अब गणतन्त्र समाप्त हुँदैछ : प्रचण्ड
सुनिल शर्मा, काठमाडौं । नेपालको पछिल्लो राजनैतिक घटनाक्रम र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हतास मानसिकताले मुलुकको राजनीतिक व्यवस्थामा नै ठूलो परिवर्तन आउने संकेतहरु देखा परेको छ । नेपालका राजनैतिक पण्डितहरुको विश्लेषण मात्र होइन स्वयंम समाप्त हुन लागेको बताएका छन् ।
पार्टी कार्यकर्ता गोप्य प्रशिक्षण भेलामा प्रचण्डले भने ‘गणतन्त्र समाप्त हुन लागेको छ, यो कुरा मैले तपाईहरुलाई पार्टी अध्यक्ष भएर भनेको होइन । म मुलुकको प्रधानमन्त्री पनि छु त्यसैले मलाई गम्भीर सूचनाहरु प्राप्त भएका छन् ।’
प्रचण्डको उक्त कथनले मात्र होइन भारत र चीन बिच दुई साता बिचमा नेपाल मामिलालाई लिएर भएको छलफलमा नेपालमा गणतन्त्र असफल भएको र नेपालको अस्थिर राजनीतिले दक्षिण एसियामै प्रभाव पर्न थालेको तथा पश्चिम राष्ट्रहरुले नेपाललाई असफल राष्ट्र बनाएर सैन्य रणनैतिक महत्वको स्थान बनाएर चलखेल गर्न थालेको आदि विषयमा छलफल हुनुका साथै नेपालको जारी संविधान सर्व स्वीकार्य हुन नसकेकाले राज संस्था पुनःस्थापना गर्नु पर्नेमा जोड दिइएको छ ।
पूर्व राजा ज्ञानेन्द्रको चीन भ्रमणका उपलब्धी देखिन थालेपछि प्रचण्ड हतासमा राजा ज्ञानेन्द्र त्यसै भारत र चीन गएका होइनन्, त्यसको सबै जानकारी आफूलाई भएको बताएका छन् ।
नेपाली सेनाले पनि देशमा राजनैतिक द्वन्द्व बढ्ने र जातिय हिंसा तथा पृथकतावादी आन्दोलन चल्न सक्ने विश्लेषणका आधारमा देश व्यापी ‘हाई अलर्ट’ रहन निर्देशन जारि गरेको छ । त्यति मात्र होइन नेपाली सेनालाई राज्य सञ्चालनमा हस्तक्षेप गर्न दबाब बढी रहेको छ । ‘सेनाले भने पर्ख र हेर’ को नीतिमा सम्यमता अपनाई रहेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु दुई महिना पछि अवकाश हुँदैछन् । उनीहरुसँगै झण्डै एक दर्जन एआईजी र वरिष्ठ प्रहरी अधिकृतहरुको अवकाश पछि देखिने रिक्तता र ‘चेन अफ कमाण्ड कन्ट्रोल’ लाई पनि नेपाली सेनाले गम्भीरतापूर्वक हेरेको छ ।
पूर्व राजा ज्ञानेन्द्रको चीन भ्रमण क्रममा चिनियाँ पक्षबाट अत्यन्तै महत्व दिएको र नेपालको राजसंस्थाले विगतमा खेलेको भूमिकाको प्रशंसा गरेको तीन साता बित्न नपाउँदै चिनियाँ कम्युनिष्ट पार्टीका प्रचार विभाग प्रमुख लिउ छिपाओ उच्च चिनिया प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पुष ३ गते नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ । लिउ चीनको उपप्रधानमन्त्री सरहका नेता हुन् ।
तीन दिने नेपाल भ्रमण क्रममा लिउले नेपालको संविधान निर्माण प्रकृया विषय र नेपालको राजनीतिक अस्थिरताले छिमेकी मुलुकमा पुर्याएको असर र राज संस्थालाई स्पेश दिने विषयमा छलफल केन्द्रित रहने श्रोतको भनाइ छ ।
त्यसैगरी चीनको स्वशासीत क्षेत्र तिब्बतका पिपुल्स कांग्रेसका अध्यक्ष बाइमा छिली पनि पुस ५ गते काठमाडौं आउँदैछन् । कुटनैतिक श्रोतका अनुसार चिनिया प्रतिनिधि मण्डल फर्किए पछि चिनियाँ राष्ट्रपति सिजिन पिङले नेपालको ३ दिने भ्रमण गर्नु हुने भएको छ ।
चिनियाहरुको शान्त कुटनीतिक भ्रमणलाई चिनिया जानकारहरुले अर्थपूर्ण रुपमा लिएका छन् । यसै साता चिनिया राजदूत यू होङले प्रधान सेनापति राजेन्द्र क्षेत्रीसँग गोप्य भेटवार्ता गरेकी छन् ।
नेपाली सेनाको मुख्यालयमै गएर प्रधानसेनापतिलाई मण्डल लगत्तै आउने तयारीमा रहनु पूर्वराजा ज्ञानेन्द्रको चीन भ्रमणको असर हो भन्ने एकथरीको भनाई छ । यसलाई राजनैतिक रुपमा निकै महत्व र अर्थपूर्ण ढंगले देखिएको छ ।
त्यतिमात्र होइन प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र समाप्त हुन लागेको र एमाले र कांग्रेसले गणतन्त्र हाम्रो एजेण्डा होइन गए जान्छ भनेर आफूलाई बताएको भन्ने कुराले नेपालको राजनीतिमा टेडो खिर पाक्न थालेको विश्वास गरिन्छ ।
यता नेपाल मजदुर किसान पार्टीका नेताले भारतका कारण नेपाली नेताहरु मारिने खुलासा भक्तपुरको एक कार्यक्रमा गर्नुलाई नजर अन्दाज गर्न मिल्दैन । साथै राष्ट्रिय अनुसन्धान विभागले प्रचण्डलाई सबैभन्दा ठूलो सुरक्षा चुनौती रहेको विश्लेषण सहितको एक गोप्य रिपोर्ट गृहमन्त्रीलाई दिएको छ ।
गुप्तचर विभागको रिपोर्टले प्रचण्ड विदेशी षड्यन्त्रबाट मारिन सक्ने औल्याएको कुरा एक वरिष्ठ गुप्तचर अधिकारीले हाम्रो संवाददातालाई बताएका छन् । समग्र राजनैतिक घटनाक्रम र प्राप्त सूचनाका आधारमा प्रचण्डले आफू असुरक्षीत रहेको र गणतन्त्र समाप्त हुँदैछ भनेर बताउनुलाई हल्का ढंगले लिन मिल्दैन ।
नेपालमा गणतन्त्र ल्याउन र राज संस्था फ्याक्नलाई राजा वीरेन्द्रको वंश विनाश गरिएको थियो भने गणतन्त्र समाप्त गर्न केही नेपाली नेताहरु मारिने कुरामा आशंका गर्ने ठाउँ छैन । प्रचण्डले आफ्ना निकट्तमहरुसँग भन्ने गरवेका छन् म बालुवाटार मै शहिद हुन सक्छु ।
विभिन्न क्षेत्रबाट प्राप्त सूचना, प्रधानमन्त्री स्वयंमको अभिव्यक्ति र नारायणमान विबजुक्छेको भनाई, गुप्तचरको रिपोर्ट सबैलाई एकै ठाउँमा राखेर विश्लेषण गर्दा पनि नेपालको गणतन्त्र समाप्ती सँगै ठूलो राजनैतिक घटना हुने कुरालाई नकार्न मिल्दैन ।
प्रचण्ड प्रधानमन्त्रीको जिम्मेवार पदमा बसेर गणतन्त्र समाप्तीको किन घोषणा गर्दैछन् ? उनले त्यो कुरा त्यसै भनेका छैनन् । त्यसको पछाडि ठूलो ‘गेम प्लान’ रहेको स्पष्ट हुन्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment