काठमाडौं : उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट हवाई इन्धन लिक हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दूर्घटनाबाट जोगिएको छ। मंगलबार साँझ काठमाडौंबाट हङकङका लागि सेड्युल उडान रहेको नेपाल वायुसेवा निगमको नयाँ एयरबस ३२० जहाजबाट इन्धन लिक भएपछि करिब एक घण्टा उडान रोकिएको थियो।
साँझ ७ बजेर ३० मिनेट जाँदा हङकङका लागि उडान भर्न तयार रहेको जहाजमा यात्रुहरुले बोर्डिङ पास लिएर जहाजमा चढ्ने तर्खर हुँदै गर्दा निगमको एयरबस ३२० जहाजको दायाँ पखेटाबाट एक्कासी तेल चुहिन थालेपछि एयरपोर्टमा सनसनी मच्चिएको विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरले बताए।
'आज भयङ्कर ठूलो दुर्घटनाबाट विमानस्थल जोगिएको छ', ठाकुरले भने, 'एकछिनमात्र ढिला भएको भए धेरै जहाज र विमानस्थलमा क्षति पुग्थ्यो।' विमानस्थलका कर्मचारीको संयमतापूर्ण कामले पूरै विमानस्थल दुर्घटनाबाट जोगिएको उनले बताए।

विमानस्थलको जहाज पार्किङ वे मा रहेको विमानबाट इन्धन लिक हुँदा निकै समय त्रासदि मच्चिएको थियो। ७ बजेर ३० मिनेटबाट बन्द भएको विमानस्थल ८ बजेर ३० मिनेट जाँदा बल्ल सामान्य अवस्थामा आएको थियो।
जहाजबाट इन्धन लिक भएपछि विमानस्थलका सम्पुर्ण दमकल र एम्बुलेन्स तथा उपत्यकाका सम्पूर्ण दमकलहरु स्ट्यान्डवाई राखिएको थियो।
जहाज उडान रोकिएपछि यात्रुहरुलाई निगमले अर्को जहाजमा राखेर बोर्डिङ गरिएका यात्रुहरुलाई पठाएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले बताए।
उनले के कारणले इन्धन लिक भएको हो त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए। अहिले विमानस्थल नियमित रुपमा सुचारु भएको छ।
जहाजबाट कति इन्धन बाहिरियो भनेर यकिन नभएको र त्यसको पनि अनुसन्धान भइरहेको उनले बताए। विमानस्थल स्रोतका अनुसार विमानको दायाँ पखेटा छेउबाट करिब चार हजार लिटर इन्धन लिक भएको थियो।
source : Pahilopost
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment