Sunday, February 12, 2017

नेपालको पश्चिमी नाका ४८ घण्टाको लागि बन्द हुने



भारतको विधान सभा चुनावको कारण पश्चिमीनाका बन्द हुने भएको छ।


सधैजसो व्यस्त रहने देशको पश्चिमीनाका गड्डा चौकी सुनसान हुन पुगेको हो । भारतमा यहि फेब्रुअरी १५ तारिकका दिन हुने विधानसभाको चुनावका कारण नेपाल भारत आवत जावतमा रोक लगाइएपछि देशको पश्चिमीनाका ठप्प भएको हो।

भारतको उत्तरा खण्ड र उत्तर प्रदेशका विभिन्न भुभागमा हुने चुनावका कारणले आवत-जावतमा फागुन २ गते देखि ४ गते सम्म रोक लगाइएको छ ।


भारतको उत्तरा खण्ड र उत्तर प्रदेशका विभिन्न भुभागमा हुने विधान सभाको चुनावको असर नेपालमात्र नभई भारतीय बजारमा पनि परेको छ ।

अन्य समयमा व्यापार व्यावसाय गर्नेहरुको भिड रहने भारतको उत्तराखण्डको चम्फावत बजारमा आज भने मात्र चुनाव प्रचारप्रसारका गाडी गुडिरहेका छन् ।

चुनावको कारणले गर्दा नेपाल भारत आवतजावतमा रोक लगाएको तर आपतकालिन साधनहरुलाई आवतजावत गर्ने दिने नेपाली र भारतीय पक्षबीच सहमति भएको छ ।

नाका फागुन २ गते साँझ ५ बजेबाट फागुन ४ गते साँझ ५ बजे सम्म ४८ घण्टाकालागि बन्द गरीएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment