Thursday, February 9, 2017

ग्रीन कार्डमाथि ट्रम्पको कैंची, लाखौ मानिसले अमेरिका छोड्न पर्नसक्ने !

काठमाडौं, २७ माघ– अमेरिकामा ग्रीन कार्ड पाउन इच्छुक विदेशी मूलका नागरिकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोक्ने तयारी गरेका छन् । अमेरिकाका दुई प्रभावशाली सिनेटरले संसदमा संशोधन प्रस्ताव दर्ता गरेका छन् । प्रस्ताव अनुसार अमेरिकामा आगामी दश वर्षसम्म कानूनी हिसावमा रहेका आप्रवासीको संख्या घटाएर आधा गर्ने छ । यस प्रस्ताव राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका सिनेटर टम कार्टन तथा डेमोक्रेटिक पार्टीका सेनेटर डेविड पड्र्युले दिएका हुन् । यस प्रस्तावका अनुसार अमेरिकाको अद्यागमन नियमलाई परिवर्तन गर्नका लागि प्रति वर्ष विदेशी मूलका नागरिकको भइरहेको अमेरिका प्रवेशलाई ठूलो मात्रामा कटौती हुनेछ ।
अमेरिकी संसदमा यस प्रस्तावको कानून बनेपछि अमेरिकामा रहेका विदेशी नागरिकको ठूलो झड्का लाग्नेछ । यसमा ठूलो संख्यामा रहेका दक्षिण एसियाली देशका नागरिक प्रभावित हुने छन् । जो ग्रिनकार्ड या पर्मानेन्ट रेसिडेन्सको पर्खाइमा रहेका छन् । वर्तमान अवस्थामा अमेरिका प्रतिवर्ष १० लाख विदेशी नागरिकलाई प्रवेश दिदै आएको छ । यसलाई घटाएर ५ लाख बनाएसँगै अमेरिकामा रहेकाहरुलाई ग्रिन कार्ड या परर्मानेन्ट रेसिडेन्सी पाउन मुस्किल हुने छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment