Sunday, February 5, 2017

मध्यरातमा ‘प्रेमिका’माथि एसिड प्रहार, उपचारको क्रममा युवतीको मृत्यु



२४ माघ, बुटवल । रुपन्देहीको बुटवलमा एक युवकले एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।

धादिङ नौबिसे-१ बस्ने २८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटा आइतबार बुटवल-६ स्थित मेरिडियन होटलमा बसेका थिए । सुनिल र तुलसा केही समयदेखि प्रेम सम्वन्धमा थिए ।


तर, तुलसाले आफूलाई छाडेर अकैलाई रोजेको भन्दै सुनिलले मध्यरातमा एसिड हाने ।

युवतीले सहयोग मागेपछि होटलका स्टाफहरु सबै ढोका बन्द गरेर युवकलाई पक्राउ गरिएको थियो । र, उनलाई प्रहरीको जिम्मा लगाइएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीका अनुसार युवकले एसिड हानेको स्वीकार गरेका छन् । आफूहरु केही वर्षदेखि प्रेममा रहेको र अहिले आफूलाई छाडेर अर्कैलाई रोजेपछि एसिड हानेको उनको बयान छ ।

तुलसाको अनुहार, टाउको र शरिरमा एसिड लागेको थियो । र, लुम्बिनी अञ्चल अस्पतल बुटवलमा उपचारको क्रममा मृत्यु भएको डिएसपी बेलबहादुर पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।

प्रहरीले उक्त होटेलको कोठा नम्बर १०४ मा बसेकी सापकोटाकी सानीआमा काठमाडौं-७ चाबहिल बस्ने ४० वर्षीया देवी खरेललाई समेत नियन्त्रणमा लिएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment