ललितपुर, ४ फागुन - साझा यातायातले उपत्यकामा मंगलबारदेखि रात्रीकालिन बस सेवा सुरु गरेको छ।
साझाले पाँचवटा रुटमा बेलुका ९ देखि ११ बजेसम्म एक एक बस सञ्चालनमा ल्याएको छ।
साझाका अनुसार एउटा बस अस्पताल क्षेत्रलाई मध्यनगर गरि लगनखेल पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल-बीर अस्पताल-महारागञ्ज टिचिङ-बासबारी गंगालाल-न्युरो अस्पताल रुटमा सञ्चालनमा ल्याइएको छ।
बाँकी ४ वटा बस न्युरोडबाट नयाँ बानेश्वर-कोटेश्वर, मैतीदेवी-पुरानो बानेश्वर-गौशाला-चाबहिल, त्रिपुरेश्वर-कालीमाटी-कंलकी र ठमेल-सोह्रखुट्टे-नयाँ बसपार्क रुट सञ्चालन गरिएको छ।
साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डले रात्रीकालिन सेवा भएकाले यात्रु जहाँ झारे पनि २५ रुपैया भाडा लिइने जानकारी दिए। बन्द, हडताल, चाडपर्वमा पनि बस सुचारु राखिनेछ, उनले भने।
साझाले फागुन १ मा १० वटा डिलक्स र एउटा नमुना सेमी लो फ्लोर बस खरिद गर्न बोलपत्र आह्वान गरिसकेको छ। यी ११ बस ६ महिनामा खरिद गरेर सञ्चालनमा ल्याउने योजना रहेको जानकारी पाण्डेले दिए। बस थप्नका लागि आर्थिक स्रोत जुटाउन काठमाडौं महानगरपालिकासँग थप ५ करोड रुपैयाको शेयर बिक्री गर्ने सम्झौता भएको छ उनले भने।
यसअघि महानगरपालिकाले १० करोड रुपैया शेयर खरिद गरिसकेको छ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment