Wednesday, January 25, 2017

नेपाली सेनालाई आफ्नो मातहत खटाउने भारतीय प्रस्तावबारे यस्तो आयो सरकारको धारणा



काठमाडौं, ११ माघ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरूलाई आफ्नो सेनामातहत खटाउने भारतीय प्रस्तावलाई सरकारले अस्वीकार गरेको छ ।

मंगलबार चितवन पुगेका रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेना आफ्नै कमान्डमा शान्ति सेनामा जाने स्पष्ट पारे । उनले प्रस्ताव आएकोबारे आफूलाई जानकारी नभएको बताए ।



नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली सेनाले राष्ट्रियता, अखण्डता र एकताका लागि गरेको बलिदान महत्वपूर्ण भएको बताउँदै सेना आफ्नै झन्डामा शान्ति स्थापनाका लागि खटिने स्पष्ट पारे ।

भारतले क्षेत्रीय (सार्क) र उप–क्षेत्रीय (बीबीआईएन) सुरक्षाको हवाला दिँदै नेपाली सेनालाई भारतीय सेनाको ‘कमान्ड’अन्तर्गत रहने गरी नेपाली अधिकारीहरुसँग पटक पटक प्रस्ताव र दबाब दिँदै आएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment