काठमाडौं, १२ माघ । बिपी कोइरालाका कान्छा छोरा कांग्रेस महामन्त्री शशांक कोइरालालाई ल इन्डिया मेडिकल इन्स्टिच्युटमा एमबिबिएसमा पढ्ने अवसर मिल्दै थियो ।
त्यहाँ पढ्न एक जना नेपाली विद्यार्थीलाई अवसर आएका थियो । एक जनाको कोटामा २ नेपाली विद्यार्थी प्रतिस्पर्धी थिए । एक जना शशांक र एक सामान्य परिवारमा जन्मेकी केटी । दुई प्रतिस्पर्धी भएपछि भारतीय विदेश मन्त्रालयका कर्मचारी आएर बिपीलाई सोधे, ‘हामीसँग दुई नेपाली प्रतिस्पर्धी छन्, कसलाई सिफारिस गर्ने ?’
कर्मचारीको प्रश्न गरेको एक सेकेन्ड पनि नसोची बिपीले जवाफ तरुन्त जवाफ दिइहाले, ‘त्यो सिट अर्को विद्यार्थीलाई दिनुहोस् ।’
बाबुले आफुलाई छाडेर अर्कै केटीलाई सिफारिस गरेपनि शशांकले ठाने मेरा चकनाचुर भयो । उनले आँशु थाम्न सकेनन् र भक्कानिएर बिपीलाई सोधे, ‘तपाईं देशको कस्तो नेता हो मलाई थाहा छैन, तपाईंले जसलाई सिट दिलाउनुभयो, आइएस्सीमा उनको ४८ प्रतिशत नम्बर आएको छ भने मेरो ७४ प्रतिशत । तर, तपार्इंले उनलाई अवसर दिलाएर ममाथि किन अन्याय गर्नुभयो ?’
बिपीले शान्त भएर शशांकलाई जवाफ फर्काए, ‘तँ देशको प्रधानमन्त्री भइसकेको नेताको छोरो होस्, तैँले दार्जिलिङको महँगो विद्यालयमा पढिस्, त्यसैले तैँले ७४ प्रतिशत ल्याइस् । तर, तलाई थाहा छ, तँसँग प्रतिस्पर्धा गर्ने केटीले नेपालको एउटा सामान्य सरकारी विद्यालयमा पढेकी हो । तैपनि त्यति धेरै नम्बर ल्याइछ । तैँले जस्तो महँगो विद्यालयमा पढ्न पाएको भए तैँले भन्दा धेरै र ९० भन्दा बढी नम्बर ल्याउँथी । त्यसैले अवसर त्यसलाई दिनुपर्छ । तँलाई थाहा छ, त्यो नानीका लागि यो नै पहिलो र अन्तिम अवसर हो । तर, तेरा लागि अवसर फेरि पनि जुर्नेछ ।’
शंशाकले हालै नयाँ पत्रिकालाई दिएको अन्तरवार्तामा यो कुरा खुलाएका छन् । उनले भनेका छन्, ‘मैले त्यतिवेला यो सब कुरा बुझिनँ, तर समयले साबित गर्यो, मैले पनि पछि अवसर पाएँ र म डाक्टर भएँ ।’
उनले आफ्ना बाबुबाा पाएको सबैभन्दा ठूलो शिक्षा यही भएको बताएका छन् । उनले भनेका छन्, ‘नेताको छोरो हुनुका अतिरिक्त पहिचान आफैँ पनि बनाउनुपर्छ भन्नेमा म विश्वस्त छु । त्यसका लागि मेरो प्रयास जारी छ ।’
उनले आफुलाई मान्छेहरूले बिपी कोइरालाको छोराको रूपमा मात्र पनि चिन्ने गरेको बताएका छन् । ‘बिपीको छोराकोरुपमा मात्र चिन्नु मप्रतिको ‘सफ्ट कर्नर’ हो । त्यसमा मेरो आपत्ति छैन, तर म कांग्रेस महाधिवेशनबाट निर्वाचित महामन्त्री पनि हो । कार्यकर्ता र देशले मलाई कांग्रेस महामन्त्रीका रूपमा चिनून् भन्ने चाहना छ,’ उनले भनेका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment