Sunday, February 5, 2017

२० रुपैयाँमा टेलिकमको सय एमबी फेसबुक प्याक


जिएसएम र सिडिएमएको रिचार्जमा बोनस

नेपाल टेलिकमले जिएसएम तथा सिडिएमएको रिचार्जमा बोनस दिएको छ। टेलिकमले माघ २३ देखि २५ गतेसम्म लागू हुनेगरी रिचार्ज कार्ड र एम्पोस डिनोमिनेसनको रिचार्जमा बोनस उपलब्ध गराउन लागेको हो। ५०, १ सय र २ सय रुपैयाँको प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस उपलब्ध गराइएको टेलिकमले जनाएको छ। त्यस्तै ५ सय र १ हजार रुपैयाँको प्रत्येक रिचार्जमा १५ प्रतिशत बोनस उपलब्ध गराउन लागेको हो।

टेलिकमले अनलिमिटेड एडिएसएलको साविक मासिक शुल्कमा धेरै केबिपिएस ब्यान्डविथ उपलब्ध गराउने भएको छ। फागुन १ गतेदेखि लागू हुनेगरी १ सय ९२ केबिपिएसको साविक मासिक मूल्य ९ सय रुपैयाँमा २५६ केबिपिएस ब्यान्डविथ उपलब्ध गराउने जानकारी दिएको छ। त्यस्तै ३८४ केबिपिएसको साविक मासिक मूल्य १ हजार ५ सय रुपैयाँमा ५१२ केबिपिएस र ५१२ को साविक मूल्य २७०० रुपैयाँमा ७६८ केबिपिएस ब्यान्डविथ उपलब्ध गराउन लागेको टेलिकमले जनाएको छ।

 टेलिकमले शनिबारदेखि लागू हुनेगरी जिएसएम नेटवर्कका सेवाग्राहीलाई २० रुपैयाँमा १ सय एमबी फेसबुक प्याकेज उपलब्ध गराएको छ। यसको भ्यालिडिटी ५ दिनसम्म हुनेछ।

त्यस्तै इन्टरनेट तथा इन्ट्रानेट लिज सेवाको मासिक पोर्ट चार्ज ५ सय रुपैयाँबाट नयाँ मासिक शुल्क १ सय रुपैयाँ कायम गरेको छ। कपर लिज एक्सेस चार्ज ५ सयबाट २ सय रुपैयाँ र अप्टिकल लिज चार्ज १ हजार र ३ सय रुपैयाँ कायम गरिएको छ। आधारभुततर्फ ल्यान्डलाइन टेलिफोन सेवाका सेवाग्राहीहरुलाई फागुन महिनाको मासिक रेन्टल चार्जमा थप २५ कल निःशुल्क प्रदान गरिने टेलिकमको भनाइ छ।

सिआरबिटी सेवा

टेलिकमले सिआरबिटी सेवा पुनः सञ्चालन गरेको छ। टेलिकमले नेपाली, हिन्दी र अंग्रेजी गीतहरु राखेको छ। जसमा प्रतिदिन एकवटा गीतका दरले १५ दिनका लागि निःशुल्क उपलब्ध गर्ने प्रत्येक गीतको भ्यालिडिटी १० दिन रहने छ।

टेलिकमले शनिबारदेखि लागू हुनेगरी जिएसएम नेटवर्कका सेवाग्राहीलाई २० रुपैयाँमा १ सय एमबी फेसबुक प्याकेज उपलब्ध गराएको छ। यसको भ्यालिडिटी ५ दिनसम्म हुनेछ। माघ २२ गतेदेखि एनटिप्रो सेवा प्रयोग गर्ने सेवाग्राहीलाई आगमन कलको दरमा ५० प्रतिशत छुट उपलब्ध गरी नयाँ दर ३ रुपैयाँ प्रतिमिनेट कायम गरिएको छ। उक्त सेवा केही समय अघिदेखि बन्द थियो।

इजी फोन निःशुल्क

टेलिकमले 'इजी फोन एसआइपी' अकाउन्टबाट हुने कल निःशुल्क गरेको छ। फागुन १ देखि वैशाख ३१ गतेसम्म नयाँ एडिएसएल तथा फाइबर टु दी होमका ग्राहकलाई निःशुल्क सिप अकाउन्ट उपलब्ध गराउने कम्पनीको योजना रहेको छ।

शान्तिपथका लागि महानगरलाई ४० लाख

नेपाल टेलिकमले काठमाडौं महानगरपालिकालाई शान्ति पथका लागि ४० लाख रुपैयाँ हस्तान्तरण गरेको छ। कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले महानगरका कार्यकारी अधिकृत रुद्रसिं तामाङलाई टेलिकमले उपलब्ध गराएको ४० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment