कुराकानीकै क्रममा एसपी उपाध्यायले सांसद मण्डलाई एक्कासी मिस तपाईको बिहे भयो भनेर सोधे । एक छोरा एक छोरीका आमा बनिसकेकी मण्डलाई एक्कासी राति फोन गरेर छाडा बोल्न थालेपछि उनी अक्कन बक्क भईन् । यति मात्र होइन् एसपी उपाध्यायले ‘यो चिसोमा एक्लै गाह्रो हुन्छ होला है’ भन्दै यौन अश्लील शब्द बोले पछि संगीता रिसाइन् ।
आफूलाई एसपीले फोनमा दुव्र्यवहार गरेको भन्दै संगीताले आफ्नै पार्टीका नेतासमेत रहेका गृहमन्त्री विमलेन्द्र निधीलाई जानकारी गराएकी थिइन् । त्यसलगत्तै मन्त्री निधीको निर्देशनमा एसपी उपाध्यायलाई सोमबार हेडक्वार्टर झिकाइएको छ । महिला सांसदलाई आधा रातमा फोन गरेको भन्दै उपाध्यायलाई सोमबार नै हेडक्वार्टर तानिएको हो । महोत्तरी जिल्ला प्रहरी कार्यालयले भने ‘एसपी साहेब केही दिनको बिदामा काठमाडौं गएको’ जानकारी दिएको छ ।
एसपी उपाध्यायले राति सांसद संगीतालाई फोनमा छाडा शब्द प्रयोग गरेको उनको दाबी छ । सांसद संगीताले भनिन्, ‘त्यस्तो ठूलो केही पनि हैन, एसपीसा’ ले ममाथि मिस बिहे गर्नुभयो, र यो कुरा मैले गृहमन्त्रीज्यूलाई जानकारी गराएँ ।’
फोनमा त्यस्तो व्यवहार गरिसकेपछि एसपीले आफूसित माफीसमेत मागिसकेको सांसद धानुकले बताइन् । धानुकले भनिन्, ‘उहाँले सरी पनि भनिसक्नुभएको छ । तर, म सांसदजस्तो व्यक्तिमाथि त्यस्तो अपमान हुँदा चुपलाग्नुहुँदैन भनेर मैले गृहमन्त्रालयमा जानकारी दिएकी हुँ ।’ उनले भनिन्, ‘मेरा श्रीमान र छोराछोरीका अगाडि उहाँले फोनमा त्यस्तो व्यवहार गर्दा चुप लागेर बस्ने कुरा पनि त भएन ।’
– नव जनप्रहारबाट
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment