Tuesday, February 14, 2017

अष्ट्रेलियाको समुद्रमा डुबेर झापाली सहित दुई नेपालीको मृत्यु

अष्ट्रेलियाको समुद्रमा डुबेर झापाली सहित दुई नेपालीको मृत्यु

झापा, फागुन ३ । समुन्द्रमा डुवेर एक झापाली सहित दुई नेपालीको अष्ट्रेलियामा मृत्यु भएको छ । मृत्यु हुनेमा झापा घर भएका सुदीप उप्रेती र काठमाडौं घर भएकी सृष्टि भण्डारी रहेका छन् । उनीहरुको अष्टे«लियाको सिड्नीस्थित समुद्रमा डुबेर मृत्यु भएको बताइएको छ । उनीहरुमध्ये युवतीको शव प्रहरीले फेला पारेको छ । सोमबार साथीहरुसँग घुम्न गएका बेला काठमाण्डु निवासी भण्डारी र झापाका उप्रेती समुन्द्रमा बेपत्ता भएका थिए ।


बेपत्ता भएपछि उनका साथीहरुले प्रहीलाई खबर गरेको बताइएको छ । सुदीप तीन वर्ष अगाडि र सृष्टि केही महिनाअघि मात्रै अष्ट्रेलिया पुगेकी थिइन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment