Sunday, February 5, 2017

स्तन क्यान्सर कसलाई हुनसक्छ ?

एजेन्सी । नेपालमा स्तन क्यान्सरका बिरामीमध्ये छ जना पुरुषमा पनि स्तन क्यान्सर पाइएको छ । तथ्याङ्क अनुसार नेपालमा सबभन्दा कम उमेर २२ र बढी उमेर ९१ वर्षका महिलामा स्तन क्यान्सर पाइएको छ । स्तन क्यान्सर विश्वव्यापी समस्या भएकाले यसमाथि सबैभन्दा बढी अनुसन्धान भएको छ । –ढिलो महिनावारी सुरु भएको तथा चाँडै महिनावारी सुकेका महिलालाई । –बच्चा नजन्माएका महिलालाई । –स्तनपान नगराउनेलाई । –बच्चा ढिलो जन्माएका महिलालाई, विशेषगरी ३५ वर्ष नाघेकालाई । –धेरै वर्षसम्म परिवार नियोजनका औषधी र विभिन्न हार्मोन प्रयोग गर्नेलाई ।
लक्षण तथा चिह्न –स्तनको कुनै पनि भागमा दुख्ने वा नदुख्ने गिर्खा आउनु । –दुबै स्तन समान नभई आकार वा बनौटमा फरक देखापर्नु । –स्तन सुन्निएर कडा भई दुख्न थाल्नु । –स्तनको मुन्टाबाट रगत अथवा पिप आउनु । –स्तनको मुन्टा सिधा बाहिर नफर्की दायाबायाँ वा घुमेर भित्र फर्कनु । –स्तनमा गिर्खा नदेखिएपनि काखीमा गिर्खा देखापर्नु । शङ्का लागे के गर्ने ? बीस वर्षभन्दा माथिका प्रत्येक महिलाले स्तन क्यान्सर भए नभएको जाँच गर्नु जरुरी छ । महिनावारी नियमित भइराखेका महिलाले महिनावारी रोकिएको पाँच दिनपछि मात्र यो जाँच गर्नुपर्छ । किनकि महिनावारी भएको बेलामा स्तन अलिक सुन्निएको, कडा तथा हल्का दुख्ने हुन्छ । सोका कारण स्तनमा भएको केही परिवर्तन थाहा पाउन मुश्किल हुन्छ । अरु क्यान्सरसरह स्तन क्यान्सर पनि सुरुमै उपचार गरे निको हुनसक्छ । सुरुमा उपचार गर्नका लागि स्तन क्यान्सरलाई सुरुको अवस्थामै पत्ता लगाउन सक्नुपर्छ । स्तनमा भएका गिर्खालाई सुरुमै थाहा पाउनसक्नुपर्छ । गिर्खा जति सानो भयो उपचारको परिणाम त्यति नै राम्रो हुने सम्भावना हुन्छ । स्रोत स्वास्थ्य खबर पत्रिका

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment