Wednesday, January 25, 2017

मध्यराति ३९ एसएसपीको सरुवा, अपराध अनुसन्धानका सर्वेन्द्र खनाललाई प्रहरी प्रधान कार्यालय


काठमाडौं, १३ माघ । बुधबार मध्यराति १२ बजेपछि ३९ जना एसएसपीको सरुवा भएको छ । लामो समयदेखि गृहमन्त्री विमलेन्द्र निधि र आईजीपी उपेन्द्रकान्त अर्यालबीच सम्बन्ध चिसिएका कारण एसएसपीको सरुवा हुन सकेको छैन ।

अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनाललाई प्रहरी प्रधान कार्यालय ल्याइएको छ । उनको ठाउँमा दिनेश अमात्यलाई लगिएको छ । अपराध महाशाखामा रहँदा खनालले काठमाडौं उपत्यकामा हुने संगठित अपराधलाई छिन्न भिन्न पारेका थिए ।

अपराध महाशाखामा मन्त्री निधि निकट अमात्यलाई ल्याइएको छ । कांग्रेस नेता प्रकाशमान सिंहलाई रिझाउन अमात्यलाई ल्याइएको स्रोतले बतायो । अपराधमा आउन अमात्यले धेरै ठूलो प्रयास गरेका थिए । आईजीपी अर्यालले अपराधमा ठूले राईलाई ल्याउन चाहेका थिए ।


काठमाडौं परिसरमा छविलाल जोशी, ललितपुरमा ठूले राई, मेचीमा पिताम्बर अधिकारी, कोसीमा उत्तम कार्की, सगरमाथामा बलराम शर्मा पौडेल, बाग्मतीमा पुष्प रञ्जित, नारायणीमा सूर्य उपाध्याय, लुम्बिनीमा दीपक थापा सरुवा भएका छन् । यस्तो छ सरुवा सूचि

यस्तै, एसएसपी धिरु बस्नेतलाई लागू औषध नियन्त्रण ब्युरो, सुरज केसी कर्णाली, पवनप्रसाद खरेललाई प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा, महेशविक्रम शाहलाई भेरी, प्रेम चन्दलाई महानगरीय विमानस्थल सुरक्षा कार्यालय, त्यहाँका श्याम खत्रीलाई प्रहरी प्रधान कार्यालय जगेडा पुलमा राखिएको छ । केही दिनअघि ३४ किलो सुन बरामदमा मिलेमतोको आशंकामा खत्रीलाई प्रहरी प्रधान कार्यालय तानिएको हो ।

यसैगरी, एसएसपी रमेश खरेललाई प्रहरी प्रधान कार्यालयको युएन जगेडामामा, विक्रम गुरुङलाई अञ्चल प्रहरी कार्यालय धौलागिरी सरुवा गरिएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment