काठमाडौं ।अमेरिकाको जोर्जिया राज्यको मेकन शहरमा रहेको महिला कलेज वेश्लेयनको छात्रबासमा बस्दै आएकी रिया अधिकारीको कोठाको ढोकामा हृवाइट बोर्डमा रातो मार्करले ‘गो अवे इमिग्रेन्ट (आप्रवासीहरु जाओ) ३ ट्रम्प लेखेर छाडेको भेटिएको छ । अधिकारीले आप्रवासी विरोधी यो सन्देशलाई फेसबुकमार्फत विश्वसामू सार्वजनिक गरिदिएकी छन् । यो घटनाले आफू अमेरिकामा हुनुले नै कतिपयमा त्रास उत्पन्न गराएको देखिएको भन्दै आफूलाई शक्तिशाली महसुस गराएको बताएकी छिन् । यो सन्देश पोष्ट भएपछि सामाजिक सञ्जालमा सहानुभूति र समर्थन देखिएको छ ।
छात्राबासमा रहेका अरु विद्यार्थीको ढोकामा पनि यस्तै सन्देशहरु भेटिएका छन् । यो घटनापछि यसबारे छलफल गर्न मंगलबार महिलाहरुको कलेजमा पठनपाठन नै बन्द गरिएको छ । घटनाबारे रिया अधिकारीले फेसबुकमा जानकारी दिएको एक घन्टापछि नै कलेजका अध्यक्ष रुथ नक्सले घटनातर्फ इंगित गर्दै भनेका छन्, ‘हाम्रो एकता नै हाम्रो ठूलो शक्ति हो । हामीले मान्ने मूल्यमान्यताहरुले आफ्नो छिमेकीहरुलाई माया गर्न भन्छ । र, हामी पूरा विश्वलाई आफ्नो छिमेकी मान्छौं ।’
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment