बेलडाँगी र मोरङको पथरी शनिश्चरेस्थित शिविरमा बस्दै आएका शरणार्थीले पेटभरि खान पाएका छैनन् । जसोतसो खोले खाएर दिन कटाइरहेको उनीहरु बताउँछन् । प्रर्याप्त खाना नपाउँदा वृद्धवृद्धा, बालाबालिका र अशक्तमा समस्या देखिन थालेको छ। कमजोरीले बालबालिका विद्यालय जान नसक्ने भएका छन् । डब्लुएफपीले वितरण गर्दै आएको न्युनतम राहतसमेत कटौती भएपछि शरणार्थीले रासन लिन अस्वीकार गर्दै आएका हुन् । यसले गर्दा १० हजार दुई सय ६५ भुटानी शरणार्थी बस्दै आएको शिविरमा मानवीय संकट उत्पन्न हुने खतरा बढ्दै गएको छ । लाइटनेपालबाट साभार गरिएको |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment