Friday, January 27, 2017

सात मुश्लिम देशबाट अमेरिका छिर्न प्रतिबन्ध

१५ माघ, एजेन्सी।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक आतंकवाद विरुद्ध कारवाहीलाई लिएर आफ्नो एक योजना स्पष्ट गरेका छन्। एक निर्देशन पत्रमा ट्रम्पले हस्ताक्षर गरेका छन्। यसको अनुसार, इस्लामिक कट्टरपन्थीलाई अमेरिकाबाट पर धकेलिने छ। साथै अमेरिका आउने शरणार्थीमाथी पनि लगाम लगाइने भएको छ।

ट्रम्पले इराक, इरान, सिरिया, सूडान, लीबिया, सोमालिया र यमन, यी ७ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका छन्। यी देशका नागरिकले अब अमेरिकाको भिसा पाउने छैनन्।

ट्रम्प भन्छन्, ‘हामी एक नयाँ कानुन बनाउन गइरहेका छौ। यसले इस्लामिक कट्टरपन्थी र आतंकवादीलाई देशबाट बाहिर धकेल्ने छ। हामी उनीहरुलाई देशमा देख्न चाहदैनौँ।’

ट्रम्पले शुक्रबार रक्षा विभाग पेन्टागनमा पहिलो पटक प्रवेश गरेका थिए।



उनले भने, ‘म भरोसा दिलाउन चाहन्छु कि देशमा कुनै खतरा छैन। हाम्रो सैनिक विश्वभरमा लड्दै छन्। म केवल यो बताउन चाहन्छु कि जो मानिस देशमा छन् उनीहरुले देशको समर्थन गरुन र आपसमा प्रेम गरुन।’

के छ निर्देशन?
ट्रम्पले ‘प्रोटेक्सन अफ द नेशन फ्रम फरेन टेररिस्ट एन्ट्री इन्टु द यूनाइटेड स्टेटस्’ (अमेरिकामा प्रवेश गर्ने विदेशी आतंकवादीबाट देशको रक्षा) नाम गरिएको निर्देशनमा हस्ताक्षर गरेका हुन।

यसको अनुसार ‘कयौं विदेशी मूलका आतंककारीले ९/११ पश्चात आतंकवाद फैलाउने आरोपमा सजायँ पाइसकेका छन्। जसमा कयौं त यात्रु, विद्यार्थी, रोजगारी भिसामा वा शरणार्थी बनेर अमेरिका प्रवेश गरेका छन्।’

‘केही देशमा युद्ध जस्तो अवस्था, विपद् वा अशान्तिका कारण स्थिति खराब भएको छ। आतंकारी कुनै पनि अवतारमा अमेरिका प्रवेश गर्ने कोशिश गर्नेछन्। अब भिसा दिने समय ध्यान राखिने छ कि अमेरिकालाई कुनै समस्या नआयोस्।’, ट्रम्पले भने।

१२० दिनसम्म अमेरिका आउन सक्ने छैनन् शरणार्थी
अमेरिका शरणार्थी भर्ती कार्यक्रमलाई पनि १२० दिनसम्म बन्द गरिएको छ। ट्रम्प क्याबिनेटका सदस्यले राम्रो संग जाँच गरेपछि मात्र यो प्रक्रिया फेरी सुरु गरिनेछ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment