Wednesday, January 25, 2017

भारतीय राजदूत रायको यस्तो दाबी, कसले पत्याउला ?

 १२ माघ– नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतले कहिल्यै पनि हस्तक्षेप नगरेको दाबी गरेका छन् ।

रिापेर्टर्स क्लबले बुधबार गरेको साक्षत्कारमा उनले नेपालमा हस्तक्षेप गरेर भारतलाई केही फाइदा नहुने तर्क गरे । नेपालमा अस्थिरता हुँदा भारतलाई फाइदा नहुने पनि उनको भनाइ थियो । ‘भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेप गरेको छैन, यो कुरा नेपालीहरुको मनमा पनि छैन’, उनले भने, ‘हस्तक्षेप गरेर भारतलाई के फाईदा हुन्छ ?’ उनले नेपाललाई नोक्सान पुग्ने कुराले भारतलाई समेत नोक्सान हुने जिकिर गरे । यद्यपि उनले नेपालको हरेक राजनीतिक परिवर्तनमा भारतले साथ दिएको भने बताउन छुटाएनन् ।



काठमाण्डुमा केही राजनीतिक भाषणमा भारतविरोधी स्वर सुनिए पनि नेपाली जनताको मनमा भारतविरोधी भावना नरहेको दाबी उनको थियो । उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई थप मजबुत र आगामी दिनमा आर्थिक साझेदारीमा केन्द्रित रहेर अघि बढाउनुपर्ने बताए । उनले नेपाल–भारत सम्बन्ध दुई मुलुकबीचको सम्बन्ध मात्र नभई व्यक्ति–व्यक्तिबीचको सम्बन्धसमेत रहेको चर्चा गरे । ‘नेपाल–भारत द्विपक्षीय सम्बन्ध प्रगाढ छ, अब २१ औं शताब्दीअनुसार सम्बन्धलाई कसरी थप मजबुत बनाउने भन्नेबारे चुनौतीहरु छन्, त्यतातर्फ हामीले सोच्नुपर्छ ।’

उनले नेपाल–भारत सम्बन्ध बलियो बनाउन आर्थिक विकासको एजेण्डामा मिलेर काम गर्नुपर्नेमा जोड दिए । ‘अबको हाम्रो सम्बन्धको आधार नै आर्थिक एजेण्डा बनाउनुपर्छ, काँधमा काँध मिलाएर कसरी विकास र आर्थिक समृद्धिको बाटोमा हिड्न सकिन्छ भनेर सोच्नुपर्छ’, रायले भने । रायले पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गरिरहेको बताए ।
नेपालको संविधान संशोधन प्रक्रियालाई भारतले कसरी हेरेको छ भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘समस्या समाधान होस् भन्ने हाम्रो चाहना हो, तर कसरी गर्ने, के गर्ने भन्ने कुरा नेपालकै राजनीतिक दलहरुले गर्ने कुरा हो, हामी त समृद्ध नेपाल, स्थिर नेपाल भएको हेर्न चाहन्छौं ।’

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment