Wednesday, February 22, 2017

शिवरात्रिमा कुन बाटो भएर जाने पशुपति ? हेर्नुस् रुट



यस वर्ष महाशिवरात्रिमा पशुपतिमा दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको छ ।

बत्तिसपुतली–गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट तिलगङ्गा–राममन्दिर हुँदै वाग्मती तरी पूर्वढोकाबाट, मित्रपार्क गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–बासुकी हुँदै उत्तर ढोकाबाट र जय वागेश्वरीबाट भुवनेश्वरी हुँदै पश्चिमतर्पmको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेशको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दर्शनार्थी जुन लाइनबाट गएको हो सोही लाइनबाट फर्कने व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताउनुभयो । ‘पश्चिम ढोकाबाट बाहिर निस्केपछि वनकाली हुँदै गौशालातर्फ र दक्षिणामूर्ति हुँदै मित्रपार्कबाट बाहिर जाने व्यवस्था गरिएको छ, तोकिएको प्रवेश बाटोबाट दर्शन गर्न जाँदा जुत्ता–चप्पल कक्षमा जुत्ता राख्ने र दर्शनपश्चात् तोकिएको बाटोबाट फर्की जुत्ता–चप्पल लिने व्यवस्था मिलाइएको छ’ उहाँले भन्नुभयो ।

दर्शनमार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि मूल शिविरमा कमान्ड पोस्टसहितको सञ्चार सेवासहितको प्रहरी नियन्त्रण कक्ष स्थापना गरिनेछ । आवास–भोजनस्थल, पार्किङ स्थल, जुत्ता चप्पल कक्ष एवम् गोरखनाथ, सिफल, तिलगङ्गा, वनकाली, कैलाश, राम मन्दिर, उमाकुण्ड, वेदविद्याश्रम, घाट क्षेत्रलगायत स्थानमा नेपाल प्रहरीको सब–कमान्ड पोस्ट स्थापना गरी दर्शनार्थी एवम् तीर्थयात्रीको सुरक्षा व्यवस्था मिलाइएको छ ।


पशुपति मासु, मदिरा निषेधित क्षेत्र भएकाले मासु, मदिरा तथा अन्य लागुपदार्थको बेचबिखनमा नियन्त्रणका लागि महानगरीय प्रहरी परिसर काठमाडौँबाट सार्वजनिक सूचना प्रकाशन गरिएको छ । महाशिवरात्रिका अवसरमा बिहीबार, शुक्रबार र शनिबार पशुपति क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइने छ । मेलाका अवसरमा तिलगङ्गामा तीर्थयात्री–दर्शनार्थी र पर्यटक, कोषको कार्यालय बाहिर तथा प्रहरीवृत्त गौशालामा गाडी पास वाहक र सरकारी, सिफलमा अर्चक उपासक, पास वाला सवारीसाधन र स्थानीय दर्शनार्थी एवम् गुह्येश्वरी पारि गोठाटार, जोरपाटी, बौद्धतर्फबाट आउने तीर्थयात्रीको वाहन राख्ने व्यवस्था मिलाइनेछ ।

मेलामा स्वास्थ्य शिविर, पानीको व्यवस्था, स्वयम्सेवक परिचालन गरिनेछ । यस वर्ष मन्दिर दर्शनका लागि कुनै पनि पासको व्यवस्था गरिएको छैन । मन्दिरभित्र सुरक्षाकर्मी र कोषले खटाएको कर्मचारी मात्र रहने व्यवस्था हुने छ । दर्शनार्थी र भक्तजनको सुविधाका लागि गौशाला, मित्रपार्क, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, जयबागेश्वरी र तिलगङ्गामा पशुपतिनाथको चन्दन वितरण गरिनेछ ।
महाशिवरात्रि पर्वका अवसरमा सूचनाको सहज सम्प्रेषणका लागि कोषले अडियो नोटिस बोर्ड नं १६१८०१४४७०५७५ मा सुन्न सकिने व्यवस्था गरेको छ । रासस

१० करोड भन्दा बढीले हेरेको यो बिज्ञापन, के होला रहस्य ?

१० करोड भन्दा बढीले हेरेको यो बिज्ञापन, के होला रहस्य ?


सामसुङले भखरै युटुवमार्फत सार्वजनिक गरेको विज्ञापन दश करोड भन्दा बढिले हरिसकेका छन् । विज्ञापनले कुनैपनि उत्पादनको विक्री बढाउने, व्यक्तिसँग सिधै बेच्न सक्ने वा आम नागरिक माझ उत्पादनको प्रचार प्रसार गर्ने प्रणाली हो वा कुनैपनि उत्पादनको नाम अझ भनौ सोझो अर्थमा कुनैपनि सामान किन्ने मान्छेको सोचमा विक्रेता वा कम्पनीले आफ्नो सामान प्रति सोच बदलिदिने काम गर्दछ ।
विज्ञापन एक यस्तो माध्यम हो जसको माध्यमबाट हामी कुन सामान बेच्छौ वा कुन सामान किन्न चाहान्छौ भन्ने कुराको तय गर्दछ ।



सामसुङको ४ मिनेटको विज्ञापनलाई यति धेरै मान्छेले यति छाटो समयमा युट्युवमार्फत हेर्नु चानचुने कुरा होइन । सामसुङ कम्पनीले हिन्दी भाषामा बनाएको आफ्नै ब्राण्डको टिभिको विज्ञापन यति धेरैले मन पराउनुमा पक्कै पनि यो विज्ञापन अरु भन्दा धेरै भिन्न र उत्कृष्ट छ ।

यो बिज्ञापन बजारमा आएपछि एक नमुना बिज्ञापनको रुपमा साबित भएको छ । यसले आफ्नो उत्पादनको बिज्ञापन मात्र गरिरहेको छैन यसले आम नागरिकलाई एक सन्देस पनि दिएको छ ।

हेर्नस् संसारको आँखा तानेको सामसुङको विज्ञापन यस्तो छ ।

Tuesday, February 21, 2017

जनकपुरमा एमाले र मोर्चाका कार्यकर्ताबीच झडप : बामदेव गौतम घेराउमा

जनकपुरमा एमाले र मोर्चाका कार्यकर्ताबीच झडप : बामदेव गौतम घेराउमा

जनकपुधाम : मधेसी मोर्चाको बन्दका बेला जनकपुरमा आएका एमाले वरिष्ठ नेता वामदेव गौतम मोर्चाको घेराउमा परेका छन् ।
मंगलबार नै पार्टीको कार्यक्रममा सहभागी हुन मोर्चाको कडा विरोधका बाबजुद जनकपुर आइपुगेका नेता गौतमलाई बुधबार एमाले नेता रघुवीर महासेठको घरमा बसेको बेला मोर्चाका नेता कार्यकर्ताहरुले घेराउ गरेका छन्।


सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहका अनुसार मोर्चाका नेता कार्यकर्ता शान्तिपूर्ण रुपमा नगरक्षेत्रमा मोटरसाइकल र्याली निकाल्ने सहभागी हुँदा एमाले कार्यकर्ताले अवरोध गरेपछि झडप भएको हो। जनकपुरको ब्रह्मपुरीस्थित महासेठको घर अगाडिबाट र्याली अगाडि बढ्दै गर्दा एमाले कार्यकर्ताले ढुंगामुढा गरेपछि मोर्चाका कार्यकर्ता आक्रोशित भएको अध्यक्ष सिंहले जानकारी दिए।
झडपको क्रममा मोर्चाका राजु साह र कुलदीप साहको खुट्टा भाँचिएको छ। एमालेका पनि केही कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ।
मोर्चाका नेताले हाल वामदेव गौतम बसेको महासेठको घर घेराउ गरेका छन् भने प्रहरीको व्यापक उपस्थितिपछि झडपलाई नियन्त्रणमा लिइएको छ ।

तराई बन्दका कारण जनजीवन प्रभावित

तराई बन्दका कारण जनजीवन प्रभावित


काठमाडौं, ११ फागुन । सरकारले निर्वाचन मिति घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज तराई बन्दको आव्हान गरेको छ ।

मोर्चाको बन्दका कारण तराईका विभिन्न जिल्ला भएर चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । औद्योगिक कलकारखाना, बजार र शैक्षिक संस्था समेत ठप्प छ ।

तराईका भित्री सडकमा मोटरसाईकल र साना सवारी साधन फाट्टफुट्ट चलेको जनाइएको छ । सम्भावित झडपलाई मध्यनजर गर्दै मुख्य मुख्य शहरका चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति राखिएको गृहमन्त्रालयले जनाएको छ ।



संविधान संशोधनपछि मात्रै निर्वाचनमिति घोषणा गर्नेबारे मोर्चासंग भएको सहमति सरकारले उल्लंघन गरेको भन्दै विरोधमा तराई आज बन्द आव्हान गरिएको मोर्चाले जनाएको छ ।

मधेसी मोर्चाले झापादेखि कञ्चनपुरसम्मका २२ जिल्लामा बन्द आव्हान गरेको उल्लेख गरेको छ ।

पहिलो दिन आज तराई बन्द र भोलिदेखि १५ दिनसम्मका लागि भण्डाफोर कार्यक्रम तय गरिएको मोर्चाले जनाएको छ ।

अर्को वर्ष माघमा १ दिन मात्रै विवाह गर्न मिल्ने ! (विवाह र ब्रतबन्धको लगन सूचिसहित)

अर्को वर्ष माघमा १ दिन मात्रै विवाह गर्न मिल्ने ! (विवाह र ब्रतबन्धको लगन सूचिसहित)


काठमाडौं, फागुन ११ – अर्को वर्ष माघमा विवाहको तयारी गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस्, यसवर्ष जस्तो अर्को वर्षको माघमा लगन धेरै छैन । शुक्र उदाउने र अस्ताउने समय परेकाले अर्को वर्ष माघमा २४ गते मात्रै विवाहको लगन भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यो वर्षको माघमा भने ८ दिन विवाहको लगन जुरेको थियो ।
‘बृहस्पति र शुक्र उदाउने र अस्ताउने समयले विवाहलाई असर पार्ने भएकाले यस्तोबेला लगन जुर्दैन’ समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार ०७४ मा बृहस्पति अशोज २५ गते उदाएर कात्तिक २० मा अस्ताउँछ भने शुक्र मंसिर २९ गते अस्ताएर माघ १८ मा अस्ताउँछ ।
०७४ सालमा विवाहको लगन यस्तो छ :


वैशाख – २, ५, १७, २३, २४, २५, २६, २८ र २९ गते
जेठ – १, २, ७, ८, १९, २०, २१, २२, २३, २४ र २५ गते ।
असार – ३, ४, ५, १५, १६, १७, १८ र २५ गते ।
माघ – २४ गते ।
फागुन – ६, ११, १२, १९, २०, २२, २८ र २९ गते ।
यसैगरी ब्रतबन्धको लागि वैशाख १७, २२ र २९, फागुन ६, १३ र २० तथा चैत ५ र १९ गते लगन जुरेको नेपाल पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

धुम्रपान गर्नुहुन्छ? त्यसो हो भने अब ७२ घन्टामा बिधि पुर्यायर आफैले घर मै सफा गर्नुहोस आफ्नो फोक्सो!

धुम्रपान गर्नुहुन्छ? त्यसो हो भने अब ७२ घन्टामा बिधि पुर्यायर आफैले घर मै सफा गर्नुहोस आफ्नो फोक्सो!

होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ । तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला । यो निकै महत्वपूर्ण कुरा हो किनभने दुग्धजन्य पदार्थको सेवनले गर्दा फोक्सोमा भएका विषाक्त तत्वहरुलाई बाहिर फाल्न शरीरलाई गाह्रो पर्छ ।


घरेलु विधि प्रयोग गर्ने तरीकाः
१. यो विधि सुरु गर्दाको पहिलो दिनमा सुत्नु अगाडि जडिबुटीबाट बनेको चिया खानुहोस् । यस्तो चिया खानाले पेटमा भएका र कब्जियतको कारक बनेका विषाक्त तत्वहरु नाश हुन्छन् जसले गर्दा फोक्सोलाई आफ्नो काम गर्न सजिलो हुन्छ ।

२. दोश्रो दिनमा बिहानको खाना खानुपूर्व दुईवटा कागतीलाई तातो पानीमा मिसाएर खानुहोस् । त्यसपछि ३०० मिली भुँइकटहर वा अंगुरको जुस खानुहोस् । किनभने यसमा प्राकृतिक एन्टीअक्सिडेन्ट हुन्छ जसले श्वास प्रश्वास प्रणालीलाई सहयोग गर्दछ ।

३. बिहानको खाना र दिउँसोको खानाको बीचमा ३०० मिली गाजरको जुस पिउनुहोस् । गाजरको जुसले शरीरमा अल्कालीको मात्रा बढाउँछ ।

४.दिउँसो खाना खानुसँगै पोटासियम भएको जुस ४०० मिली पिउनुहोस् किनभने पोटासियममा विषाक्त तत्व फाल्ने क्षमता हुन्छ । यसका लागि आँप, केरा, सुन्तला, मेवा जस्ता फलफूलको जुस सेवन गर्दा उपयुक्त हुन्छ । अनि बेलुका सुत्नु अगाडि ४०० मिली अल्छाको जुस पिउनुहोस् र यसले गर्दा फोक्सोमा संक्रमण गरेका ब्याक्टेरिया मर्ने गर्दछन् ।

५‍. यस बाहेक तातो पानीले २० मिनेट नुहाउँदा यो विधि अझै प्रभावकारी हुन्छ । तातो पानीले नुहाउँदा फोक्सोमा भएका विषाक्त पदार्थ बाहिर निस्कन्छन् । यस बाहेक मसलाको तेल मिसाएको तातो पानीको बाफ लिंदा अझ राम्रो हुन्छ ।

नियमित सेक्स गर्नुस् यी रोगबाट बच्नुस्


मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर पछिल्लो पटक गरिएको शोधमा नियमित यौन सम्पर्क गर्दा विभिन्न फाइदा हुने देखाएको  छ ।



आउनुस् जानौं नियमित सेक्स गर्दा हुने फाइदा के के छन् ।

माइग्रेनबाट मुक्तिः

नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको  छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

sex posture 1



ब्लड प्रेशरः

उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ ।  नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।

प्रोस्टेट क्यान्सरः नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।


मोटोपनबाट मुक्तिः

मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ  छ ।

हृदयघातबाट कम खतराः

नियमित सेक्स गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन का संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् ।

बिहान साढे ७ बजे गरिने सेक्स किन फाइदाजनक ?

शारीरिक सम्पर्क अर्थात् सेक्स मानिसको जीवनको एक अभिन्न अंग हो । यसलाई निकै सही तरिका र सही समयमा गर्न सके विवाहित जोडीलाई यसले निकै आनन्द दिने गर्छ । तर, सेक्सको सबैभन्दा राम्रो समय कति बेला भन्ने प्रश्न धेरैको मनमा आउन सक्छ ।

एक खोजमा स्वास्थ्यका हिसाबले सेक्स गर्ने सबभन्दा राम्रो समय बिहान हुन्छ । अनसन्धानका अनुसार एउटा यस्तो समय हुन्छ जुन बेला सेक्स गर्दा निकै फाइदाजनक हुन्छ । यसले तपाईको शरिरलाई स्वस्थ राख्न मद्धत गर्छ र दिनभर तपाईमा काम गर्ने फूर्तीलाई कायम राख्छ । अनुसन्धानका अनुसार उक्त समय हो बिहानको साढे ७ बजे ।


अनुसन्धानबाट प्राप्त प्रतिवेदन अनुसार यदी बिहान साढे ७ बजे सेक्स गर्ने हो भने मानिसको पुरै दिन निकै राम्रो हुने शरिरमा फुर्ती आउने काम गर्न जाँगर लाग्ने गर्छ । बिहान उक्त समयमा सेक्स गर्दा दुवैलाई थकाई नलाग्ने र निकै संवेदनशिल हुने गर्छन् । यस समयमा अन्य समयमा भन्दा सेक्स हर्मोन धेरै उत्पादन हुने ठहर समेत अनुसन्धानले गरेको छ ।

इटालीमा गरिएको यस्तो अनुसन्धानले यतिबेला सेक्स गर्दा सन्तानको इच्छा राखेका जोडीलाई समेत निकै फाइदाजनक हुने बताएको छ ।

जान्नुहोस्, तपाईँको लागि कुन दिन जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ

जान्नुहोस्, तपाईँको लागि कुन दिन जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ


अङ्कज्योतिष शास्त्रका अनुसार व्यक्तिको जन्म तारिखको आधारमा उसको भविष्य, प्रेमप्रसङ्ग र जीवनसँग जोडिएका अन्य कुराहरू थाहा पाउन सकिन्छ।

सोही अनुरूप, तपाईँको जन्म तारिखको अनुसार तपाईँको लागि कुन तारिखमा जन्मिएका प्रेमजोडी भाग्यशाली हुन्छ जान्नुहोस्ः

आफ्नो अङ्क कसरी थाहा पाउने?

ज्योतिषशास्त्रमा भाग्यशाली प्रेमजोडीको विषयमा १ देखि ९ अङ्क निर्धारण गरिएको छ। यहि अङ्कबाट तपाईँका खास कुराहरू थाहा पाउन सकिन्छ।

यदि तपाईँको जन्म १ देखि ९ तारिखको बीचमा भएको हो भने तपाईँको अङ्क पनि जन्म तारिख नै हुन्छ। जस्तैः तपाईँको जन्म ८ तारिखमा भएको हो भने तपाईँको अङ्क पनि ८ नै हुन्छ।

तर, यदि तपाईँको जन्म १० देखि ३१ तारिखको बीचमा भएको हो भने अब तपाईँको अङ्क भनेको ती २ अङ्क जोड्दा जति हुन्छ त्यहि नै हुन्छ। जस्तैः तपाईँको जन्म २३ तारिखमा भएको हो भने, तपाईँको अङ्क २‌‌+३‍=५ हुन्छ। र यदि तपाईँको जन्म २९ तारिखमा भएको हो भने, तपाईँको अङ्क २+९=११ अनि फेरि १+१=२ हुन्छ।Knowing Your Number according to BrithDate

अब आफ्नो अङ्क थाहा पाएपछि तपाईँको लागि कुन-कुन तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ थाहा पाउन पढ्दै जानुहोस्

१. अङ्क १:

तपाईँको जन्म १, १०, १९ वा २८ तारिखमा भएको हो भने तपाईँको अङ्क १ हुन्छ। र तपाईँको लागि २, १०, ७, १६, २५, ११, २०, २८ वा २९ तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ।

२. अङ्क २:

तपाईँको जन्म २, ११, २० वा २९ तारिखमा भएको हो भने तपाईँको अङ्क २ हुन्छ र तपाईँले २, ११, ७, १६, १, १०, ४ वा १३ तारिखमा जन्मिएका व्यक्तिसँग प्रेमसम्बन्ध गाँस्दा उचित हुन्छ।

३. अङ्क ३:

यदि तपाईँको जन्म ३, १२, २१ वा ३० तारिखमा भएको हो भने तपाईँको अङ्क ३ हुन्छ र तपाईँको लागि ३, १२, १५, १८, ९, २७, २४, ६ वा ९ तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ।

४. अङ्क ४:

४, १३, २२ वा ३१ तारिखमा जन्मिने व्यक्तिहरूको अङ्क ४ हुन्छ र उनीहरूको लागि भाग्यशाली जोडी भनेको १, २, ७, ८, ११, १६, १७, २६ वा २५ तारिखमा जन्मिएका व्यक्ति हुन्छन्।

५. अङ्क ५:

यदि तपाईँको जन्म ५, १४ वा २३ तारिखमा भएको हो भने तपाईँको अङ्क ५ हुन्छ र तपाईँले ५, १४, १५, १६, ११, २३, ६ वा २ तारिखमा जन्मिएका व्यक्तिसँग प्रेम सन्बन्ध गाँस्दा सबैभन्दा शुभ हुन्छ।

६. अङ्क ६:

तपाईँको जन्म ६, १५ वा २४ तारिखमा भएको हो भने तपाईँको अङ्क ६ हुन्छ र तपाईँको लागि ६, १५, १२, ३, १८, ९ वा २७ तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ।

७. अङ्क ७:

७, १६ वा २५ तारिखमा जन्मिएका व्यक्तिहरूको अङ्क ७ हुन्छ र ती व्यक्तिहरूका लागि १, २, ४, ७, १०, ११, १६ वा १३ तारिखमा जन्मिएका व्यक्ति शुभ हुन्छ।

८. अङ्क ८:

तपाईँको जन्म ८, १७ वा २६ तारिखमा भएको हो भने तपाईँको अङ्क ८ हुन्छ र २, ४, ८, ११, १३, १६, २६ वा १७ तारिखमा जन्मिएका व्यक्ति तपाईँको लागि शुभ हुन्छ।



९. अङ्क ९:

तपाईँको जन्म ९, १८ वा २७ तारिखमा भएको हो भने तपाईँको अङ्क ९ हुन्छ र तपाईँको लागि ३, ६, ९, १५, १२, २७ वा १८ तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ।

यी ५ कुरामा महिला भन्दा पुरुष बढी डराउँछन्



अध्ययन भन्छ कि अधिकांश पुरुषहरु नपुंसकतालाई लिएर चिन्ता गर्छन् । पुरुषलाई सँधै आफ्नो यौनसाथीलाई सन्तुष्ट दिन सक्छु कि सक्दिन भन्ने डर रहिरहन्छ ।

पुरुष मित्रहरुले मानुन् या नमानुन् तर उनीहरु महिलाको तुलनामा ढल्किदो उमेरलाई लिएर बढी चिन्तित रहन्छन् । यदि उनीहरुको अनुहार चाउरिने वा कपाल फूल्नेजस्ता लक्षण देखिएमा निक्कै चिन्तित हुन्छन् ।

एक पुरुषलाई आफ्नो परिवारलाई राम्रो ध्यान दिन सक्छु कि सक्दिन भन्ने डरले सँधै सताइरहन्छ । यदि श्रीमतीको चाहाना पुरा भएन भने पनि एउटा पुरुष आफूलाई दोषी ठान्न थाल्छन्।

तालु हुनु पनि पुरुषको मुख्य डरको कारण हो । त्यसका लागि निक्कै चिन्तित रहन्छन्, किनकी कपाल झरेर तालु भएको अवस्थामा अधिकांस पुरुष आफु सुन्दर नदेखिनेमा चिन्ता गर्छन्।



एक अध्ययनअनुसार, पुरुषलाई आफ्नो वृद्धावस्थाको अवधिमा अर्कोमाथि निर्भर हुनु पर्ने डर लागिरहन्छ । पुरुषलाई सुरुबाटै स्वतन्त्र रहने बानी परेको हुन्छ, त्यसैले वृद्ध भएपछि अरुमाथि बोझ बन्नुपर्छ भन्ने चिन्ता गर्ने गर्छन्।

प्राइम बैंकबाट निकालेको एक लाखको बिटोमा १० रुपैयाँको नोट !, ग्राहकलाइ ९९० रुपैयाँ घाटा !



 प्राइम बैंकको न्यूरोड साखाबाट निकालेको पैसाको बिटोमा १० रुपैयाँको नोट भेटिएको छ । हजार- हजारका नोट गरी एक लाख रुपैयाँ भनेर दिईएको बिटोमा बीचमा १० रुपैयाँको नोट भेटिएको हो ।

 बैंकले दिने नोटहरुमा नोट अपुग हुने समाचार यसअघि पनि आएको थियो । तर यसपाली भने कम मूल्यका नोटहरु फेला परेको छ ।


यद्यपी यसरी रकम अपुग भएको भन्ने गुनासो लिएर बैंक पुगेका ग्राहकलाई बैंकले निराश बनाइदिएको छ ।

बैंकको स्टिकर टाँसीएको र नेपाल टेलिकमको छाप लगाइएको नोट भएपनि आफुले यसको जिम्मेवारी नलिने भन्दै बैंक पन्छिएको थियो ।  

यस्ता छन् खाडी मुलुकमा नेपाली श्रमिकको मिर्गौला बिग्रिने कारण



दैनिक हजारौँको संख्यामा नेपाली युवा रोजगारीका लागि खाडी मुलुक जाने गरेका छन् । खाडीमा कैयौँ नेपाली कामदारको विभिन्न स्वास्थ्य समस्याले ज्यान लिने गरेको छ । यसमध्ये एउटा प्रमुख समस्याको रूपमा देखिएको छ, मिर्गौला बिग्रिनु । मिर्गौलाले काम गर्न छाडेर उपचारका लागि अस्पताल आउनेमध्ये खाडी मुलुकमा रोजगारी गरेर फर्किएका बढी छन् । खाडी मुलुकमा काम गर्ने नेपालीको मिर्गौला बिग्रिने कारणबारे डा. विष्णु पहारी भन्छन्ः




  • खाडी मुलुकमा पिउने पानीको अभाव छ, तर परिश्रम कडा गर्नुपर्छ । कडा परिश्रम गर्दा शरीरबाट पानी बढी बाहिरिने तर आवश्यक पानी शरीरले नपाउने हुँदा मिर्गौला फेल हुने गरेको छ । यी देशमा हरियो सागसब्जीभन्दा माछामासु तुलनात्मक रूपमा सस्तो हुने भएकाले नेपाली श्रमिकहरू खानामा माछामासुकै प्रयोग अत्यधिक गर्छन् र मिर्गौलामा समस्या हुने गर्छ ।
  • खानपानमा ब्यालेन्स नभएर समस्या भइरहेको अवस्थामा धूम्रपान बढी गर्ने व्यक्तिलाई मिर्गौलारोगको खतरा बढी हुन्छ । मिर्गौलारोग लागिसकेपछि यसको उपचार महँगो भएकाले विदेशमै रहे पनि समय–समयमा मिर्गौला परीक्षण गराउनुपर्छ ।
  • खाडी मुलुकमा काम गर्ने व्यक्तिले मिर्गौला स्वस्थ राख्न दिनमा कम्तीमा तीन लिटर पानी पिउनैपर्छ । शरीरले थप पानीको आवश्यकता महसुस गरे पूर्ति पर्याप्त गर्नुपर्छ । त्यसैगरी मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिको मिर्गौला बिग्रिने सम्भावना बढी भएकाले सन्तुलित राख्नुपर्छ ।
  • मोटोपनले पनि मिर्गौलामा समस्या ल्याउन सक्छ । काम गर्ने, तालिका नमिलाई टन्न खाने र सुत्ने बानीले मोटोपन निम्त्याउन सक्छ । त्यसैले विदेशमै भए पनि पर्याप्त मात्रामा व्यायाम गर्नुपर्छ । बिहान या बेलुका कम्तीमा ३०–४५ मिनेट हिँडडुल अनिवार्य गर्नुपर्छ ।
  • मिर्गौलारोगको उपचार सम्भव नभए अर्को विकल्पको रूपमा प्रत्यारोपण गर्नुपर्छ । प्रत्यारोपणपछि खाने औषधि र प्रत्यारोपणअघिको डायलाइसिस खर्चसमेत सामान्य नेपालीले धान्न सक्ने छैन । त्यसैले रोग लागेर उपचार गर्नेभन्दा समयमै ख्याल पु¥याउनु बुद्धिमानी मानिन्छ ।
  • नेपालमा कुल जनसंख्याको १० देखि १३ प्रतिशत अर्थात् २७ लाख मानिसमा मिर्गौलासम्बन्धी समस्या भएको अनुमान गरिएको छ । त्यसमा पनि आधाभन्दा बढी मानिस अत्यधिक श्रम गर्ने तर स्वास्थ्यप्रति ध्यान नदिएकै कारण मिर्गौलासम्बन्धी समस्याबाट पीडित भएका छन् ।

भारतमा फेरि देखियो, स्कुटरमा छोरीको लास लग्दै गरेको घटना

भारतको दक्षिणी राज्य कर्नाटकको टुमकुरमा सबैलाई निरास पार्ने एउटा फोटो सार्वजनिक भएको छ। उडीसाको एउटा अस्पतालबाट आफ्नो काँधमा श्रीमतिको लास बोकेर हिडेको घटना सेलाउन नपाउदै कर्नाटकमा पनि यस्तै प्रकृतिको अर्को घटना भएको छ ।

कर्नाटकमा आफ्नो छोरीको लास लैजान बुबाले स्कुटरको सहयोग लिनु परेको छ। अस्पतालले छोरीको लास लैजान कुनै व्यवस्था उपलब्ध नगराएपछि यस्तो घटना भएको हो।

टुमकुर निवासी २० वर्षीय युवतीको उपचारको क्रममा निधन भएको थियो। मृत युवतीका पिताको आरोप छ, उपचारको क्रममा पनि उनको छोरीलाई हेर्न कुनै चिकित्सक आएका थिएनन्। राज्यको कानुनमन्त्री र गृहमन्त्री दुवै टमकुर क्षेत्रबाटै प्रतिनिधित्व गर्छन्। यस्तो अवस्थामा अस्पतालको खराब व्यवस्थालाई लिएर आवाज उठेको छ।

वाचनशिरोमणी नारायण पोखरेलको ‘हत्या गर्न लगाउने’ले महायज्ञको उद्घाटन गर्न सुहाउँछ ?



आफ्नै पिता पुर्खाले मनाउने दशैँमा टिका र जमरा नलगाएको छब्बिस बर्ष पुगेका हाम्रा प्रधानमन्त्रीज्यूको महिमा अचेल गरि साध्ये  छैन। धर्म अफ़ीम हो भन्ने यूरोपियन दार्शनिक कार्ल मार्क्सको सिद्दान्तको बैँशाखी टेकेर यहाँ सम्म आएका प्रधानमन्त्रीले यसो गर्नुलाई अनौठो मान्नु पर्ने केही थिएन । तर जानी नजानी त्यही धर्मको सेरोफेरोमा प्रधानमन्त्रीज्यू फनफनी घुमिरहेको देख्दा अचम्म लाग्छ ।


राज्यको कुनै धर्म हुँदैन भनेर देश संबिधानत: धर्म निरपेक्ष भईसकेको भन्दै आफ्नै सनातन हिन्दु धर्म दुत्कार्दै टिका जमरा बहिष्कार गरेर हिन्दु ईतरका प्यारा बनेका प्रधानमन्त्री प्रचण्ड बेला बेलामा अन्य धर्म र संस्कृतिका भेष भूषामा चिटिक्क परेको देख्दा कसैलाई ईर्ष्या नभए पनि आफ्नै पिता पुर्खाका चाडवाड र रीतिरिवाज नमनाउँदा बेला बेलामा उनी आफैलाई आत्मग्लानि हुन्छ भन्ने यो स्तम्भकारको ठम्याई हो

म्यादी सरकारको नेतृत्व गरेर संबिधान कार्यान्वयनको सपथ खाएका प्रधानमन्त्री प्रचण्ड परिवर्तनका संबाहक हुन् होईनन् भन्ने कुरा त ईतिहाँसले बताउला तर त्यही परिवर्तन के का लागि थियो भन्ने औचित्य प्रमाणित गर्न नसकिरहेको बेलामा निरन्तर विवादमा आउनु र मूल मूद्दा ओझेलमा पार्दै रिबन काट्ने काममा हेलिकोप्टर सयर गर्दै लाग्नुले मात्र परिवर्तन संस्थागत गर्न सक्दैन भन्ने कुरा प्रधानमन्त्रीले कहिले बुझ्ने हुन् हेर्न बाँकी छ । यद्यपि स्थानीय चुनावको घोषणा गर्नु र जनार्दन शर्मा जस्ता मन्त्री हुनु उनको प्रधानमन्त्रीत्वका सुन्दर पक्ष हुन् ।

पछिल्लो प्रसंगकै चर्चा गरौँ:

देशको सर्वोच्च कार्यकारी पदमा पुगेका प्रधानमन्त्री प्रचण्ड कांग्रेस नेता प्रदिप गिरीको आग्रहमा सिरहामा श्रीमद्भागवत महापुराण ज्ञान सप्ताहको उद्घाटन गर्न पुगे भन्दा मलाई हाम्रा प्रधानमन्त्रीज्यूको कार्यशैली प्रति हाँसो उठेर आयो ।

कसैको बहकाऊमा लागेर आफ्नै दर्शन र सिद्दान्तलाई समेत बिर्सनेले हिजो ग़लत ब्रिफिंगकै आधारमा कति नारायण पोख्रेल जस्ता बिद्वान र मुक्तिनाथ अधिकारी जस्ता शिक्षक मार्ने ग़लत निर्णय गरेका थिए होलान् भन्ने कुरा सजिलै अन्दाज़ गर्न सकिन्छ ।

प्रधानमन्त्री प्रचण्ड जानेर या नजानेर जति जति धार्मिक अनुष्ठानमा सहभागी हुन्छन त्यति त्यति मलाई वाचनशिरोमणी पंडित नारायण पोख्रेलको झलझली सम्झना आईरहन्छ, जति बेला मेरै घर गाउँको सेरोफेरोमा क्याम्पस स्थापना गर्न भनेर आयोजना गरिएको महायज्ञमा तत्कालीन माओवादी कार्यकर्ताले कुनै कारण बिना कायरता पूर्वक हत्या गरेर त्यसको जिम्मा तत्कालीन माओवादी पार्टीले लिएको थियो ।

संस्कृत भाषालाई सामन्तको भाषा भनेर संस्कृत का पुस्तकहरु च्यात्न  र जलाउन कार्यकर्तालाई प्रोत्साहन दिईरहेकै बेला तत्कालीन समयमा धार्मिक प्रवचनकै माध्यमबाट जनतालाई सुसुचित गरेर करोडौँ भेटी उठाई बिद्यालय क्याम्पस बनाउँदै हिडेका लाखौँ भक्तजनहरुका प्रिय वाचन शिरोमणी नारायण पोख्रेललाई हत्या गर्ने कार्यकर्ताका सर्वोच्च कमाण्डरले अहिले आएर श्रीमद्भागवत पुराणको उद्घाटन कुन मुखले गरे होलान् ?

पंडित नारायण पोख्रेलकै अनुकम्पाले त्यो बेला जग हालिएका कैयौँ बिद्यालय र क्याम्पसहरु अहिले निर्माण सम्पन्न भईसक्दा प्रधानमन्त्री आफैले कति उद्घाटन गर्न पाउँदा हून् ! पंडित नारायण पोख्रेलको हत्या गर्दैमा के अभिष्ठ पूरा भएको होला र ! अरुको धर्मको बिरोध नगरी आफ्नो धर्मको ब्याख्या गर्नेलाई दिएको यो सजायँको याद आई आई पनि कुन नैतिकताले प्रचण्डज्यूले त्यस्तो पवित्र महायज्ञ उद्घाटन गरे होलान् ?

हो, हिन्दु धर्ममा थुप्रै कुसंस्कारहरु ब्याप्त थिए र अझै पनि छन्, जातियता, अन्धबिश्वास, अशिक्षा र बेमेलहरु छन् तर धार्मिक स्वतन्त्रताका नाममा आस्थाका धरोहर देवी देवताका मन्दिरमा गाई गोरुको आन्द्रा लगेर झुण्ड्याईदिने कार्यकर्ताका सर्वोच्च कमाण्डरले कुन हैसियतमा यति पवित्र श्रीमद्भागवत महापुराणको उद्घाटन गर्न पुगे होलान् ?

हिन्दु र बौद्द धर्म बिचको सुमधुर सम्बन्धमा दरार ल्याउँदै जनतामा साम्प्रदायिकताको बीउ रोप्ने र श्रृंखलाबद्ध रुपमा ईशाई धर्म हुल्न मियोँको भूमिका निभाउने आफ्नै जनै फालेर जनै बिहीन भएका भूतपूर्व बाहुन, तत्कालीन युद्दका कमाण्डर अहिलेका प्रधानमन्त्री प्रचण्डले कुन नैतिकताले यति पवित्र धार्मिक कार्यको उद्घाटन गरे होलान् ?

आफ्नै बाबुको क्रियाकर्म गर्न नखोज्ने, हिन्दु धर्मलाई बिषबृक्ष को रुपमा प्रचार गर्ने, जातजाति र सम्प्रदायमा बिभाजनको बिउ रोपेर देशलाई परिवर्तनको नाममा पचास बर्ष पछाडि धकेल्ने कार्यकर्ताहरुका कमाण्डर हाम्रा प्रधानमन्त्री प्रचण्डले के हैसियतमा हिजो पद बहाली हुँदा भैसी पूजा गरेका र कुन नाकले त्यो महापुराणको उद्घाटन गरेका होलान् ?

मेरो प्रधानमन्त्री प्रचण्ड संग कुनै ब्यक्तिगत रिसिईबी छैन तर देशको एउटा ज़िम्मेवार कार्यकारी प्रधानमन्त्रीले हिन्दु धर्मको आधारशीला पुराणको उद्घाटन गर्दा बिगतमा गरेका अलोकप्रिय निर्णयहरु बारे प्रायश्चित्त गर्दा हून् कि हुन्नन् भन्ने कुराले मलाई घच्घचाई रहन्छ ।

राज्यका सबै धर्म र संस्कृतिको सम्मान हुनुपर्छ भन्ने कुरा जायज हो तर बिगतमा त्यही धर्म र संस्कृतिलाई बाधक भन्दै हत्या गरे गराईएका प्राणहरु आज भैसी पूजा र श्रीमद्भागवत उद्घाटन गर्दैमा फर्केलान् त ? होईन भने कुनै कुत्सित उद्देश्य प्राप्त गर्न तत्कालीन समयमा गरेका मुटु नै जिरिङ्ग हुने ती आततायी घटनाहरुको प्रायश्चित गर्नुपर्छ पर्दैन ?

तत्कालीन क्रान्तिको बेला भएका सबै कुराहरु बाध्यात्मक थिए भन्दै ढाकछोप गर्दै जाने हो भने    यस्ता कथित युद्द हरु केही न केही नाममा दोहोरिई रहने छैनन् भन्ने के ग्यारेन्टी भयो र ? अहिले पनि धेरै शसस्त्र समूहहरुले क्रान्तिको नाम दिएर ताण्डव मच्चाएको मच्चाई छन् ! यिनीहरुलाई रोक्ने समेत कुन मुखले होला ?

यी सबै कुराको स्पष्टिकरण आउने चुनावमा माओवादी केन्द्रका उमेदवारलाई जनताले सोध्ने छन्, ए साँच्चै कुन मुखले यसको जवाफ दिने होलान् ?

फेरि एकपटक सोध्न र सोच्न मन लाग्यो- लाखौँ भक्तजनका ढुकढुकी  वाचन शिरोमणी नारायण पोख्रेललाई मण्डपमै हत्या गर्ने समूहको सर्वोच्च कमाण्डरज्यूले कुन नैतिकताले त्यो पवित्र श्रीमद्भागवतको उद्घाटन् गरे होलान् ?

Monday, February 20, 2017

लोग्ने मान्छेले अर्काकी स्वास्नी फकाउन मिल्छ भने महिलाले अर्काको लोग्ने फकाउन नहुने ?



निरुपा प्रसून मूलत: महिलाभित्र देखा पर्ने दमित प्रेम र यौनलाई अक्षरमा उतार्ने लेखिका हुन् । अभिलासा (२०६३) कविता–संग्रह, अभिषेक (२०६६) उपन्यास तथा तिम्रो लोग्ने र म (२०७१) गरी ३ वटा पुस्तक बजारमा ल्याइसकेकी निरुपा पुराना कवि चितवन शिखरवासकी छोरी हुन् । कथा–संग्रह ‘तिम्रो लोग्ने र म’ बजारमा आएपछि उनी आलोचितसमेत भएकी थिइन् । प्रसिद्ध कथाकार मनु ब्राजाकीको कथा–संग्रह ‘तिम्री स्वास्नी र म’ कै शैलीमा लेखिएको ‘तिम्रो लोग्ने र म’ र उनको लेखनका विषयमा निरुपासँग साप्ताहिकको कुराकानी :


मनु ब्राजाकीकै शैलीमा ‘तिम्रो लोग्ने र म’ लेख्नुपर्ने कुनै कारण थियो ?

त्यो कथा मैले आफू किशोरी हुँदा पहिलो पटक पढेकी थिएँ । कथाको पात्र अर्काकी श्रीमतीसँग हाकाहाकी बेडसम्म पुगेको कुरा पढ्दा मेरा कान रातापीरा भएका थिए । लोग्नेमानिस कति सजिलै यस्ता कुरा लेख्न सक्छन्, स्वास्नीमानिसले यस्तो लेख्न सक्लान् ? कसले लेख्ला यस्तो कुरा भन्ने लागेको थियो । तैपनि मैले नेपाली साहित्यमा स्नातक गर्ने बेलासम्म त्यस्तो कुरा कसैले लेखेनन् । अरुले कहिले लेख्छन् भनेर कुरेर बस्ने कि आफैले लेख्ने ? भन्ने प्रश्न मनमा आयो । त्यसपछि आफैंले लेख्न थालें ।

यति विवाद र प्रशंसा होला भन्ने लागेको थियो ?

त्यो कथा २०६८ सालको मधुपर्कमा प्रकाशित भयो । छापिनुअघि यति धेरै प्रतिक्रिया आउला भन्नेचाहिँ लागेको थिएन । नकारात्मकभन्दा सकारात्मक प्रतिक्रिया बढी पाएँ । स्वयं मनु ब्राजाकीले– ‘महिलाले महिलाका पक्षबाट कसैले यो कथा लेखोस् भन्ने चाहेको थिएँ, तपाईंले लेख्नुभयो । तपाईंलाई धन्यवाद र बधाई छ ।’ भन्नुभयो । लोग्नेमान्छेले अर्काकी स्वास्नी फकाउन मिल्छ भने स्वास्नीमान्छेले अर्काको लोग्ने फकाउन किन मिल्दैन ? चर्चामा आउन पुरानै कुरा दोहोर्‍याएर लेखेको भनेर केहीले आलोचना नगरेका होइनन् तर ती कुरालाई मैले गौण मानेकी छु ।

नेपाली समाजमा जति पुरुषहरूले यौनिक स्वतन्त्रताको उपयोग गर्छन् त्यति महिलाहरूले गर्न सक्छन् ?

इच्छा त उही हो, चाहे लोग्नेमानिस हुन् वा स्वास्नीमानिस । यौनिक स्वतन्त्रता जैविक हो तर आर्थिक स्वतन्त्रताले त्यो कुरामा उनीहरूलाई बाधा दिने गरेको छ । आजको युगमा आर्थिक स्वतन्त्रता प्रमुख भएर आएको छ । जोसँग हैसियत छ, उसले लोग्नेमान्छेलाई पनि केही दिन भाडामा लिएको देखिन्छ । केही महिला सौख र पैसाका लागि यौनकर्म पनि गरिरहेका पाइन्छन् । यो वर्ग सानो छ ।

धेरैजसो महिला आर्थिक रूपमा परनिर्भर छन् त्यसको असर उनीहरूको यौनिक स्वतन्त्रतामा पनि परेको छ । उनीहरू लोग्नेमानिसको इच्छा र इसारामा यौन कर्म गर्नुपर्ने बाध्यतामा छन् । मेरो विचारमा आर्थिक रूपमा सक्षम नहुन्जेल महिलाहरूको यौनिक स्वतन्त्रता कुण्ठित नै हुन्छ ।

तपाईंको कलम विशेष गरी युवावर्गको यौन र प्रेम वरपर नै घुम्ने गरेको छ, किन ?

किनभने म पनि त्यहीं वरपर छु । आफू जहाँ उभिएको हुन्छ, लेखकले त्यही लेख्ने हो । म फेन्टासी प्रेम र यौनकथा पढ्न रुचाउँछु तर लेख्दा यथार्थ नै लेख्छु ।

कसरी लेखक हुनुभयो ?

मेरो बुवा चितवन शिखरवास आफैंमा त्यो बेलाको प्रसिद्ध कवि हुनुहुन्थ्यो । उहाँका पाँचवटा पुस्तक प्रकाशित छन् । उहाँ राजा महेन्द्रको हातबाट स्वर्ण पदक र भारतीय दूतावासबाट पुरस्कृत हुनुभएको थियो । उहाँ हिन्दीमा धेरै लेख्ने भएकाले पनि नेपालमा भन्दा भारतमा परिचित हुनुहुन्थ्यो । यद्यपि मेरो लेखनमा उहाँको खासै योगदान छैन । बरु जिल्लास्तरीय प्रतियोगिताहरूमा भाग लिँदा म स्वर्ण पदक जित्थेँ, तर मानिसहरू बुवाले लेखिदिनुभएको भनेर मेरो मानमर्दन गर्थें । कान्छो दाजुले भने मेरो लेखनलाई प्रोत्साहित गर्नुभयो ।

लेखनको टर्निङ प्वाइन्टचाहिँ कुन हो ?

चितवनबाट भर्खरै काठमाडौं आएकी थिएँ कलेज पढ्न । बालकविता लेखेर पुरस्कार पाए पनि लेखिका हुन सक्छु भन्ने आत्मविश्वास थिएन । त्यति बेला महिला आयोगले अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा राष्ट्रव्यापी कविता प्रतियोगिता पनि गराएको थियो । त्यसमा मेरो कविताले विशेष पुरस्कार प्राप्त गर्‍यो । त्यतिबेला मेरो दाजुले चिनेजानेका मानिसहरूलाई मिठाई ख्वाउनुभएको थियो । उहाँले तिमी सबैथोक छाडेर लेख्न थाल भनेर हौसला दिनुभयो । उक्त घटनापछि म पूर्ण रूपमा लेखनमा आएँ ।

कसको लेखन मन पराउनुहुन्छ ?

लियो टोल्सटोय, अर्निस्ट ह्यामिङ्वे, बंगाली लेखक शरदचन्द्र भट्टोपध्याय, विनोदविक्रम धिताल, विजय मल्ल, दौलतविक्रम विष्ट तथा ध्रुवचन्द्र गौतम ।

आजभोलिका पुस्तक कस्ता लाग्छन् ?

केही पुस्तकमा गुदी कम हुन्छन् तर तिनको हल्ला बढी हुने गरेको छ । यद्यपि युवाहरूमा पुस्तक पढ्ने बानी बसाउन यस्ता पुस्तक आवश्यक छन् । –निरुपा प्रसून, साहित्यकार

खाना खाने गलत तरिकाले निम्त्याउँछ पेट सम्बन्धि रोग : डा. भुपेन्द्र बस्नेत



खाना के का लागि खाने ? कतिले जिब्रोको स्वादका लागि खान्छन् भने कतिले पेट भर्न । तर स्वस्थ रहन खाना खानुपर्छ भन्ने चेतनाको भने अभाव  छ । यही कारणले पेट सम्बन्धी रोगका बिरामीको सँख्या बढ्दै गइरहेको छ  ।

खाना खाने बानीले हाम्रो स्वास्थ्य अवस्था निधारण गर्ने गर्दछ । सन्तुलित आहार र खाना खाने तरिकाको सम्बन्ध प्रत्यक्ष रुपमा पाचन प्रक्रियासँग सम्बन्धित भएकाले यसको ज्ञानको दायरा फराकिलो पार्नुपर्ने देखिन्छ ।

यस सम्बन्धी ज्ञान नभएर वा ध्यान नदिएर वीर अस्पतालमा मात्रै दैनिक १ सय ५० सम्म बिरामी आउने गरेका छन् । उनीहरु पेट दुख्ने, फुल्ने, पातलो दिसा हुने जस्ता समस्याहरु लिएर आउने गरेका छन् ।

स्वस्थ रहन सन्तुलित र स्वस्थ भोजन जरुरी हुन्छ । सन्तुलित  भोजनमा सबै प्रकारका पौष्टिक तत्वहरु हुनुपर्छ । जसमा कार्बोहाइडे«ट, प्रोटिन, फ्याट, भिटामिन, खनिज र  पानी पर्छ ।

पौष्टिक तत्व रहेका खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायी हुन्छ ।  जुन खानेकुरा सफा हुनु पनि उत्तिकै आवश्यक छ ।

नेपालीहरुको खानामा कार्बोहाइडेटको मात्रा धेरै तर प्रोटिन, फ्याटलगायतका पोष्टिक तत्व न्युन हुने गरेको छ  । भिटामिन र मिनरलहरु झन्  कम हुन्छन् । यस्तो अवस्थामा प्रोटिन र फ्याटको मात्रा बढाउने भिटामिन र मिनरलको लागि फलफूल तथा सागसब्जी बढी मात्रामा सेवन गर्दा उत्तम हुन्छ ।

पाचन प्रक्रिया मुखबाट  शुरु भई  निल्ने नली हुँदै ती खानेकुरा आमाशाय सानो आन्द्रा, ठुलो आन्द्रासम्म पुग्छन् । त्यहीँबाट आवश्यक पौष्टिक तत्व शरीरले लिन्छ, जुन रगतको माध्यमबाट शरीरको विभिन्न ठाउँमा पुगेर शक्ति प्रदान गर्छ । विकार तत्वहरु पिसाब तथा दिसाको माध्यमबाट बाहिर निस्कन्छ । यस प्रक्रियामा  विभिन्न ग्रन्थीले महत्वपूर्ण भूमिका खेल्छन् ।

कहिलेकाहिँ आन्तरिक गडवढी जस्तै  खानेकुराको एलर्जीले  खाना नपच्ने, पेट फुल्ने, तथा दुख्ने, पातलो दिसा हुने जस्ता समस्या देखा पर्छन् र  पाचन नलीलाई असर गर्छ । त्यस्तै अर्को समस्या इरिटेबल बोडेल सिन्ड्रम, जसमा पेट फुल्ने, दुख्ने, समस्या रहन्छ ।

नेपालीहरुमा  धेरै हुने रोग ग्याँष्ट्रिक पनि खानेकुरासँगै सम्बन्धित छ । यदि  स्वस्थ खानेकुरा शरीरलाई चाहिने जति मात्रै खाने बानी बसाल्ने  आवश्यक मात्रामा खाने हो भने पाचन प्रणालीलाई स्वस्थ बनाउन सक्छ । जुन विश्व पाचन दिवसको उद्देश्य पनि हो  ।



सफा सन्तुलित खानाले मात्र पुग्दैन । खाने बानीमा पनि परिवर्तन गर्न जरुरी देखिन्छ । नेपालीहरुमा खाना खाने तरिका स्वस्थकर छैन । खान पाएको बेला अत्याधिक खाने र नपाएमा लामो समयसम्म भोकै बस्ने बानी हुन्छ । यसले पनि पाचन प्रक्रियामा असर पार्दछ । आमा नेपालीले दिनको ३ पटक खाना खान्छन् । न्युन आय भएकाहरुलाई त्यो पनि सम्भव छैन । तर, खाने खाने सही बानी भने थोरै थोरै गरेर दिनमा कम्तिमा ६ पटक खानु हो ।

हतार भयो भनेर छिटो छिटो खाना खानु पनि उपयुक्त तरिका होइन । यस्तो गर्दा पाचन ग्रन्थीबाट निस्केको रससँग  खाना मिसिन पाउदैन ।  त्यत्तिकै बाहिर निस्कन्छ । राम्रोसँग चपाएर आउने रस र पाचन ग्रन्थीबाट आउने रसको मिश्रण  शरीरको लागि आवश्यक तत्व हो ।

आज  विश्व पाचन दिवस
आज विश्व पाचन दिवस हो । पाचन प्रणाली सम्बन्धि रोग र बच्ने तरिकाहरु सम्बन्धी चेतना फैलाउन वल्र्ड  ग्याष्ट्रोइन्ट्रेलोजिष्ट  अर्गनाइजेशनले हरेक वर्ष मे २९ तारिखका  दिन विश्व पाचन दिवसका रुपमा मनाउने  गरेको छ । एक सय सदस्य राष्ट्रका   ५० हजार पेट सम्बन्धि रोगका विशेषज्ञ आवद्ध छन् ।

नेपालका पेट रोग विशेषज्ञहरुको संगठनले  पनि तीन वर्षअघि यसको सदस्याता लिएको छ, जुन संगठनमा नेपालका ८० विशेषज्ञ चिकित्सक आवद्ध छन् ।

पेट तथा  कलेजो रोग सम्बन्धी सर्बसाधारणलाई जानकारी दिने, रोगका रोकथामका उपाय बारे सर्वसाधारणलाई चेतना फैलाउने कार्यमा  यो संगठन सक्रिय छ ।

हरेक वर्ष पेट तथा कलेजो रोग सम्बन्धी एउटा रोगका बारेमा विशेष अभियानका साथ जनचेतना कार्यक्रम गर्ने गर्छ । यस वर्षको विश्व पाचन दिवसको नारा ‘खानेकुरा र पाचन नली’ रहेको छ ।

(वीर अस्पतालका कन्सल्टेन्ट ग्याष्ट्रोइन्ट्रेलोजिष्ट डा बस्नेतसँग गीता कठायतले गरेको कुराकानीमा आधारित)

शेरबहादुर देउवाः जयबहादुरलाई आईजी बनाउन नसकेर के भो त सासुलाई राजदूत बनाइहाले !



काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै सासु तथा राप्रपा नेतृ प्रतिभा राणालाई जापानाका लागि राजदूत नियुक्ति गराएका छन् ।

देउवा पत्नी आरजुकी आमा राणा राप्रपा नेतृ हुन् । मन्त्रिरिषद बैठकले आइतबार १४ देशका लागि राजदूत सिफारिस गरेको हो ।

क्षेत्रीयताका आधारमा वरियतामा तेश्रो नम्बरमा रहेका डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्ष नियुक्ति गर्न प्रधानमन्त्रीलाई दबाब दिएपछि विवादमा परेका देउवाले फेरि अर्को विवादमा आउने काम गरेका छन् ।

यसबारे देउवा निकटस्थहरुसँग सम्पर्क गर्दा राणालाई राप्रपाको कोटामा रादजूत सिफारिस गरिएको दाबी गरे ।

साउदी जादैँ हुनुन्छ भने यी कम्पनीमा नजानुहोस्



काठमाडौं/ साउदी अरबका ४५ रोजगारदाता कम्पनीमा कामदार पठाउन सरकारले रोक लगाएको छ। वैदेशिक रोजगार विभागले साउदीका ४५ र वराइनको एउटा कम्पनीलाई कालो सूचीमा राखी कामदार पठाउन रोक लगाएको हो।

विभागले सूचना प्रकाशन गरी साउदीअरबका दमाम, ज्यादा, आबुधाबी सहरका मोद नाफी बिन साउद अल मोरारी, स्ट्रोङ स्प्रेड फर काउन्ट, हुसेन बिन दाजामा फर कन्स्ट्रक्सन र अल फेयर्स इस्ट कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाइएको जानकारी दिएको छ ।

यसैगरी, अल–हान ट्रेडिङ ग्रुप, मिडिलइस्ट कन्स्ट्रक्टिङ कम्पनी, अल जिमी सोमाक इलोक्ट्रोनिक एन्ड इलेक्ट्रोनिक्स सिस्टम कम्पनी, डिजिटल कन्नेक्सन कम्पनी र अर्थ लाइटलगायतमा कामदार पठाउन रोक लगाइएको छ । सरकारले बराइनको अल–एलियासा अलदायसी कम्पनीमा समेत नेपाली कामदार नपठाउने गरी कालो सूचीमा राखेको छ ।

वैदेशिक रोजगार विभागले साउदीका ४५ र वराइनको एउटा कम्पनीलाई कालो सूचीमा राखी कामदार पठाउन रोक लगाएको हो। ती कम्पनी कामदारले पाउनुपर्ने सेवा सुविधा र तलब नदिने र उल्टै दुःख दिने गरेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आग्रहमा कामदार पठाउन रोक लगाइएको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरूङले व्यवसायीको अनुरोधमा सरकारले कामदार पठाउन रोक लगाएको जानकारी दिए ।

कम्पनीले कामदार शोषण गरेको र नेपाल आउन चाहनेको भिसा रद्द गर्न समेत आनाकानी गरिरहेको विभागमा रिर्पोट भएको थियो । संघका अनुसार यी कम्पनीमा काम गर्न गएका करिब पाँच सय नेपाली कामदार समस्यामा छन् । एउटै कम्पनीमा ५० जना नेपाली अलपत्र परेका छन् । उनीहरूले काम गरेको तलबसमेत पाएका छैनन् । व्यवसायीले पनि कामदारका समस्या समाधान गर्दै नेपाल ल्याउन सहयोग गर्ने उनको भनाइ छ ।

विभाग र राजदूतावासले पनि समस्यामा परेका कामदारको उद्धारका लागि पहल गरिरहेको गुरूङले बताए । पछिल्लो समय नेपाली कामदारले खाडी मुलुकमा सम्झौताअनुसारको काम र तलब पाएका छैनन् । यसै कारण साउदी अबरको विकल्पमा कतार जानेको संख्या बढ्दो छ ।

चुनाव घोषणा लगतै मधेसी मोर्चाद्वारा बन्दको घोषणा

सरकारले चुनाव घोषणा गरेलगतै मधेसी मोर्चाले दबावमुलक आन्दोलनको घोषणा गरेको छ । यद्यपि उसले संविधान संशोधन भएमा स्थानीय चुनावमा सहभागी हुनसक्ने संकेत दिएको छ ।

चुनाव घोषणाका लागि सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसिरहेका बेला मधेसी मोर्चाका नेताहरु केहीसमय मिटर पर तमलोपा कार्यालयमा आन्दोलनबारे छलफल गरिरहेका थिए ।


सरकारले चुनावको मिति घोषणा गरे लगतै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

मोर्चाले भोलि १० गते मसाल जुलस निकाल्ने र पर्सि ११ गते मधेस बन्द गर्ने घोषणा गरेको छ । १२ गतेदेखि १५ दिनसम्म गाउँ, नगर सदरमुकामहरुमा भण्डाफेर अभियान चलाउने निर्णय भएको रामसपा महासचिव केशव झाले बताए ।

विद्यार्थीको रहस्यमय मृत्युका कारण बनेपा तनावग्रस्त, सात राउण्ड हवाइ फायर

बनेपा । बनेपा ५ स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालयको होस्टेल बसेका एक विद्यार्थीको रहस्यमय मृत्यु भएपछि उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले आज सात राउण्ड हवाइ फायर गरेको छ ।

आक्रोशित भीडले विद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले लाठी चलाउँदा तीन प्रहरी र तीन स्थानीय बासिन्दा सामान्य घाइते भएका बताइएको छ ।

सो विद्यालयमा दुई महिनादेखि छात्रावासमा रहँदै आएका काभ्रेपलाञ्चोकको उग्रतारा जनागाल–८ निवासी १७ वर्षिय कृष्णराम पुर्कोटी (प्रमोद) को रहस्यमय ढङ्गले मृत्यु भएको छ । प्रहरीले उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ भने पीडित आफन्तले विद्यालय व्यवस्थापनले वास्ता नगरेको कारण मृत्यु भएको आरोप लगाएको छ ।


मृतकका फुपू सारिका पुर्कोटीले मृतकको शरीर र घाँटीमा नीलडाम भएको जिकिर गर्दै घटनाको सत्यतथ्य छानविन गर्न माग गरे ।  जनजीवन सामान्य भएपनि पीडितका आफन्तले अहिले पनि प्रहरी कार्यालय बनेपामा घेराउ गरिरहेका छन् ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले घटनाको विस्तृत अनुसन्धान हुने विश्वास दिलाउँदै मृत्युको कारण शव परीक्षणको प्रतिवेदन आएपछि जानकारी हुने बताए ।

विद्यालयको बेवास्ताका कारण उनको मृत्यु भएको भन्दै आक्रोशित भएका पीडितले विद्यालय परिसर छिरेर तोडफोड गरेका थिए । कक्षा १० मा अध्ययनरत विद्यार्थी पुर्कोटी प्रवेशिका परिक्षाको तयारी थिए । प्रहरीले कृष्णरामको कोठामा सुतेका विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

राणालार्इ भारी मतले पछार्दै कमल थापा राप्रपा अध्यक्षमा विजयी



राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी भएका छन्। उनले २ हजार ८ सय ४ मत ल्याएका छन्।
राजधानीमा जारी एकता महाधिवेशनको चौथो दिन सोमबार भएको मतदानमा कूल ३ हजार १ सय ३६ मत खसेको थियो। यसमध्ये ८१ मत बदर भएको थियो भने अध्यक्षका प्रत्यासी प्रदीपविक्रम राणाले २ सय ५१ मत ल्याएका थिए।

तीन हजार दुई सय ८७ प्रतिनिधिमध्ये ३ हजार १ सय २६ जनाले मतदान गरेको राप्रपाले जनाएको छ।

नेता प्रकाशचन्द्र लोहनीनिकट राणाले उम्मेदवारी दिएपछि थापालाई सर्वसम्मत अध्यक्ष बनाउने राप्रपाको प्रयास असफल भएको थियो। लोहनीले उम्मेदवारी घोषणा गरे पनि अन्तिम समयमा मैदान छाडेका थिए।

९८ सदस्यका लागि भने मंगलबार बिहानैदेखि निर्वाचन हुनेछ। विद्युतीय प्रविधिबाट मतदान गर्ने भनिए पनि अन्तत मतपत्रकै प्रयोग भएको छ। सदस्यहरूका लागि हुने मतदान भने विद्युतीय भोटिङ मेसिनबाट गर्ने बताइएको छ।

महाधिवेशनबाट पारित नयाँ विधानअनुसार एक सय ६३ केन्द्रीय सदस्यमध्ये ६० प्रतिशत अर्थात् ९८ सदस्य निर्वाचनबाट चुनिने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए। ९८ सदस्यका लागि तीन सय ६३ को उम्मेदवारी परेको छ। बाँकी ४० प्रतिशत केन्द्रीय सदस्य मनोनित हुनेछन्। त्यस्तै नयाँ विधानअनुसार २७ जना पदाधिकारी मनोनित हुने छन्।

अवरुद्ध बिपी राजमार्ग खुला



सिन्धुली, ९ फागुन । शीतलपाटी गाविस–९ बेनीघाट खाल्टेमा सडक भत्किएपछि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ ।

राजमार्ग निर्माणका बेला सञ्चालनमा रहेको सहायक मार्गलाई मर्मत गरी एकतर्फीबाट मात्र सवारी सञ्चालनमा ल्याइएको हो । आइतबार राति ११ बजेदेखि अवरुद्ध राजमार्ग १९ घन्टापछि खुलाइएको बनेपा –सिन्धुली – बर्दिबास सडक योजनाका योजना प्रमुख भरतकाजी तिवारीले जानकारी दिनुभयो । अहिले बीच बाटामा रोकिएका सबै सवारीलाई गन्तव्यतर्फ पठाइएको छ ।


राति सवारी सञ्चालन गर्दा जोखिम रहने भएकाले सो समयमा कुनै पनि सवारी साधन सञ्चालन नगरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले जानकारी दिए ।

साँघुरो वैकल्पिक सडकबाट सवारी सञ्चालन गर्नुपर्ने भएकाले अहिले सुरक्षालाई ध्यानमा राख्दै तत्कालै एकातर्फबाट मात्र सवारी सञ्चालन गरिने छ । साँझ परेपछि राजमार्ग दैनिक बन्द र बिहान ६ बजेदेखि मात्र सवारी सञ्चालन गरिने उनको भनाइ छ । रासस

भीम रावलको रिपोर्टपछि सीके राउतबारे प्रहरीले बाहिर ल्यायो देश टुक्राउने अर्काे डरलाग्दो तथ्य



बुटवल, ९ फागुन । स्वतन्त्र मधेस गठबन्धनका संयोजक एवं पृथकतावादी अभियन्ता सीके राउतबारे अर्काे डरलाग्दो खुलासा भएको छ ।

राउत नेतृत्वको गठबन्धनले देश टुक्राउन कक्षा लिएरै विद्यार्थीलाई प्रशिक्षण दिने गरेको रहस्य बाहिर आएको हो । यो रहस्य रुपन्देही प्रहरीले पत्ता लगाएको हो ।

यसअघि एमाले उपाध्यक्ष भीम रावलले देश टुक्राउन मधेसमा सशस्त्र संघर्षको तयारी भइरहेको र सीके राउत त्यसको कमाण्डर भएको तथ्य सार्वजनिक गरेका थिए । जून रिपोर्टलाई सुरक्षा निकायले प्रमाणित गरिसकेका छन् । र, सीके राउत पक्राउ परी अहिले प्रहरी हिरासतमा छन् ।

देश टुक्राउन विद्यार्थीलाई प्रशिक्षण दिएको तथ्य कसरी बाहिर आयो ?
रुपन्देहीका प्रहरी प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार शनिबार रुपन्देहीको मर्चवारस्थित एक विद्यालयमा सीके राउतका कार्यकर्ताले कार्यक्रम राखेको थाहा पाएपछि प्रहरीले हस्तक्षेप गर्यो । २१ जना कार्यकर्ता पक्राउ परे । पक्राउ परेकामध्ये १५ जनालाई छानविन गरी छाडियो । उनीहरु विद्यार्थी थिए । र, बाँकी ६ जना कार्यकर्तालाई राज्यविप्लवको मुद्दा चलाइयो । छानविनका क्रममा उनीहरुले स्कुलका विद्यार्थीलाई प्रशिक्षण दिइरहेको रहस्य खुल्यो ।

उनीहरूलाई प्रहरीले आइतबार जिल्ला अदालतमा राज्यविरुद्ध संगठित अपराध गरेको अभियोगमा राज्यविप्लव मुद्दा दर्ता गरी थप अनुसन्धान थालेको छ ।

राज्यविप्लव मुद्दा खेप्नेमा रुपन्देही बोगडी–५ का उदीप यादव, बयरघाट–४ का मक्बुल अन्सारी, लुम्बिनी सांस्कृतिक नगरपालिका–१९ का विकासप्रसाद लोध, रोहिणीहवा–४ का परमेश्वर यादव, कम्हरिया–८ का मुकेश साहनी र कपिलवस्तु मोतीभारीका जितेन्द्र चौधरी रहेका छन् । यी ६ जनाले राउतको अभियानलाई साथ दिँदै राज्यविरुद्ध संगठित अपराध गरेको प्रहरीको ठहर छ ।


प्रहरी चौकी आक्रमणमा समेत विद्यार्थीकै प्रयोग
शनिबार आफ्ना कार्यकर्ता पक्राउ परेपछि स्वतन्त्र मधेस गठबन्धनले त्यसको भोलिपल्ट आइतबार आफूले प्रशिक्षण दिएका विद्यार्थी प्रयोग गरेर मचैवारको वडवलिया प्रहरी चौकीमा आक्रमण गर्यो । त्यो समूहमा गठबन्धनद्धारा प्रशिक्षित मर्चवार क्षेत्रका अधिकांश विद्यार्थी थिए ।

घटनास्थलमा खटिएका रुपन्देहीका प्रहरी प्रवक्ता बेलबहादुर पाण्डे पनि प्रहरीमाथि आक्रमण गर्नेहरू अधिकांश विद्यार्थी नै रहेको बताउँछन् ।

आक्रमणका क्रममा तीन प्रहरी घाइते भएका थिए भने प्रहरीबाट दुईवटा हतियारसमेत खोसेका थिए ।

१४ देशमा राजदूत सिफारिस, को कुन देशको राजदूत ? (सुचीसहित)

काठमाडौं, ९ फागुन । आज बसेको दोस्रो मन्त्रिपरिषद बैठकले विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । दलिय भागबण्डाका आधारमा यसअघि समेत सिफारिस भएका राजदुतहरुलाई पुन राजदूतमा सिफारिस गरिको हो ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट ६ राजदूत भएका छन् । अर्जुनजंगबहादुर सिंह कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि राजदूत सिफारिस भएका छन् ।


सरकारको नेतृत्वकर्ता दल माओवादीबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रवहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारिस भएका छन् ।

राप्रपाबाट तीन राजदूत सिफारिस भएका छन् । प्रतिभा राणा, जापानका लागि सिफारिस भएका छन् भने भरत रायमाझी स्पेन र निरन्जन थापालाई इजरायलको राजदूतका लागि सिफारिस गरिएको छ ।

शर्मिला पराजुली ओमानका लागि राजदूत सिफारिस भएकी छिन् । उनी फोरम लोकतान्त्रिकबाट परेकी हुन् ।

हींगका यी फाइदाका बारेमा धेरैलाई थाहै छैन !


काठमाडौं, ९ फागुन — खानाको स्वाद बढाउनका लागि हींगको प्रयोग गरिन्छ । यसले स्वाद बढाउनुका साथसाथै पेटका समस्या पनि निको पार्छ । अरू रोग पनि यसले ठीक पार्छ । यहाँ हामी हींगका फाइदाका बारेमा बताउँदैछौं जसका बारेमा तपाईं लगायत धेरैलाई थाहै छैन ।


१ पेटको समस्या
हींगले अपच, पेटदुखाइ र पेट पोल्ने समस्यालाई हटाउँछ ।

२ रुघामर्की
हींगलाई पिँधेर पानीमा हाल्नुस् र एउटा शीशामा भर्नुस् । अनि यसलाई सुँघ्नुस् । यसो गर्दा रुघामर्की, टाउको भारी भएको र दुखेको निको हुन्छ ।

३ निमोनिया
पिठ्युँ र गलामा हींगपानीको लेप लगाउँदा खोकी, निमोनिया र साससम्बन्धी समस्या हट्छ ।

४ पेटको कीरा
पेटमा कीरा पर्दा अलिकति हींगलाई एक चम्चा पानीमा डुबाउनुस् । अनि त्यो घोललाई कपासमा राखेर चाकभित्र घुसाउनुस् । यसो गर्दा सबै कीरा मर्छन् ।

५ दाद
अलिकति हींग पानीमा मिसाएर दाद भएको ठाउँमा लगाउनुस् । दाद पूरै निको हुन्छ ।

६ गर्भवती महिला
बच्चा पाइसकेपछि महिलाले हींग खानुपर्छ । यसले गर्भाशय शुद्ध बनाउँछ र पेटसम्बन्धी समस्या पनि हटाइदिन्छ ।



७ जोर्नीमा पीडा
दिनदिनै हींग खाँदा जोर्नीका पीडा दूर हुनछन् र हड्डी पनि मजबुत बन्छन् ।

८ घाउ निको नहुँदा
कुनै घाउ निको नभएर ताजै रहिरह्यो भने नीमको पात र हींगलाई पिँधेर घाउमा लगाउँदा केही दिनमै ठीक हुन्छ ।

९ लो ब्लड प्रेसर
हींगको चूर्णमा अलिकति नून मिसाएर पानीका साथ पिउँदा लो ब्लड प्रेसर ठीक हुन्छ ।

१० दाँतमा कीरा
हींगलाई भुटेर कपासमा बेर्नुस् अनि दाह्रामा राख्नुस् । दाँतको कीरा यसले हटाइदिन्छ ।

पञ्जाब केसरीबाट

Sunday, February 19, 2017

नरुनु छिट्टै आउँछु भनेका श्रीमानले विदेशमै अर्को बिहे गरे, बोल्न पनि पाउँदिन् श्रीमती

नरुनु छिट्टै आउँछु भनेका श्रीमानले विदेशमै अर्को बिहे गरे, बोल्न पनि पाउँदिन् श्रीमती


निर्मला बिसी/कैलाली ।
फागुन ९ – ‘श्रीमान घर फर्किदिए मात्रै हुन्थ्यो मलाई अरु केही चाहिन्न’ कैलालीको चौमाला-५ की विष्णु ओझाले आशालाग्दो तरिकाले भन्नुभयो । विवाह भएको १४ वर्ष पुग्यो छोरो पनि आठ वर्षको भईसक्यो तर श्रीमान् अझै फर्केका छैनन् । छोरो एक वर्षको हुँदा उहाँका श्रीमान् नेत्रप्रसाद ओझा युएई जानुभएको थियो ।
घर फर्केर आउलान भन्ने आशै आशमा आठ वर्ष बितिसक्यो । तर घर आउने कुरै गर्नुहुन्न । विदेश गइसकेपछि पनि फोनमा कुरा गरिरहने श्रीमानले आफूसँग अहिले कुरै नगर्लान भन्ने कुरा विष्णुले कल्पना पनि गर्नुभएको थिएन । तर त्यही भयो जुन कल्पना बाहिरको थियो ।
विदेश जाँदा नरुनु है म छिट्टै फर्किन्छु भनेर श्रीमानले सम्झाएको अझै ताजा छ विष्णुको मनमा । उहाँको डेढ वर्ष अघिसम्म जति फोनमा कुरा भइरहन्थ्यो । तर त्यसपछि विनाकारण फोनमा हुने कुरा बन्द भयो । अहिले पनि फोन त आउँछ तर बुवाआमासँग मात्रै गफ गर्नुहुन्छ विष्णुका श्रीमानले ।



‘न मसँग बोल्नुहुन्छ न त छोरासँग नै’ विष्णु भन्नुहुन्छ । श्रीमानले फोन गर्न छोड्नुको कुनै कारण ठम्याउन सक्नुभएको छैन उहाँले । फोन गर्न छाडेका श्रीमानले अहिले त उहाँलाई पैसा पनि पठाउन छोड्नुभएको छ । अहिले पैसा पनि बुवाआमालाई नै पठाउन थालेको विष्णुले बताउनुभयो । ‘पहिलो वर्ष कमाई भएन भनेर पठाउनु भएन त्यसपछिका वर्षहरुमा वार्षिक दश बिस हजार गरेर मात्र पठाउने गरेका रहेछन्’ विष्णुले भन्नुभयो ।

सुरु सुरुमा फोन नआउँदा काममा व्यस्त भएर होला भन्ने सोच्नुभयो तर केही महिनापछि श्रीमानले विवाह गरेको सुन्नुभयो । एकै पटकमा विश्वास लागेन तर फोन गर्दा उठाएकी महिलाले आफू नेत्रको श्रीमती भएको बताएपछि कुरा प्रष्ट भयो । त्यति बेला मात्रै श्रीमानले फोन गर्न कम गरेको र पैसा पठाउन छोड्नुको कारण थाहा पाउनुभयो । ‘तर आफ्नै आँखाले नदेखेसम्म कसरी विश्वास गर्नु ?’ विष्णुको मनमा अहिले पनि यही कुरा खेलिरहेको छ । ‘यही छोराको मुुख हेरेर बसेकी छु’ भावुक हुदै भन्नुभयो, ‘कहिले काहीँ श्रीमानले घरमा आमाबुवासित फोनमा कुरा गर्दा उहाँको आवाज सुन्न कुरा गरिरहेको बेलामा मोबाईलमा कान लगाएर सुन्छु र चित्त बुझाउछु ।’
गएको वर्षको दसैँमा श्रीमानले ३० हजार रुपैयाँ घरमा पठाउनुभएको थियो । त्यसमा ५ हजार रुपैयाँ विष्णुलाई दिनु भन्नुभएको थियो रे । श्रीमानका यस्ता कुरा सुन्दा विष्णुलाई अझै मलाई सम्झिनु हुँदो रहेछ जस्तो पनि लागिरहेको छ।

विदेश जान लागेकी विष्णुले पसल थालिन् 
श्रीमानले दोस्रो विवाह गरेको थाहा पाएपछि विष्णुले एक पटक आफू पनि विदेश जाने निर्णय गर्नुभयो । विदेश जान पासपोर्ट पनि बनाइसक्नुभएको थियो उहाँले । ‘विदेश गएर उतै श्रीमान खोज्छु उतै काम गरेर पैसा कमाउँछु, यदी भएन भने उतै मर्छु भन्ने सोच पनि आएको थियो’ विष्णु भन्नुहुन्छ । तर गाउँमा सुरक्षित आप्रवासन परियोजना सामीको आर्थिक सहयोगमा  नेफस्कुनले चलाएको वित्तिय साक्षरता कक्षामा सहभागी भएपछि उहाँको सोचाई फेरियो ।
कक्षामा वैदेशिक रोजगारीका लागी विदेश जाँदा हुने समस्याका बारेमा र स्वदेशमै पनि केही गर्न सकिने कुरा थाहा पाउनुभयो । त्यसपछि त उहाँलाई मैले पनि केही गरें भने कमाउन सक्छु भन्ने हिम्मत पलाएको छ ।

कक्षा लिएको तीन महिनामै कर्जा र सापट लिएर ६५ हजार रुपैयाँको लगानीमा उहाँले पसल सुरु गर्नुभयो । गाउँमै अहिले कस्मेटिक पसल राख्नुभएको छ । अहिले उहाँ दैनिक एक हजारदेखि १५्र सय रुपैयाँसम्म कमाइरहनुभएको छ । उहाँले कमाएको पैसा बचत पनि गर्न थाल्नुभएको छ । ससुराले पनि चौमाला बजारमै किराना पसल थाल्नुभएको छ ।

फेसबुकमा भेटिएको युवतीले नेपाली युवालार्इ अमेरिका पुर्याईन्!



जगत आचार्य– सन् २०१५ मा दक्षिण कोरियाको सुदुरदक्षिण क्षेत्रको सामुन्द्रीक तटस्थित खजे शहरमा बसेको आधा वर्षभन्दा धेरै बितिसकेको थियो। पानीजहाजका पाइप र पुर्जा जोड्दै थिएँ। दैनिकजसो दसदेखि चौध घन्टासम्म हुने निरन्तर शारीरिक श्रमले ज्यान अति नै थाकेको हुन्थ्यो। बिदेशमा आएपछि काम नगरि सुखै छैन। एक दिन आइतबार थाकेर लखतरान भइ पल्टेको थिएँ। एक अपरिचित युवतीको सन्देश आयो। ‘हेल्लो हाउ आर यू?’ कहिल्यै नचिनेकी युवतीको सन्देसले केटा मान्छेलाई उत्तेजित त बनाउँछ नै। म पनि त्यसै उत्त्तेजि भए। ‘आएम गुड, नाइस टु मीट यु’ टुटेफुटेको अंग्रेजी भाषामा जवाफ फर्काए। कुरा लामो भएन। त्यत्तिकै टुंगियो।

‘एक हप्ता पछि त्यही अपरिचित ब्यक्तिबाट फेरि सन्देश आयो। सोचे कुनै केटाहरुले मलाइ मुर्गा बनाउँदै छन्। मन दिएर कुरा गरिन्। सन्देश आइरहे पछि अवाक भएर हेरेँ। सन्देशमा लेखिएको थियो ‘म कोरियाको के-पप म्युजिकल कन्सर्टमा आउँदै छु नी। अनि त्यहाँ विद्यार्थीलाई अंग्रेजी पनि सिकाउने इच्छा छ। सहयोग गर्छौ?’ मलाइ तनाब भयो। फेसबुकमा फोटो हेर्न थालेँ। बसोवास अमेरिका। फोटोहरु सबै उतैका। अनि मनमा तर्कना आउन थाल्यो ‘इन्टरनेटबाट ठग्छन् भन्छन्। अमेरिकाने ठग्ने केटी होला।’ उसले भनेको कुरालाई त्यसै उडाएँ। सिरियस जवाफ फर्काइनँ। अर्को मनमा अझै लाग्दै थियो साथीहरुले मलाई राम्रै गरी मुर्गा बनारहेका छन्। त्यसपछिको केही दिन कुरा भएन। कोरियाली नयाँ वर्ष सल्नाल सुरू भयो। मेरो काम गर्ने कम्पनीमा बिदा सुरु भयो। लामो बिदा अवधिभर फोन सम्पर्क भएन। कारण मरो फोन बिग्रिएको थियो। फोन बनेपिछ फेरि उनैको सन्देशको लाइन देखेँ। अकस्मात फेरि उहीँ अपरिचित ब्यक्तिबाट कुरा गरेको तीन महिनापछि। आँट गरेर मैले कल ब्याक गरेँ।


काम गर्न कोरिया पुगेको केटोले फेसबुकमा अनायास भेटिएकी केटीसँग जानी नजानी अंग्रेजीमा कुरा गरेँ! कुनै साथीहरुले मलाइ मुर्गा बनाइरहेका रहेछन् भन्ने भ्रमवाट म पार भएँ। ब्रोकन अंग्रेजीमा सकि नसकि कुरा गर्न थाले अमेरिकामा रहेकी केटीसँग। विस्तारै लभ पर्ला जस्तो हुन थाल्यो। हैट ,फेसबुकबाट पनि प्रेम हुँदो रैछ यार। केहि समय लाग्थ्यो केही स्वार्थपुर्ति गर्न खोजेकी केटी होली। मान्छेहरुका दिमागले खासै सकारात्मक कुरा कहिल्यै सोच्दैनन। मैले पनि सोचिनँ। फोटो पठाउन थाली फेसबुकमा भेटिएकी अमेरिकन प्रेमिकाले। भाषा नजाने पनि प्रेम गर्न बन्देज हुँदो रहेनछ। उनी कन्सर्टका लागि कोरिया आउने मिति नजिकन थाल्यो।

कोरियामा सबै ब्यवस्था मिलाइदिने जिम्मा दिइन्। अह्याएको सबै काम गरेँ। मान्छेको मन न हो। सम्वन्ध झन वाक्लो हुन थाल्यो। आउने दिन बल्ल बल्ल कामबाट छुट्टी मिलाए एयरपोर्ट लिन गएँ। ‘फेसबुकको लभ पनि कति राम्रो।’ उसलाइ देखेपछि मन दंग भयो। काम गर्न कोरिया पुगेको केटो। अमेरिकन केटी भेटिएला भन्ने के थाहा। कोरियाको एअरपोर्टमै अमेरिकी आर्मीको दफ्फा हुने रैछ। उ सँगै अमेरिकी आर्मीहरु पनि देखेँ। डर लागे पनि एक छिनमा डर हरायो। अनायास फेसबुकमा भेटीएकी युवतीसँग मेरो प्रेम गाढा हुन थालीसकेको थियो। कोरियाको बसाइले हाम्रो सम्वन्धलाई झन नजिक बनायो। कोरियाली परिकारदेखि उनी आकर्षित भइन्। नेपाली खानाले उनको मन तान्यो। हप्ता दिने भ्रमण पछि छुट्टिने दिन आइगयो। नरमाइलो लाग्यो। उनी अमेरिका फर्किइन्। म कोरियाकै जहाज चढी कम्पनीमा काम गर्न फर्किए।

अलि दिनसम्म गयल भएको काममा कोरियाली सहकर्मीको किचलो सहनु स्वभाविक नै थियो। तर हवाइमा रहेकी अमेरिकन प्रेमीकाकासँगको सम्वन्धनले भने मनलाई त्यसै चंगा बनाइरहेको हुन्थ्यो। हवाई र कोरियाको समय पाँच घन्टा फरक थियो। तै पनि हाम्रो प्रेम फैलिरह्यो। एक दिन उनले अफर गरिन् ‘म सँग बिहा गर्ने हो?’ फेसबुकमा भेटिएको अमेरिकन प्रेम यसरी फक्रिएला भन्ने सोचेको पनि थिइनँ। मैले हुन्छ भने। उनि झन खुसी भइन्। मेरा लागि भिसा अप्लाइ गर्ने तयारी गरिन्। कतिबेलासम्म त बिश्वासै लाग्दैन थियो। उनले भिसा अप्लाइ गरिन्। फेरि मलाई कोरिया भेटन आइन्। फेरि फर्किइन्। अनि सम्झन थालेँ ‘यार यस्तो पनि हुन्छ।’ गएको साता फेसबुकमा भेटिएकी प्रेमिकासँग अमेरिकी संघीय उच्च अदालतमा कानुनी बिवाह गर्यौ र हाम्रो फेसबुकमा भेटिएको प्रेमलाई अवतरण गर्यौ। हैट कहिले काँहि अझै बिश्वास लाग्दैन फेसबुकमा भेटिएकी प्रेमीकासँगै मैले बिहा गरेर अमेरिका पुगे भन्ने कुरा।

गुडिरहेको बोलेरो त्रिशूलीमा खस्यो



चितवन , ९ फागुन । चितवनको कविलासस्थित सडकबाट एउटा बोलेरो जिप आज बिहान त्रिशूली नदीमा खस्दा दुईजना बेपत्ता भएको र अन्य चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


दुर्घटनामा परी गोर्खा ताकु–६ बस्ने ६५ वर्षीया विष्णुमायाँ गुरुङ र उनका नाति १३ वर्षीय कविन गुरुङ बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । आज बिहान करिब ३ बजेको समयमा चितवनको खैरहनीबाट गोरखा जाँदै गरेको ना३ख ७५४३ नंको बोलेरो कविलास–४ स्थित सत्र किलो भन्ने स्थानबाट त्रिशूली नदीमा खस्दा सो दुर्घटना भएको हो ।


दुर्घटनामा परी घाइते हुनेहरुमा चितवन कालिका नगरपालिका–५ का ३३ वर्षीय शिव खड्का (चालक), गोर्खा ताकुकै ४० वर्षीय भीमबहादुर गुरुङ, सोही ठाउँका २८ वर्षीय टीका गुरुङ र अर्का ५ वर्षीय न्युटल गुरुङ घाइते भएको र अहिले उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ । कोठाको सामान लिएर जाँदै गरेका उनीहरु दुर्घटनामा परेका हुन् । बोलेरो पानी भित्रै रहेकाले निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

बिपी हाईवेमा पहिरो खस्यो, पूर्व जाने गाडी अलपत्र


काठमाडौं– विपी राजमार्ग अन्तर्गत खुर्कोट नेपालथोक सडक खण्डमा पर्ने सिन्धुलीको सित्तलपाटी गाविस–९ बेनीमा पहिरो गएको छ । पहिरोका कारण राजधानीबाट पुर्व जाने र आउने गाडीहरु अलपत्र परेका छन् ।

भुकम्पक कारण चर्किएको करिब २० मिटर सडक सुनकोशीमा खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सडकको भाग गएराती ११ बजेतिर खसेको बताईएको छ ।
पहिरोका कारण बाटो अवरुद्ध हुँदा, सिन्धुली, रामेछाप, ओखलढुंगा, उदयपुर, खोटाङ्ग तथा तराईका जिल्लाहरुमा चल्ने गाडीहरु रोकिएका छन् ।



बालुवाटारबाट आयो नयाँ सन्देशः भोलि बिहान १० बजे हुने भयो निर्वाचन घोषणा


काठमाण्डु, ८ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार स्थानीय तहको निर्वाचन घोषणा गर्ने भएका छन् ।


बालुवाटार उच्च स्रोतका अनुसार त्यसका लागि बिहान १० बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । सत्तारुढ काँग्रेस र माओवादी केन्द्रबीच आइतबार तत्काल निर्वाचन मिति घोषणा गर्ने सहमति भएको थियो ।
मधेसी मोर्चा सहमत नभए पनि सरकारले निर्वाचन मिति घोषणा गर्ने प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले बतायो ।
‘मधेसी मोर्चा सहमतिमा नआए पनि सोमबार निर्वाचन घोषणा हुन्छ’, श्रोतले भन्यो, ‘बिहान १० बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ ।’

एउटा यस्तो सागः जसले क्यान्सरदेखि कपाल फुल्नेसम्म करिब ५० रोग ठिक पार्छ

 एजेन्सी । सागसब्जीमा बेथे ‘चौलाई’ (एक प्रकारको तरकारी )को छुट्टै स्थान छ । दुनियाँभरका मानिस यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ ।

बेथे(एक प्रकारको तरकारी) दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्काे रातो पात भएको हुन्छ । यसले खोकी लाग्ने समस्या र पित्तको नाश गर्छ जसले रक्त विकार टाढा हुन्छ । पेट र कब्जियतका लागि चौलाईको तरकारी एकदमै उत्तम मानिन्छ । बेथेको तरकारी नियमित सेवन गरेमा वाथ ( युरिक एसिड), रक्त र त्वचा विकार टाढा हुन्छ । सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएक सबै प्रकारका विषहरुको निवारण गर्नु हो । यसकारण यसलाई विषदन नाम दिइएको छ । यसको डाठ र पातमा पौष्टिक तत्वहरुको प्रचुर मात्रा पाइन्छ । पेट र कब्जियतका लागि चौलाई एकदमै उत्तम मानिन्छ ।




बेथेमा कार्बाेहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ जो कुनै अन्य सागसब्जीमा पाइँदैन । औषधिका रुपमा बेथेका पंचागं अर्थात पाँच अंग (जरा, डाठ, पात, फल र फूल)लाई प्रयोग गरिन्छ । यसको डाठ र पातमा प्रोटीन, खनिज, भिटामिन ए, सी प्रचुर मात्रामा हुन्छ ।

भनिन्छ कुनै प्रकारको पनि छाला रोग यसको पात पिसेर २१ दिनसम्म लेप लगाउँदा ठिक हुन्छ । शरीरमा यदि कतै पनि रगत बगिरहेको छ र रोकिएको छैन् भने रातो पात भएको बेथेको जरालाई पानीमा पिसेर पिएमा रगत बग्न रोकिन्छ । एकपटक पिउँदा रोकिएन भने १२ घण्टापछि दोस्रोपटक पिउनुपर्छ । पाठेघर होस् वा मलद्वारबाट रगत बग्नु र रुघा लागेर सिगान बग्ने समस्याका लागि यो उपयोगी हुन्छ । गर्भवतीबाट रगत बग्दा तुरुन्तै जरालाई पानीमा पिसेको रस पिएमा झर्न लागेको गर्भ रोकिन्छ । जसलाई गर्भ खस्ने समस्या छ ती महिलाहरुले मासिक धर्म (रजस्वला)को समयमा हरेक जरालाई पानीमा पिसेर चामलको पानीसँग पिउँदा ठिक हुन्छ ।

सुजनलाई कम गर्छः
ऐमरैन्थ अर्थात बेथेको तेल र पेप्टाइडमा एन्टी इफ्लेमेन्टरी गुण हुन्छ जसले दुःखाई र सुजन कम गर्नमा मद्दत गर्छ । यो पुरानो स्थितीका लागि एकदमै महत्वपूर्ण हुन्छ जहाँ सुजनले स्वास्थ्यलाई प्रभावित गरिरहेको हुन्छ ।

फोडा (पिलो) र डण्डिफोर (दाग):
फोडा र डण्डिफोरमा बेथेका पातहरुको पुल्टिस बनाएर लगाउँदा चाँडै पाकेर फुट्छ । सुजन भएमा त्यो ठाउँमा यसको लेप लगाउँदा सुजन टाढा हुन्छ ।

तौल घटाउन मद्दत गर्छः
प्रोटीन रक्तमा इन्सुलिनको स्तर कम गरेर हार्मोन बढाएर भोकलाई दबाउँछ जसकारण भोकको महसुस कम हुन्छ । लगभग १५ प्रतिशत बेथेमा प्रोटीन हुन्छ जो तौल घटाउन मद्दतगार छ ।

रक्तचाप कम गर्छः
अध्ययनका अनुसार ऐमरेन्थमा रहेको फाइबर र फिटोन्यूट्रीएन्ट्स नामक तत्वले रक्तचापलाई कम गर्नमा मद्दत गर्छ । जसकारण यो कोलेस्ट्रल, सुजन र रक्तचापसँग प्रभावकारी ढंगबाट लड्छ र मुटु स्वस्थ राख्छ ।

शरीरमा रगत बढाउँछः
औषधिका रुपमा बेथेको जरा, पात र विउ सबै प्रयोग गरिन्छ । यसका पाताहरु र विउमा प्रोटीन, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ । ऐमरैन्थ अर्थात बेथेको साग एनिमिया रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय हो । यसको सेवनबाट शरीरमा रगतको कमीलाई हटाउँछ । शरीरमा रगतको कमी दुर गर्नका लागि यसको सेवन सब्जी वा सुप (झोल)का रुपमा गर्नुपर्छ ।

क्यान्सरको रोकथामः
एमरैन्थमा भएको पेप्टाइड्स शरीरमा सुजनलाई हटाउने र क्यान्सरको विकास रोक्नमा पनि एकदमै मद्दतगार हुन्छ । यसमा रहेको एन्टी अक्सीडेट कोशिकाहरुलाई क्षतिग्रस्त हुनबाट बचाउँछ । जसले क्यान्सर रोक्न मद्दत गर्छ ।

पाचनमा सहजता (पचाउने सजिलो):
ऐमरैन्थमा रहेको फाइबर र अमिनो एसिडका कारण यसले पचाउनमा एकदमै सहज हुन्छ । यसमा रहेको फाइबरका कारण यसले आन्दामा चिप्कएको मल(दिशा)लाई निकालेर बाहिर धकेल्नमा मद्दत गर्छ जसले पेट सफा हुन्छ र पचाउने शक्ति मिल्छ । यसैकारण यसलाई पारम्परिक रुपमा रोगसँग लडिरहेका विरामीलाई दिइन्छ ।

पिसाबमा जलनः
पिशाबमा हुने जलन रोक्नका लागि बेथेको रसको केही दिनसम्म सेवन गर्दा मुत्रवृद्धि हुन्छ र जलन ठिक हुन्छ ।

रक्त बवासीरः
रक्त बवासीर वा मूत्र (पिशाब)मा रगत आउने समस्या, बेथेको पात पिसेर मिश्री मिलाएर शर्बत बनाएर ३ दिनसम्म लगातार पिएमा ठिक हुन्छ ।

प्रतिरक्षा प्रणाली बोलियो बनाउँछः
ऐमरैन्थको एउटा अर्काे स्वास्थ्य लाभ पनि छ जसमा रहेको भिटामिन, खनिज र शक्तिशाली एन्टी अक्सिडेन्टले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली ठिक राख्न मद्दत गर्छ । यसकारण यदि तपाईको प्रतिरक्षा प्रणाली कमजोर छ भने तपाई बेथे सागको प्रयोग गर्नुस् ।

स्तनको आकार बढाउका लागिः
महिलाहरुले आफ्नो स्तन बढाउन चाँहेमा अरहरको दालसँग बेथेको साग पकाएर ४० दिनसम्म लगातार खानुपर्छ । जरा काटेर फाल्नु हुँदैन यो पनि पकाउनुपर्छ ।

एनर्जी बुस्टरः
केही सब्जिहरु र अनाजहरुमा आवश्यक अमीनो एसिडको मात्रा कम हुन्छ । तर, बेथेमा लाइसिन एकदमै धेरै मात्रा हुने भएका कारण यो क्याल्सियमको अवशोषित गर्नका लागि शरीरलाई मद्दत गर्छ । यसकारण बेथे मांसपेशिको निर्माण र उर्जा उत्पादनका लागि एकदमै उपयोगी छ ।

कपाल फुल्ने र सेतो हुन रोक्छः
यदि तपाईको कपाल समय नपुगेरै युवाअवस्थामै फुल्ने समस्या छ भने बेथे सागले समाधान गर्नसक्छ । यो कपाल असमयमा सेतो हुनबाट रोक्न एकदमै प्रभावी उपाय हो । बेथेलाई आफ्नो आहार (खाना)मा समावेश गरे तपाई यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

पत्थरीः
रिपोर्टअनुसार पत्थरी भएको छ भने बेथेको साग चालिसदिनसम्म प्रतिदिन खाएमा पत्थरी गल्छ ।

आफ्नै कामदार युवतीले बोलाएपछि गेष्ट हाउसमा जाँदा…



काठमाडौं । आफू कार्यरत पसलकै साहुलाई अपहरण गरी फिरौती लिएर एक युवती फरार भएकी छन् । कामदार युवतीले पसल साहुलाई काठमाडौंको सुन्धारामा बोलाएर नियन्त्रणमा लिई एक होटलमा पु¥याएर फिरौतीसमेत असुल गरेर फरार भएको प्रहरीले जनाएको छ ।


यो खबर हामीले आजको राजधानीबाट लिएका हौ । सुन्धाराको सनराइज गेस्ट हाउसमा बन्धक अवस्थामा फेला परेका व्यापारी श्यामसुन्दर अग्रवालबाट ८ लाख फिरौती लिएर ती युवती सहयोगीसहित बेपत्ता भएपछि घटनाबाहिर आएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार अग्रवाललाई गेस्ट हाउसका कर्मचारीले उद्धार गरी प्रहरीलाई खबर गरेपछि कामदारबाटै अपहरणमा परी फिरौतीसमेत बुझाउनुपरेको रहस्य खुलेको हो । अपहरण गरी फिरौती असुल्ने ती युवती सहयोगीसहित फरार भएका थिए ।

सात महिनाअघि जागिर खोज्दै आएकी ती युवतीले ‘जरुरी काम प¥यो’ भन्दै सुन्धारा बोलाएपछि अग्रवाल न्युरोडबाट सनराइज गेस्ट हाउसमा पुगेका थिए । महिलासहित उनीहरूले त्यही होटलमै ६ घण्टा बन्धक बनाएर अग्रवालको साथमा रहेको ७२ हजार नगद र चेकमार्फत ८ लाख फिरौती लिएर होटलमै छाडेर भागेका रहेछन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) प्रकाशजंग कार्कीले भने ।

एसपी कार्कीका अनुसार फिरौती लिनेमध्ये दुईजना पक्राउ परे पनि युवतीसहित अन्य दुईजना अझै फरार छन् । ‘अपहरणमा युवतीको भूमिका देखिन्छ, अवस्था के हो ? उनलाई पक्राउ गरी अनुसन्धान गरेपछि मात्रै थाहा हुनेछ,’ एसपी कार्कीले भने ।

प्रहरीका अनुसार अग्रवाललाई सुन्धाराको सनराइज गेस्टहाउसमा करिब ६ घन्टा थुनेर राखिएको थियो । गेस्ट हाउसका कर्मचारीले ढोका खोल्दा अग्रवालको मुखमा पट्टी बाँधिएको थियो भने होटलको ढोका बाहिरबाट बन्द गरिएको थियो ।

अग्रवालले ढोका ढक्ढकाएपछि बल्ल होटेल कर्मचारीले ढोका खोलेका थिए । कर्मचारीले प्रहरीलाई दिएको जानकारी अनुसार मुखमा पट्टी तथा हातखुट्टा बाँधेको अवस्थामा उनी भेटिएका थिए । प्रहरीका अनुसार युवतीले गेस्ट हाउसको कोठामा लगेपछि होटलमै रहेका उनका तीन पुरुष साथीले अग्रवाललाई नियन्त्रणमा लिएर पैसाको बार्गेनिङ सुरु गरेका थिए ।


त्यसपछि अग्रवालले तत्काल आफ्नो साथमा रहेको ७२ हजार नगद र ८ लाख रुपैयाँको चेक थमाएपछि उनीहरू त्यहाँबाट भागेका थिए । काठमाडौंमा लामो समयपछि यस्तो अपहरण भएको हो । अग्रवालको पसलमा काम गर्ने ती महिलाको विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान गर्ने जनाएको छ ।

Saturday, February 18, 2017

सुनको भाउ घट्यो

काठमाडौं, ८ फागुन। हप्ताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आइतबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलाको ५५ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको भाउ भने आइतबार स्थिर छ । चाँदी आइतबार पनि तोलाको ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
पुर्बेली न्युजबाट साभार गरिएको |



आफ्नै देशको यो हालत देखेर कति निराश छौं है, हामी नेपाली !



काठमाडौं । सामाजिक सञ्जालमा एउटा यस्तो फोटो भेटियो । जो कोहीले पनि सायद यस्तै सोच्थे होला । फेसबुकमा भेटिएको उक्त फोटोमा यस्तो लेखिएको छ ।

‘नयाँ संविधान बनेपछि देशले कोल्टे फेर्छ भन्थे । साला देश त पुरा उत्तानो नै पर्यो गाँठे ।’

गाडीको पछाडी पट्टी एउटा स्टिकरमा जुन फोटो खिचेर सामाजिक सञ्जालमा भाइरल नै बनाएका छन् । जुन फोटोको पहिलो हरफमा लेखिएको कुराले सार्थकता पाउँछ भन्ने धेरै जनताको आशा थियो । तर, उक्त हरफमा लेखिएको कुराले होइन् दोस्रो हरफमा लेखिएको कुराले सार्थकता पाएको अनूभूति छ जनतामा ।

कलियुगको अन्त्य कहिले र कसरी हुन्छ?- केहि सिद्धान्त


हिन्दु धर्मको ग्रन्थ ‘वेद’का अनुसार, हामी अज्ञानता र अनैतिकताको युगमा बाँचिरहेका छौँ, जसलाई ‘कलियुग’ भनिन्छ। ई.पू. ३१०२ मा बुध, शुक्र, मङ्गल, वृहस्पति र शनि ग्रह मेष राशिको सिधा रेखामा परेपश्चात कलियुगको सुरुवात भएको विश्वास गरिन्छ।

समयचक्रको चार युग- सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग मध्ये कलियुगलाई सबैभन्दा अँध्यारो युग पनि मानिन्छ। यी चार युगले समयचक्रलाई जनाउँदछ र सो चक्र सत्ययुगबाट सुरु भएर कलियुगमा गएर अन्त्य हुन्छ।

यी चार युग बित्दै जाँदा मानिसहरूको नैतिकता र सदगुणको भावनामा ह्रास हुँदै जाने र कलियुगको अन्त्यमा मानिसहरूमा ‘मानिस’को कुनै पनि गुण बाँकी नरहने वेदमा उल्लेख गरिएको छ। साथै संसारमा ज्ञानको सट्टा अज्ञानताले बास गर्ने पनि उल्लिखित छ।

यी कुराहरू त सायद अधिकांशलाई थाहा भएकै कुरा हो, तर धेरैले नबुझेको अनि थाहा नपाएको एउटै कुरा भनेको ‘कलियुगको अन्त्य कहिले हुन्छ?’ अनि अन्त्य भए कसरी हुन्छ? हिन्दु धर्मका पवित्र ग्रन्थमा त पहिलेका युगहरूको अन्त्य भगवान विष्णुको अवतारको जन्मबाट भएको थियो भन्ने उल्लेख गरिएको छ।

सोहि ग्रन्थमा के पनि उल्लेख गरिएको छ भन्दा कलियुगको अन्तमा भगवान विष्णुको २२औँ अवतारको जन्म हुनेछ र यो कालो युगमा भएका दुर्गुणहरूलाई नाश गर्नेछन्। त्यसपछि फेरि सुनौलो सत्ययुगको सुरुवात हुनेछ।


यस विषयसम्बन्धी के-कस्ता सिद्धान्तहरू हरु चलिआएका छन?

१. ब्रह्मापुराणमा कलियुग १० हजार वर्षसम्म हुने उल्लेख गरिएको छ। यो १० हजार वर्षपछि मात्रै संसारबाट मानवजातीको नाश भएर नयाँ युगको सुरुवात हुने उक्त पुराणमा उल्लेख गरिएको छ। जहाँ भगवान विष्णुको ‘कल्की’ अवतारले जन्म लिने वर्णन गरिएको छ।

२. हिन्दु धर्मका विश्लेषकहरू के पनि विश्वास गर्छन् भन्दा कलियुगको अन्त्यमा मानिसको आयु घट्दै गएर १२ वर्षभन्दा कमि हुनेछ। यसरी आयु घट्दै गएर सारा मानवजातीको नाश भई कलियुगको अन्त्य हुने उनीहरूले विश्वास गर्छन्।

३. कलियुगको अन्त्यको बारेमा महाभारतमा पनि लेखिएको छ। यहाँ भनिएको छ कि कलियुगको कुल वर्ष भनेको १२ हजार वर्ष हुनेछ र युगको अन्त्यमा विष्णुले कल्की अवतार लिनेछन् पनि भनिएको छ।

कतारमा ७ दिन सम्म तलव नपाए आफुले चाहेकै बेला कम्पनि परिवर्तन गर्न पाउने-नया नियम



कतार सरकारले कामदार हरुलाई फाइदा हुने नियम परिवर्तन गरेको धेरै भएको छैन कम्पनि बाट फिनिश आएको भोलिपल्टै कतार जान पाउने नियम डिसेम्बरमा लागु भएको थियो ! फेरी कतार सरकारले अर्को नयाँ नियम थपेको छ, यदि तपाई काम गरिरहेको कम्पनिले तपाईको तलब तोकेको मिति भन्दा ७ दिन सम्मपनि तलव दिएन भने तपाई बिना (NOC) कम्पनि बाट एन ओ सी नलिएरै कम्पनि परिवर्तन गर्न पाउने कतार प्रशासनिक विकासम, श्रम तथा सामाजिक मन्त्रालयले (MADLSA जनाएको छ !



मन्त्रालयले जनाय अनुसार कागज पत्र सम्पूर्ण तयारी भैसकेको छ त्यसलाई व्यबहारमा उतार्न मात्र बाकी रहेको छ, एकजना अधिकारीले भन्नुभयो हामी चाहन्छौ कि सबै कम्पनिहरुले आफ्नो कामदारको तलव समयमै दिउन कुनै समस्यानै परे तोकिएको मिति भन्दा एक हप्ता ढिला गरेर  दिन सक्छन तर सो अवधि भन्दापनि धेरै ढिला गरे कम्पनीमा कार्यरत कामदारहरुले कम्पनि छोडेर अर्को कम्पनि खोज्ने अधिकार पाउने छन् चाहे उनीहरुको करार अवधि नसकिएको होस् !

कतार सारकरले समयमै तलव सुविधा नदिने कम्पनिहरुको विवरण संकलन गरिरहेको र उक्त कम्पनिहरुलाई ब्ल्याक लिस्ट (कालो सुची)मा समावेस गर्दै आइरहेको छ त्यस्ता कम्पनिहरुलाई  सरकारी सेवा सुविधा बाट  बन्चित गरिने छ- मत्रलायाका एक अधिकारली भन्नु भयो !

कतार सरकारले कामदार नियुक्त आफै गर्न-स्विस कम्पनिलाइ जिम्मा

सरकारी अधिकारीहरुले जनाय अनुसार दक्ष र पारदर्शी कामदार नियुक गर्नका निमित्त एउटा स्विस कम्पनिलाइ अनुमति दिइएको छ जुन छिटै कार्यन्वयनमा आउने छ ! स्विस कम्पनीले कतारमा कामदार पठाउने ३९ ओटा देशहरुमा आफ्नो साखा खोल्ने तयारी गरिरहेको छ ! उक्त कम्पनीले कतारमा कामदार पठाउने सम्बन्धित देशमा कामदारको मेडिकल चेक, डकुमेन्ट भेरिफिकेसन, करार अवधिमा हस्तक्षर आदि लगाएतका काम हरु गर्ने छ जसले गर्दा नेपालका म्यानपावर कम्पनिहरुले नक्कली करार अवधि बनाएर वैदेशिक रोजगारमा कतार जाने नेपालीहरुलाई ठग्न पाउने छैनन् !


मत्रालयले जनाए अनुसार कतारमा संचालित कुनैपनि कम्पनीले विदेशबाट कामदार झिकाउदा सम्बन्धित देशमा स्विस कम्पनीका कर्मचारी हरुलाई खटाएर मात्र कामदार भर्ना गर्न पाउने छन् र उक्त स्विस कम्पनीले आफ्नो सेवा सुल्क कतारमै रहेको कम्पनि बाट लिउने छ ! विदेशबाट कामदार झिकाउने कम्पनीले कति सेवा सुल्क स्विस कम्पनीलाई दिने भन्ने अझै निर्णय भने भएको छैन तर छिटै अब नेपालमा म्यानपावर कम्पनिहरु विस्थापित हुने भने पक्कापक्कि भएको छ ! कतारको लागि कामदार छान्ने काम कतार सरकारको मान्यता प्राप्त स्विस कम्पनीले नै गर्ने छ !

यो हो नवराज सिलवालले गरेको सराहनीय काम, अनि हुनुपर्दैन त आईजी ?

 फागुन– सामान्यतः दुई/दुई वर्षमा कर्मचारीको सरुवा हुन्छ । तर, तथ्यांक अधिकृत श्रीनारायण यादवलाई भने निजामती प्रशासनको यो नियम लागू भएन ।



१४ वर्षदेखि निरन्तर उनी भन्सार कार्यालय विमानस्थलमा थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत महिना यादवलाई सुन तस्करीको आरोपमा पक्राउ गरेपछि उनी सोर्सफोर्स लगाएर १४ वर्षसम्म एयरपोर्ट भन्सारमा बस्नुको रहस्य खुलेको छ । साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका यादव तस्करहरूको मुख्य विश्वासपात्र व्यक्ति भएको सिआइबीको अनुसन्धानमा खुलेको छ ।

निजामती ट्रेड युनियनका नेतासमेत रहेका यादव नेताहरूको सोर्सफोर्सका आधारमा सधैँ एयरपोर्ट भन्सार बस्दै आएका थिए । सिआइबीका अनुसार उनीसहितको सेटिङमा विमानस्थलबाट सुन तस्करी हुँदै आएको थियो । पक्राउपछि सिआइबीले लिएको बयानका क्रममा यादवले मिलेमतोमै तस्करी हुने गरेको स्विकारेका छन् ।



प्रहरीलाई समेत पैसा बुझाई सेटिङ मिलाएर तस्करी हुने गरेको बयान उनले दिएका छन् । उनको लिखित बयानका आधारमा सिआइबीले एसएसपी श्याम खत्रीलाई समेत पक्राउ गरेको छ ।
नयाँ पत्रिकाबाट

भूकम्पपीडितलाई दिइने ट्याक्सीको गोलाप्रथा चैत २६ गते, १५ सय ट्याक्सीका लागि डेढ लाख आवेदन


काठमाडौं, ८ फागुन- भूकम्पपीडितहरूलाई दिन लागिएको ट्याक्सीको नतिजा आगामी २६ चैतमा सार्वजनिक हुने भएको छ । यातायात व्यवस्था विभागले गोलाप्रथाबाट नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
‘२६ चैतमा गोलाप्रथा गर्ने गरी तयारी गरेका छौँ,’ विभागका प्रवक्ता डा टोकराज पाण्डेले भने, ‘०७३ सालभित्रै यसको टुंगो लाग्नेछ ।’

ट्याक्सी नम्बरका लागि आवेदन दिने सबैको नाम अपडेट भइसकेको र त्यसलाई किताबका रूपमा छापेर रुजु गरेपछि गोलाप्रथामार्फत ट्याक्सी नम्बर वितरण गर्न लागिएको उनले बताए ।

१५ सय ट्याक्सीका लागि डेढ लाख आवेदन

भूकम्पले धेरै क्षति पुर्याएका १४ जिल्लाका सर्वसाधारणलाई गोलाप्रथाको माध्यमबाट सरकारले नयाँ ट्याक्सी दर्ता गर्ने सुविधा दिन लागेको हो । १५ सय ट्याक्सी नम्बरका लागि एक लाख ४९ हजारले आवेदन दिएका छन् । आवेदन दिने सबैको नाम रहेको पुस्तक प्रकाशन गरिने र त्यसलाई १४ जिल्लाकै जिल्ला प्रशासन, मालपोत तथा प्रहरी कार्यालयमा पठाउने विभागको तयारी छ ।

‘आवेदन दिएर पनि कसैको नाम छुटेमा जिल्लाबाटै दाबीविरोध गर्न पाइनेछ,’ डा। पाण्डेले भने, ‘थप रुजु गरेर टुंगो लगाएपछि गोलाप्रथाको काम हुनेछ ।’ आवेदन दिनेको नामावली विभागले वेबसाइटमा पनि राख्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्न विभागका निर्देशक सोम फुयाँलको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिले फागुनभित्रै आवेदकहरूको नामसहितको पुस्तक प्रकाशन गरेर जिल्ला जिल्लामा पठाउने तयारी गरेको छ ।

भूकम्पपीडितहरूलाई राहतस्वरूप सरकारले ट्याक्सी नम्बर दिन लागेको हो । सरकारले ट्याक्सी दर्ता लामो समयदेखि रोक्दै आएको छ । गोलाप्रथामा छनोट हुनेहरूले ट्याक्सी नम्बर मात्र पाउने हुन् । ट्याक्सी भने आफैँले किन्नुपर्ने हुन्छ ।

गोलाप्रथा जित्नेहरूले नयाँ ट्याक्सी किन्न पाउने डा पाण्डेले बताए । भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, काभ्रे, गोरखा, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सिन्धुली र ओखलढुंगा जिल्लाका सर्वसाधारणका लागि ट्याक्सी दर्ताको सहुलियत दिन लागिएको हो ।
दृष्टिविहीन व्यक्तिबाट गोलाप्रथा खोल्ने तयारी

गोलाप्रथाका लागि विभागले एक लाख ४९ हजारकै टोकन बनाउने तयारी गरेको छ । त्यसबाट दृष्टिविहीन व्यक्तिलाई छान्न लगाएर गोलाप्रथा खोल्ने तयारी विभागको छ । ‘विगतमा पनि दृष्टिविहीन व्यक्तिमार्फत यस्ता गोलाप्रथा सार्वजनिक गथ्र्यौं,’ विभागका प्रवक्ता डा पाण्डेले भने, ‘यसपटक पनि त्यही तयारी छ ।’

सरकारले २८ जेठ २०७२ मा यससम्बन्धी निर्णग गरेर त्यसको एक वर्षपछि मात्र आवेदन लिएको थियो ।
निर्णय गरेको करिब दुई वर्षपछि ट्याक्सी नम्बर वितरण हुन लागेको हो । (नयाँ पत्रिका दैनिकबाट)

मुनिको भिडियो पनि हेर्नुहोश 



 मुनीको बिज्ञापन पनि तपाईंलाई मनपर्न सक्छ

बिर्सेर पनि खानासँग नखानुहोस् अचार निम्तिन्छन् यी ८ रोग


बिर्सेर पनि खानासँग नखानुहोस् अचार निम्तिन्छन् यी ८ रोग
खानाको स्वाद बढाउनको लागि हामीहरु प्राय अचारको प्रयोग गर्छौँ । तर यो बानीले हामी धेरै रोगहरुलाई निम्ता दिईरहेका हुन्छौँ । जुन हामीलाई थाहा हुन्न । खानासँग गालेको अचारमा धेरै मात्रामा नुन हुन्छ । नुनमा भएको सोडियमले हाम्रो शरीरलाई धेरै नोक्सान पुर्याएको हुन्छ । आज हामी तपाईँलाई गालेको अचार खाँदा हुने १० नोक्सानका बारेमा जानकारी दिँदैछौँ । –खानासँग अचार खाँदा अचारमा हुने सोडियमले शरीरमा क्याल्सियमको मात्रा कम गराउँछ र हड्डी कमजोर बनाउँछ ।


१. खानासँग अचार खाँदा शरीरमा सोडियमको मात्र बढ्छ, जसले रक्तसञ्चारको समस्या शुरु हुन्छ ।

२. अचारमा भएको सोडियमले रक्त सञ्चारमा गडबड गराउँछ । जसले मुटु सम्बन्धि रोगहरुको सम्भावना बढ्छ ।

३. अचारको प्रयोगले दिमागमा पनि असर पुर्याउँछ । जसले गर्दा हृदयघातको समस्या बढ्न सक्छ ।

४. अचार धेरै प्रयोग गर्नाले पेटको क्यान्सरको सम्भावना बढेर जान्छ ।

५. अचारमा भएको सोडियमले क्याल्सियमलाई गलाएर मृगौलासम्म पुर्याउँछ । यसले पत्थरीको सम्भावना बढ्छ ।

६. अचारमा भएको सोडियमले कपाल झर्ने समस्या हुन्छ ।

७. अचारमा भएको सोडियमले शरीरमा पानीको कमी गराईदिन्छ । यसले डिहाईड्रेसनको समस्या हुन्छ ।

८. गालेको गुलीयो अचारमा सुगरको मात्रा धेरै हुन्छ । यसलाई धेरै प्रयोग गर्नाले डायबिटिजको समस्या बढ्छ ।

बिनासुरक्षा दुबइको गगनचुम्बी भवनबाट मोडेलको यस्तो फोटो सुट (भिडियोसहित)



एजेन्सी: तपाईले आफ्नो जीवनमा धेरै प्रकारका फोटोसुटहरु देख्‍नु भएको होला। कोठमा बसेर, कतै पहाडको भित्तामा वा अन्‍य कुनै ताल, नदी वा समुद्रको बीच फोटो सुट गरेको देख्‍नु भएको होला। तर के सयौ तलामाथिबाट तल झर्दै गरेको बेलाको फोटो सुट देख्‍नु भएको छ ?


भर्खरै रुसको एक मोडेलले एउटा खतरनाक फोटो सुट गरेकी छिन्। २२ वर्षीया मोडल भिक्टोरियाले दुबईको गगनचुम्बी भवनबाट बिना सुरक्षा फोटो सुट गरेकी हुन्।

उनले गरेको फोटो सुटलाई सामाजिक सञ्जालमा चर्को आलोचना समेत भएको छ। तर आलोचनासँगै मोडेलको चर्चा समेत चुलिएको छ। उनलाई कसैकसैले साहासी मोडेल समेत भनेका छन्। फोटो खिच्‍ने र खिचाउने दुवैजनालाई गैरजिम्मेबार हर्कत मानेका छन्।


यता, केही मोडेलले भने चर्चा पाउन भिक्टोरियाले यस्तो स्टन्ट गरेको आरोप लगाएकी छिन्।


Flash: ६ दशमलब ३ रेक्टरको धक्का क्षतिको विवरण आउन बाँकी

अर्जेन्टिनामा शक्तिशाली भूकम्प

एजेन्सी । दक्षिण अमेरिकी देश अर्जेन्टिनामा स्थानीय समय अनुसार साँझ ५ बजेर ५५ मिनेटमा शक्तिशाली भूकम्प गएको छ ।



चिलीको सीमा क्षेत्र केन्द्रबिन्दु भएर ६ दशमलब ३ रेक्टरको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । यो क्षेत्रमा केन्द्रबिन्दु भएर पछिल्लो केही महिना यता तेस्रो पटक भूकम्प गएको हो ।

यसअघि ६ दशमलब ४ र ६ दशमलब २ रेक्टर स्केलको भूकम्प सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको द सन ले जनाएको छ ।

भूकम्पबाट पुगेको क्षतिबारे विवरण आउन बाँकी रहेको बताइएको छ ।

Thursday, February 16, 2017

हायल सेन्टर जेलबाट प्रधानमन्त्रीलाई पत्र:‘बाचेर नेपाल फर्केर छोराछोरी हेर्न पाउँ मलाई त्यहीं भए पुग्छ’


सम्मान्निय प्रधानमन्त्री ज्यु, नमस्कार !
म एउटा समान्य कुल्ली हाल साउदिको हायल सेन्टर जेलबाट !
प्रधानमन्त्री ज्यु मलाइ खासै लेख्न त मन केहि थिएन्न तैपनि अन्तिम आशा लिएर आफ्नो वेदना तपाई सामु राख्दैछु ।


हुनत यो पत्र तपाईंले पढ्नु हुन्न भन्ने मलाई जानकारी छ तैपनि म मरेछु भने पनि बाच्नेले अबस्य पढ्ने छन । कहिले युद्ध ,कहिले बन्द ,त कहिले हडताल चपेटाले गर्दा म स्वदेशीन बाध्य भएँ । मैले गाउँमा ऋण गरेरै मिनिबस समेत चलाउन नसक्ने अवस्था भएसंगै साउदी हाानिन् बाध्य भए । गाउँमा भएको त्यहीं पाखो बारी समेत धितो राखेर साउदिको ६० डिग्रीको भतभत पोल्ने तातो घाममा काम गर्न बाध्य भए । खाडिमा कुल्ली बन्न आएको म अभागीलार्इ यस्तो दिन लाग्छ भन्ने के थाहा मन्त्री ज्यु !
पिडित रामचन्द्र तिमिल्सिना


धेरै अधुरो सपनालाई पुरा गर्ने मनैदेखीको त्यो सपना पुरा हुन्छमा धेरै आशावादी नै थियौं । तर साउदीमा आएको केहि दिन त काम र बस्नेको कुनै ठेगाना भएन्न खानाको त कुरौ छोडौं ।केहि समयपछि नेपालमा गरिएको करार नाम भन्दा फरक भए पनि साउदिकै जाबिराह हायल सिमेन्ट कम्पनीमा ड्राइभर काम पाएको थिए । सायद मेरो लागी त्यो काम नै अभिसाप थियो होला ।


मन्त्री ज्यु काम त जसोतसो चल्दै थियो मेरो तर यसरी दैब नै म माथी खनिएपछी मेरो केहि लागेन ।कम्पनीबाट सिमेन्ट लोडगरि कम्पनी कै पार्किङ्मा राखेको मैले चलाउने माहबाहक ट्रकमा पाकिस्तानी नागरिक चढी आएको कार आपसमा ठोकिदा कारमा सवार पाकिस्तानीको घटना स्थलमै मृत्यु हुनु नै मेरो लागी सबैभन्दा ठुलो अभिसाप बन्यो ।
अरुको देश अरुकै शासन अरुकै कानुन म एउटा सामान्य कुल्ली मैले बोलेको कस्ले सुन्ने त्यहाँ । भन्नेले त घरदेशसम्म पनि रक्सी खाएर गाडी चलाएको भन्ने गलत सन्देश गाउँगाउँमा भनि सकेका रहेछन तर कठै साउदिको ठाउँ त्यो पनि गाडी चलाउने ड्राइभर कसरी खाने कसरी चलाउने ? केहि ज्ञान त मलाई पनि थियो बिदेशी भुमिको ठाउँ रक्सी खाएर सबारी चलाउँदा कस्तो स्थिति हुन्छ भन्ने र म सजक पनि थिए तर आफ्नो दिनै बिग्रेपछी कस्लार्इ दोस दिनु ।

पार्किङमा दुर्घटना भए पस्चात पाकिस्तानी र अन्य धेरै मानिसको बाक्लो भिड थियो ।अनाहकमा मलाई योजनाबद्द रूपमा फसाउन केहि पाकिस्तानीहरु मिलेर मैले चलाउने गाडीभित्र बियरका खाली बोतल समेत हाल्दिएछ्न जुन प्रहरीले खोजी गर्दा फेला पार्यो । देख्ने र भन्नेलार्इ त रमिता भयो तर मैले आशुको भेल बगार्इ हप्ता दिनसम्म खानानखाइ आफ्नो देश परिवार र आफन्त सम्झिएर त्यो कालो कोठरीमा रोएको कुरा कस्लार्इ के था ? मन्त्री ज्यु हो म धेरै नराम्रो सग फसे । यो खाडिमा काम गर्न कम्पनीले बिमा समेत गरेको रहेनछ जुन कुरा मैले म जेल परेको २१ दिनपछी कम्पनीको मालिक आएर मेरो केस सरकारको नाममा गरेपछी बल्ल थाहा पाए । साउदिको कानुन कठोर र कुर भन्ने जानकारी मलाई पहिलै थियो मन्त्रीज्यु त्यसैले मैले बाँच्ने आशामा मारेर दिन रात रुन बिवस भए ।

समय पनि बित्दै गयो मलाई थुनामा राखेको २१ महिनापछी लामो सम्पर्क र खोजी गर्दा बल्लबल्ल आफ्ना आफन्त सम्पर्कमा आए र उनीहरुको माग अनुसार मलाई साउदिको बिशेष अदालतले मृतकका परिवारलार्इ क्षेतिपुर्तीका लागी साउदी रियल (३ लाख )झण्डै नेपाली ९९००लाखको फैसला सुनायो र समय केहि महिना थप गरि पुन: थुनामा पठायो । मन्त्रीज्यु म एउटा समान्य गरिब किसान को छोरा त्यहीं माथी स्वदेशको ऋण र भुकम्प पीडित कसरी तिरौ यत्रो रकम त्यसैले मन मनै अब नेपाल फर्कन नसक्ने कुरा सोच्न बिवस भए ।

मलाई सतायो परिवार अनि ति साना नानिहरुको मायाले जस्लार्इ मैले राम्रो सग खेलाउन समेत पाएको छैन । हुनत अब आशा पनि कताबाट गरौ सहयोग मागौ थोरै पैसा हैन सरकारको आशा गरौ भने मन्त्री ज्युको कार्यलय मै बिन्तिपत्र आउँदा समेत कुनै वास्ता भएन्न । अब दूतावासको त के आशा गरौ र म भेट्न् र बुझ्न समेत आउन मान्दैन न त फोन नै उठाउछ समयमै । सायद आज अफ्गानिस्तानको जेलमा भएको भए सरकारले पक्कै पनि छुटाउथ्यो होला मलाई पनि तर खाडिको जेलमा न परे म ।

मलाई ठुलो आशा थियो र अझै केहि बाँकी छ मन्त्री ज्यु तपाईंको नाम म जेल भित्र रहंदा पनि धेरै सुन्छु विभिन्न मिडियाबाट तपाईं झुक्दै नझुक्ने नेपालको छोरा राष्ट्रप्रेमी विदेशमा बिच्चली भएकाहरु उद्दार तत्काल गर्नु भएको थियो रे । तर म मरेर हैन मन्त्री ज्यु जिउदैं नेपाल फर्कन चहान्छु मेरा बालबच्चालाइ म दुखै गरेर भयनी केहि पढाउन चहान्छु। बिन्ती गर्छु मन्त्री ज्यु मलाई बचाउनु होस्। सास भएसम्म आश भनेझै मलाई कता ता थोरै भएनी आशा छ मन्त्री ज्यु बाँचेरै स्वदेश फकने अनि दुखसुख गाउँघरमा गरेरै भए पनि परिवार सग रमाउने ।
कठै कस्ता अभागी रहेछौ मन्त्री ज्यु हामी आज अल्पाआयु मै बिदेशी भुमिमा फासिमा चडनु पर्न कस्तो कर्म हाम्रो ।आज यहाँ म जस्ता सयौ पीडित छन् माननिय मन्त्री ज्यु म त एउटा ठुलो चोट परेको मात्रै देखिएको छु । कस्ले सुन्ने यहाँ, हामीले पसिना बेचेर पालेको दूतावास मात्रै कमाई खाने थलो बनायका छन न कहिलै हाम्रो पिडा सुन्न आउछन त । न कहिलै सहयोग त्यसैले बिडम्बना आज सरकार पनि कहिले आउला रातो बाकस र सलामी दिउला भनि कुरेर बसेको छ ।तर मन्त्री ज्यु मलाई हजुर प्रति आशा छ यदि हजुर साँच्चै नेपाल र नेपाली प्रति उत्तरदायी हुनु हुन्छ भने यि र यस्ता समस्यामा पक्कै ध्यान दिनु हुनेछ ।

अन्तमा स्अब मेरो नेपाल फर्कन रहर पुरा होला नहोला म भन्न सक्दिन तर मन्त्री ज्यु म जस्तै अरु युवाले आफ्नो प्राणको भिख यसरी खाडिमा आएर यो काल कोठरीबाट माग्नु नपरोस तपाईंहरुको राजनीतिक खिचातानी बन्द होस र युवाहरुले स्वदेश मै रोजगारी गर्न मौका पाउँन । म मरेर गएपनी मेरो देश नेपाल बाँची रहोस भन्दै मेरो एउटा मात्रै इच्छा जन्म भुमिमा टेक्ने भएको हुँदा सम्पुर्ण नेपाली दाजुभार्इ दिदिबहिनी तथा नेपाल सरकार सग यो अन्तिम पत्र पेस गर्दै बिदा हुन्छु नमस्कार ।
धन्यवाद ।

(उहि अभागी: रामचन्द्र तिमल्सिना कालकोठरीबाट, हाल साउदी हायल सेन्टर जेलबाट।)

कतारमा कम्पनी बन्द भएपछि नेपाली भोकभोकै अलपत्र

कतारमा कम्पनी बन्द, नेपाली अलपत्र

कतारको स्केल ट्रेडिङ एण्ड कन्ट्रक्टिङ कम्पनी बन्द भएपछि झन्डै २ सय २० कामदार अलपत्र परेका छन् । जसमा ८० जना नेपाली कामदार छन् । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

कम्पनी सञ्चालक सम्पर्कविहीन भएपछि ती कामदारले चार महिनादेखि तलबसमेत पाएका छैनन् । गत डिसेम्बर २८ देखि काम बन्द भएपछि उनीहरू सनैया–४१ स्थित लेवर क्याम्प बस्दै आएका छन् ।

‘हामीले अक्टोबर महिनाबाटै तलब पाएका थिएनौं । तलब नपाए पनि काम गर्दै आएका थियौं । कम्पनी मालिक नै सम्पर्क नभएपछि डिसेम्बर २८ बाट काम छाडेर क्याम्मै बस्दै आएका छौं,’ कम्पनीका ड्राइभर रहेका धादिङका रत्न लामाले कान्तिपुरलाई भने,‘अहिले हामीलाई दिनहुँ छाक टार्न समस्या पर्न थालेको छ ।’



ती कामदारहरू अधिकांश दुई वर्षअघि मिथिला र सेफल्याण्ड म्यानपावरबाट गएका थिए । ८ जना मात्रै ८ महिना अगाडि पुगेका हुन् । उनीहरूले लसेलस्थित व्यक्तिको घर बनाउने काम गर्दै आएका थिए । उनीहरू सबै गैरकानुनी हैसियत भइसकेका छन् । ‘हामी सबैको आईडी कार्ड (परिचयपत्र)को म्याद सकिसकेको छ । प्रहरीले चेकजाँच गर्दा पक्राउ परिन्छ । दिनभर राखेर बेलुका छाडिदिन्छ,’ अर्का पीडित धनुषाका अजय चौधरीले भने, ‘हामी स्वदेश फिर्न चाहन्छौं । तर सकिरहेका छैनौं ।’

अधिकांश कामदारले ४ देखि ५ हजार रियाल (एक लाख ५० हजार रुपैयाँसम्म) तलब लिन बाँकी छ । उनीहरूले आफूहरूलाई उद्धार गरी स्वदेश पठाउन कतारको उच्च अदालत, श्रम विभाग र खोज तथा अनुसन्धान विभागमा समेत पुगेको बताए । ‘कतैबाट केही सहयोग पाइएको छैन । बस्न समस्या छैन तर खाना समस्या भइसक्यो,’ उनले भने,‘जेनतेन साथीभाईसँग सहयोग लिएर दैनिकी चलाउदै आएका छौं ।’

कतारस्थित नेपाली दूतावासले पीडित कामदारले समस्या समाधान गर्न कतार सरकारलाई आग्रह भइसकेको जनाएको छ । ‘पीडितको समस्या समाधान गर्न दूतावासले सम्बन्धित निकायलाई पत्र पठाइसकेका छौं,’ दूतावासका एक अधिकारीले भने,‘हाम्रो तर्फबाट पनि कामदार र कम्पनी प्रतिनिधिसँग समन्वय गरिरहेका छौं ।’

कम्पनी प्रतिनिधिले आर्थिक समस्या आएकाले कामदारलाई तलब भुक्तानी गर्न कठिनाई भएको र स्वदेश पठाउन नसकिएको जनाएको छ । दूतावासले स्वदेश फिर्नेलाई नेपाल पठाइदिन र कतारमै बस्न चाहनेलाई ‘रिलिज’ (अर्को कम्पनीमा काम गर्न पाउने अनुमति) दिन कम्पनी प्रतिनिधिलाई अनुरोध गरेको छ । प्रतिनिधिले कामदारको इच्छा अनुसार स्वदेश पठाउन र कतारमै राख्न आफुहरू तयार भएको प्रतिबद्धता दिएको दूताबासले जनाएको छ ।

अमेरिका हिँडेका तीन सय भन्दा बढी नेपाली मेक्सिकोमै रोकिए

हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर त्यहाँ पुगेका हुन्, २३ नेपाली अमेरिकी जेलमा


सन् २०१३ मा अमेरिकी बोर्डर सेक्युरिटी फोर्सले मेक्सिकोको सीमा क्षेत्रमा पक्राउ गरेका गैरकानुनी आप्रवासीहरु । फाइल तस्विर: एएफपी ।
फाल्गुन ५, २०७३- अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अड्किएका छन् । अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लाग‍ेर उनीहरु २३ महिनासम्म समय लगाएर त्यहाँ आइपुगेका हुन् । सामान्य पढेलेखेकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो रोजेका हुन् । उनीहरुले न्युनतम ४० देखि अधिकतम ७५ लाखसम्म खर्चेका छन् । आरम्भमा २० देखि २५ भनिने तर बाटोमा थप रकम माग्दै जानले लागत रकम बढ्ने गरेको हो ।

त्रिभुवन विश्व विद्यालयबाट स्तानकोत्तर गरेका तुल्सिपुर दाङका सुलभ भट्टराईले आफ्नो नाम सबै स्थानमा परिवर्तन गरेर आएको जानकारी दिए । उनले नागरिकतादेखि विद्यालय सर्टिफिकेटमा समेत नाम परिवर्तन गरेका छन् । उनी अमेरिका प्रवेश गरेको चार साता भइसकेको भए पनि उनकै टोलीमा रहेका कैयनले अमेरिका प्रवेश गर्न पाएका छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा कडाई र आप्रवासीप्रति कडा नीति लिएपछि नेपाली र अन्य मुलुकका त्यसरी गैरकानुनी रुपमा प्रवेशी गर्न चाहनेहरुलाई असहज भएको हो । भट्टराईले असहज अवस्थाबारे वासिङटन डीसीस्थित नेपाली दूतावासलाई जानकारी गराएका छन् ।

डीसीस्थित नेपाली दूतावासमा पनि मेक्सिकोमा नेपालीहरु अलपत्र परेको खवर आएको छ । यद्यपी ति नेपालीहरु महिनौ लगाएर आएका हुनाले अलपत्र पनि कसरी भन्नु भन्दै उनीहरुको बारेमा जानकारी लिने काम भइरहेको दूतावासका एक अधिकारले जनाए । मेक्सिकोको जेलमा परेका छन् कि भनेर दूतावासले मेक्सिकोको सरकारलाई पत्राचार गर्दा त्यहाँको जेलमा कुनै पनि नेपाली नरहेको पत्र दूतावासलाई आएको छ । ‘डीसीमा रहेको मेक्सिकोको दूतावासले यसै साता दिएको पत्रमा कोही पनि नेपाली मेक्सिकोका जेलमा छैनन भनिएको छ,’ ति अधिकारीले भने ।

पछिल्लो समय अमेरिकाको विभिन्न राज्यको जेलमा नै २३ जना नेपाली रहेको दुतावास स्रोतले बताए । अन्य कारणबाट अरु नेपाली पनि हुनसक्छ तर पछिल्लो समय कागजपत्र नभएकाहरु यसरी अमेरिकी जेलमा रहेका हुन् । विना भिसाअमेरिका बसेको कारण उनीहरु जेलमा रहेको कतिपयले केश गर्दै स्वदेश फर्कन अस्वीकार गरेकाले अमेरिकन अध्यागमनले उनीहरुको बारेमा बुझ्ने काम गरिरहेको ति अधिकारीले बताए । कुनैपनि खाले अपराधमा नरहेकालाई अमेरिकी अध्यागमनले खासै चासो राख्दैन । तर, अहिले भने युरोपमा झैं अमेरिकी प्रहरीले सोधी खोजी गर्ने र कागजपत्र नभएकालाई फर्काउने नीति अख्तियार गर्न थालेको छ ।

‘बुझेकै नेपाली पनि यसरी आएका छन् भन्ने सुनेको छु । समस्यामा परेको नेपालीलाई उद्दार गर्ने हो । आउने नेपालीहरु नै यसलाई समस्याको रुपमा मान्दैनन् । अवैधानिक रुपमा आएकाहरुको खोजी गर्ने र बुझ्ने काम गरिरहेका छौ,’ राजदूत डा. अर्जुनकुमार कार्कीले कान्तिपुरसंग भने, ‘हामीले दक्षिण अमेरिकी मुलुक र अमेरिकासंग पनि सम्पर्क गरेर नेपालीको अवस्था बुझ्ने र डाटा राख्ने काम गर्न थालेका छौं ।’

अधिकारीहरुका अनुसार यतिबेला कतिपय नेपालीलाई भने सीमा तोकेर खुट्टामा चिप्स राखेर पनि छाडेको छ । ट्रम्प राष्ट्रपति हुनु अगावै देखि नै यस्ता ब्यक्तिहरु रहने गरेका छन् ।  तर, दूतावासले अनिवार्य नेपाली उपस्थित भएपछि मात्र राहदानी बनाउने नीति लिएपछि त्यस्ता नागरिकले आफू आउन नसक्ने भन्दै स्काइप वा भाइबरमा आफ्नो जानकारी दिन थालेका छन् । तर, पनि दूतावासले आवेदन दिंदा वा राहदानी लिन आफै उपस्थित हुन पर्ने भन्दै दूतावासमा आउनै पर्ने बाध्यकारी नियम लागु गरेको छ । जुन आवश्यक थियो । नागरिकतालगायतका कागजात समेत नक्कली आउने र विदेशीले नेपाली राहदानी लिने हुनाले अनिवार्य उपस्थिति आवश्यक पर्छ । अमेरिकामा तीन लाख बढि नेपाली रहेको अनुमान छ तर एकिन तथ्यांक कसैसंग छैन । गत बार्ष मात्र अवैध रुपमा दुई हजार बढि नेपाली स्थलमार्गबाट आएको अनुमान छ ।

नेपालमा अवसर नदेखेपछि लाखौ खर्चेर नेपालीहरु अमेरिका आउने गरेका हुन् ।  तान्जानिया, केन्याबाट दक्षिण अमेरिका हुदै मेक्सिको पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने गरेका छन् । यो बाटो क्युवीयन रुट भनेर चिनिन्छ । कतिपयले सेटिङ मिलाएर दिल्लीबाट मेक्सिकोको भिसा लिएर मेक्सिको आउने र त्यहाँबाट अमेरिका प्रवेशको दाउ हेर्ने गरेको पनि बताइएको छ ।

निकारागुवा, पानामा, होण्डुरस, कोलम्बियालगायत मुलुकका जेलमा नेपाली छन् । दक्षिण अमेरिकी देशले नेपालीप्रति केही लचकता र सम्मान रहने भएकोले नेपालीसँग मिल्दोजुल्दो विदेशीले पनि नेपाली भन्दै आउने गरेका छन् । भुटानी, फिजि, मरिसस, भारत, मलेसिया र बंगालीलगायतले नेपाली भन्ने कतिले नेपाली राहदानी नै बोकेर आउने गरेको समेत जानकारी दूतावासलाई आएको छ ।

तर, पछिल्लो समय अमेरिकामा आप्रवासीका कठिन दिन सुरु भएको छ । त्यस्तै दक्षिण अमेरिकी मुलुकले पनि अमेरिका पठाउने भन्दा समातेर सम्वन्धित मुलुक फिर्ता गर्न थालेको छ । यसरी फिर्ता गर्दा अमेरिकाले उनीहरुलाई सघाउने समेत गरेको अधिकारीले बताए । एक पटक पनि भिसा नलिएको नेपालीलाई छानविनको दायरामा राख्ने र फर्काउन समेत सक्ने अवस्था छ । कतिपय भिसामा आएर पनि शरणार्थीमा आवेदन दिने र बस्ने गरेका छन । कैयनले आफ्नो मुलुकको ‘एक्स्ट्रा अर्डीनरी’ नागरिक भन्ने प्रमाणित गर्दै ग्रिनकार्ड समेत भर्ने गरेका छन् । त्यसमा कैयन सफल पनि भएका छन । आउँदा दिनमा त्यस्ता कार्यलाई रोक्ने तयारी अमेरिकी सरकारको छ ।


अवैधानिक मात्र होईन, वैधानिक आप्रवासी पनि आप्रवासन सुधारका कदमबाट त्रसित छन् । राष्ट्रपति ट्रम्पको आप्रवासन सुधार एवं सशक्तिकरण अभियान र कानुन कार्यान्वयन एजेन्सीको पछिल्लो गतिविधिले यस्तो अवस्था निम्तिएको हो ।

सन् १४९२ मा कोलम्वस पहिलो पटक अमेरिका आएपछि अमेरिका आप्रवासीबाटै बनेको मुलुक भएपनि पछि आएका आप्रवासीहरुले यहाँ रहेका अमेरिकीको जागिर खोसिएको बुझाई रिपब्लिकनहरुको छ । विश्वभरबाट अमेरिकामा प्रवेश गर्दै कैयन पुस्ता यही वितिसकेका पनि छन् । आप्रवासन सुधार ट्रम्पको चुनावी नारा ‘मेक अमेरिका ग्रेट अगेन’ संगै जोडिएकोले यसमा कडाई हुने र अवैध प्रवेशले दुख पाउने भन्ने विषय प्राय: निश्चित रहेको दूतावास अधिकारीहरु बताउँछन ।

राष्ट्रपति ट्रम्पले पहिलो कार्यकारी आदेश जारी गर्दै सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिवन्ध, शरणार्थी कार्यक्रममा एक सय २० दिन रोक लगाउने काम गरेका थिए ।  सिरियाली शरणार्थीलाई पनि अमेरिकाले रोक्यो । डीसी, न्यूयोर्क, सान फ्रान्सिस्को, शिकागो जस्ता शहरमा प्रदर्शन पनि भए । त्यतिमात्र होइन जसको कानुनी प्रतिवाद नै भयो । केही राज्यको अदालतले सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा लगाईएको प्रतिवन्ध अवैधानिक भएको फैसला गरे जसले राष्ट्रपतिलाई पछि हट्न बाध्य भएपनि युरोपीयन तरिका अपनाउदै अध्यागमनलाई सक्रिया बनाइएको छ ।

Wednesday, February 15, 2017

देशभरको मौसममा आंशिक बदली, पानी पर्न सक्ने


काठमाडौं, ५ फागुन । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार राजधानी लगायत देशभरको मौसममा आंशिक बदली देखिएको छ । यो क्रम आगामी शुक्रबारसम्म हुन सक्ने महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । बुधबार पनि राजधानीमा आंशिक बदली देखिएको थियो ।



आशिंक बदली हुँदा सामान्य पानी पर्न सक्ने कँडेलले बताइन् । विभागका अनुसार यस अवधिमा ठूलो वर्षा भने हुनेछैन । हरेक वर्ष हिउँदमा पश्चिमी वायु आउने गर्दछ । पछिल्लो समय हल्का जलवाष्प आइरहेको छ ।

आशिंक बदली हुँदा भिजिबिटिली पनि घटेको छ । काठमाडौंको भिजिबिलिटी ६ किलोमिटर रहेको छ । चिसो घट्ने समय हुन थाले पनि आंशिक बदलीका कारण तापक्रम विस्तारै घटेको छ ।

Tuesday, February 14, 2017

डडेल्धुरामा जीप दुर्घटना, ५ जनाको मृत्यु


डडेल्धुरा, फागुन ४ – डडेल्धुरा सदरमुकाम नजिकै जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । बुधबार बिहान साढे ११ बजेतिर भागेश्वरबाट सदरमुकामका लागि छुटेको से १ ज ८३३ नम्बरको जीप आइतबजार नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । दुर्घटनामा पाँच जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान जानेको परिचय खुलेको छैन । जीपका चालकसहित अन्य पाँच जना घाइते भएका छन् ।
जीपमा चालकसहित १० जना रहेको प्रारम्भीक अनुमान छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । घाइतेलाई उपचारका उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ ।