Sunday, February 12, 2017

अज्ञात समुहद्वारा गुडिरहेको त्रिभुवन विश्वविद्यालयको गाडीमा आगजनी

 काठमाडौं, २ फागुन - त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष डाक्टर सुधा त्रिपाठीको गाठीमा अज्ञात समुहले आगजनी गरेको छ । कुपण्डोल स्थित बागमति पुलको छेउँमा रहेको युएन पार्क नजिकै उनको गाडीमा आगजनी गरिएको हो ।


बा २ च ५६३० नम्बरको विश्व विद्यालयकै गाडीलाई गुडिरहेको अवस्थामा रोकेर आगजनी गरिएको हो ।

आगजनीबाट गाडी क्षतिग्रस्त भएको छ । मास्क लगाएका दुई युवाले रोकेर आफ्नो गाडीमा आगजनी गरेको उनले बताइन् । आगो लगाउनेहरु त्यहाँबाट भागेका छन् । प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment