“कृपया ! आफ्नो मोबाइलको स्विच अफ गरिदिनुहोला” नजीक आएर भनीन् उन्ले। स्वर असाध्यै मीठो लाग्यो मलाइ। पोखराबाट काठमाण्डौको लागी उडेको प्लेन पहाड हरुलाइ तल पार्दै हिमाल सङ्ग सेखी गर्दै थियो। बिहानको पारिलो घाम अनि त्यो घामसङ्गै टल्केका हिमालले मेरो सेल फोनलाइ अन रहन बाध्य बनाएको थियो। सिट नं २ को डी नम्बरमा बसेको मलाइ त्यो मीठो आवाजले आकर्षण गरीदियो। फर्केर अघाढीपट्टी हेरेँ।
एउटा चम्कीलो अनुहार झ्वाट्ट नजर पर्यो। “मोबाइल अफ गरिदिनु न प्लीज!!” बहुत मिठो स्वरमा मन्द मुस्कान छर्दै भनीन् उन्ले। हल्का आफ्नै स्टाइलको एउटा खिस्स हाँसो हाँस्दै भनीदिएँ “हस् “ त्यो मेरो खीस्से हाँसो कस्तो थियो कुनी? उन्लाइ हाँसो मन परेर हो या मन नपरेर हो, फेरी छोडीदिइन् अर्को मुस्कान र भनीन् “थ्याङ्क यु!” ।
यो पटक ठ्याक्कै जुधे आँखा उनि सङ्ग। कस्तो तरङ्ग पो आयो मन मा। कस्तो समुद्र मै डुबे जस्तो। नितान्त फरक महसुस। मेरा आँखा हट्न मानेनछन्की के हो, उन्ले आँखा हटाइन्। हल्का ढल्केर बाहीर हेरेको जस्तो गर्दै हेर्न थालेँ उन्लाइ। त्यो आँखामा फेरी आँखा पार्ने अर्को मौका खोज्न थालेँ। हैन के भएको यस्तो? किन भएको यस्तो? आँखा त जीवनमा धेरै केटीहरु सङ्ग जुधे, तर यस्तो अनुभव कहिल्यै भएन। आखीर किन हुँदैछ यस्तो आज? मनमा अनेक प्रश्न खेल्न थाले।
अब हिमाल हरु गायब भए मन बाट। ती हिमाल त फेरी देखिन्छ नि। जाबो फोटो फेरिनी खिचीएलानी । तर यो आँखा फेरी कहिले देख्ने ? आँखा मात्र कहाँ होर? त्यो हेराइ अनि त्यो हेराइ भित्र लुकेको र थोरै मात्र प्रस्फुटीत त्यो मन्द मुस्कान, बाफरे !! क्या गजव को कम्बीनेसन्! बढीमा तीन सेकेन्ड को त्यो आँखा जुधाइ, अनि कती छीटो सेस्मीक वेभ जस्तो फैलीयो शरिर भरी। उन्को अनुहारको हेक्का भएन, न शरिर का कुनै अङ्गको। त्यती समयनै कहँ थियो र? सबै तिर हेर्न।
क्षण भर मै एक हातमा प्लास्टीकको कप अनि अर्को हातमा पानी लिएर फेरी आइन्। कस्तो अचम्म! पानी त पहिले मलाइ पो दिइन् त। कपमा पानी थाप्दै गर्दा फेरी हेरेँ मजाले। तर उनको आँखा मेरो आँखा तिर थिएन। न त त्यो अकल्पनीय मुस्कान। निकै बेर हेर्दा पनि उनले आँखामा नहेरेपछी पानी पिउने इच्छा रहेन। पानी हातमा लिएरहेँ र फेरी डुबेँ त्यो कल्पनामा अनि त्यो अकल्पनिय आँखाको सागरमा।
तिम्रो आँखाको सागर मा लहर लहर दौडीरहेछ” भन्ने गीत याद आयो। गाडीमा भए ड्राइभर लाइ यही गीत भजाइदिन भन्नेथिएँ । हत्तेरी!! त्यो एक छीन अघाडी सम्मको सबै मृगतृश्णा हराएर गए। मलाइ त लागेको थियो कतै उन्लाइ पनि मेरो हाँसो मन पर्यो होला, उनि पनि म जसै गरी फेरी मलाइ हेर्ने छीन्, हाम्रा आँखा फेरी जुध्नेछ, फेरी त्यो मुश्कान फैलनेछ । हतेरी !! एक चोटी फेरी हेरिदिएको भएनी हुन्थ्यो नि! हेर्दैमा के बिग्रन्थ्यो र ? कित पहिले पनि नहेरिदिएको भए हुन्थ्यो, बेक्कारमा मलाइ त्यो आँखाको शागरमा डुबाएर, त्यो मुस्कानको तरेली मा कुदाएर। बहुत चल्यो दिमाग्, खुबै डुल्यो मन।
हैन यो केहो ? माया ?
अँहँ, एती छोटो समयमा कहाँ बस्छ माया?
अनि के त आकर्षण? त्यो पनि होइन, आँखाले मात्र कहाँ आकर्षण हुन्छ? अनि के त?
खै के खै के ?
“ए हजुरले पानी पिउनु भएन छ?” फेरी त्यही आवाज छेवैमा आयो।
ओहो! ब्याट्री सकिएको मोबाइल चार्ज मा जोड्न पाउँदा खुसी लागे जस्तो एक्कासी खुसी पलायो मनमा।
“अल्ली चिसो रहेछ, त्यही भएर” मैले भनी दिएँ ।
“ए ! हामी सङ्ग तातो पानी त छैन त” फेरी पहिलेकै मुश्कान सङ्गै दोहोरी खेले आँखाले।“आफुले जानेको जती
स्टाएल सबै प्रयो गरेर छोडिदिएँ मैले पनि मन्द मुश्कान, र भनेँ,
“इट्स ओके”।
कस्तो शक्ती आयो त फेरी शरिरमा, एक्कै चोटीमा सकाइ दिएँ पानी पिएर र कप लाइ राखिदिएँ उनको हातमा भएको प्लास्टीकमा।
जाबो पच्चीस मिनेटको यात्रा लगभग खतम हुन लागेको थियो, झ्याल बाट बाहिर हेरेको त काठ्माण्डौका कङ्क्रीट घर बस्ती हरु माथी फन्कोमार्दै रहेछ प्लेन ले। समय कती छोटो है? लाग्न थाल्यो जीवन नै सकिन खोजे जस्तो। हत्तेरी!! किन यात्रा यती छीटो भएको होला? मनमा अनेक कुरा खेल्दा खेल्दै जहाज त जमिन लाइ टेकी सकेछ।ओर्लने बेलामा यता उति हेरेँ कतै देखिनन् उनि।
बाटोमा मनमा अनेक कुरा खेले। साँच्चै यो नारीहरुको मुस्कानमा कती शक्ती छ है? एउटा निराश ब्यक्तीलाइ आशाबादी बनाइदिन सक्छ, ध्यान एक्तृत गराइदिन सक्छ, रोएकालाइ हँसाइदिन सक्छ, ढुङ्गा जस्तो मन लाइ गलाइदिन सक्छ। नारी हरुलाइ यसै शक्तीको स्वरुप भनेको हैन रहेछ। त्यो हँसाइ र हेराइ न कुनै आकर्षण हो न अरु केहि, त्यो नितान्त उन्को उत्तरदायीत्व हो पेशा प्रतीको।
तर कस्तो अचम्म ! त्यही मान्छे हाँस्दा मनमा बेजोडको खुसीको अनुभव हुने अनि फेरी नहाँस्दा फेरी बेजोडको दुख हुने यो के अनर्थ? यो कस्तो चाह हो एउटा पुरुष मनको?
र अन्तमा यस्तो निष्कर्ष निकाल्यो मेरो मनले। “मानिस हरु दुखी या खुसी हुनु आफ्नै सोचाइ र द्रभिभुत आकांक्षा मा भर पर्ने रहेछ। सँधै सबै समय उस्तै कहाँ हुन्छ र? हाँसेर हेर्दा खुसी हुनु पर्ने र नहाँस्दा दुखी हुनु पर्ने के नै थियोर आखिर ? पुरुष हरु महिला लाइ सँधै खुसी र हँसीलो देख्न चाहन्छन् तर खुसी राख्न के गर्नु पर्छ भन्ने चाहीँ कमै जान्दछन्।”
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment