Thursday, January 26, 2017

विश्वको असाधारण साहसिक व्यक्तिमा मिरा राई बिजयी भएकाे नेशनल जोग्राफीको घोषणा



काठमाडौं, १४ पुस । विश्व अल्ट्रा म्याराथन धाविका मिरा राईलाई विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयरक २०१७ को विजयी घोषणा गरिएको छ । संसारभरका दश असाधरण साहसिक सफलता प्राप्त गर्ने व्यक्तिहरुको सुचीमा उनलाई अनलाईन भोटमा सर्वाधिक मत आएको थियो ।

राई सहित १० जनालाई नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) को सुचीमा राखेको थियो । विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा उनी अनलाईन भोटिमार्फत पहिलो भएकी नेशनल जोग्राफीले जनाएको छ ।



भोजपुरको गरिब परिवारमा जन्मेकी मिरा बाल्यकालमा माओवादी सेनामा लागेकी थिइन् । माओवादी जनमुक्ती सेनाको पिएलए स्पोर्टस क्लबबाट खेलजीवन सुरु गरेकी उनलाई अनमिनले अयोग्य लडाकु भन्दै शिबिरबाट निकालेको थियो ।

आर्थिक अभावकै कारण उनले मलेसिया जानको लागि पासपोर्ट भिसा समेत तयार बनाइराखेको अवस्थामा बालाजु कराँते डोजोका अध्यक्ष तथा कराँते प्रशिक्षक धुर्व विक्रम मल्लले उद्धार गरेर आफ्नो ल्याएका थिए ।

 मीरा गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा १७ वर्ष अघिदेखिको पूर्व विजेतालाई पन्छाउँदै पहिलो भएकी थिइन्।

उनी हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन रहेकी छन्। त्यस्तै, ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड सिरिजमा नर्वेकी पूर्व च्याम्पियन इमेलिई फोर्सवर्गभन्दा केही समयले पछि पर्दै दोस्रो स्थानमा परेकी थिइन्।
१२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी हुन्।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment