Wednesday, January 25, 2017

ट्याक्सी खोलामा खस्दा तीन गम्भीर घाइते


दमौली, १२ माघ । पृथ्वी राजमार्गको दमौली खैरेनीटार सडकखण्डमा पर्ने तनहुँको शुक्ला गण्डकी नगरपालिका–७ स्थित कुम्ले खोलाको पुलबाट आज ट्याक्सी रेलिङ तोडेर खोलामा खस्दा ट्याक्सीमा सवार तीनैजना गम्भीर घाइते भएका छन् ।


घाइते हुनेमा ट्याक्सी चालक पोखरा घारेपाटन बस्ने ३७ वर्षीय जगन गुरुङ सोही ठाउँकी २४ वर्षीया पार्वती गुरुङ र गोरखा सिर्दोबास–४ की ५६ वर्षीया जलमान गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
डुम्रेबाट पोखरा जाँदै गरेको ग १ ज २१०७ नंको ट्याक्सी पुलको रेलिङ तोडेर कुम्ले खोलामा खसेको हो । तीव्रगतिमा गुडेका कारण ट्याक्सी दुर्घटनामा परेको हो । घाइतेको दमौलीको रत्नहरिमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment