मोरङ, १२ माघ । मोरङमा अज्ञात समूहले प्रहार गरेको गोली लागेर एक जना घाइते भएका छन् । मोरङको सोराहाभाग–१ कर्सियामा बुधबार अज्ञात समूहको गोली लागेर जीवन विकास समाजका कर्मचारी घनश्याम बाहादर घाइते भएका छन् ।
उनको तिघ्रामा चोट लागेको र अहिले विराट नरसिंहहोममा उपचार भइरहेको छ । सो घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका र एउटा भारतीय नम्बरको मोटर साइकल बरामद गरिएको बताइएको छ ।
उक्त गोली प्रहारमा संलग्न भएको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment