Sunday, February 5, 2017

मन्दिरभित्र दलित पसेको भन्दै पाँच हजार तिराइयो, रुद्री लगाएर चोख्याएपछि पूजा गर्न सुरु

रामेछाप, माघ २३ – रामेछापको बेताली–३ मा रहेको शेराकाली मन्दिर पूजा गर्न मन्दिरभित्र छिर्नुभएका स्थानीय कृष्णकुमार विश्वकर्मालाई पाँच हजार रुपैयाँ जरिवाना तिराइएको छ । मन्दिरभित्र पसेको भन्दै मन्दिरका पूजारी छत्रबहादुर बुढाथोकीलगायतका गाउँका केही व्यक्तिले ५ हजार रुपैयाँ जरिवाना तिराएका हुन् ।
शनिबार पूजा गर्न मन्दिरमा पुगेका विश्वकर्मा मन्दिरभित्र पसेको भन्दै पूजारीले चिच्चाएपछि गाउँका केही मानिस मन्दिर परिसरमा पुगेका थिए । पूजारीले दलित विश्वकर्मा मन्दिरभित्र पसेको भन्दै नियमित गर्ने पूजाआजा नगर्ने बताएपछि गाउँलेले मन्दिर चोख्याउन रुद्री लगाउनु पर्ने भन्दै दलित कृष्णकुमार विश्वकर्मासँग पाँच हजार रुपैयाँ तिराएका हुन् । मन्दिरमा पूजा गर्न जाँदा आफूले अनाहकमा गाउँलेको दबाबमा उल्टै जरिवाना रकम तिर्नु परेको पीडीत विश्वकर्माले बताउनुभयो । उहाँले पुजारी र अन्य गाउँलेका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्ने बताउनुभयो । मन्दिर रुद्री पूजा लगाएपछि गाउँलेहरुले नियमित रुपमा पूजा गर्न सुरु गरेको बेताली गाविसका प्राविधिक सहायक बाबुराम घिमिरेले जानकारी दिनुभयो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment