Wednesday, January 25, 2017

भूकम्पबारे चर्चित ज्योतिषीको भविष्यवाणी




१२ माघ, काठमाडौं । भूकम्प कुन बेला जान्छ भनेर भविष्यवाणी गर्ने प्रविधिको विकास भइसकेको छैन । तर ज्योतीषीहरुले भने यस्ता भविष्यवाणी गरिरहन्छन् । संयोग हो वा अरु केही बेला बेला यस्ता ज्योतीषीय भविष्यवाणी मिल्ने गरेको पनि छ ।



विशेषगरी भूकम्पका विषयमा गरेका अधिकांश भविष्यवाणी मिलाएका ज्योतिषी डाक्टर सुनील सिटौलाले भोली भूकम्प जान सक्ने बताएका छन् । ट्वीट गर्दै उनले लेखेका छन् , ‘भोली दिउँसो ४ः१० मा काठमाडौंको आकाशमा शनिग्रह चन्द्रमासँग समागन गर्दै राशी परिवर्तन गर्दैछ ।

त्यही आसपास भुई हल्लिने यो पनि देखिन्छ, उत्तरपूर्वतिर ।’ उनले कति रेक्टरको कहाँ जान्छ भन्ने उल्लेख गरेका छैनन् । यसअघि पनि भूकम्पसँग सम्बन्धित रहेर धेरै ट्वीट गरेका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment