Wednesday, January 25, 2017

माओवादी केन्द्रका ७० नेताले दिए राजीनामा


सत्तारुढ दल नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका ७० जना प्रभावशाली नेताले सामुहिक रुपमा राजिनामा दिएका छन् । पार्टी एकताको नाममा जम्बो केन्द्रीय समिति बनाएप्रति असन्तुष्टि व्यक्त गर्दै उनीहरुले राजिनामा दिएका हुन् ।


राजिनामा दिनेहरुमा कृष्णप्रसाद सापकोटा, केशव नेपाल, दावा तामाङ, माधव सापकोटा, सरल सहयात्री पौडेल, राजकुमार श्रेष्ठ, युवराज दुलाल, अमृता नेपाल लगायत छन् । सिन्धुपाल्चोक जिल्लामा भएको एक कार्यक्रममा ७० जनाले नेताले सामुहिक राजिनामा दिदै केन्द्रमा बुझाउने तयारी गरेका छन् ।

राजिनामा दिनेमा पोलिटब्यूरो सदस्यदेखि केन्द्रीय सदस्यसम्म छन् । राजिनामा दिएपनि उनीहरुले पार्टीमै बसेर काम गर्ने बताएका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment