Wednesday, January 25, 2017

बेलायतबाट खबर आयो, यम बुद्धको मृत्यु रहस्यमय

‘एकै घरमा बस्ने दुई व्यक्तिको भनाइ किन फरक फरक?’


लन्डन साउथ हयारो नजिक फिल्ड इन्ड रोड नजिकै ससुराली घरमा बस्दै आएका चर्चित नेपाली र्यापर यम बुद्ध अर्थात् अनिल अधिकारीको मृत्युलाई बेलायतबाट प्रकाशित चर्चित पत्रिका डेलिमेलको अनलाइनले समेत ‘रहस्यमय’ भन्दै यसले नेपालमा उनका प्रशंसकहरु शोकमा रहेको उल्लेख गरेको छ।

डेलिमेलका पत्रकार क्रिस समरले यम बुद्धको मृत्युबारे केही नयाँ तथ्यहरु बाहिर ल्याएका छन् जुन नेपाली मिडियामा आएका जानकारीहरुसँग मेल खाँदैन।



लन्डन साउथ हयारो नजिक फिल्ड इन्ड रोड जुन क्षेत्रमा यम बुद्ध बस्थे

युवा पुस्तामा अत्यन्तै चर्चित गायकका रुपमा उदाइरहेका यम बुद्धको मृत्युपछि उनी बस्दै आइरहेकोको घरको तल्लो फ्ल्याटमा बस्ने रोशन भट्टराईले नेपाली मिडियासँग ‘सबैभन्दा पहिला उनी झुण्डिएको आफूले’ देखेको दाबी सहित घटनाबारे विवरण दिइरहेका थिए। भट्टराईले भनेका थिए, ‘बिहान ६ बजे बाथरुम जाँदा बाथरुम बन्द थियो। मैले अर्को साँचो ल्याएर बाथरुमको ढोका खोलेपछि सबैभन्दा पहिला यम बुद्ध झुण्डिइरहेको देखेँ।’

तर बेलायती पत्रिका डेलिमेलको अनलाइन संस्करणमा भने यम बुद्धका ससुराले ‘यम बुद्धलाई आफूले झुण्डिएको भेटेको’ दाबी गरेका छन्। सो घरमा यम बुद्धसँगै उनकी श्रीमती अस्मिता सेडाईँ र सासु ससुरा सँगै बस्दै आएका थिए।


डेलीमेलको समाचारलाई सत्य मान्ने हो भने रोशन भट्टराईले भनेका कुराहरु सबै गलत भएका छन्। यमको मृत्युबारेमा एकै घरमा बस्ने दुई व्यक्तिहरु मध्ये कसले पहिले देखेको हो भन्नेबारे आएका विरोधाभाषपूर्ण कुराले मृत्युबारे झन् आशंका पैदा गरेको छ। र, अर्को कुरा ससुराले बल प्रयोग गरेर ढोका खोलेको भनेका छन् तर रोशन भट्टराईले त भित्रबाट लक लगाएका कारण बाहिरबाट अर्को चाबीले ढोका खोलेको बताएका थिए।



डेलिमेलले यम कामबाट साँझ नै घर फर्केको र त्यही घरमा समय बिताएको तर राती १ः३० बजे मात्र सुत्न गएको उल्लेख गरेको छ। तर रोशन भट्टराईले नेपाली मिडियासँगको कुराकानीमा यम १२ बजे मात्र कामबाट घर फर्केको बताएका थिए।

११ दिन अघि बाथरुममा झुण्डिएर आत्महत्या गरेको भनिएका यम बुद्धका बारेमा उनकै आफन्त र सँगै बस्दै आएका व्यक्तिका भनाइहरु परस्पर बाझिएकाले पनि उनको मृत्युबारे सच्याइ अझै जटिल बन्दै गएको छ।

यम बुद्धको मृत्युबारे उठेका नयाँ तथ्य र जानकारीहरुपछि उनका प्रशंसकहरुले सोसल मिडियामा मृत्युबारे थप अनुसन्धान हुनुपर्ने आवाज उठाएका छन्।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment