काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय राजदूतावासको भोज बहिष्कार गरेका छन् ।
दक्षिण छिमेकी भारतको ६८ औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित लैनचौरमा रहेको दूतावासले आयोजना गरेको दिवा भोजमा ओलीसहित प्रमुख दलका शीर्ष नेता सहभागी नभएका हुन् ।
दिवा भोजमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सशस्त्र प्रहरीको अधिकृत दिक्षान्त समारोहमा सहभागी हुन पोखरा हुँदा र काँग्रेस सभापति शेरबहादुर देउवा पार्टीको कार्यक्रमका लागि दाङमा हुँदा उपस्थित हुन सकेनन् ।
तर, ओली राजधानीमै भएर पनि दूतावासको भोजमा गएनन् । उनी निकटस्थ एक नेताका अनुसार राजधानीमै रहेर पनि ओलीले नगएर भोज बहिष्कार गरेका हुन् ।
दूतावासले तीनै प्रमुख नेतालाई दुई साताअघि नै निम्ता पठाएको थियो । राजदूत रञ्जीत रे आफैंले तीनै शीर्ष नेतालाई निम्ता दिएका थिए ।
भोजमा सहभागी मधेसवादी दलका नेता ।
राजदूतको निम्तोमा प्रचण्ड र देउवाले आउन नसक्ने जानकारी गराएपनि ओलीले कुनै चासो दिएनन् । ओलीको यो कदमबाट राजदूत रेले आफू अपमानित भएको महसुस गरेका छन् भने एमालेजनहरु राजदूतको असली औकात देखाइदिएको टिप्पणी गर्छन् ।
भोजमा मधेसवादी दलका अधिकांश नेताहरु सहभागी थिए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment