Sunday, March 12, 2017

संघिय गठनबन्धनद्धारा कपिलवस्तुमा भोलि यातायात बन्दको आव्हान

संघिय गठनबन्धनद्धारा कपिलवस्तुमा भोलि यातायात बन्दको आव्हान कपिलवस्तु – नेकपा एमालेले मधेशी आदीबासी,जनजाती,थारु दलित,मुस्लिम लगायत नेपालमा सञ्चालित विभिन्न आन्दोलनको भावना विपरित मेची महाकाली अभियान सञ्चालन गरेको विरोधमा भोलि सोमबार कपिलबस्तुमा संघिय गठबन्धनले बन्दको आब्हान गरेको छ । गत फागुन २३ गते सप्तरीमा आयोजित सभामा ७ जना हत्या तथा दर्जनौँ घाइते पारिएको घटना सेलाउन नपाउँदै उक्त कार्यको निरन्तरतामा एमाले अध्यक्ष केपी ओली कपिलवस्तु आउन लागेको भन्दै संघिय गठनबन्धनले विरोध जनाएको बिरोध स्वपरुप बन्द आब्हान गरेको विज्ञप्तिमा जनाएको छ । संघिय गठबन्धन कपिलवस्तुका संयोजक शैलेन्द्र कुमार यादवद्धारा हस्ताक्षरित विज्ञप्ती प्रकाशित गर्दै भोलि सोमबार जिल्लामा सम्पुर्ण यातायात बन्दको आव्हान गरिएको बताइएको छ । मधेशको भावना बिपरित एमालेले मेची महाकाली यात्रा थालेको भन्दै अभियान स्थगित गर्न आव्हान समेत गरेको छ । साथै गठबन्धनले सप्तरी घटनाले मधेश शोकाकुल भएको भन्दै भोलि तराईमा परेको होली पर्वमा रातो रंग प्रयोग नगर्न पनि अपिल गरेको छ ।

दैलेखदेखि नेपालगञ्जका लागि छुटेको बस दुर्घटना हुदा एकको मृत्यू

दैलेखदेखि नेपालगञ्जका लागि छुटेको बस दुर्घटना हुदा एकको मृत्यू दैलेख –दैलेख देखि नेपालगंजका लागि छुटेको ४ ख ४८६७ नम्वरको वस भेरिगंगा नगरपालिका ११ छिन्चु नजिकै झीङेनारामा दुर्घटना भएको छ ।
दुर्घटना हुँदा २८ वर्षिय मन बहादुर बुढाको मृत्यू हुनुका साथै १२ जना घाईते भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटना करिब साढे ५ बजे भएको बताएका छन् ।

गोरखाका भूकम्पपीडित भन्छन्, ‘पहिले बस्ने गोठ, त्यसपछि मात्र भोट’





सरकारले वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेपछि गोरखाका दुई नगरपालिका र नौ गाउँपालिकाका स्थानीयबासीमा उत्सुकतासहित चुनावी तयारीले छोपेको छ। पार्टीमा क्रियाशील कार्यकर्तादेखि स्वतन्त्र भनिएका र गाउँमा प्रभाव राख्न सक्ने बिद्यालयका प्रध्यानाध्यापकहरु पनि भित्रभित्र चुनावको तयारीमा जुटेका छन्।

गाउँमा जान्नेसुन्ने भनिएका शिक्षकहरु निवृत्तिभरणमा बसेर या जागिर छाडेर गाउँपालिका प्रमुख, उपप्रमुखमा उम्मेदवारी दिने तयारीमा छन्।

निर्वाचन आयोग तयार रहेपछि सरकारले निर्वाचनको मिति घोषणा त ग¥यो । तर, चुनावी रन्को भन्दा पनि गोरखाबासीलाई पुनःनिर्माणको चिन्ताले सताएको छ। जग्गा हुनेहरुले घर बनाइरहेका छन्। भूकम्पले घडेरी चिरा परेका, ढलेका, पहिरो लडेका जग्गा हुनेहरु भने चिन्तामा छन् । विस्थापितहरु एकै स्वरमा भनिरहेका छन् – पहिले बास बस्ने गोठ अनि मात्रै भोट।'

विसं २०७२ वैशाख १२ मा बारपाक केन्द्र रहेर गएको ‘गोरखा भूकम्प’ ले जिल्लाका ७० हजारभन्दा बढी भौतिक संरचना (घर, गोठ, सामुदायिक, सरकारी, आमा समूहलगायतका भवन) मा क्षति पु¥याएको थियो। यस्तै भूकम्पमा ४७२ जनाले ज्यान गुमाएका थिए। अठार जना विभिन्न ठाउँमा बेपत्ता रहे पनि उनीहरुको लाश खोज्नतिर भन्दा जिल्ला दैवीप्रकोप उद्धार समितिले मृतकको सूचीमा नाम समावेश गरिदियो। आफन्तलाई रु. ४० हजारका दरले किरिया खर्च उपलब्ध गरायो। आफन्तको सट्टा भर्ना कहाँ पैसाले लिन सक्थ्यो र? पीडा उस्तै छ।

भूकम्पपछि घाइतेको उद्धार, राहत बितरण गर्न भन्दै सयौं संस्थाहरु जिल्ला भित्रिएका थिए। अधिकांश संस्थाहरु राहतको पोका बाँडेर बाटो लागे भने औँलामा गन्न सक्ने संस्थाहरु मात्रै सरकारलाई साथ दिँदै पुनःनिर्माणको चरणसम्म टिकिरहेका छन्। सरकारले टहरो छाउन भन्दै भूकम्पपीडितलाई रु. १५ हजारका दरले रकम उपलब्ध गराएका बेला सङ्घसंस्थाले रु. ५० करोड भूकम्पपीडितलाई बाँडे। यसले गर्दा सरकारको पैसा बचेको थियो। जिल्लामा अझै कुन गाउँ सरकारी र कुन गाउँ एनजिओ भन्ने चर्चा चल्छ। एनजिओको सहयोगमा पुनर्लाभ र पुनःनिर्माणका योजना सञ्चालन भइरहेका गाउँलाई एनजिओ गाउँको उपमा दिइएको हो।

भूकम्पले ढुङ्गा, माटो र काठको जोडाइले बनेका जिल्लाभरका करिब ७० हजार ओटा घरलाई बस्न नमिल्ने गरी क्षति पु¥याएको भए पनि इन्जिनियरहरु गाउँ पुगेर लिएका तथ्याङ्कलाई आधार मान्दा पहिलो चरणमा ५८ हजार ५०३ भूकम्पपीडित अनुदान पाउने लाभग्राहीको सूचीमा परेको देखिन्छ। इन्जिनियरले विभेदपूर्ण तवरले तथ्याङ्क सङ्कलन गरेकोलगायत कारण देखाउँदै जिल्ला दैवीप्रकोप उद्धार समितिमा १६ हजारभन्दा बढी निवेदन परेका थिए। तीमध्ये पहिलो चरणमा एघार हजार गुनासाहरु फछ्र्यौट गरिएका छन्। फ्याट्टै अनुदान दिने र पुनः तथ्याङ्क सङ्कलन, अनुगमन, अवलोकन गरी लाभग्राहीको सूचीमा राख्न सकिने गरी गुनासो फछ्र्यौट भएका हुन्। अहिलेसम्मको तथ्याङ्क हेर्दा ५८ हजारमध्ये ५४ हजार जनाले रु. ५० हजारका दरले अनुदान रकम बुझिसकेका छन् । उनीहरुको बैंक खातामा पैसा गइसकेको छ। लाप्राकीलाई घर बनाउने प्रयोजनका लागि सरकारले अनुदान रकम दिनु परेन।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले गुप्सीपाखामा एकीकृत लाप्राक नमूना बस्ती निर्माणको काम धमाधम अधि बढाएको छ। अहिलेसम्म करिब एकसय घरको जगको गारो लगाउने काम भएको छ भने घडेरीहरु सम्याउने काम, ईंट्टा बनाउने काम भइरहेका छन्।

पुनःनिर्माणलाई अभियानकै रुपमा अघि बढाउन सकिएको छैन। भूकम्पको केन्द्रमा राष्ट्रपति बिद्यादेवी भण्डारीको हातबाट शिलान्यास गरिएको गोपाल बिकको घर नै मापदण्ड विपरीत बनेपछि पुनःनिर्माणको अवस्था कहाँनेर चुकेको छ भन्ने प्रष्ट तस्बिर देखापर्छ। घर बनाएका गाउँलेहरु इन्जिनियरले घर हेर्न आएनन् भन्छन्। इन्जिनियरहरु घर हेर्न गएका छौं, मापदण्ड अनुसार बनाउँदैनन्, दोस्रो किस्ता कसरी सिफारिस गर्न सकिन्छ भन्दै अड्डी कस्छन्।
दोस्रो किस्ता बाँड्न दुई अर्ब रुपैंयाँ बजेट आएको छ, बितरणको अवस्था नाजुक छ। अहिलेसम्म १५० जना लाभग्राहीले दोस्रो किस्ता लगेका छन्। तीन हजार जतिले दोस्रो किस्ता दाबी गरेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ।

पुनःनिर्माणको तथ्याङ्क केलाउँदा विभिन्न सङ्घसंस्थाले अर्धपक्की भवन बनाउँदै हस्तान्तरण गरेका छन्। करिब एक करोड खर्च गरेर सङ्घसंस्थाले बनाएका विद्यालय, स्वास्थ्यचौकी तथा गाविस भवनहरु पाँच÷सात वर्ष टिक्ने खालका छैनन्। प्रिफ्याब प्रयोगले बनाइएका भवन धेरै वर्ष टिक्ने पनि होइनन्। पक्की भबन नबनुञ्जेलका लागि अर्धपक्की भबन निर्माणको जिम्मा सरकारले गैससलाई दिएअनुसार लाखौंंको लगानीमा भवन बनिरहेका छन्। अब अर्धपक्की होइन पक्की संचरना निर्माणमा ढिलाइ भइसकेको छ। भूकम्प गएको २२ महिना हुँदा पनि दिगो पुनःनिर्माणमा जुट्न नसक्नु दुःखदायी पक्ष हो।

चार सय ५० विद्यालय भवन पुनःनिर्माण गर्नुपर्नेमा पुनःनिर्माण भएको अर्धपक्की संरचनालाई हिसाब गर्दा पनि मुस्किलले ५० विद्यालय पुनःनिर्माण भएको छ। यीमध्ये सरकारी तवरबाट एउटै विद्यालय पुनःनिर्माण भएको छैन। आठ ओटा स्वास्थ्यचौकी पुनःनिर्माण भएका छन्। गाविस भवन पुनःनिर्माण हुन सकेको छैन। गोरखा दरबारलगायत पुरातात्विक महत्वका संरचनाको पुनःनिर्माणमा सङ्घसंस्थाको सहयोग अपेक्षा पनि गरिएको छैन, सरकारी तवरबाटै बजेट आए पनि पुनःनिर्माणले गति लिएको छैन। पैसा वितरण गर्दा पनि घर बन्दैन भन्ने उदाहरण उत्तरी भेगका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास गाउँका पीडितको बैंक खातामा अनुदान रकम पठाए पनि उनीहरुले रकम झिकेका छैनन्। मापदण्डअनुसार घर पनि बनाएनन्। खबरदारी कसले गर्ने?

भूकम्प गएलगत्तै केही संस्था राहत बाँड्न आए केही भने चिरा परेका जमिनमा पुनः बस्ती बसाल्न मिल्छ या मिल्दैन अध्ययन गर्न आएका थिए। भूगर्भविद्, इन्जिनियरलगायत टोलीले अध्ययन गर्दै बस्ती स्थानान्तरण गर्नुपर्ने बतायो। जिल्ला दैवी प्रकोपमा त्यसबेलाका प्रतिवेदन हेर्दा गोरखाका २३ वस्ती सुरक्षित ठाउँमा सार्नुपर्ने उल्लेख छ। तर अहिलेसम्म लाप्राकीलाई गुप्सीपाखाको (१८.३१ हेक्टर वनको जग्गामा) सार्नेबाहेक अन्य वस्ती कहाँ स्थानान्तरण गर्ने टुंङ्गो लागेको छैन। सबैभन्दा बिजोग केरौंजा गाउँका जनताको छ। गाउँमाथि र तल ठूला पहिरो छन् । गएको बर्खामा पहिरोले ३० भन्दा बढी टहरा बगाइदियो। बर्खामा मात्र कहाँ हो र ? यहाँ हिउँदमा पनि सुख्खा पहिरो खसिरहन्छन्। गाउँलेहरु कहाँ घर बनाउने भन्ने चिन्तामा छन्। अनुदान लिइसकेका केरौंजाका ४०० घरधुरीका जनताले सुरक्षित जग्गा नपाउँदा घर निर्माण गर्न पाएका छैनन्। पहिरोको डरले घर, गृहस्थीलाई निरन्तरता दिन सकेका छैनन्।

 साविक केरौंजा गाविस वडा नं १, २, ३ र ४ का जनतालाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने भएपनि प्रक्रिया अघि नबढेको केरौंजा ४ का काजी गुरुङले गुनासो गरे। गाउँबाट विस्थापित भएका गुरुङले भने, ‘चार सय ६५ घरधुरी सुरक्षित ठाउँ खोजेर अन्यत्र सार्नुपर्ने छ। पहिरोको डर छ। पानी परेपछि गोठ सारेझैं घर सार्दै हिड्नुपर्छ।’ केरौंजाको माटो परीक्षण गरी कहाँ बस्ती राख्दा दिगो हुन्छ भन्नेबारे अध्ययन गरिदिन सरकारी सहयोग स्थानीय बासिन्दाले खोजेका छन्। आफू बस्ने घर कहाँ बनाउने भन्ने टुङ्गो नलाइकन चुनावमा होमिन नसकिने गुरुङले बताए।

केरौंजा मात्र होइन, बारपाक, लापु, उहिया, घ्याच्चोक, सिम्जुङ, बगुवा, गुम्दा, सिर्दिवास गाउँका भूकम्प पीडितलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने छ। साविक बारपाक गाविस ५ को दलित वस्तीका भूकम्पपीडित आफ्नो गाउँबाट विस्थापित भएर वडा नं ४ को सार्वजनिक जग्गामा बसेका छन्। उक्त दलित वस्तीमा भूकम्प स्मृति उद्यान बन्ने प्रक्रिया अघि बढे पनि त्यहाँ घडेरी भएका जनतालाई कहाँ स्थानान्तरण गर्ने भन्ने एकीन भएको छैन। बिस्थापित भई सार्वजनिक जग्गामा टहरो बनाएर बसेका सुकबहादुर बिक भन्छन, ‘३२ घरधुरीका बिस्थापित जनता कहिलेसम्म टहरोमा बस्ने हो ? हावाहुरीले त्रिपाल उडायो, जस्तापाता किन्ने पैसा छैन।’ पचास हजारका दरले अनुदान दिएपनि जग्गा अभावले घर बनाउने काम थाल्न नपाएको बिकको भनाइ छ। बारपाककै कोजे, स्नान गाउँ पनि जोखिमयुक्त छ।

 बारपाककी कुमारी सुनारले विस्थापितलाई स्थापित गर्न सरकारी तवरबाटै सहयोग हुनुपर्ने बताइन्। उनी भन्छिन– ‘संस्थाका मान्छेहरु आउँछन्, पीडा, समस्याहरु सुन्छन्। अर्को पटक आउँदा समाधान गर्छु भन्छन् तर फर्केर पनि आउँदैनन्। सिडियो हामी चिन्दैनौं। सरकारकहाँ हाम्रो कुरा कसरी पु¥याउने ?’ सरकारले सुरक्षित जग्गाको खोजिदिए झुप्रो बनाएर बस्ने कुमारीको धोको छ। गाउँतिर चुनावको तयारी कस्तो छ ? भन्ने प्रश्नमा कुमारीले भनिन – ‘जो उम्मेदवार भए पनि हामीलाई केही मतलब छैन। जसले घर बनाउने जग्गा खोजिदिन्छ उसैलाई भोट दिन्छौं। गाउँलेहरु यसै भनिरहेका छन्।’ केरौंजाकी कविता घलेले विस्थापित गाउँलेहरु अर्काको बारीमा बस्दै आएको र बारी धनीले मकै रोप्ने बेला भएको भन्दै टहरो हटाउन भनेपछि पीडा थपिएको गुनासो गरिन् । उनले भनिन्– ‘मकै रोप्ने बेला भयो। बारी खाली गर भनेका छन्। यहाँबाट उठेर हामी कहाँ जाने ? बालबच्चा कहाँ लैजाने?’

भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठले निजी आवास पुनःनिर्माण र विस्थापित भएका जनतालाई स्थापित गर्नुपर्ने काम रफ्तारमा अघि नबढेको बताए। श्रेष्ठले भने – ‘भूकम्पको केन्द्र बारपाकमै एकीकृत बस्ती विकासको काममा आलटाल भएको छ। केरौंजा, काशीगाउँ, उहिया, माछाखोलालगायत क्षेत्रमा एकीकृत बस्ती बिकास गर्ने कुरा भएपनि बजेटको ब्यबस्था अहिलेसम्म हुन सकेन। केरौंजाका ३००, सिर्दिवासका १५, घ्याच्चोकका १५ घरधुरी बर्खाअघि नै सुरक्षित ठाउँमा सार्नुपर्ने श्रेष्ठको भनाइ छ।

 प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक जितेन्द्र बस्नेतले जोखिममा रहेका बस्ती सुरक्षित ठाउँमा सार्नेबारेमा राजनीतिक दलले खेल्दै आएको भूमिकाबारे प्रश्न गर्दै भने– ‘जोखिमका बस्ती कहाँ स्थानान्तरण गर्न सकिन्छ भन्नेबारे कुनै दलका नेताले सोधखोज गरेका छैनन्। सरकारले स्थानीय स्तरमा अधिकार पनि नदिने काम पनि गरेन भन्ने? समस्या समाधान गर्न जिल्ला समन्वय समिति गठन भएको छ। सांसद, सिडियो, एलडियो सदस्य छन्ं । तर, त्यो समितिले राय, सुझावमात्रै दिन सक्छ यो काम गर, त्यो नगर भनेर निर्णय गर्न सक्दैन। हातखुट्टा बाँधेर पुनःनिर्माण छिटो गर भनेर मात्रै हुन्छ ? अधिकार दिनुपर्दैन?’

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सदस्य हरिराम पराजुलीले निजी आवास पुनःनिर्माण र गृह मन्त्रालय मातहतका कार्यालयहरुको पुनःनिर्माणमा ढिलाइ भएकै बताए। पुनःनिर्माणको कामलाई तीव्रता दिन नसकिरहेका बेला स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि घर बनाउने काम छाडेर पनि राजनीतिक दलका भाषण र कार्यक्रम हेर्नतिर भूकम्प प्रभावितको ध्यान गएको छ। चुनावमा भोट दिएर असल नेतृत्व चयन गर्ने र आफ्नो ठाउँको विकास आफैं मिलेर गर्ने भन्दै गाउँका अगुवाहरु भने चुनावी कार्यक्रममा सरिक हुँदै आएका छन्। रासस

आखिर के खान्छन् मेसी?


प्रायः ३० वर्ष पुगेपछि अन्तर्राष्ट्रिय फुटबल खेलाडीको खेल स्खलित हुँदै जान्छ। उनीहरूले खेलभन्दा बढि चोट बोक्ने गर्छन्। किशोर अवस्थामा झै उनीहरूमा त्यति ठूलो प्रभाव देखिदैन्।

तर, अन्तर्राष्ट्रिय फुटबल खेलाडीमध्ये कोही यस्ता पनि हुन्छन, जो बढ्दो उमेरसँगै झन् बढि आक्रामक र चुस्त देखिन्छन्। त्यसमध्ये अहिले सबैभन्दा बढि चुस्त र आक्रामक खेलाडी बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी देखिन्छन्।


लगभग ३० को हाराहारीमा पनि उनको फुर्ती देखेर दंग नपर्ने सायदै कोही होलान्। आखिर कसरी उनी यो उमेरमा पनि यति फुर्तिलो देखिए होलान्? यसको उत्तर खोजिरहेका उनका समर्थकका लागि भर्खरै मेसीका ‘डाइटिसियन’ गुइलियानो पोसरले नयाँ खुलासा गरेका छन्।
उनले विश्व चर्चित खेलाडीको खान्कीको विषयमा स्पेनिस पत्रिका मुन्डो डेपोर्टिभोलाई अन्तर्वार्ता दिँदै मेसीको खानपिनको विषयमा थुप्रै रोचक तथ्य सार्वजनिक गरेका छन्। इटालीका यी ‘डाइटिसियन’लाई सन् २०१४ मा मेसीले नियुक्त गरेका थिए। यसपछि मेसीको खानपिन मात्र होइन, ज्यानमा पनि थुप्रै परिवर्तन देखिएको छ।

गुइलियानोका अनुसार पर्याप्त पानी, राम्रो अोलिभ तेल, अन्न, फलफुल र हरियो तरकारीले बार्सिलोनाका स्टार स्ट्राइकरको शारीरिक क्षमतालाई ओजिलो बनाएको छ।

‘यसबाहेक पनि पर्याप्त मात्रामा बदाम र गेडागुडीले उनलाई फाइदा पुर्याएको छ,’ गुइलियानोले भने, ‘उनलाई चिनीको मात्राबाट टाढा राखिएको छ। अधिक चिनीजन्य पदार्थले मांसपेशीमा खराबी गर्छ।’
गुइलियानोले पछिल्लो समय बजारमा शुद्ध पिठोको समस्या देखिएको र शुद्ध पिठो पाउन गाह्रो पर्ने बताउँदै मेसीको खानपिन त्यही अनुरुप कहिलेकाहीँ परिवर्तन हुने बताए।

विश्व चर्चित थुप्रै खेलाडीहरू प्रोटिनका लागि मासुलाई अत्याधिक महत्व दिन्छन्। तर, गुइलियानोले पचाउन गाह्रो पर्ने कारण मेसीलाई कम मासु खान सल्लाह दिएका छन्। ‘अन्य देशका व्यक्तिहरूको तुलनामा अर्जेन्टिना र उरुग्वेका मानिसहरूले मासु बढि खान्छन्। जुन पचाउन गाह्रो पर्ने गर्छ।’

उनले खानपीनका लागि आफूले बनाएको नियमलाई पालना गरेर मेसीको स्वास्थ्यमा झन् ठूलो परिवर्तन देखिएको दावी गरेका छन्।

यस कारण आत्तिनु पर्दैन, विश्वकपमा यसरी पुग्न सक्छ नेपाल


काठमाडौं ।
पानी परेको ओसिलो पिचमा नेपाली टिम खुलेर ब्याटिङ गर्न नसक्दा आइसिसी विश्वक्रिकेट लिग च्याम्पियन्सीपमा शनिबार नेपाल आफ्नै मैदानमा केन्यासँग पराजित हुन पुग्यो । विश्वकप खेल्ने ढोकालाई थप नजिक बनाउन नेपाली टिमले केन्यालाई पराजित गर्नैपर्थ्यो । तर, पानी पर्दा छोट्याइदै खेलाउँदा नेपाल अन्ततः पानीले रुझ्दै खेल हेर्न बसेका हजारौ दर्शकका अगाडि ५ विकेटले पराजित हुन पुग्यो । यसले हजारौं लाखौ नेपाली क्रिकेटका समर्थकलाई निराश मात्र पारेन । बंगलादेशमा हुने एक दिवसीय विश्वकप क्रिकेटको छनोट खेल्ने बाटोलाई पनि पर धलेलिदिएको छ ।


तर, फर्किन पनि सक्छ नेपाल
यो लिग खेल्ने ८ टिममध्ये शीर्ष चारभित्र अटाए नेपालले २०१८ को विश्वकप छनोट खेल्न पाउँछ । चारभित्र नअटाए डिभिजन २ मा घटुवा हुन्छ । नेपालले ९ खेल खेल्दा अहिलेसम्म ६ वटामा हार बेहोरेको छ भने तीनवटामा जित दर्ता गरेको छ । जसमा नामिबियाविरुद्ध दुई र बलियो नेदरल्याण्डविरुद्ध एक खेल छन् । पराजित हुँदा पनि स्कटल्याण्ड र पपुवान्युगिनीविरुद्धका चारवटै खेल नेपालले जितनजिक पुगेर हारेको थियो ।
३ जितबाट प्राप्त भएको ६ अंकले नेपाल ८ टिममध्ये छैठौं स्थानमा छ । पहिलो स्थानमा रहेको नेदरल्याण्डको १० खेलबाट १६ अंक छ । दोस्रो स्थानमा रहेको पपुवा न्युगिनीको ८ खेलबाट १२ अंक छ । १० खेलबाट ११ अंक जोडेको हङकङ र ८ खेल खेलेको स्कटल्याण्डको पनि ११ अंक हु्ँदा यी दुई टोली तेस्रो र चौथो स्थानमा छन् । नेपालले शनिबार हराएको केन्याको ९ खेलबाट १० अंक भएको छ उ नेपालभन्दा अघि अर्थात् पाँचौ स्थानमा छ ।
अब नेपालले भोलि (सोमबार) केन्यालाई हराउन सके अझै पनि विश्वकप छनोटमा खेल्ने सम्भावना मर्दैन । भोलिको खेलमा केन्यालाई जित्ने सम्भावना पनि उत्तिकै छ । किनकी पानी पर्दा ओसिलो बनेको पिचमा पछि परे पनि आज जस्तै भोलि पनि घाम लाग्ने र नेपालले टस जित्ने हो भने नेपाल खेलमा हाबी हुन सक्छ । तर, यो नतिजा नेपालको पक्षमा आएर मात्र पनि पुग्दैन । यसका लागि अरु टिमको नतिजा नेपाल अनुकूल आउनुपर्नेछ । र, नेपालले पनि हङकङसँगका दुई र युएईसँगको दुई खेल जित्नुपर्नेछ । मिति नतोकिए पनि यही वर्षभित्र दुवै टिमसँग नेपालले खेल्नेछ ।
नेपालले अब भोलि केन्यालाई पनि हराउने र बाँकी चार खेलमा पनि शतप्रतिशत जित निकाल्ने हो भने नेपाल शीर्ष चारभित्र सोझै अटाउँछ । होइन ५ मध्ये चार खेल जित्न सक्दा पनि नेपालको सम्भावना कामय हुन्छ । यस्तोमा आफूपछाडिका टिमले अगाडि रहेकोलाई हराउनुपर्नेछ भने शीर्ष स्थानमा रहेको नेदरल्याण्डले केन्यालाई दुवै खेलमा हराउनुपर्नेछ । स्कटल्याण्डले केन्यालाई दुवै खेलमा हराउने र हङकङलाई पपुवा न्युगिनीले पनि दुवै खेलमा हराउनुपर्नेछ । तर, यी सबै सम्भावना नेपालले ४ खेल जित्दा वा ३ खेलमात्रै जित्दा पनि कायम रहन्छ ।
नेपालले युर्एलाई दुवै खेलमा हराउने र युएईले दुवै खेलमा पपुवा न्युगिनीलाई हराउने हो भने नेपालको सम्भावना थप बलियो बनेर जाँनेछ । नेपाले तीन वा चार खेल जित्दा पपुवा न्युगिनी र हङकङको नतिजाले पनि नेपालको अगाडिको बाटो तय गर्नेछ ।
अब यी टिमबीच एक आपपसमा दुईदुई खेल्न बाँकी छ

युएइविरुद्ध पपुवा न्युगिनी – २ खेल
स्कटल्याण्डविरुद्ध नामिबिया – २ खेल
हङकङविरुद्ध नेपाल –२ खेल
पपुवा न्युगिनीविरुद्ध स्कटल्याण्ड –२ खेल
केन्याविरुद्ध नेदरल्याण्ड –२ खेल
नामिबियाविरुद्ध युएई – २ खेल
युएईविरुद्ध नेपाल – २ खेल
केन्याविरुद्ध स्कटल्याण्ड –२ खेल
हङकङविरुद्ध पपुवान्युगिनी –२ खेल
नामिबियाविरुद्ध नेदरल्याण्ड – २ खेल

अबको दुई दिनमा प्रचण्डको सर्कार ढल्दै छ त ?

  काठमाडौं–बेला बेलामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चमत्कार’ गरिरहेका हुन्छन्, कसैले सोच्दै नसोचेका निर्णय गरेर बेलाबेलामा ‘चमत्कार’ गर्छन् प्रचण्ड ।

फागुन २५ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दिएको अल्टिमेटम चैत १ गते अर्थात अबको दुई दिनमा सकिँदै छ ।


 सो अल्टिमेटममा आफूहरुको माग पूरा नभए मधेसी मोर्चाले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने घोषणा गरिसकेको छ । के यस्तो अवस्थामा प्रचण्डले कुनै चामत्कारिक निर्णय गर्लान् अनि मधेसी मोर्चालाई रोक्न सफल होलान् ?

स्रोतका अनुसार प्रचण्ड मधेशी मोर्चाको समर्थन फिर्ता हुन नदिनको लागि प्रयासरत रहेका छन् ।

तपाइँ कुन बार जन्मिएको ? त्यसबाट थाहा पाउनुस् यी चामत्कारिक तथ्यहरु..

ज्याेतिष विज्ञानअनुसार बारका अाधारमा व्यक्तिकाे स्वभाव फरक-फरक हुन्छ । अाज हामी बार अनुसारकाे व्यक्तिकाे स्वभावबारे बताउँनेछाैं ।
आइतबार
१. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोच र निकै विश्वसनीय हुन्छन् ।
२. अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
३. निकै संवेदनशील र कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहने खालका हुन्छन् ।
४. चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा अत्याधिक हुन्छन् ।
५. अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुन्छन् नै तर चाँडै रिसाउने बानीले सहयोग गर्ने व्यक्तिहरु रिसाउने गर्दछन्


६. पैसावाल हुन्छन् र आफ्नो बलबुतामा नै पैसा कमाउने कोसिस गर्छन् ।
७. कनै पनि कुरामा सम्झौता गर्दैनन् ।
८. सौन्दर्यलाई मन पराउँछन्, त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरैजसो प्रेम विवाह गर्ने गर्दछन् ।
९. अाइतबार जन्मनेहरुले रुपरंगमा आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।
१०.आफ्नो सम्बन्धलाई निकै सम्मान गर्छन्, त्यसकारण झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु छोड्न चाहन्नन् ।

सोमबार
१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
२. मृदुभाषी हुन्छन् तर निकै मुडी हुन्छन् ।
३. निकै संवेदनशील हुन्छन्, त्यसकारण निकै छिटाे निराश हुन्छन् ।
४. आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
५. सम्बन्धहरुले निकै महत्व राख्नेछ ।
६. पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्नेछन् ।
७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र हेरचाहा गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
९. आफ्नो सौन्दर्यमा निकै ध्यान दिन्छन् र साेमबार जन्मने मान्छेकाे सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
१०. हुन त सबैलाई सम्मान गर्छन् तर मुडी स्वभावले तनाव दिने गर्दछ ।

मंगलबार
१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र क्रियाशील हुने गर्दछन् ।
२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन्, जसकारण आफ्नो बलबुतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
७. सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
८. यस्ता व्यक्तिहरुले सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
९. निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
१०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।
११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
१२. एकाेहाेराे हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन्, तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

बुधबार
१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र विजनेश माइन्डका हुने गर्दछन् ।
२. जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् ।
३. यिनीहरु सफा र स्वच्छ विचारधाराका मालिक हुन्छन् ।
४. नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
५. कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।
६. कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण यिनीहरुकाे जीवन निकै सन्तुष्ट हुन्छ ।
७. सकारात्मक सोचसँगै जीवनमा अघि बढ्ने गर्नाले निकै सफलता हात पार्छन् ।
८. धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
९. कसैलाई पनि सजिलै माफी दिदैनन् । कुनै पनि व्यक्ति एक पटक मन नपरेमा ती व्यक्तिहरुले जे गरे पनि प्रभावित तुल्याउन सक्दैनन् ।
१०. खर्चिलो स्वाभावको हुन्छन र आफ्नो निर्णय आफैँ लिन्छन् ।
११. वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने आफ्नो पार्टनरको निकै हेरविचार गर्छन् ।
१२. तीब्र बुद्धि हुने भएकाकारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।

बिहीबार
१. बिहीबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
२. मानिसहरुलाई निकै इज्जत गर्छन्, त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुन्छन् ।
३. सफा र स्वच्छ विचारधाराका हुन्छन् ।
४. भित्र नेतृत्व गर्ने गुण हुन्छ, त्यसकारण जुन क्षेत्रमा काम गर्छन्, त्यहाँको उच्च पद अवश्य हाँसिल गर्छन् ।
५. निकै मेहनत गर्छन् र आफ्ना सामान हरु अाफैले भनेकाे ठाउँमा हाेस् भन्ने चहान्छन् ।
६. स्वतन्त्रता मन पर्ने भएका कारण बन्धनमा बस्न चाहन्छन् ।
७. चाँडै नै मानिसहरुलाई विश्वास गर्छन् जसकाे प्रतिफल भोग्न पर्छ ।
८. धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् ।
९. स्टेट फरवार्ड हुन्छन् र सुन्दरताको प्रिय हुन्छन् ।
१०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनीहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुनेछ ।
११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन्, जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।
१२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

शुक्रबार
१. शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
२. धेरैजसो रचनात्मक क्षेत्रमा देखिन्छन् ।
३. संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।
४. मधुर स्वरमा बाेल्छन् र मनमोहक मुस्कानका मालिक हुनेगर्छ ।
५. निकै भावुक हुन्छन् जसकाकारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।
६. यदि पुरुष भए महिलाहरुमा र महिला भए पुरुषहरुमा लोकप्रिय हुन्छन् ।
७. आफ्नो सम्बन्धमा निकै सजक हुन्छन् तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।
८. निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् ।
९. रिस निकै कम आउँछ, तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।
१०. राम्रा गुणहरु नै यिनीहरुका लागि नराम्रो साबित हुन्छ ।
११. धनको कमी हुँदैन तर तपाईं त्यसलाई वचत गर्न सक्दैनन् ।
१२. प्रत्येक कुराहरुमा सफलता निकै ढिलाे पाउँछन् तर जब पाउँछन् स्थायी रुपकाे हुन्छ, अर्को शब्दमा भन्नुपर्दा मेहनती र लगनशील हुन्छन् ।

शनिबार
१. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
२. निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुन्छन् । अर्को शब्दमा भन्ने हो भने हरेक कुरामा परफेक्ट हुन्छन् ।
३. हाइक्लास वस्तुहरु मनपराउँछन् । लगाउने लुगादेखि जुत्तासम्मले हाईक्लास पर्सनालिटी झल्काउँछ ।
४. हुन त सफा मनको हुन्छन् तर कहिले काँही स्पष्ट वक्ताको रुपमा आलोचना पनि हुने गर्दछ ।
५. कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुने स्वभाव हुन्छ।
६. पैसावाला हुन्छन्, तर छिट्टै पैसा खर्च गर्दैनन् ।
७. संगीत र खेलमा रुची हुन्छ ।
८. रिस उठेपछि नराम्रो सँग उठ्छ, भने गलत कुराहरुलाई सहन सक्दैनन् ।
९. जिद्दि गर्छन् र आफूले भनेकोजस्तै हुनुपर्छ भन्ने विचार राख्छन् ।
१०. कसैलाई पनि ठेस पुर्याउन चाहदैनन् ।
११. वैवाहिक जीवन सुखमय हुन्छ ।