बागलुङ, २ चैत-
बागलुङ नगरपालिका–१३ पैंयुपाटाका रीता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ ।
‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि नेपालीले सहयोगीमार्फत देवरको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । घटनाका दोषी २६ वर्षीया नेपाली र ३२ वर्षीय टेकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार राति रीता र टेकबहादुर मिलेर विनोदको घाँटी थिची हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङले बताउनुभयो । यौन सम्बन्ध राख्दै आएका भाउजू र देवरबीचको झगडाले हत्याको रुप लिएको हो ।
“झगडा बढ्दै गएपछि रीताले टेकबहादुरलाई घरमै बोलाइ दुवै जना मिलेर विनोदको हत्या गरेको पाइएको छ,” खापुङले भन्नुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ । हत्यापछि ‘आत्महत्या’ भनि देखाउन विनोदको शव रीताकै कोठामा पटुकीको सहायताले झुन्डाइएको थियो ।
शव र घटनास्थलको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । रीताले देवरसँग यौन सम्बन्ध राख्दै आएको प्रहरीसामु स्वीकारेकी छिन् । हत्यामा संलग्न टेकबहादुर र रीताबीच समेत अनुचित सम्बन्ध रहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।
रीताका श्रीमान् विगत चार वर्षदेखि रोजगारीका क्रममा मलेसियामा छन् । टेकबहादुरकी श्रीमती समेत मलेसियामै रहेकी छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment