Thursday, February 2, 2017

पुर्व राष्ट्रपति रामवरण यादवको मृत्युको हल्ला ! के हो वास्तविकता ?

काठमाडौं, २० माघ । पूर्व राष्ट्रपति रामवरण यादवको मृत्युको हल्ला फैलाइएको छ । एक अंग्रेजी अनलाईन पत्रिकामा उनको मृत्युको हल्ला फैलाइएको हो । यसरी हल्ला फैल्याइए पनि यादव भने यतिबेला निवासमै आराम गरिरहेका छन् । ‘उहाँ आराम हुनुहुन्छ यो एकदम गलत समाचार हो,’ यादवका स्वकिय सचिव राजीव यादवले भने,‘यो भ्रमपूर्ण समाचारको हामी खण्डन गर्दछौँ ।’

यसअघि पनि सोही अनलाईनले नेपालकै प्रतिष्ठित व्यक्तिको मृत्यु भएको भ्रमपूर्ण समाचार प्रकाशन गरेको थियो ।


उक्त सामाचरमा यादवको ६८ वर्षको उमेरमा निधन भएको भ्रमपूर्ण सन्देश फैलाइएको छ । नेपाल मै रहेका यादवलाई अमेरिकामा सर्जरकिो क्रममा मृत्यु भएको भन्दै भ्रम फैलाइएको छ । उक्त गलत समाचारमा यादवको राजनीतिक इतिहास समेत व्याख्या गरिएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment