Friday, February 3, 2017

किम कर्दशियाले खोलिन् ट्रम्पको पोल, 'आंतकवाद होइन ओछ्यान सुधार्नुपर्छ'




एजेन्सी । अमेरिकाले  सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा ९० दिनको प्रतिबन्ध लगाएको छ । प्रतिबन्धमा सीरिया, लीबिया, ईरान, ईराक, सोमालिया, सूडान र यमन रहेका छन् ।  प्रतिबन्धको इस्लामिक आतंकवादको कारण अमेरिकामा बढेको असुरक्षा बताइएको छ । सो प्रतिबन्ध अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले लगाएका हुन् । ट्रम्पले चुनावी अभियानमा आइएसआइएस र इस्लामिक आतंकबाट अमेरिकालाई  खतरा मुक्त गर्ने बताएका थिए ।

ट्रम्पको यस निर्णयको विश्वभरीबाट  विरोध भइरहेको छ ।  अमेरिकी नागरिक, सेलिब्रिटीज, सहियोगी देश सबै यसको बिरोधमा रहेका छन् । यसै क्रममा रियलिटी टिभि शो स्टार किम कर्दाशियाले एक ट्वीट गरेकी छन् । उनले सो ट्वीटमा ट्रम्पले इस्लामिक आतंकबाट अमेरिकालाई खतरा हुने गरेको दावीलाई  चुनौती दिएकी छन्  । उनले ट्विटमा लेखेकी छन् -  'हरेक बर्ष अमेरिकी नागरिकको अकस्मिक मृत्युको पछाडि इस्लामिक आतंकवाद भन्दा ज्यादा कारण ओछ्यानबाट झर्नुमा रहेको छ ।'



सो ट्वीटमा पोष्ट गरिएको सुचीमा हरेक बर्ष के कारणले अमेरिकी नागरिकको  आकस्मिक मृत्यु हुन्छ भनेर देखाइएको छ । जहां इस्लामिक आतंकबाट मृत्यु हुने अमेरिकीको संख्या २ जना रहेको छ भने ओछ्यानबाट झरेर मृत्यु हुनेको संख्या ७३७ रहेको छ । सो आकडालाई मान्ने हो भने अमेरिकाले  आंतकवाद भन्दा पहिले ओछ्यान सुधार्नु पर्ने देखिन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment