दछ । हात खुट्टामा मेहन्दी लगाउनु विशेष गरि भारतीय तथा नेपाली महिलाहरु मेहन्दीले हात खुट्टामा रंग्याउन मेहन्दी लगाएको देखिन्छ । मेहन्दीलाई एक विशेष हर्बल औषधीको रुपमा लिइन्छ । मानिसको जीवनमा विवाह एक एकदम उत्साहित तथा तनावको अवसरमा लिइने गर्दछ । जब बिबाहको दिन नजिकिन थाल्दछ, नव दुलाहा तथा दुलहीहरुलाई नौलो उत्साह तथा उमङ्गहरु शरीरको स्नायु प्रणालीमा तरंगित हुन थाल्दछ जसले गर्दा तनाब उत्पन्न भइ टाउको दुख्ने, ज्वरो आउने पनि हुन सक्दछ । तसर्थ विवाहको अवसरहरुमा महिलाहरुको हात खुट्टामा मेहन्दी लगाउने गरिन्छ जसले गर्दा तनावबाट उत्पन्न हुने नकारात्मक उर्जाहरुलाई नियन्त्रण गर्न एवं दिमागलाई शान्त पार्न सहयोग गर्दछ । हात र खुट्टा स्नायु प्रणालीको अन्तिम बिन्दुको रुपमा लिइन्छ । भुइँमा बसेर भोजन गर्नु भुइँमा बसेर खाना खानु भनेको सुखासन आसनमा बसेर खाना खानु हो । सुखासन अर्थात अर्ध पद्मासनमा बस्दा खुट्टाहरु एक आपसमा क्रस हुने गर्दछ, जसले चेतनामा शान्ती छाएको अनुभूति हुन्छ र पाचन प्रक्रियालाई सहयोग पुर्याउछ । तसर्थ भुइमा बसेर भोजन गर्दा दिमागमा सिधा संदेश पुर्याई खाएको खानाहरुलाई सजिलै पचाउन सहयोग गर्दछ भन्ने विस्वास गरिन्छ । चरण स्पर्श ढोग गर्नु चरण स्पर्श तथा ढोग प्राय: धर्मगुरु वा आफु भन्दा ठुलालाई आदर स्वरूप गरिन्छ । जब आदरणीय गुरु तथा सदस्यहरुले श्रद्धाले दिएको अहंकारबिहिन चरण स्पर्श तथा ढोगलाई स्वीकार गरिन्छ, तिनीहरुको मनबाट सकारात्मक बिचार एवं उर्जा (जसलाई करुणा भनिन्छ) उत्पादन हुन्छ जुन हात तथा पाउ मार्फत चरण स्पर्शकर्तातर्फ प्रसारण हुन्छ । यसरी चरण ढोग गर्दा दुई अन्तर आत्माहरु एक आपस जोडिन्छ र अध्यात्मिक तथा कस्मिक उर्जाहरु धर्मगुरु वा आदरणीय सदश्यबाट प्रसारित हुन्छ । स्नायु प्रणाली अनुसार दिमागबाट निस्केका नसाहरु शरीरको विभिन्न भागहरुमा पुगेका हुन्छन् । शरिरको हात र खुट्टाहरु स्नायु प्रणालीको अन्तिम विन्दुहरू मानिन्छन् । हात मिलाउँदा र अंगालो मार्दा पनि उस्तै खालको उर्जाहरु एक आपसमा प्रसारण हुने गर्दछ । जब हात वा खुट्टाका औंलाहरू अर्को शरीरको हात वा खुट्टामा छुन्छ, एक किसिमको सर्किट बन्छ र दुई शरीरको अन्तरआत्माहरु जोडिन्छ । चरण स्पर्श गर्दा ढोग्नेको हात तथा औंलाहरू उर्जा प्राप्तकर्ता व्यक्ति हुन्छ भने अर्कोको पाउ उर्जा प्रदान गर्ने व्यक्तिको रुपमा चित्रित हुन्छन् । विवाहित महिलाहरुले सिन्दुर लगाउनु सिन्दुर बेसार (Turmeric Lime) र पारो (Mercury) को समिश्रणबाट बनाइएको हुन्छ । पारोको अन्तर्निहित गुणले रक्तचापलाई नियन्त्रण गर्नु साथसाथै यौन चाहना उत्प्रेरण गर्ने गर्दछ । यसै कारणले गर्दा बिधुवा तथा अविवाहित महिलाहरुलाई सिन्दुर लगाउन बर्जित गरिएका हुन् । सिन्दुरलाई शरिरको यस्तो भागमा लगाइन्छ (Pituitary Gland को माथिल्लो भाग), जहाँ महिलाहरुको अनुभूतिहरु केन्द्रित हुन्छन् । पारोले हाम्रो शरीरको तनाव कम गर्न पनि यथेष्ट सहयोग गर्दछ । किन उत्तर दिशामा टाउको पारेर सुत्नु हुँदैन ? उत्तर दिशामा टाउको राखेर सुत्दा भुत तथा मरेका मानिसहरुलाई आमन्त्रित गर्नु भन्ने जनविश्वास पाइन्छ । बैज्ञानिक कथन अनुसार मुटुको रक्त प्रवाहको कारण मानिसको आफ्नै चुम्वकीय क्षेत्र हुन्छ जसलाई मुटुको चुम्वकीय क्षेत्र पनि भनिन्छ । पृथ्वीको आफ्नै घना चुम्वकीय क्षेत्र छन् । जव हामी टाउको उत्तर दिशा तर्फ फर्काएर सुत्ने गर्दछौ, शरीरको चुम्वकीय क्षेत्र र पृथ्वीको चुम्वकीय क्षेत्र बीच अमिल्दो प्रतिक्रिया हुन्छ जसले गर्दा शरीरको रक्तचापमा समस्या आउँछ, मानिसको मुटुले पृथ्वीको चुम्वकीय उर्जाको अनुपातमा आउन सामान्य भन्दा कडा परिश्रम गर्नु पर्ने हुन्छ । अर्को कुरा, हाम्रो रगतमा यथेष्ट मात्रामा फलामको अणुहरु रहेको हुन्छ, उत्तर तर्फ टाउको राखेर सुत्दा शरिरमा रहेका सम्पूर्ण फलामका कणहरु दिमागमा जम्मा हुन जान्छ, फलस्वरूप टाउको दुख्ने लगायत थुप्रै दिमागी रोगहरु निम्तिने हुन्छ । कान छेड्नु हिन्दु परम्परामा कान छेड्नुलाई एक विशेष क्रियाको रुपमा लिइन्छ । थुप्रै थिकित्सक तथा मनोबैज्ञानिकहरुको विश्वास अनुसार कान छेड्नाले मानिसको सोचाइ शक्तिमा बृद्धी हुने, निर्णय गर्न सक्ने र बौद्धिक क्षमता बढ्ने गर्दछ । वाक क्षमताले मानवीय उर्जालाई नष्ट हुनबाट बचाउँछ । यसर्थ कान छेड्नाले वाक क्षमता सन्तुलन कायम राख्न सहयोग गर्दछ । यसले कानको भित्री भागहरुमा आउने बिकारहरुलाई रोक्न पनि सहयोग गर्दछ । हिजोआज पश्चिमेली सभ्यतामा पनि कान छेड्ने चलन फेशनको रुपमा फैलिंदै गएको देख्न पाइन्छ । सुर्य नमस्कार बिहानीको पारिलो घाममा सूर्यलाई पानी चढाएर गरिने सुर्य नमस्कार हिन्दु संस्कार आफैमा बैज्ञानिक रहेको पाइन्छ । बिहानको पारिलो घाममा सफा पानी सूर्यलाई चढाउँदा प्रकाशका किरणहरु पानी मार्फत आवर्तन हुँदा ति किरणहरु रातो, सुन्तला, पहेलो, हरियो, निलो तथा बैजनी रंगमा छुटिन्छन् । यसरी छुट्टीएका रंगहरु मध्ये हरियो रंग हाम्रो आँखाको लागि एकदम लाभदायी मानिन्छन् । हरेक बिहान सुर्य नमस्कार गर्दा स्वास्थ्यको दृष्टिकोणले धेरै लाभदायी हुने गर्दछ । पुरुषहरुले टुप्पी पाल्नु सुश्रुत ऋषिलाई आयुर्वेदको मुख्य सर्जक मानिन्छन् । उनको ब्याख्या अनुसार टाउकोको टुप्पोको भाग जहाँ चेतनाको मुख्य भाग मानिन्छ, शरिर भरिको सबै नशाहरु यहीं जोडिएको हुन्छ, यसलाई अधिपति मर्म भनिन्छ । यसै भागमा रहेको टुप्पीको गाँठो पारिएको शिखाले यस ठाउँलाई रक्षा गर्ने गर्दछ । यसको ठिक तल ब्रह्मरन्ध्र रहेको हुन्छ शरीरको तल्लो भागको नशाहरु यहा आएर जोडिएको हुन्छ । योगमा ब्रह्मरन्ध्र उच्च स्थानमा रहेको ७ औ चक्रको रुपमा लिइन्छ । यसलाई बुद्धिको केन्द्र बिन्दु मानिन्छ । गाँठो पारिएको सिखाले यस केन्द्र भागलाई छोपेर सुक्ष्म उर्जाहरुलाई संरक्षण गर्न बढावा दिन्छ । ब्रत बस्नु ब्रत बस्नुको औचित्य तथा सिद्धान्तहरु आयुर्बेदमा पाइन्छ । सामान्यत: विभिन्न खाले बिरामीहरुको मूल कारण खाएको खाना पाचन प्रक्रियामा शरीरभित्र थुप्रिएको विषाक्त पदार्थहरु हुन् । नियमित रुपमा शरीर भित्र थुप्रिएका विषाक्त पदार्थहरुको सरसफाई गर्न सके स्वस्थ रहन सकिन्छ । यसर्थ, ब्रत बस्दा पाचन प्रक्रियामा भाग लिने अंगहरुले आराम पाउँछ र थुप्रिएका विषाक्त पदार्थहरु पचाउन सहयोग गर्दछ । आयुर्बेद अनुसार शरीरमा ८०% तरल पदार्थ रहेको हुन्छ भने २०% मात्र ठोस पदार्थ रहेको हुन्छ । पृथ्वी, चन्द्रमाको गुरुत्वाकर्षण शक्ति जस्तै मानिसको शरीरमा पनि यस्ता गुरुत्वाकर्षण शक्तिले प्रभाव पारेको हुन्छ, जस अनुरुप शरीरमा भावनात्मक असन्तुलन, तनाव हुने, चिढिने, उग्र तथा हिंसात्मक स्वभाव हुने गर्दछ । ब्रत बस्नाले यस्ता विषम परिस्थितिहरुको रोकथाम हुने, शरिरमा एसिडको मात्र कम गर्ने गर्दछ फलस्वरूप मानिसहरुमा यस्ता मानसिक सन्तुलन कायम गर्न सहयोग गर्दछ । थुप्रै अनुसन्धानको नतिजा अनुसार क्यालोरी खपत कम गर्न तथा क्यान्सर, मधुमेह, स्नायु रोगहरु, प्रतिरोधक क्षमता ह्रास जस्ता रोगहरुबाट मुक्ति पाउन नियमित ब्रत बस्नु फाइदाजनक छन् । पिपलको रुखलाई पुजा गर्नु पिपलले फल दिंदैन । पिपलको काठ फर्निचर बनाउनको लागि कडा पनि हुँदैन । त्यसैले सामान्य मानिसहरुको लागि पिपल एक छायाँ र शितलता प्रदान गर्नु बाहेक अरु उद्देश्य देखिंदैन । तर पनि हामी पिपललाई पुजा गरेको देखिन्छ । तर बैज्ञानिक अर्थमा पिपल मात्र एक यस्तो रुख हो जसले दिउँसो मात्र हैन, राति पनि अक्सिजन दिने गर्दछ । पिपलको यहि गुण भएको कारणले गरेर हाम्रा पुर्खाहरुले पिपलको रुखलाई देवता र धर्मसंग जोडेर पुजा गर्ने गरेका हुन् । तुलसीको बोटलाई पुजा गर्नु तुलसीलाई हिन्दु धर्म अनुसार विविध कथाहरु पाइन्छन् । बैज्ञानिक तथ्य अनुसार तुलसी मानवीय जीवनको लागि एक अत्यावश्यक संजीवनी हो । तुलसीमा ओखती उपचारको लागि चाहिने यथेष्ट गुणहरु पाइन्छ । तुलसी एक प्रभावकारी एन्टीबायोटिकको रुपमा लिइन्छ । हरेक दिन तुलसीलाई चियासंग खाँदा यसले शरिरको प्रतिरक्षा शक्ति बढाउँछ, रोगहरु लाग्नबाट बचाउँछ, स्वास्थ्यलाई सन्तुलित र शरिरलाई सबल राख्दै दिर्घायु राख्न सहयोग गर्दछ । घर आँगनमा तुलसीको बोट रोप्दा लामखुट्टे, किराहरुले घरमा प्रवेश पाउनबाट रोकथाम गर्दछ । तुलसीको अगाडी सर्पहरु सामान्यत: आउंदैन् । यस्तै यस्तै विविध कारणहरुले गर्दा हाम्रा पुर्खाहरुले घर अगाडी तुलसी रोपेर पुजा गर्ने बानी बसालेको देखिन्छ । मुर्ति पुजा गर्नु मनोबैज्ञानिक कथन अनुसार मानिसहरु आफुले जे देख्छन्, त्यहि अनुसार उसका बिचार तथा सोचाइहरुले आकार लिन्छन् । आफ्नो सामु अलग अलग ३ बस्तुहरु भएता पनि आफुले जे हेरी रहेको हो, त्यहि अनुसार उसका सोचाइहरु परिवर्तित हुन्छन् । सोहि अनुरुप मानिसहरु आफ्नो धार्मिक आस्थाहरुप्रति एकत्रित गर्न गराउन आफ्नो धर्म अनुरुप मुर्तिहरु स्थापना गरेको हुन्छन् । मुर्तिहरुलाई एकचित्तले शान्त भएर पुजा गर्दा मनलाई एकाग्रतामा ल्याई मानसिक बिचलित नभई आ-आफ्नो धार्मिक आस्था अनुसार आध्यात्मिक उर्जा प्राप्त गर्न सकिन्छ । महिलाहरुले चुरा लगाउनु नाडी नियमति उत्तेजित भइ रहने शरीरको भाग हो । डाक्टरहरुले प्राय: मुटुको धड्कन जाँच्नु परयो भने नाडी नै छाम्छन् । महिलाहरुले नाडीमा लगाउने चुराले नियमित घर्षण गराई रहन्छ र रक्त संचार प्रक्रिया प्रवाह बढाउन सहयोग गर्दछ । प्राय: गृहणी महिलाहरु बिहान बेलुका बाहेक अन्य समयमा निष्क्रिय रहने हुनाले चुरा लगाउनाले रक्त प्रवाह नियमित गर्न गराउन चुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छन् । साथै, चुरा गोलाकार भएको हुनाले शरीरमा उत्पन्न हुने विद्युतीय उर्जालाई खेर जानबाट रोक्न र शरिरमै फर्काउन पनि चुरा लगाउनाले सहयोग पुर्याउँछ । मन्दिर घुम्न जानु प्राय: प्राचिन मन्दिरहरु उत्तर-दक्षिण ध्रुबबाट सृजित चुम्वकीय र विद्युतीय तरङ्गहरु यथेष्ट मात्रामा प्रवाहित हुने गरि बनाइएको हुन्छ । मन्दिरभित्र मुर्ति राखिएको मुख्य केन्द्र जसलाई गर्भगृह वा मूलस्थान भनिन्छ । सामान्यत: मुर्ति राखी सकेपछि मात्र मन्दिर स्थापना गरिन्छ । मुर्ति प्रतिस्थापन गर्दा मुर्तिको गर्भगृहमा बैदिक श्लोक सहित तामाका पाताहरु राखिएको हुन्छ जसले पृथ्वीको चुम्वकीय तरङ्गहरु एकत्रित संकलन गरी मन्दिर वरपर चुम्वकीय तरंगहरु प्रसारण गर्दछ । जसको कारण आम मानिसहरु मन्दिरलाई घडीको सुइ घुम्ने सुल्टो दिशाबाट घुम्दा ती चुम्वकीय तरङ्गहरु मानिसको शरीरले ग्रहण गर्छ । यो एक अदृश्य र ढिला प्रवाह हुने प्रक्रिया हो । यसर्थ नियमित रुपमा मन्दिरहरुमा सुल्टो दिशाबाट घुम्दा शरीरले यथेष्ट सकारात्मक उर्जा प्राप्त हुन्छ । बैज्ञानिक कथन अनुसार स्वस्थ जीवनको लागि सकारात्मक उर्जाहरु अत्यावश्यक हुन्छन् । अनुहारमा बेसार लगाउनु (हल्दी) बेसार एक प्राकृतिक एवं आयुर्वेदिक जडिबुटी हो । बेसारलाई एक सबैभन्दा राम्रो एन्टीसेप्टिक ओखतीको रुपमा लिइन्छ । अनुहारमा बेसार लगउनाले अनुहारमा टाँसिएर बसेका सबैखाले किटाणुहरुलाई नष्ट गर्ने गर्दछ । साथै, बेसार लगाउनाले अनुहारमा रहेका सबैखाले फोहोरहरु सोसेर लिने गर्दछ र छालालाई चम्काउने गर्दछ । विवाह उत्सब/पुजाहरुमा आगो बाल्नु धेरै जस्तो उत्सबहरुमा होम गर्ने, सुकुन्दा बाल्ने, इता बाल्ने (नेवारी समाजमा) चलन रहेको पाइन्छ । आगोले उत्सब वरपर रहेका नकारात्मक उर्जाहरुलाई नष्ट गर्ने र सकारात्मक उर्जाहरु थप्ने कार्य गर्दछ । यसरी आगो बाल्दा विभिन्न खाले पदार्थहरु काठ, घ्यु, तेल, अन्न, जडिबुटीहरु प्रयोग गर्ने गरिन्छ । यसरी बालिएको आगोबाट उत्पन्न हुने धुवाँले हावामा रहेको किटाणुहरुलाई नष्ट गर्दै बायु प्रदुषण कम गर्ने गर्दछ र सामाजिक अवसरहरुमा सहभागी हुने मानिसहरु, दुलाहा दुलहीलाई स्वस्थ रहन सहयोग गर्दछ । ओम मात्र जप्नु ओम मन्त्र जप्नाले रक्तचाप कम गर्ने र मुटुको धडकन नियन्त्रण गर्ने गर्दछ । लामो सास तानेर ओम मन्त्र जप्दा यसले चेतनामा सतर्कता धेरै सुधार आउँछ र मनलाई एकत्रित गर्न सहयोग गर्दछ । प्राथना गर्दा गायत्री मन्त्र जप्नु गायत्री मन्त्र जप्दा प्रति सेकेन्ड करिब ११०,००० विभिन्न खाले तरङ्गहरु पैदा गर्दछ । अनुसन्धानकर्ताहरुको निर्क्यौल अनुसार गायत्री मन्त्रबाट सिर्जित तरङ्गहरु शरीर तथा स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । सुर्योदय भन्दा अगावै दैनिक ९० मिनेट गायत्री मन्त्र जप्ने हो भने यसले स्वास्थ्यलाई अत्यन्तै फाइदा गर्दछ । -हाम्राकुरा डटकम

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment