नेपाली राजनीति यतिखेर धेरै थरिका धेरै पक्षहरुको चाहनाहरुको बन्दी बनेको छ। प्रचण्डको प्रधानन्त्री र पार्टी अध्यक्षका रुपमा आफ्नै चाहनाहरु छन्। देउवा प्रधानमन्त्री बन्न निकै लालायित छन्। मधेशी मोर्चा संविधानमा संसोधन गर्ने उत्कट चाहतमा छ।
फाइल तस्बिर
एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई अर्को चुनावमा बहुमत ल्याउनु छ। ओली सकेसम्म चुनाव अगाडीनै सत्तामा आउन चाहन्छन्। सरकारमा बसेर चुनाव गराउने चाहना पुरै एमाले पार्टीको छ ।
प्रचण्ड ९ महिनमा कम्तिमा ९ वटा राम्रा काम गरेर देखाउँन चाहँदा हुन् । केही ‘देखाउन’ लायक काम गरेर जस लैजाने उनको चाहना लुकेको छैन्।
बन्दी बनेको नेपाली राजनीतिमा एउटै चलायमान चीज भनेको सत्ता हुने गरेको छ। निरन्तर सत्ता परिवर्तन। सत्ता परिवर्तनबाटै आफ्ना चाहना पुरा गर्ने अभिष्ट।
देश एकपटक फेरी सत्ता परिवर्तनको सन्निकट छ। प्रचण्ड र शेरबहादुर देउवाबीच भएको सम्झौता अनुसार ९ महिना पुरा भएपछि प्रचण्डले प्रधानमन्त्री पद देउवालाई बुझाउनु पर्छ।
माओवादी केन्द्र र कांग्रेसको सम्झौता टिके देउवा प्रधानमन्त्री हुनेछन् नत्र के हुन्छ यसै भन्न सकिन्न।
जारी सत्ता गठबन्धन विभिन्न कारणले बिग्रिएको खण्डमा भने नयाँ खालको समिकरणमा देश जान सक्छ।
त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली फेरी प्रधानमन्त्री बन्न पनि सक्दछन्। ओली प्रधानमन्त्री बन्न कि माओवादी केन्द्र कि त कांग्रेसले समर्थन गर्नु पर्छ। तर यसपटक ओलीलाई प्रधानमन्त्री बनाउन स्वयम भारतले लबिङ गर्न सक्ने संभावना बढेको छ।
आफ्नै खास स्वार्थबाट ‘गाइडेड’ हुने गरेको भारतले कुन स्वार्थले ओलीलाई प्रधानमन्त्री बनाउन लबिङ गर्ला ? तर केही स्रोतहरुको दाबीलाई मान्ने हो भन्ने भारतले ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि बढाउन माहोल बनाउन सक्छ। यसका खास कारणहरु छन्।
****
हाल ओलीले राष्ट्रवादको नारा दिँदै भारतको चर्को विरोध गर्दै आएका छन्। नाकाबन्दीको बेला प्रधानमन्त्री बनेका ओलीले त्यतिखेर देखिनै भारतको सामना गर्दै आएका हुन्।
भारतले आफ्ना केही चाहना नेपालमा लाद्न खोजेको छ। मधेशवादी दलका मागलाई सम्बोधन गर्न पनि भारतले निरन्तर लबिङ गर्दै आएको हो। लाख कोसिस गर्दा पनि प्रचण्डका पालामा केही भारतीय चहाना पुरा हुने अवस्था छैन्। जुन कुराले प्रचण्डले गर्न सक्ने अवस्था छैन सोही कुरा सोही गठबन्धनको अर्को सरकारले पुरा गर्ला भन्नेमा भारतलाई आशा पनि छैन्। विपक्षमा एमाले जस्तो विरोधी दल हुँदा भारतले असहज महसुस गरेको छ।
सम्वन्ध सुधारका नाममै भए पनि ओलीसंग नयाँ पारी खेल्न भारत इच्छुक रहेको स्रोतहरुको दाबी छ ।
भारत विभिन्न च्यालनबाट ओलीसंग निरन्तर सम्पर्कमा छ भनिन्छ तर यसले चाँडै नतिजा दिने अवस्था नरहेको बताइन्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment