२६ माघ, कालिकोट । सुख्खा पहिरो झरेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोट सडकखण्ड मान्म नजिकै ताडीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।
पहिरोका कारण बाटो बन्द भएपछि कर्णाली राजमार्गमा यातायातका साधन चल्न नसकेको यात्रुहरुलाई सास्ती भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कविराज सेन्चुरीले बताए ।
पहिरोका कारणले जुम्लाबाट कालिकोट, नेपालगंज र सुर्खेतका लागि छुटेका यात्रुबाहक बस र मालबाहक ट्रकहरु बीच बाटोमा नै रोकिएका छन् भने सुर्खेत नेपालगंजबाट यात्रुबाहक बस र मालबाहक ट्रकहरु मान्म सदरमुकाममा नै रोकिएर रहेका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment