काठमाडौं, माघ १४ – देशभरी कै मौसम शुक्रबार बदली भएको छ । दिपायलसहित केहि ठाउँमा बिहानैदेखि हल्का पानी परिरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित मध्य र पूर्वी नेपालका केहि ठाउँमा पनि दिउँसो हल्का पानी पर्ने र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद् विभुति पोख्रेलले जानकारी दिनुभयो ।
अहिले पश्चिमी क्षेत्रमा पानी पारिरहेको छ । पश्चिमी वायु दिउँसोसम्ममा मध्य क्षेत्रमा आइपुग्ने र अहिले मौसम बदली गराएको पश्चिमी वायु रातिसम्ममा नेपालबाट बाहिरिने अनुमान गरिएको मौसमविद् पोखरेलले जानकारी दिनुभयो । शनिबार बिहानदेखि देशभरी कै मौसममा सुधार हुने उहाँले बताउनुभयो । रातिदेखि नै बादल लागेपछि देशभरकै न्यूनतम तापक्रम भने बढेको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment