Wednesday, March 15, 2017

यौन सम्पर्कपछि महिलाले सोच्छन् यी १० कुरा.. ..

मानव जीवनका लागि यौन सम्पर्क एक पाटो हो । यो सबैलाई आवश्यक हुन्छ । तर, पुरुष भएकै कारण कसैले आफ्नो जोडीले के सोचिरहेकी छन् भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । महिलाले यौन सम्पर्कपछि के सोच्छन् ? रक्सी सेवन गर्ने चाहना यौन सम्पर्कपछि केही महिलालाई रक्सी सेवन गर्ने मन पनि हुन्छ । त्यो बेला उनलाई रक्सीले आफूलाई फाइदा गर्छ वा गर्दैन भन्ने थाहा हुँदैन । भोक लाग्नु यौन सम्पर्कका क्रममा शक्ति खर्च हुन्छ । यसकारण तपाईको जोडीले भोक लागेको महशुस गरेका हुन्छ । तपाईप्रति सकारात्मक यदि यौन सम्पर्कका क्रममा तपाईले जोडीलाई सन्तुष्टी दिन सक्नुभयो भने उनले यौन सम्पर्कपछि तपाईप्रति सकारात्मक सोच्न थाल्छिन् । चाहे उनले यसको संकेत दिन पनि सक्छिन्, नदिन पनि सक्छिन् । समय अभाव भएको महशुस महिला जोडीलाई यौन सम्पर्कका क्रममा समयलाई लिएर तपाईप्रति निकै अपेक्षा हुन्छ । उनले तपाईलाई खरो रुपमा उत्रेको देख्न चाहन्छिन् । नभए उनी निराश समेत हुन्छिन् । यौन सम्पर्क एक काम कुनै महिला यौन सम्पर्कलाई एक महत्वपूर्णका कार्यका रुपमा लिन्छिन् । जुन पुरा हुने वित्तिकै आफ्नो अर्को काममा लाग्ने गर्छिन् । यौन सम्पर्क गरेकोमा विश्वास नलाग्नु कयौं पटक महिलाहरुलाई आफूले कसैसंग यौन सम्पर्क गरेको कुरा पत्याउन गाह्रो पर्न सक्छ । यस्तो दुइवटा परिस्थितीमा हुन सक्छ । पहिलो, जब यौन सम्पर्क गर्ने व्यक्ति पहिलो पटक यौन सम्पर्क गरिरहेका छन् र दोस्रो, जब महिला जोडीलाई आशा गरे विपरित सम्पर्क भएमा ।
म उनको लागि ठीक थिएँ ? यौन सम्पर्कपछि कतिपय महिलाको मनमा आफू आफ्नो जोडीको लागि ठीक थिएँ त भन्ने कुरा पनि मनमा लाग्ने गर्छ । उनी आफूसंगको सम्पर्कबाट आफ्नो जोडी सन्तुष्ट भयो वा भएन भन्ने बारेमा पनि जान्न चाहन्छिन् । उसले गर्ने मायामा फरक त पर्दैन कैयौं पटक महिलाहरुलाई यौन सम्पर्कपछि आफ्नो जोडीले पहिलेको जस्तै माया गर्छ कि गर्दैन भन्ने कुरामा दुविधा हुन्छ । यस्तो विषयले महिलाहरुलाई बढी सोच्न बाध्य बनाउँछ । मैले यो के गरेँ ! यदि कुनै महिला आफ्नो श्रीमान वा ब्वाइफ्रण्डलाई धोका दिएर अन्य कसैसंग यौन सम्बन्ध राख्छिन् भने उनलाई आफूले यो के गरेको भन्ने मनमा खेल्ने गर्छ । उनलाई पछि आफूले यस्तो गर्न नसक्ने सोच्छिन् । दोस्रो पटक पनि गर्न सक्छौं ? कुनै बेला महिलाहरु यौन सम्पर्कबाट यति धेरै सन्तुष्ट हुन्छिन कि उनी अर्को पटकका लागि पनि तुरुन्तै तयार हुन्छिन् । त्यसका लागि आफ्नो जोडीको मन तान्न थाल्छिन् ।

​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठूलो दुर्घटनाबाट जोगियो, निगमको जहाजबाट चार हजार लिटर इन्धन चुहियो

काठमाडौं : उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट हवाई इन्धन लिक हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दूर्घटनाबाट जोगिएको छ। मंगलबार साँझ काठमाडौंबाट हङकङका लागि सेड्युल उडान रहेको नेपाल वायुसेवा निगमको नयाँ एयरबस ३२० जहाजबाट इन्धन लिक भएपछि करिब एक घण्टा उडान रोकिएको थियो। साँझ ७ बजेर ३० मिनेट जाँदा हङकङका लागि उडान भर्न तयार रहेको जहाजमा यात्रुहरुले बोर्डिङ पास लिएर जहाजमा चढ्ने तर्खर हुँदै गर्दा निगमको एयरबस ३२० जहाजको दायाँ पखेटाबाट एक्कासी तेल चुहिन थालेपछि एयरपोर्टमा सनसनी मच्चिएको विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। 'आज भयङ्कर ठूलो दुर्घटनाबाट विमानस्थल जोगिएको छ', ठाकुरले भने, 'एकछिनमात्र ढिला भएको भए धेरै जहाज र विमानस्थलमा क्षति पुग्थ्यो।' विमानस्थलका कर्मचारीको संयमतापूर्ण कामले पूरै विमानस्थल दुर्घटनाबाट जोगिएको उनले बताए।
विमानस्थलको जहाज पार्किङ वे मा रहेको विमानबाट इन्धन लिक हुँदा निकै समय त्रासदि मच्चिएको थियो। ७ बजेर ३० मिनेटबाट बन्द भएको विमानस्थल ८ बजेर ३० मिनेट जाँदा बल्ल सामान्य अवस्थामा आएको थियो। जहाजबाट इन्धन लिक भएपछि विमानस्थलका सम्पुर्ण दमकल र एम्बुलेन्स तथा उपत्यकाका सम्पूर्ण दमकलहरु स्ट्यान्डवाई राखिएको थियो। जहाज उडान रोकिएपछि यात्रुहरुलाई निगमले अर्को जहाजमा राखेर बोर्डिङ गरिएका यात्रुहरुलाई पठाएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले बताए। उनले के कारणले इन्धन लिक भएको हो त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए। अहिले विमानस्थल नियमित रुपमा सुचारु भएको छ। जहाजबाट कति इन्धन बाहिरियो भनेर यकिन नभएको र त्यसको पनि अनुसन्धान भइरहेको उनले बताए। विमानस्थल स्रोतका अनुसार विमानको दायाँ पखेटा छेउबाट करिब चार हजार लिटर इन्धन लिक भएको थियो। source : Pahilopost

कामुक महिलाहरुले सबैभन्दा बढी यस्तो आसनमा सेक्स गर्न रुचाउँछन्

काठमाडौँ । सेक्समा महिला र पुरुषका आ आफ्नै रुचि हुन्छन् । पुरुष हर कुनै आसनमा पनि सेक्स गर्न तयार रहन्छन् भने महिलाहरुले भने आफ्नो रोजाईको आसनलाई बढी प्रयोग गरिदिन आफ्ना सेक्स पार्टनरलाई आग्रह गर्ने गरिएको हालैको एक अध्ययनले देखाएको छ । जसमध्येको मुख्य एक हो काउगर्ल पोजिसन । यो पोजिसनलाई सबैभन्दा सेक्सी पोजिसन पनि भनिन्छ । यो पोजिसनमा महिला पुरुषमाथि रहन्छन् अर्थात् पुरुष तल भएर सहवास गरिन्छ । जसमा महिलालाई कुनै तौलले नथिच्ने हुँदा निर्धक्कसँग उनीहरुले आर्गेम्जको अवस्था सिर्जना गर्न सक्छन् । त्यस्तै डग पोजिसनबाट महिलाले सबैभन्दा बढी आनन्द पाउँछन् । यो पोजिसनमा सेक्स गर्न उनीहरू एकदमै लालायित हुने देखिएको छ । यसलाई सर्वाधिक लोकप्रिय सेक्स पोजिसन पनि मानिन्छ । प्रायः महिलाले आफ्नो पुरुष साथीले यही पोजिसनमा सेक्स गरोस भन्ने चाहना राख्छन् । यौनसाथीहरू एक(अर्काको साइडमा चम्चा खप्टिएझैं गरी गरिने सेक्सको पनि धेरै नै अभ्यास हुन थालेको उक्त अध्ययनले देखाएको छ । ओएस नेपालबाट

Tuesday, March 14, 2017

How to Make Money Without Working

How to Make Money Without Working That’s right, you can totally get rich without putting in any effort.

श्रीमान विदेश पठाएर आफ्नै देवरसँग यौन सम्बन्ध, झगडा भएपछि भाउजुले गरिन् हत्या

बागलुङ, २ चैत- बागलुङ नगरपालिका–१३ पैंयुपाटाका रीता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ । ‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि नेपालीले सहयोगीमार्फत देवरको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । घटनाका दोषी २६ वर्षीया नेपाली र ३२ वर्षीय टेकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।
गत शुक्रबार राति रीता र टेकबहादुर मिलेर विनोदको घाँटी थिची हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङले बताउनुभयो । यौन सम्बन्ध राख्दै आएका भाउजू र देवरबीचको झगडाले हत्याको रुप लिएको हो । “झगडा बढ्दै गएपछि रीताले टेकबहादुरलाई घरमै बोलाइ दुवै जना मिलेर विनोदको हत्या गरेको पाइएको छ,” खापुङले भन्नुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ । हत्यापछि ‘आत्महत्या’ भनि देखाउन विनोदको शव रीताकै कोठामा पटुकीको सहायताले झुन्डाइएको थियो । शव र घटनास्थलको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । रीताले देवरसँग यौन सम्बन्ध राख्दै आएको प्रहरीसामु स्वीकारेकी छिन् । हत्यामा संलग्न टेकबहादुर र रीताबीच समेत अनुचित सम्बन्ध रहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । रीताका श्रीमान् विगत चार वर्षदेखि रोजगारीका क्रममा मलेसियामा छन् । टेकबहादुरकी श्रीमती समेत मलेसियामै रहेकी छन् ।

ह्वातै घट्यो सुनको भाउ यस साताकै सस्तो

काठमाडौं, २ चैत। आज पनि सुनको भाउ घटेको छ । आज सुन तोलामा ६ सयले घटेर तोलाको ५३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि हिजो सुन तोलाको ५३ हजार ८ सयमा कारोबार भएकोथियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोलामा १० रुपैयाँले घट्दा आज तोलाको ७ सय ७० रुपैयााँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रचण्ड सरकारले नेपालमा ल्यायो ट्रम्प नीति, अवैध अमेरिकी भेट्नासाथ च्याप्प समातेर फिर्ता


काठमाण्डु, २ चैत– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध बसोबास गर्ने विदेशीलाई देशनिकालाको अभियान चलाएकै बेला नेपालमा पनि गैरकानूनी रुपमा अड्डा जमाएर बसेका विदेशीलाई सरकारले खोजीखोजी डण्डा लगाउने भएको छ ।

अध्यागमन विभागले नेपालमा लुकिछिपी बसेका करिब १० हजार विदेशीलाई जरिवानासहित देश निकाला गर्ने तयारी थालेको हो । विभिन्न वैध र अवैध धन्दा चलाएर बसेकाहरुको खोजी गरी राजश्व असुलेर फिर्ता पठाउन विभागले अनुगमन निर्देशिका बनाइरहेको छ । निर्देशिका बन्नासाथ टोली खटाई धर्मप्रचार, जासुसी, अवैध मुद्राको कारोबारदेखि लागुऔषध ओसारपसारमा समेत संलग्न युरोपियन मुलुकका नागरिकदेखि बंगालादेशी, पाकिस्तानी, स्विस, तिब्बेतीयन निशानामा पारिनेछन् ।



यस्ता विदेशीलाई पक्रिएर अध्यागनमको हिरासतमा राखिनेछ । यिनीहरुमध्ये अधिकांशले लाखभन्दा बढी भिसा शुल्क बुझाउनुपर्नेछ ।  भिसा शुल्क बुझाउनेले सजिलै स्वदेश फर्कन पाउने भए पनि सक्दिन भन्नेले चाहिं जेलमै बस्नुपर्छ । केही दिनअघि मात्र पक्राउ परेका ३३ जना बंगलादेशी नागरिकमध्ये कसैले पनि भिसा शुल्क बुझाउन नमान्दा अहिले केन्द्रीय कारागारमा पाहुना बनेका छन् ।

अवैध रुपले नेपाल प्रवेश गरी कामदारका रुपमा हाउजिङमा कार्यरत यिनीहरु कोहीसँग पनि पासपोर्ट, भिसा तथा अन्य कागजात थिएन । कुबेत, साउदीलगायत मुलुकमा नेपाली कामदार पठाए झैं बंगलादेशबाट पनि गैरकानूनी रुपमा कामदार नेपाल भित्र्याइने गरेको बताइन्छ ।

यस्ता कामदारको जिम्मा ठेकेदारले लिने, काम उनैले लगाइदिने र खाने–बस्ने व्यवस्था मिलाउनुका साथै तलब र सुविधासमेत निर्धारण गर्ने गरेको पाइएको छ । अमेरिकी लगायत युरोपियन मुलुकका हजारौं गोरा अनुहार अहिलेपनि गाउँगाउँमा देखिन्छन् । यीमध्ये अधिकांश धर्म प्रचारमा संलग्न रहेको बताइन्छ ।
अब देशभरका प्रहरी चौकीले विदेशी नागरिक देख्नासाथ कागजपत्र खोज्नेछन् । नेपालमा अवैधरुपमा बस्ने विदेशीको संख्या १० हजार जति हुनसक्ने गहृकै अधिकारी बताउँछन् ।
जनआस्था साप्ताहिक