Tuesday, February 14, 2017

लेखापालको फेसबुकमा १६ जिबी अश्लील डाटा






लेखापालको फेसबुकमा १६ जिबी अश्लील डाटा
काठमाडौं- प्रहरीले विद्युतीय उपकरण प्रयोग गर्दै अश्लील क्रियाकलापमा संलग्न एक व्यक्तिको फेसबुक एकाउन्टभित्र १६ जिबी अश्लील डाटा फेला पारेको छ।  सामान्यतया साढे दुई घन्टा लामो चलचित्रको कम्प्युटर डाटा भार दुई जिबी भन्दा कम हुन्छ।


प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले अश्लील र छद्मनाममा खोलेको फेसबुक पेजमा आवाज, दृश्य र शब्दको ठूलो भण्डार जम्मा गरेका थिए। महानगरीय अपराध महाशाखाको हिरासतमा रहेका ललितपुरका सुरज बस्नेतले खोलेको उच्चारणसमेत गर्न नमिल्ने पेजमा महिला, पुरुष र तेस्रो लिंगीसम्मले साटासाट गरेका तस्बिर, भिडियो र वार्तालापको भण्डार फेला परेको छ।

 महानगरीय अपराध महाशाखाको हिरासतमा रहेका ललितपुरका सुरज बस्नेतले खोलेको उच्चारणसमेत गर्न नमिल्ने फेसबुक पेजमा अश्लील तस्बिर, भिडियो र वार्तालापको भण्डार फेला परेको छ।
महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले एउटा निजी कम्पनीमा लेखापालको जागिरे रहेका बस्नेतले सामाजिक सञ्जालमा अश्लील सामग्री भण्डारण गरेको पाइएको बताए। उनका अनुसार महाशाखामा रहेको साइबर सेलले बस्नेतको पेजबाट ठूलो मात्रामा व्यक्तिका गोप्य र अति गोप्य  सामग्री बरामद गरेको हो।

'पेजको प्रकृति, प्रयोगको विवरण र सञ्जालका सदस्यको वार्तालापले अश्लील सामग्रीको व्यवसाय सञ्चालन भएको हो कि भन्ने आशंका छ, हामी अनुसन्धान गरिरहेका छौं,' एसएसपी अमात्यले भने। उनले सर्वसाधारणको मानप्रतिष्ठा र सामाजिक सुरक्षासँग जोडिएको विषय भएका कारण अति गोप्य रूपमा घटना अनुसन्धान अघि बढाएको बताए। 'सामाजिक सुरक्षामै गम्भीर असर गर्ने क्रियाकलापविरुद्ध अनुसन्धान हुन्छ। प्रहरीलाई सहयोग गर्न आवश्यक छ,' अमात्यले भने।

यसरी फेला परे बस्नेत

रौतहट चन्द्रनिगाहपुरका २१ वर्षीय सागर धिताल बस्नेतले सञ्चालन गरेको अश्लील पेजका सदस्य थिए। धितालले सोही पेजमा एउटी महिलाको फोन नम्बर र तस्बिर फेला पारे। त्यसपछि धितालले दैनिक ती महिलालाई अश्लील एसएमएस पठाउन थाले। रातदिन अश्लील एसएमएस र फोनले हैरान भएपछि ती महिला महाशाखाको सम्पर्कमा गइन्। महाशाखाले धिताललाई पक्राउ गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा भइरहेको अश्लील व्यापारको भण्डाफोर भयो।

'पेज खोज्दै जाँदा बस्नेत फेला परे, केही समय अमेरिका बसेका उनले उतै यस्तो धन्दा सिकेको प्रारम्भिक बयानमा बताएका छन्,' महाशाखाका एसपी प्रकाशजंग कार्कीले भने। उनले डिसेम्बर, २०१६ मा खोलेको पेजमा पाँच सयभन्दा बढी सदस्य छन्। पेजमा यौन क्रियाकलापका लागि युवती र युवकको विज्ञापन गरिएको छ। व्यक्तिका नम्बर यौनकर्मीका रूपमा सार्वजनिक गरिएका छन्।

'पेजमा राखिएका २३ जना व्यक्तिको नम्बरको अनुसन्धान भक्ष्रहेको छ, म्यासेज इनबक्सबाट क्रियाकलाप बढी हुने गरेको देखियो,' सेलका डिएसपी पशुपति रायले भने।

प्रहरीदेखि गृहणीसम्म सामाजिक सञ्जालपीडित

अवकाश प्राप्त प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले महानगरीय प्रहरी दिवसमा आफू सामाजिक सञ्जालबाट पीडित भएको अभिव्यक्ति दिएका थिए। उनको आशय आफू अनुकूलका मिथ्या र बनावटी समाचार र त्यसले सामाजिक सञ्जालमा ल्याउने तरंगसँग जोडिएको थियो।

प्रहरीभित्र सरुवाबढुवा, नियुक्ति र कार्यकालको विषयमा सामाजिक सञ्जालमा अनेकौ अडकलबाजी आइरहेका हुन्छन्। अझै सामाजिक सञ्जाल निर्माताले केही अमेरिकी डलरमा त्यस्ता सामग्री भाइरल बनाउन विज्ञापन सुविधासमेत दिएपछि प्रहरी अधिकारीका लागि पीडाको विषय बनेको हो।

'भेटघाटमा आउने सबैलाई हामी चिन्दैनौं, उसको व्यापार-संलग्नता थाहा हुँदैन, फोटो खिच्छन्, पछि व्यक्ति गलत भए वृत्ति विकासमै असर पुग्ने सामग्री बन्छ,' एक वरिष्ठ प्रहरी अधिकारीले भने।

प्रहरीजस्तै निजामती कर्मचारी, कलाकार र सार्वजनिक महत्व बोकेका व्यक्ति यसबाट पीडित छन्। महाशाखाले सार्वजनिक नगरी अनुसन्धान टुंग्याएका धेरै घटना यस्तै उच्च व्यक्तिसँग जोडिएका हुन्छन्।

'पछिल्लो समय साइबर अपराधबाट पीडित हुनेमा गृहिणी र मध्यस्तरका कामकाजी महिला छन्,' एसएसपी अमात्यले भने। उनका अनुसार सामाजिक सञ्जालले बनाएका नियमविपरीत आफूखुसी प्रयोग गर्ने र प्रयोग हुने ठूलो समस्या छ।

दैनिक दुईदेखि १० वटासम्म सामाजिक सञ्जाल प्रयोगबाट भएका अपराधविरुद्धको उजुरीउपर महाशाखाले छानबिन गरिरहेको छ।

महाशाखाको तथ्यांकअनुसार यस आर्थिक वर्षको फागुन ३ सम्ममा ६ सय ५७ साइबर क्राइमका उजुरी दर्ता भएका छन्। गत आर्थिक वर्षमा यो संख्या ८ सय ३० थियो। यस्तै आर्थिक वर्ष २०७१/०७२ मा तीन सय ११ घटनाका उजुरीउपर महाशाखाले छानबिन गरेको थियो।

महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौं उपत्यकामा भएका साइबर अपराधको अनुसन्धान गर्ने एकमात्र निकाय हो। महाशाखाले एसएमएस, इमेल, फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालबाट हुने अपराध अनुसन्धान गर्छ। कसैलाई एसएमएस, फेसबुक वा अन्य म्यासेन्जरबाट अश्लील सन्देश लेखेर पठाउने, अश्लील र असामाजिक तस्बिर र भिडियो राख्ने तथा समाजलाई प्रत्यक्ष असर गर्ने वा सामुदायिक, धार्मिक र जातीय हिंसा भड्काउने कुनै पनि सामग्री पोस्ट गरे साइबर अपराध मानिन्छ। चरित्रहत्या हुने सन्देश, तस्बिर र भिडियो पोस्ट गरे तत्काल प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन सक्छ।

महाशाखाका अनुसार इन्टरनेटको अत्यधिक प्रयोग गर्ने सन्तानका अभिभावकले उसले के गर्छ भन्ने जानकारी राख्नु साइबर अपराध रोक्ने पहिलो चरण हो। यसका लागि अश्लील साइट इन्टरनेट सेवाप्रदायकको सहयोगमा रोक्न सकिन्छ। यस्तै साथीभाइ बनाउँदासमेत सचेत र सजग रहन आवश्यक छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment