Wednesday, January 25, 2017

प्रचण्ड र देउवाबीच नै सत्तामा किचलो


१३ माघ, काठमाडौं ।
प्रमुख तीन दलबीच वैशाख महिनाभित्र नै स्थानीय तहको निर्वाचन गर्ने सहमति सेलाएको छ । मधेसी मोर्चाले संविधान संशोधन विधेयक पारित नभएसम्म निर्वाचनको औचित्य नहुने चेतावनी दिएपछि सरकार पछि हटेको छ ।

तत्काल निर्वाचनको मिति घोषणा नगर्ने मुडमा प्रचण्ड

प्रचण्डले माघ १५ गतेभित्र नै सरकारले स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेका थिए । तर मधेसी मोर्चाले असहमति जनाएपछि चुनाव घोषणा गर्ने काम अलपत्र परेको छ । निर्वाचनको मिति तय गर्नको लागि प्रमुख तीन दलबीच छलफल नै हुन छोडेको छ ।



निर्वाचन घोषणा गर्नको लागि संविधान संशोधन विधेयक पारित गर्नुपर्ने बाँध्यता प्रचण्डको अगाडि तेर्सिएको छ भने प्रमुख प्रतिपक्ष दल एमालेले कुनै पनि हालतमा संविधान संशोधन विधेयक पारित गर्न नदिने अडान लिएको छ ।

फेरि मन्त्रीमण्डल विस्तारको तयारीमा प्रचण्ड

कांग्रेस र माओवादीबीच भएको सहमति अनुसार अबको तीन महिनापछि प्रचण्डले कांग्रेस सभपाति देउवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुन्छ । तर निर्वाचनको मिति घोषणा गरेर मात्र सरकार छोडने मनस्थितिमा प्रचण्ड रहेका छन् ।

देउवाको एउटै धुन: जसरी पनि सत्ता !

निर्वाचनको मिति घोषणा गर्नको लागि संसदमा रहेको संविधान संशोधन विधेयक पारित गर्ने अवस्था छैन् । जसको कारण प्रचण्डले सत्ता नछोडने हो कि भन्ने त्रासमा देउवा रहेका छन् । सरकारको नेतृत्व हस्तान्तरण गर्ने हो कि होइन भन्ने शंका कांग्रेंस सभपाति देउवाले गर्न थालेका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment