Sunday, March 12, 2017

आखिर के खान्छन् मेसी?


प्रायः ३० वर्ष पुगेपछि अन्तर्राष्ट्रिय फुटबल खेलाडीको खेल स्खलित हुँदै जान्छ। उनीहरूले खेलभन्दा बढि चोट बोक्ने गर्छन्। किशोर अवस्थामा झै उनीहरूमा त्यति ठूलो प्रभाव देखिदैन्।

तर, अन्तर्राष्ट्रिय फुटबल खेलाडीमध्ये कोही यस्ता पनि हुन्छन, जो बढ्दो उमेरसँगै झन् बढि आक्रामक र चुस्त देखिन्छन्। त्यसमध्ये अहिले सबैभन्दा बढि चुस्त र आक्रामक खेलाडी बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी देखिन्छन्।


लगभग ३० को हाराहारीमा पनि उनको फुर्ती देखेर दंग नपर्ने सायदै कोही होलान्। आखिर कसरी उनी यो उमेरमा पनि यति फुर्तिलो देखिए होलान्? यसको उत्तर खोजिरहेका उनका समर्थकका लागि भर्खरै मेसीका ‘डाइटिसियन’ गुइलियानो पोसरले नयाँ खुलासा गरेका छन्।
उनले विश्व चर्चित खेलाडीको खान्कीको विषयमा स्पेनिस पत्रिका मुन्डो डेपोर्टिभोलाई अन्तर्वार्ता दिँदै मेसीको खानपिनको विषयमा थुप्रै रोचक तथ्य सार्वजनिक गरेका छन्। इटालीका यी ‘डाइटिसियन’लाई सन् २०१४ मा मेसीले नियुक्त गरेका थिए। यसपछि मेसीको खानपिन मात्र होइन, ज्यानमा पनि थुप्रै परिवर्तन देखिएको छ।

गुइलियानोका अनुसार पर्याप्त पानी, राम्रो अोलिभ तेल, अन्न, फलफुल र हरियो तरकारीले बार्सिलोनाका स्टार स्ट्राइकरको शारीरिक क्षमतालाई ओजिलो बनाएको छ।

‘यसबाहेक पनि पर्याप्त मात्रामा बदाम र गेडागुडीले उनलाई फाइदा पुर्याएको छ,’ गुइलियानोले भने, ‘उनलाई चिनीको मात्राबाट टाढा राखिएको छ। अधिक चिनीजन्य पदार्थले मांसपेशीमा खराबी गर्छ।’
गुइलियानोले पछिल्लो समय बजारमा शुद्ध पिठोको समस्या देखिएको र शुद्ध पिठो पाउन गाह्रो पर्ने बताउँदै मेसीको खानपिन त्यही अनुरुप कहिलेकाहीँ परिवर्तन हुने बताए।

विश्व चर्चित थुप्रै खेलाडीहरू प्रोटिनका लागि मासुलाई अत्याधिक महत्व दिन्छन्। तर, गुइलियानोले पचाउन गाह्रो पर्ने कारण मेसीलाई कम मासु खान सल्लाह दिएका छन्। ‘अन्य देशका व्यक्तिहरूको तुलनामा अर्जेन्टिना र उरुग्वेका मानिसहरूले मासु बढि खान्छन्। जुन पचाउन गाह्रो पर्ने गर्छ।’

उनले खानपीनका लागि आफूले बनाएको नियमलाई पालना गरेर मेसीको स्वास्थ्यमा झन् ठूलो परिवर्तन देखिएको दावी गरेका छन्।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment