- रामप्रसाद सिटौला (फलित ज्योतिष)
मेष
आर्थिक कारोबारका क्रममा हैरानी उठाउनुका साथै दौडधूप गर्नुपर्ने हुन सक्छ । रोकिएका काम सुस्त गतिमा सम्पन्न हुनेछन् । आफ्नाका लागि गरिएको प्रयत्न अर्थहीन सावित हुने सम्भावना छ । परोपकारमा रुचि बढ्नेछ । साताको अन्त्यमा भोजभतेरमा सहभागी भइनेछ ।
वृष
उपल्लो दर्जाका व्यक्तिहरूको दबाबमा गरिएको कार्यले मन खल्लो हुनेछ । सोचेजस्तो अवसर प्राप्त गर्न नीलो रंगको पहिरन उत्तम सावित हुनसक्छ । बुधबारपछिका दिनहरू अनुकूल रहनेछन् । मित्रता एवं प्रेमको गाँठो कस्सिनेछ । आम्दानीको मार्ग पहिल्याउन अझै केही समय कुर्नुपर्नेछ ।
मिथुन
आकस्मिक रूपमा अवसर तथा लाभ प्राप्त हुने सम्भावना छ । मेहनत, कर्मठता एवं लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । विदेशमा भएका मित्रहरूले विश्वास गर्ने वातावरण बन्दैछ । धैर्यपूर्वक कार्य गरे सफलता हात पार्न सकिनेछ । चिसो वातावरणमा मनोरञ्जन गर्दा स्वास्थ्यको ख्याल गर्नुहोला ।
कर्कट
परिस्थिति अनुकूल हुँदाहँुदै पनि अपजस आइलाग्न सक्छ, जसले तपाईंको कार्यक्षमता वृद्धि गर्न सहयोग गर्नेछ । मझौला किसिमका व्यवसायमा लगानी गर्ने प्रस्ताव प्राप्त हुन सक्छ । निर्णय गर्न अबेर नगर्नुहोला । साताको अन्त्यमा विदेशी पाहुनासँग भलाकुसारी गर्दै समय व्यतीत गर्नुपर्नेछ ।
सिंह
सहपाठी मित्रले अन्तर्मनबाट प्रस्ताव राख्न सक्छन् । अभिभावकहरूले दिएको मार्गदर्शन अवलम्बन गर्दा प्रशंसा प्राप्त हुनुका साथै आर्थिक लाभसमेत हुनेछ । कार्यक्षेत्रका अवरोधहरू स्वत: निर्मूल हुनेछन् । पारिवारिक जमघटमा रमाउँदा स्वास्थ्यको ख्याल राख्नुपर्नेछ ।
कन्या
सामाजिक क्षेत्रमा कीर्तिमानी कार्य गरी लोकप्रियता आर्जन गरिनेछ । दुई आत्माबीचको सुन्दर सम्बन्ध निकै अघि बढिसकेको अवस्था छ । ठूलाबडासँगको प्रत्यक्ष भेटले आफ्नो योजनालाई सहज रूपमा सम्पन्न गर्न सहयोग पुर्याउनेछ । आर्थिक लेनदेनबाट टाढै रहनु उत्तम हुन्छ ।
तुला
कुरा काट्नेहरूले तपाईंको भैतिक सुख–सुविधाको समेत चियोचर्चा गर्नेछन् । असहज परिस्थितिबाट उम्कन थप धन खर्च गर्नुपर्ने हुन सक्छ । मेहनत गर्दा जीवनशैली थप उचाइमा पुग्नेछ । प्रेमिकाबाट नसोचेको सहयोग प्राप्त हुँदा समस्याको गाँठो स्वत: फुस्कनेछ ।
वृश्चिक
आर्थिक प्रलोभनबाट सचेत रहनुहोला । तपाईंको रचनात्मक कार्यले सजिलै अरूको मन जित्नेछ । इँटा रंगको पहिरनले सोचेजस्तै नतिजा दिलाउन सक्छ । कार्यक्षेत्रमा प्रतिस्पर्धीहरूको सामना गर्नुपर्नेछ । आर्थिक संकटका बीच पनि कार्य सफल हुनेछ ।
धनु
नयाँ रोजगारीको क्षेत्रमा प्रतिस्पर्धा गर्दा सोचेजस्तै परिणाम हात पर्नेछ । आफूलाई कसैले मन पराएको प्रस्ताव प्राप्त हुन सक्छ, ढिलो निर्णय गर्दा सुरक्षित भइनेछ । अभिभावकहरूको सुझावबाट उन्नतिको मार्ग पहिल्याउन सकिनेछ । खानपानको समय तालिका फेरबदल भै स्वास्थसम्बन्धी समस्याले सताउन सक्छ ।
मकर
निजी तथा सरकारी क्षेत्रमा गरेको परिश्रमले परिणाममुखी आनन्द प्रदान गर्नेछ । विदेशमा अध्ययन गर्ने पाइला चाल्दा बजेटभन्दा बढी खर्च हुनसक्छ । मन मिल्ने साथीहरूको आलोचना तथा सुझाव स्वीकार गर्दा विशेष फाइदा हुनेछ । तपार्इंको प्रतिभाले उचित स्थान पाउनेछ ।
कुम्भ
अपरिचित व्यक्तिहरूको कुरामा भर पर्नुपूर्व तथ्य पत्ता लगाउने प्रयत्न गर्नुहोला । विशिष्ट व्यक्तिहरूको प्रेरणाले समस्या सुल्झाउन सहयोग पुर्याउनेछ । अरूको विश्वासमा पर्दा गोप्य सूचना बाहिरिन सक्छ । मेहनतले राम्रै अवसर प्रदान गर्नेछ । यो साता पश्चिमतर्फको यात्रामा सफल भइनेछ ।
मीन
प्रेमिकाको सहयोगमा आफ्नो व्यवसायले उचाइ लिनेछ । शुभ तथा मांगलिक कार्यमा धन खर्च गर्नुपर्ने हुनसक्छ । राजनीतिक तथा सामाजिक विषयमा कम बोल्नु नै उपयुक्त हुन्छ । पेटसम्बन्धी समस्याले सताए पनि मंगलबारदेखि ती सबै समस्या क्रमिक रूपमा कम भएर जानेछन् । साताको अन्त्यमा भ्रमणमा सहभागी भइनेछ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment