Sunday, February 5, 2017

नितम्ब चिलाएर लाज मर्नु भएको छ ? यी उपचार काम लाग्छन्

काठमाडौं, २३ माघ — कहिलेकाहीँ नितम्ब चिलाइदिएर अप्ठ्यारो स्थिति आइदिन्छ । सार्वजनिक ठाउँमा कन्याउन साह्रै गाह्रो । असभ्य भनिदेलान् भन्ने पीर । हामी तपाईंको पीडा बुझ्छौं । यहाँ हामी तपाईंलाई घरेलु उपचार बताउँदैछौं । त्यसलाई प्रयोग गर्दा आराम पुग्छ ।
१. घिउकुमारी घिउकुमारीमा भएको एन्टी–इन्फ्लेम्मेटोरी गुणका कारण चिलाएको ठाउँमा लगाउँदा आराम हुन्छ । २. आलु आलुको डिहाइड्रेटिङ असरका कारण चिलाउने बन्द हुन्छ । आलुको पेस्ट बनाएर सिधै नितम्बमा दल्नुस् । ३. क्यामोमाइल क्यामोमाइल नामक सुगन्धित बिरुवाको चिया बन्ने मात्र होइन, यसले छाला चिलाउने पनि बन्द गर्छ । ४. चियाबोट तेल चियाबोटको तेलले चिलाउनेबाट मुक्ति दिन्छ । अरन्डी वा बदामको तेलसँग मिसाएर चियाबोटको तेल चिलाएको भागमा कपासले दल्नुस् । ५. लसून लसूनका तीनवटा पोटी र तीनवटा तेजपत्तालाई उम्लिँदो पानीमा हाल्नुस् । एकछिन उमालेर सेलाएपछि त्यसलाई चिलाएको ठाउँमा दल्नुस् । ६. स्याउको चूक चिलाएको नितम्बमा स्याउको चूक दल्नु उत्तम उपचार हो । स्याउको चूकमा कपास चोपेर समस्याग्रस्त भागमा दल्नुस् । केही समयमै आराम पाइन्छ । ७. भिटामिन ई छाला सुक्खा भएपछि चिलाउँछ । त्यसैले छालालाई आर्द्र राख्नका लागि भिटामिन ईका क्याप्सुलहरू खाने गर्नुस् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment