Sunday, February 5, 2017

'आदेश नमानेको' भन्दै निजी स्कुलका प्रिन्सिपलबाटै विद्यार्थी निर्घात पिटिए



काठमाडौं : आफूले दिएको आदेश नमानेको भन्दै काठमाडौंमा रहेको निजी विद्यालयका प्रिन्सिपलले एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्।

काठमाडौंको धुम्बाराहीमा रहेको लुम्बिनी बिगनर्स बोर्डिङ स्कुलका प्रिन्सिल सुरेश यादवले ९ कक्षाका विद्यार्थी सुदिप दाहाललाई कुटपिट गरेका हुन्। प्रिन्सिल यादवको कुटाइका कारणबाट उनी घाइते भएका छन्। उनको कम्मरदेखि तल विभिन्न भागमा निलडाम छ।

आइतबार प्रार्थनालाइनमा बसेको बेला यादवले उनलाई प्लास्टिकको पाइपले कुटेका थिए। कुटपिटपछि उनलाई ज्वरो आएको बुवा धनहरि दाहालले बताए। 'रातभरि ज्वरो आएकाले आज ऊ स्कुल जान सकेन,' उनले भने।

अभिभावकसँग प्रिन्सिपल यादवले आफूले अह्राएको काम नटेरेकाले कुटेको स्विकारेका छन्। आगामी दिनमा यस्तो घटना नदोहोर्‍याउने बताउँदै माफी मागेको पीडितका बुबा दाहालले बताए।

प्रिन्सिपल यादवलाई पटकपटक फोन गर्दा उनीसँग सम्पर्क हुन सकेन।

अपडेट २०७३।१०।२४ बेलुका ७:३५

कुटेर घाइते भएका दाहाललाई आज घरमै भेटेर प्रिन्सिपल यादवले माफी मागेका सुदीपका बुबा घनहरी दाहालले जानकारी दिए ।

‘प्रिन्सिपलले घरमै आएर बाबु (सुदीप)सँग मैले गल्ती गरेँ भन्दै माफी माग्नुभयो, घनहरीले भने, अबदेखि यस्तो घटना नहुनेगरी आपसमा मिलापत्र गरेका छौं ।’

विद्यालय प्रशासनले सुदीपको उपचार खर्च ब्यहोर्ने संकेत गर्दै लागेको हिसाब दिन भनेको घनहरीले जानकारी दिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment