काठमाडौं, २३ माघ । त्रिभुवन विमानस्थलबाट बरामद गरिएको ३४ किलो अवैध सुनकाण्डमा नेपाल प्रहरीका एसएसपी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले आइतबार एसएसपी श्याम खत्रीलाई पक्राउ गरेको हो ।
खत्रीलाई प्रहरी प्रधान कार्यायलय नक्सालबाट पक्राउ गरिएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत खत्रीलाई छानबिनका क्रममा हेडक्वार्टर सरुवा गरिएको थियो । प्रहरीले विमानस्थलका अन्य कर्मचारीलाई पनि सोधपुछ गरिरहेको जनाएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment