चीनको दक्षिणपश्चिमी प्रान्त युनानको लुदिआन काउन्टीमा बुधबार आएको ४.९ रिक्टर स्केल भूकम्पमा परी पाँच व्यक्ति घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । तर भूकम्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त नभएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार साँझ ७ः११ बजे सो भूकम्प गएको थियो । सो भूकम्पको केन्द्रविन्दु लुदिआनको आसपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । भूकम्पमा परी घाइते भएकालाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । सन् २०१४ मा सोही प्रान्त प्रभावित हुने गरी आएको ६.५ रिक्टर स्केलको भूकम्पमा परी ६१७ व्यक्तिको मृत्यु हुनुको साथै भारी मात्रामा सम्पत्ति क्षति भएको थियो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment