भूकम्पले भत्काएको घरको छेउमा टहरोभित्र एक व्यक्ति अचेत अवस्थामा पल्टिरहेका छन् । उनकी वृद्धा आमा घरि छोराको र्याल पुछिदिन्छिन् त घरि दिसापिसाब सोहोर्छिन् । कसैगरी छोरालाई सफासुग्घर राख्ने र सजिलो गरी सुताउने ध्याउन्न उनमा छ । नातिनातिना, वृद्धा पति र अचेत (कोमा) अवस्थाको छोराको जिम्मेवारी सम्हाल्ने जिम्मेवारी उनै ६९ वर्षीया माया मगरातीको काँधमा छ । आजको कान्तिपुरमा खबर छ ।

चाँगुनारायण नगरपालिका ९, संगमटोलका ४२ वर्षीय रामकृष्ण सार्की ०६६ फागुनमा परिवारको भविष्य उज्ज्वल बनाउने सपना बुन्दै साउदी अरब छिरे । दुई वर्ष राम्रै कमाइ गरे । बिदामा घर आए । फेरि ०६८ असोजमा दोस्रोपल्ट साउदी पुगेका रामकृष्ण फागुनमा अस्वस्थ बने । उनको आशा निराशामा बदलियो । स्वास्थ्यले साथ दिएन । ‘विदेशी भूमिमा पनि आफ्नो परम्परागत पेसा (जुत्ता सिलाउने) काम गर्न पाएकोमा खुसी थियो, कमाइ पनि राम्रै थियो,’ उनका बुबा चतुरे सार्कीले भने, ‘त्यो खुसी धेरै दिन टिकेन, सिंगो परिवारमै ब्रजपात पर्यो ।’ दिनभरको ड्युटी सकाएर कोठामा आराम गर्दै गरेका रामकृष्ण एक्कासि अस्वस्थ भए । एक्कासि मुटु दुख्यो भनेर साथीहरूले अस्पताल लैजाँदा उनको शरीरका अंगले काम गर्न छाडिसकेको थियो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment