Wednesday, February 8, 2017

महिलामा भेटीयाे अनाैठाे राेग : श्रीमानसंग सेक्स गरे मृत्यु हुन सक्ने

एजेन्सी । अमेरिकाको क्लोराडामा बस्ने एक महिलालाई एक दुर्लभ किसिमको रोग देखा परेको छ । कैटी बैनना नामकी ३४ वर्षीय महिलालाई व्यायाम गरे वा श्रीमानसंग शारीरिक सम्बन्ध राखेमा मृत्यु हुन सक्ने खालको रोग देखिएको चिकित्सकले जनाएका छन् ।

कैटीले छ वर्षको अवधिमा कयौं डाक्टरहरुलाई भेटेर आफ्नो रोगबारे जानकारी गराएकी छन् । छिटो हिड्नेदेखि लिएर पतिसंग शारीरिक सम्बन्ध बनाउने कार्य गर्दा उनी बेहोस् नै हुने गरेकी छन् । यसै कारण चिकित्सकहरुले पनि उनलाई यस्ता काममा सजग रहन सुझाव दिएको छ ।

व्यायाम गर्न आफूलाई मन पर्ने भएपनि रोगकै कारण डर लाग्ने गरेको उनी बताउँछिन् । वषौंदेखि नर्सिङ पेसामा रहेकी कैटीले कैयौं पटक आफू बेहोस् भएको पाइकी छन् ।



कैटीले आफ्नो यस्तो दुर्लभ रोगको बारेमा २२ वर्षको उमेरमा थाहा पाएकी थिइन् । जुन बेला उनी बेट्स कलेजमा धार्मिक अध्ययन गरिरहेकी थिइन् । मैदानमा आफ्नो साथीहरुसंग दौडिरहेका बेला उनलाई त्यस्तो भएको थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment